२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
साहित्य
कस्तो गणतन्त्र ?
–प्रताप पौडेल
समृद्ध नेपाल सुखी नेपाली भन्छन् मूलमन्त्र
करौडौँ सुविधा चाहिने कस्तो गाणतन्त्र ?
औपनिवेशिक शासनबाट छौँ हामी स्वतन्त्र
न्याय माग्दा गोली ठोक्ने हाम्रो लोकतन्त्र !

सिन्डिकेट अन्त्य गर्छौ भन्दै फुइँ छाड्छन
सङ्घीयताको लागी ऋण माग्न विदेशीको बुइ चढ्छन् ।
कहिले होला यो देशमा निर्मलाले न्याय पाउने ?
सबै मिली एक भई स्वाभीमानी गीत गाउने ।

सुनकाण्ड भ्रष्टाचार फेरि उस्तै छ लुटतन्त्र !
घुडाँ टेकाई टिका थाप्ने कस्तो गणतन्त्र ?
सार्वभौम जनता हुन् भन्छौ स्वाभिमानी
कहिले होला बन्ने हामी बुद्ध जस्तै ज्ञानी ?

दोषीलाई कार्वाही छैन प्रहरी पनि उस्तै
न्याय र समानताको फेरि भाषण भने सस्तै
रोजगारका लागी नेपाली सधैँ विदेशतिरै धाउनु पर्ने
शोषकलाई राज नै छ शोषितले दुख पाउनु पर्ने ।

उस्तै छन बलत्कारी यहाँ त्यस्तै छन् हत्यारा
कहिले होला बन्ने हाम्रो न्याय दिने संविधानको धारा ?
जुर्मुराई उठ्नु पर्छ अब नेपाली जनता सारा
यो देशको रक्षा गर्ने हाम्रो अभिभारा

साथमा जे छ त्यही बोकी आन्दोलनमा हिड
वर्गरहित समाजका लागि दुश्मनसित भिड
सबै मिली गाउनु पर्छ, क्रान्तिचरी गीत
शोषणको अन्त्य गर्न भाइभाइमा मित ।

दुश्मनसँग झुक्दै नझुक्ने दृढ अठोट छ हाम्रो
न्याय र सत्यताको मिश्रण गराई गाउनुछ गीत राम्रो
धर्म निरपेक्ष देश हाम्रो, छैन राजतन्त्र !
राष्ट्र प्रमुख मन्दिर धाउने कस्तो गणतन्त्र ?

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
निवेदन
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal