२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
मुख्य समाचार
राष्ट्रिय जनमोर्चाको राष्ट्रिय परिषद बैठक सम्पन्न
माघ १९ गते देशव्यापी विरोध सभा गरिने, दश बुँदे विशेष प्रस्ताव पारित
काठमाडौँ। राष्ट्रिय जनमोर्चाको प्रथम राष्ट्रिय परिषद वैठक २०७५ पौष २७ र २८ गते रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । वैठकले देशका बढ्दै गइरहेको हत्या, हिंसा, बलात्कार, दण्डहीनता र भ्रष्टाचार लगायतका कुराहरूमा विरुद्ध २०७५ माघ १९ गते देशव्यापी रूपमा जिल्ला जिल्लामा विरोध सभाहरू गर्ने निर्णय गरेको छ । वैठकले समसामयिक विविध विषयहरूलाई समेटेर १० बुँदे विशेष प्रस्तावहरू समेत पारित गरेको छ ।
वैठक पश्चात् कार्यकारी अध्यक्ष रश्मिराज नेपालीद्वारा २०७५ पौष ३० गते जारी प्रेस वक्तव्यमा उक्त कुरा उल्लेख गरिएको छ । कार्यकारी अध्यक्ष नेपालीद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “राष्ट्रिय जनमोर्चाको प्रथम राष्ट्रिय परिषदको वैठक २०७५ पौष २७ र २८ गते बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ । यो पार्टीको नियमित वैठक हो ।

बाँकी...»
अन्य समाचारहरू
डा. केसीका माग सही ः मसाल विधेयक प्रति राष्ट्रिय जनमोर्चाको आपत्ति राजनीतिक क्रान्ति अझै पुरा नभएको दावी थप समाचारहरु...»
मुल लेख
गणतन्त्रको अगाडि खतराका प्रश्न
मोहनविक्रम सिंह
अनलाइन खबर (२०७५ पुष २९)मा प्रकाशित ‘राजतन्त्रको भुत’सँग किन डराउँदैछन् ओली र प्रचण्ड ?’ शीर्षकको एउटा आलेखमा लेखिएको छ ‘प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्ड ‘राजतन्त्रको भुत’सँग थरथर काँप्न थालेका छन् ।’ त्यो आलेखमा अगाडि लेखिएको छ ः ‘केही दिनअघि सङ्घीय संसदमा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले गणतन्त्रबारे चिन्ता प्रकट गरे ।..... प्रचण्डले सार्वजनिक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र, कमल थापा र हिन्दुराष्ट्रको माग गर्नेहरूविरुद्ध कडा प्रहार गर्न थालेका छन् ।’

बाँकी...»
विशेश अंक
सम्पादकीय
डा. केसीसितको सम्झौता कार्यान्वयन गर !
प्रा.डा. गोविन्द केसी २०७५ पुस २५ गतेदेखि इलाममा सोह«ौँ अनसनमा बसेका छन् । अनसन सुरु गर्दा सार्वजनिक गरिएको प्रेस विज्ञप्ती अनुसार डा. केसीका मागहरू यस प्रकार छन्– २०७५ साउन १० गते पन्ध्रौँ अनसनको समाप्तिका बेला सरकारसित भएको सम्झौता अक्षरशः पालना हुनु पर्ने; त्यस अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनु पर्ने; गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अनुसार त्रिभुवन विश्व विद्यालयका पदाधिकारी लगायतलाई बर्खास्ती सहितका कारवाही गरिनु पर्ने; त्रि.वि. पदाधिकारीद्वारा खोसिएका चिकित्सा शिक्षा अध्ययन संस्थानका अधिकार फिर्ता गरिनु पर्ने; कृषि
बाँकी...»
अन्तर्वार्ता
देशमा प्रतिगमनको खतरा कायमै छ
चित्र बहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा
अभियोग १ ः 
तपाई नेता नभएर मोहन विक्रम सिंहको ‘फलोअर’ मात्रै हो । आफ्नो विचार दिन सक्नु हुन्न, सिंहको विचार बोकर मात्रै हिड्नु हुन्छ । सिंहको सहयोग बिना तपाईले सास पनि फेर्न सक्नु हुन्न । 
कसैका बारेमा कसैले के बुझ्छ भन्ने कुरा उसको चेतना, अनुभव र बुद्धिले निर्धारण गर्ने हो। मैले नेपालको कम्युनिस्ट आन्दोलनमा संलग्न धेरै नेताको सङ्गत गरेको छु । समाजवाद के हो ? नेपाली समाजको परिवर्तन किन आवश्यक छ ? कम्युनिस्ट पार्टी नै किन चाहिन्छ भन्ने विषयमा म केशरजङ्ग रायमाझीको क्लासबाट कन्भिन्स भएर यो आन्दोलनमा लागेको हुँ ।

बाँकी...»
साहित्य
ऊ अझै अचेत छ ऊ अझै अचेत छ क्रान्तिकारी विचार थप साहित्य...»
  • लेखहरू
उपभोक्तावादी संस्कृति, दलाल पुँजी र साम्राज्यवाद
समीर सिंह
विश्वव्यापी रूपमा भूमण्डलीय साम्राज्यवाद शक्तिशाली बन्दै गइरहेको प्रष्ट नै छ । एकातिर, साम्राज्यवाद शक्तिशाली बन्दै जाने, अर्कोीतर अल्पविकसित राष्ट्र कमजोर बन्दै गइरहेको अवस्था पनि हो । कमजोर यसकारणले कि अल्पविकसित राष्ट्रहरूले साम्राज्यवादसित प्रतिस्पर्धा गर्न सकिरहेका हुँदैनन् । राजनीतिक, आर्थिक, सांस्कृतिक रूपमा कमजोर राष्ट्रहरू चेपुवामा पर्दै गइरहेका हुन्छन्, जसको परिणामस्वरूप साम्राज्यवादी मुलुक तथा अल्पविकसित राष्ट्रहरूबीचको अन्तर्विरोध झन् झन् चर्किदै गइरहेको हुन्छ । 

बाँकी...»
साम्राज्यवादको परिभाषामा भारत साम्राज्यवादी या विस्तारवादी ?
अपत्य शर्मा
विश्वका धेरै ठुलासाना मुलुकहरूले ठुल्ठुला साम्राज्य र सम्राटहरूदेखि भोगी, सुनिसकेका छन् । यी ठुला सम्राटहरूले अरूको मुलुकहरूमा आक्रमण गरेर लुटपाट, अनेकौँ मारकाटहरू गरेर आफ्ना उपनिवेशहरू बनाएका थिए । यसकारण यस्ता सम्राटहरूलाई पनि साम्राज्यवादी भन्न सकिन्छ । तर पनि ती चीनदेखि अटोमन साम्राज्य वा युरोपका अन्य मुलुकलाई साम्राज्य बनाएका मुलुकलाई पनि साम्राज्यवादी भन्ने शब्द प्रयोग भएको देखिदैन । केही इतिहासकारहरूले स्पेन–अमेरिका युद्ध (१९९८) र अङ्गे्रज–बोअर युद्ध (१८९९–१९०२)पछि अर्थनीति तथा राजनीतिक साहित्यमा साम्राज्यवाद शब्दको प्रयोग व्यापक हुन लागेको देखिन्छ । 

बाँकी...»
भारत साम्राज्यवादमा परिणत भएको छ
मनोज भट्ट
हामीले हाँकको गत अङ्कमा साम्राज्यवादका मुख्य विषेशताहरूमध्य उत्पादनको केन्द्रीकरण तथा एकाधिकारहरूको उत्पत्ति र वित्तीय पुँजी र वित्तीय अल्पतन्त्रको सृजनाका बारेमा क्रमशः छलफल गरेका थियौँ । यो लेखमा साम्राज्यवादको विभिन्न विषेशताहरूमध्य पुँजीको निर्यातको सम्बन्धमा विभिन्न कोणबाट छलफल गर्ने प्रयत्न गरिनेछ । वित्तीय पुँजीको निर्यातलाई लेनिनले साम्राज्यवादको लाक्षणिक विषेशता बताएका छन् । 

बाँकी...»
यसकारण होइन भारत साम्राज्यवाद
दिवस पौडेल
जान एटकिन्सन हब्सनको पुस्तक “साम्राज्यवाद– एक अध्ययन”लाई मुख्य आधार बनाई भी.आई. लेनिनद्वारा रचना गरिएको “साम्राज्यवाद ः पुँजीवादको चरम अवस्था” (१९१६)लाई नै साम्राज्यवादसम्बन्धी मुख्य कृतिको रूपमा आज पनि संसारभरिका माक्र्सवादी–लेनिनवादीहरूले अपनाउने गरेका छन् । उक्त कृति रूसमा जारकालीन अवस्थामा रचना गरिएको थियो । यसैले लेनिनले उक्त पुस्तकको भूमिकामा भनेका छन्– “प्रस्तुत पुस्तक जारशाहीको सेन्सरलाई ध्यानमा राख्दै मुख्यतया आर्थिक विश्लेषणमा केन्द्रित गर्नु पर्‍यो भने राजनीतिलाई केवल इशारामा व्यक्त गर्नु पर्‍यो” (भूमिका, २६ अप्रिल १९१६) । 

बाँकी...»
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal