२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
समाचार
युरोपमा दुई महिने सङ्गठनात्मक अभियान
बेल्जियम । युरोप नेपाली एकता समाजले युरोपका विभिन्न देशहरूमा दुई महिने विशेष सङ्गठनात्मक अभियान सञ्चालन गर्ने भएको छ । अभियान ९ जनवरी २०१९देखि सुरु हुनेछ । अभियान अन्तर्गत युरोपका विभिन्न देशहरूमा सङ्गठन निर्माण, बैठक, भेला र अन्तरक्रिया लगायतका कार्यक्रमहरू गरिने युरोप नेपाली एकता समाजका नेता हिमाल थापाले बताउनु भयो । 
 बेल्जियम नेपाली एकता समाजका सचिव समेत रहनु भएका नेता थापाले दिनु भएको जानकारी अनुसार उक्त विशेष सङ्गठनात्मक अभियानका लागि नेपालबाट राष्ट्रिय जनमोर्चाका युवा नेता कृष्ण अधिकारी युरोप आइसक्नु भएको छ । प्रत्येक देशका कार्यक्रमहरूमा नेता अधिकारी पुग्नु हुने समेत थापाले बताउनु भयो । उहाँका अनुसार कार्यक्रम ९ जनवरीदेखि १३सम्म पोर्तुगलमा, १४देखि १९सम्म स्पेनमा, २०देखि २३ डेनमार्कमा, २४देखि २६सम्म स्विडेन र फिनल्यान्डमा, जनवरीकै २९ र ३० मा बेल्जियममा, जनवरी ३१देखि फेबु्रअरी २सम्म लक्जमबर्गमा, फेबु्रअरी ३ मा जर्मनमा, १० फेबु्रअरीमा होल्यान्डमा र फेबु्रअरी १२ मा फ्रान्समा गरिने छ । स्पेन नेपाली एकता समाजका अध्यक्ष दुर्गा शर्माले बताउनु भए अनुसार स्पेनमा १४ जनवरी २०१९ का दिन अन्तरक्रियात्मक भेला आयोजना गरिएको छ । 
दुई महिने विशेष सङ्गठनात्मक अभियानलाई सफल पार्न अनुरोध गर्दै युरोप नेपाली एकता समाजले एक अपिल समेत प्रकाशित गरेको छ । अपिलमा अगाडि भनिएको छ– “युरोप नेपाली एकता समाज सम्पूर्ण युरोप देशभित्रका नेपाली समुदायहरूलाई सङ्गठित गर्न उद्देश्यबाट गठन भएको सामाजिक सङ्गठन हो । यो अन्तर्राष्ट्रिय नेपाली एकता समाजको शाखा सङ्गठनको रूपमा २०१६देखि युरोपमा कार्यरत छ । यसले विदेशमा रहेका श्रमजीवी नेपालीहरूको बीचमा एकता र सदभाव कायम गर्दै उनीहरूको कल्याण र उत्थानका लागि काम गर्दै आएको छ । 
युरोपमा पनि नेपालीहरूको आर्थिक सामाजीक हक–हित र अधिकार रक्षाका लागि, नेपालीहरूका भाषा र संस्कृतिको विकासका लागि, नेपालीहरूका मानवीय, कानुनी हित रक्षा र कानुनी संरक्षण प्राप्त गर्नका लागि र प्रवासी नेपालीहरूलाई कार्यरत मुलुकबाट नै राष्ट्रिय चुनावहरूमा मताधिकारको अधिकार दिलाउनका लागि सङ्घर्ष गर्दै आएका छौँ । हालै नेपालको सर्वोच्च अदालतले प्रवासी नेपालीहरूलाई मतदानको अधिकार दिने निर्णय गरेको छ । त्यसको स्वागत गर्दै त्यस निर्णयलाई तुरुन्त कार्यान्वयन गर्न माग गर्दछौँ । 
आफ्नो मातृभूमिदेखि हजारौँ किलोमिटर टाढा रहे पनि नेपालको राजनीतिक परिस्थितिदेखि हामी अनभिज्ञ रहन सक्दैनौँ । नेपालको लोकतन्त्र तथा गणतन्त्र प्राप्तिको आन्दोलनका साथै राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा चलेको आन्दोलनहरूमा प्रवासी नेपालीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । आज देशमा स्थिर सरकार गठन भएको छ तर देशले कुनै उपलब्धि हासिल गरेको छैन । महङ्गी, लुट, भ्रष्टाचार, कालोबजारी, बलत्कार र दण्डहीनता झनै बढेर गएको छ । देशको राष्ट्रियता दिन–प्रतिदिन झन् कमजोर बनेको छ । नयाँ संविधान निर्माणसँगै गणतन्त्र संस्थागत भए पनि नेपाली समाजको आधारभूत संरचनामा सामान्य परिवर्तन आए पनि आधारभूत संरचनामा परिवर्तन भएको छैन । मुलुकमा पुँजीवादी राजनीतिक क्रान्तिको चरण समाप्त भएको भन्दै दक्षिणपन्थी अवसरवाद तीव्र रूपमा हावी हँुदै गइरहेको छ । सङ्घीयता खारेजीको प्रश्न पेचिलो रूपमा अगाडि आएको छ । राष्ट्रियताको रक्षामा गम्भीर बाधाहरू उत्पन्न भएका छन् । देशको सार्वभौमिकता कमजोर पार्ने र जनतालाई अनावश्यक करको बोझ बोकाउने सङ्घीयता व्यावहारिक रूपमै असफल भइसकेको छ । एकातिर, प्रतिगामी शक्तिहरू जाति, भाषा, क्षेत्र, धर्म आदिका नाममा देशलाई अस्थिरतातर्फ धकेल्न ठुलो प्रयत्न गरिरहेका छन् भने अर्कातिर, स्वयं सत्ताधारी र सत्ता बाहिर रहेका सङ्घीयताका पक्षधर दलहरूबाट नै देशको राष्ट्रियता, सार्वमौमिकता र अखण्डतालाई कमजोर पार्न जिम्मेवार छन् । राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा बिना विकास र समृद्व केवल नारा मात्र हुनेछन् । तसर्थ राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको निम्ति देश तथा प्रवासमा रहेका सम्पूर्ण सचेत राष्ट्रप्रेमी जनसमुदायको एकता अपरिहार्य छ । 
युरोप नेपाली एकता समाजले युरोपका विभिन्न देशहरूमा दुई महिने साङ्गठनिक कार्ययोजना बनाएको छ र पोर्तुगल, स्पेन, डेनमार्क, स्विडेन, फिनल्यान्ड, बेल्जियम, लक्जमबर्ग, जर्मन, होल्यान्ड र फ्रान्स आदि देशहरूमा भेला, सम्मेलन र अन्तरक्रिया आदि कार्यक्रमहरू तय गरेको छ । उक्त कार्यक्रमहरूमा सहभागिता जनाउन र उक्त कार्यक्रमहरूमा आर्थिक, भौतिक, नैतिक सहयोग र समर्थन गर्न सम्पूर्ण युरोपवासी नेपालीहरूलाई हार्दिक अनुरोध गर्दछौँ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
अभियुक्त चौधरीलाई माननीयको सम्मान आपत्तिजनक ः मसाल
विरोध गर्न राजमोको अपिल
समताको राष्ट्रिय भेला सम्पन्न
‘देशको प्रशासन यन्त्र नै भ्रष्ट’
आयल निगमका पूर्व प्रमुख खड्काद्वारा अकूत आयआर्जन
अखिल नेपाल महिला सङ्घको राष्ट्रिय सम्मेलनको मिति सर्‍यो
उपसमितिको प्रतिवेदन लेखाले उल्ट्यायो
मन्त्री र सांसद विरुद्ध समाचार लेखेकोमा प्रधानमन्त्रीकै आपत्ति
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal