२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
समाचार
उपसमितिको प्रतिवेदन लेखाले उल्ट्यायो
काठमाडौँ । वाइडबडी विमान प्रकरणमा संसदको लेखा समितिले दोषी ठहर गरेका मन्त्री र सचिवलाई चोख्याउन सत्तारूढ दलको निर्देशनमा लेखा समितिले उपसमितिको प्रतिवेदन उल्ट्याएको छ ।
अनियमितता प्रकरणमा मुछिएका गृहसचिव प्रेम बहादुर राईलाई चोख्याउन सत्तारूढ नेकपाले संसदको सार्वजनिक लेखा समितिका आफ्ना सदस्यलाई ह्विप लगाएको हो । पार्टीको आदेश मान्दै नेकपाका सांसदले उपसमितिको प्रतिवेदन पौष २३ गते उल्ट्याएका छन् । निलम्बन गरी हदैसम्म कारबाही गर्न सिफारिस गरिएका उनलाई समितिले निर्दोष बनाएको छ ।
उपसमितिले कारवाही गर्न सिफारिस गरेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई पनि पार्टी नेतृत्वकै दबाबमा नैतिक जिम्मेवारी मात्र लिनु पर्ने निचोड निकालेको छ । बहुचर्चित यस प्रकरणमा चार अर्ब रूपैयाँभन्दा बढी अनियमितता भएको उपसमितिको ठहर थियो । त्यसका मुख्य आरोपीमा राई र अधिकारी पनि थिए ।
दुई साता अघि गठित उपसमितिले लेखा समितिलाई गत बुधबार बुझाएको प्रतिवेदनमा मन्त्री अधिकारीलाई बदनियतपूर्वक मिलेमतो गरेको देखिँदा जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै कानुन वमोजिम कारवाही गर्न सिफारिस गरेको थियो । संशोधित प्रतिवेदनमा नैतिक जिम्मेवारी रहेकाले कानुन बमोजिम कारवाही गर्न मात्र सिफारिस गरेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
अभियुक्त चौधरीलाई माननीयको सम्मान आपत्तिजनक ः मसाल
विरोध गर्न राजमोको अपिल
समताको राष्ट्रिय भेला सम्पन्न
‘देशको प्रशासन यन्त्र नै भ्रष्ट’
आयल निगमका पूर्व प्रमुख खड्काद्वारा अकूत आयआर्जन
अखिल नेपाल महिला सङ्घको राष्ट्रिय सम्मेलनको मिति सर्‍यो
युरोपमा दुई महिने सङ्गठनात्मक अभियान
मन्त्री र सांसद विरुद्ध समाचार लेखेकोमा प्रधानमन्त्रीकै आपत्ति
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal