२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
समाचार
मन्त्री र सांसद विरुद्ध समाचार लेखेकोमा प्रधानमन्त्रीकै आपत्ति
काठमाडौँ। सङ्घ र प्रदेशका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिएको तथा सांसदले आफन्तलाई शाखा अधिकृत सरहको सुविधा हुने स्वकीय सचिवमा नियुक्त गरेको समाचारप्रति प्रधानमन्त्री केपी ओलीले आपत्ति प्रकट गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समाचारप्रति आपत्ति प्रकट गरेका हुन् ।
त्यस्ता समाचारले अतिवादलाई मलजल गर्ने तथा प्रतिगमन निम्त्याउने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले विगतमा पुरुष सांसदहरूले सुत्केरीको औषधि खाएको समाचार आउँदा असोज १८ र माघ १९ निम्तिएको दाबी समेत गरे । राष्ट्रपतिका लागि गाडी खरिद र कार्यालय विस्तारको विरोध गर्नु लोकतन्त्र धराशायी बनाउनु भएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले न दोहोरो सुविधा लिने मन्त्रीहरूलाई कारवाही गर्ने प्रतिबद्धता जनाउन सके, न परिवारका सदस्यलाई स्वकीय सचिव नियुक्त गर्नु नैतिक रूपमा बेठिक भएको भन्न सके । बरु त्यस्ता समाचार लेख्नु लोकतन्त्रमाथिको हमला भएको जिकिर गरे ।
रेलको टिकट काउन्टर खुल्छ
केही समय अघि प्रधानमन्त्री केपी ओलीले भनेका थिए– १६ पुस २०७५ मा पानीजहाज चल्छ, सँगै कलकत्ता जान तयार हुनु होला । प्रधानमन्त्रीको त्यो भनाइलाई अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले निकै उडाएका छन् । पानी जहाजमा सँगै यात्रा गर्न आफूहरूलाई निम्तो गरेको भन्दै काङ्ग्रेस सांसदले पनि सरकारको आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमा आएका कुरातर्फ लक्षित गर्दै ओलीले भने– कुनै समय पानीजहाजको कुरा गर्दा कागजका डुङ्गा फ्याँकियो । रेलको चर्चा गर्दा रित्ता बाल्टिन लाइनमा राखी कुरा काटियो । अहिले पनि सुनेको छु, जहाजको टिकट काटौँ भनेको, काउन्टर खै ? हिजो नपत्याउनेहरू समेत आज, अब त हुन्छ क्यारे भन्ने तहमा पुगेकोमा म खुशी व्यक्त गर्दछु । ओलीले रेल र पानीजहाज आउने तथा स्टेसन र टिकट काउन्टर सबै खुल्ने भन्दै ढुक्क रहन काङ्ग्रेसलाई आग्रह गरे ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
अभियुक्त चौधरीलाई माननीयको सम्मान आपत्तिजनक ः मसाल
विरोध गर्न राजमोको अपिल
समताको राष्ट्रिय भेला सम्पन्न
‘देशको प्रशासन यन्त्र नै भ्रष्ट’
आयल निगमका पूर्व प्रमुख खड्काद्वारा अकूत आयआर्जन
अखिल नेपाल महिला सङ्घको राष्ट्रिय सम्मेलनको मिति सर्‍यो
उपसमितिको प्रतिवेदन लेखाले उल्ट्यायो
युरोपमा दुई महिने सङ्गठनात्मक अभियान
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal