२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
साहित्य
निवेदन
– हेम बहादुर गन्धर्व
महोदय,
खोई कसले
खोई के नाममा
मेरो बैङ्क खातामा
एक थैलो हात्तीछाप दाम
फुत्त छिराई दिएछ
थाहा नै पाइनँ मैले
म त महोदय,
सिंहदरबारभित्रको मान्छे
सिंहदरबार छेउमै
उभाएको छु माटैमाटोको पाँच तले
आधुनिक गौँथलीको गुँड
गुँड हुनेहरू
घरभाडामा आँखा गाड्न मिल्दैन
यो ऐन लेख्ने मै हुँ
तर महोदय,
धन भनेपछि
महादेवका पनि तीन आँखा भन्छन्
म त
जम्मा दुई आँखाको मान्छे
मिडिया करायो
पत्रिका रङ्गियो
मेरो खातामा फुत्त छिरेका हात्तीहरू त
घरभाडा पो रै’छ
थाहा नै पाइनँ मैले

महोदय,
अब मेरो
भ्वाङ परेको इमान्दारी
प्वाल परेको छवि
फर्कनु पर्छ दुरुस्तै मेरै जिउमा
बरु महोदय,
जति हात्ती छिरे खुसुक्क मेरो खातामा
त्यति नै हात्तीहरू समात्नू
म रिबन काट्दै
उद्घाटनमा हिड्दा आर्जेको
मेरो पसिनाको पारिश्रमिकबाट
त्यसैले महोदय,
हात्ती छिरेको थाहा नै नपाएकाले
यो नथाहा निवेदन
हात्ती शाखामा पठाएको छु
हात्ती शाखामा बताएको छु

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
कस्तो गणतन्त्र ?
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal