२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
समाचार
आयल निगमका पूर्व प्रमुख खड्काद्वारा अकूत आयआर्जन
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खडका विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खड्काले १८ करोड ६६ लाख पाँच हजार छ सय २९ रूपैयाँ गैरकानुनी आर्जन गरेको अभियोग अख्तियारले लगाएको छ । अख्तियारको आरोप पत्र अनुसार खडकाले आठ करोड ६४ लाख ६९ हजार सात सय ५१ रूपैयाँ मात्रै वैध रूपमा आर्जन गरेकोमा उनीमाथि अनुसन्धान हुँदा २७ करोड ३० लाख ७५ हजार तीन सय ८० रूपैयाँ जोडेको भेटिएको छ ।
खड्काले अमिता लामा र श्रीमती शर्मिला खडकाको नाममा सम्पत्ति लुकाएको दाबी सहित अख्तियारले उनीहरूलाई समेत प्रतिवादी बनाएको छ । खड्काले अमिताको नाममा सात करोड ५४ लाख ५७ हजार रूपैयाँ लुकाएको अख्तियारको दाबी छ । वैध आम्दानीको तुलनामा अस्वाभाविक सम्पत्ति थुपारेको अभियोगमा अख्तियारले खडकामाथि मुद्दा चलाएको हो । आफूमाथि छानबिन थालेपछि खडका विदेश गएको अख्तियार स्रोतले जनाएको छ ।
खड्काले छ वर्षको अवधिमा सात करोड ४४ लाख आर्जन गरेको अख्तियारको दाबी छ । त्यस अघि इन्जिनियरका रूपमा सेवा सुरु गरेदेखि सडक विभागको सुपरिन्टेन्डेन्ट इन्जिनियर (उपसचिव स्तर) बाट अवकाश हुँदासम्म उनले एक करोड २० लाख आर्जन गरेका थिए । उनी पछिल्लो समय आयल निगमको कार्यकारी निर्देशक थिए भने त्यही समय जग्गा खरिद अनियमिततामा मुछिएका थिए ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
अभियुक्त चौधरीलाई माननीयको सम्मान आपत्तिजनक ः मसाल
विरोध गर्न राजमोको अपिल
समताको राष्ट्रिय भेला सम्पन्न
‘देशको प्रशासन यन्त्र नै भ्रष्ट’
अखिल नेपाल महिला सङ्घको राष्ट्रिय सम्मेलनको मिति सर्‍यो
उपसमितिको प्रतिवेदन लेखाले उल्ट्यायो
युरोपमा दुई महिने सङ्गठनात्मक अभियान
मन्त्री र सांसद विरुद्ध समाचार लेखेकोमा प्रधानमन्त्रीकै आपत्ति
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal