२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
समाचार
‘देशको प्रशासन यन्त्र नै भ्रष्ट’
काठमाडौँ । नेकपा (मसाल) ले देशको प्रशासन यन्त्र नै गम्भीर रूपले भ्रष्ट भएको प्रष्ट भएको बताएको छ । वाइडवडी जहाज खरिद प्रकरणमा देखिएको अनियमितता, नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्कासित सम्बन्धित भ्रष्टचार र त्यसभन्दा अघि आएका भ्रष्टचारसम्बन्धी तथ्यहरूले देशको प्रशासन यन्त्र नै भ्रष्ट भएको प्रष्ट भएको नेकपा (मसाल) को धारणा छ ।
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा २०७५ पौष २४ जारी विज्ञप्तिमा उक्त धारणा उल्लेख गरिएको छ । विज्ञप्तिमा देशमा बढिरहेका भ्रष्टचारका गम्भीर घटनाहरूले भ्रष्टचारलाई निमूल पार्ने ओली सरकारको प्रतिबद्धता पनि अर्थहीन भएको समेत उल्लेख गरिएको छ । महामन्त्री सिंहद्वारा जारी उक्त विज्ञप्तिमा अगाडि भनिएको छ–“देशमा बढिरहेका भ्रष्टाचारका घटनाहरूप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षित भएको छ । त्यस सिलसिलामा हाल राष्ट्रिय रूपमा नै चर्चामा आएका वाइडबडी जहाज खरिद प्रकरणमा भएको अनियमितता र भ्रष्टाचार तथा आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का सित सम्बन्धित भ्रष्टाचारसम्बन्धी तथ्यहरू अत्यन्त गम्भीर प्रकारका छन् । वास्तवमा यस प्रकारको अनियमितता र भ्रष्टाचारसम्बन्धी मुद्दाहरू यी दुइवटा मात्र होइनन् । यसभन्दा पहिले पनि भ्रष्टाचारसम्बन्धी कैयौँ तथ्यहरू आउने गरेका छन् । त्यसले देशको प्रशासनयन्त्र नै गम्भीर रूपले भ्रष्ट भएको कुरा प्रष्ट हुन्छ । ओलीको सरकारको भ्रष्टाचारलाई निर्मूल पार्ने प्रतिबद्धता पनि भ्रष्टाचारका यी घटनाहरूबाट अर्थहीन भएको कुरा प्रष्ट हुन्छ । 
वाइडबडी जहाज खरिदमा भएको अनियमितता र भ्रष्टचार अत्यन्त गम्भीर प्रकृतिको छ । त्यसकारण हामीले त्यो अनियमितता र भ्रष्टाचारसम्बन्धी तथ्यहरूलाई उच्च स्तरीय र निष्पक्ष प्रकारले छानवीन गरेर दोषी व्यक्तिहरूलाई कडाईपूर्वक कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यसका साथै आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्काबारे पनि सरकारी सेवाको सम्पूर्ण कार्यकाल भ्रष्टाचारमा नै मुछिएको देखिन्छ । त्यस प्रकारको व्यक्तिलाई बारम्बार पदोन्नति गर्ने जुन कार्य गरियो त्यसका लागि जिम्मेवार व्यक्तिहरूलाई पनि छानविनको घेरामा ल्याउनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।
माथि उल्लेख गरिएका एकाध मुद्दाहरू खाली प्रतिनिधि उदाहरण मात्र हुन् । नयाँ नयाँ आइरहेका भ्रष्टाचारका उदाहरणहरूबाट उच्च स्तरीय मन्त्रीहरूदेखि सम्पूर्ण प्रशासन यन्त्र नै भ्रष्टाचारको दलदल फसेको देखिन्छ । त्यस प्रकारको भ्रष्टाचारको निवारण नगरिकन देशको विकास सम्भव छैन । त्यसकारण भ्रष्टाचारको निवारणका लागि आवाज उठाउन तथा सरकारमाथि जनदबाबको सिर्जना गर्नका लागि हाम्रो पार्टीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहान्छ । 
यस सन्दर्भमा यससितसम्बन्धी अर्को पक्षप्रति पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । विभिन्न भ्रष्टाचारका मुद्दाहरूमा छानवीन वा कार्वाही शुरु गरे पनि सामान्यतया उनीहरू दण्ड सजाय विनानै छुट्ने गरेका कैयौँ उदाहरणहरू छन् । अहिलेका प्रसङ्गहरूमा पनि त्यस प्रकारको पुनरावृत्ति नहोस् भन्ने कुरामा हामीले विशेष जोड दिन्छौँ । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
अभियुक्त चौधरीलाई माननीयको सम्मान आपत्तिजनक ः मसाल
विरोध गर्न राजमोको अपिल
समताको राष्ट्रिय भेला सम्पन्न
आयल निगमका पूर्व प्रमुख खड्काद्वारा अकूत आयआर्जन
अखिल नेपाल महिला सङ्घको राष्ट्रिय सम्मेलनको मिति सर्‍यो
उपसमितिको प्रतिवेदन लेखाले उल्ट्यायो
युरोपमा दुई महिने सङ्गठनात्मक अभियान
मन्त्री र सांसद विरुद्ध समाचार लेखेकोमा प्रधानमन्त्रीकै आपत्ति
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal