२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
समाचार
समताको राष्ट्रिय भेला सम्पन्न
बुटवल । जातीय समता समाजको नवौँ राष्ट्रिय भेला यही पौष २० र २१ गते रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । 
समता समाजमा अध्यक्ष दिल बहादुर विकको अध्यक्षता, महासचिव गोविन्द विकको सञ्चालन र उपाध्यक्ष टिका बहादुर विकको स्वागत रहेको नवौँ राष्ट्रिय भेलाको उद्घाटन प्रमुख अतिथि तथा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले पानसमा द्वीप प्रज्ज्वलन गरी तालीको गडगडाहटका बीच गर्नु भयो । आफ्नो उद्घाटन भाषणको क्रममा उहाँले जातीय मुक्ति वर्गीय मुक्तिसित जोडिएको बताउँदै हाम्रो मुक्ति के हो ? हाम्रो वर्ग कुन हो ? त्यसलाई बुझेर आन्दोलन गर्‍यौँ भने मात्र हामी सफल हुन सक्छौँ भन्नु भयो । दश वर्षे सशस्त्र द्वन्द्वमा ठुलो सङ्ख्यामा दलितहरू लागेर सहादत प्राप्त गरेको प्रसङ्ग उठाउँदै उनीहरू साँच्चिकै मुक्तिका लागि युद्धमा लागेको तर नेतृत्वले गद्दारी गरेकाले दलित लगायत नेपाली जनताको मुक्तिको सपना अधुरो रहेको उहाँले बताउनुभयो । अहिले देशमा ७ वर्षदेखि ७० वर्षसम्मका महिलाहरू बलात्कृत भएको प्रसङ्ग उठाउँदै उहाँले निर्मला पन्तको बलात्कार काण्ड सरकारसित जोडिएको दावी गर्नु भयो । आगामी कार्यक्रम तय गर्न आयोजना गरिएको उक्त भेलालाई अतिथिहरू वामपन्थी नेता का. सुरेश थापा, समाजमा पूर्व अध्यक्ष तथा सल्लाहकारद्वय राजेश विक र सन्त बहादुर नेपाली, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी र अखिल (छैठौँ) का केन्द्रीय सदस्य प्रकाश जिसीले शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो । भेलाको उद्घाटन शत्र समापन भएपछि सङ्गठन र अनुशासन विषयमा सुरेश थापा र दलित आन्दोलनको कार्यदिशा विषयमा सन्त बहादुर नेपालीले प्रशिक्षण दिनु भएको भेला पश्चात् अध्यक्ष दिल बहादुर वि.क.द्वारा २०७५ पौष २२ गते जारी प्रेस विज्ञप्तिमा बताइएको छ । अध्यक्ष वि.क.द्वारा जारी उक्त विज्ञप्तिमा अगाडि भनिएको छ–“२१ गते बिहानदेखि राजेश विकको अध्यक्षतामा निरू विक र अइन्द्र विक सदस्य रहेको तीन सदस्यीय अध्यक्ष मण्डल गठन भएपछि बन्दशत्र सुरु भयो । सर्वप्रथम सम्बन्धित जिल्लाका प्रतिनिधिहरूबाट आ–आफ्नो जिल्लाको गतिविधिको रिपोर्ट प्रस्तुत भएपछि केन्द्रीय समितिकोतर्फबाट अध्यक्षले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गरेपछि छलफल भयो र आएका सुझावहरूलाई समावेश गर्नेगरी उक्त प्रतिवेदन पारित भयो । सो भेलामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष रेकम सुनारले र आगामी कार्यक्रमसम्बन्धी ठोस प्रस्ताव दिल बहादुर विकले प्रस्तुत गर्नु भयो र व्यापक छलफलपछि पारित भयो । 
१. भेलाले आगामी २०७६ फागुन महिनामा जातीय समता समाजको चौथो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसको मिति र स्थानबारेपछि निर्णय गरिने छ ।
२. लामो समयसम्म बैठकमा उपस्थित हुन नसकेका तथा जिम्मेवारी पुरा गर्न नसकेका वा जिम्मेवारीबाट हट्न इच्छा प्रकट गरेका पूर्ण सदस्य, वैकल्पीक सदस्य तथा सल्लाहकारहरूलाई हटाई रिक्त हुन आएको स्थानमा पदपूर्ति गरियो । जस अनुसार पूर्ण सदस्य जित बहादुर विक, चन्द्र बहादुर नेपाली र शेर बहादुर विकलाई हटाई रिक्त हुन आएको पूर्ण सदस्यको स्थानमा तिलक परियार (कैलाली), गोपाल नेपाली (प्युठान) र राजेन्द्र नेपाली (अर्घाखाँची)लाई राख्ने निर्णय गरियो । रिक्त हुन आएको सचिव पदमा गोपाल नेपालीलाई राख्ने निर्णय गरियो । वैकल्पीक सदस्य नरेन्द्र विरहीलाई हटाई रिक्त हुन आएको स्थानमा पन बहादुर विकलाई वैकल्पिक सदस्यमा चयन गरियो । साथै सल्लाहकारहरू राम बहादुर नेपाली, रामबसुलाई हटाएर चन्द्र बहादुर नेपाली (दाङ), नरेन्द्र विरही (बागलुङ)लाई सल्लाहकारमा राखिएको छ । भेलाद्वारा जिम्मेवारी विभाजनमा केही हेरफेर गरिएको छ । जस अनुसार, ७ नं. प्रदेशको इन्चार्ज तिलक परियार, ६ नं. प्रदेशको इन्चार्ज गोविन्द विक, बागलुङ जिल्लाको इन्चार्ज पन बहादुर विक र सहयोगी नरेन्द्र विरही, प्युठानको इन्चार्ज गोपाल नेपाली, कपिलवस्तु र रोल्पाको इन्चार्ज रेकम सुनार, पाल्पा र नवलपरासीको इन्चार्ज राजेश विक, रूपन्देही इन्चार्ज सन्त बहादुर नेपाली, म्याग्दीको जिम्मा नरेन्द्र विरही, कञ्चनपुर र डोटीको इन्चार्ज विक्रम विक, अर्घाखाँची र गुल्मीको इन्चार्ज राजेन्द्र नेपाली, दाङको इन्चार्ज चन्द्रबहादुर नेपाली, सल्यान र रुकुम पूर्वको इन्चार्ज टिका बहादुर विक रहनु भएको छ । अन्य सदस्यहरूको जिम्मेवारी यथावत रहेको छ । 
३. अगामी नयाँ वर्षको अवसरमा विज्ञापन उठाई समता सन्देश प्रकाशन गर्ने निर्णय गरियो । त्यसका साथै राजेश विकको संयोजकत्वमा दिल बहादुर विक र सन्त बहादुर नेपाली सदस्य रहेको तीन सदस्यीय प्रकाशन समिति गठन गरिएको छ । 
४. राष्ट्रिय भेलाले २०७५ माघ १५देखि माघ मसान्तसम्म प्रथम चरणको “समता सङ्गठनात्मक अभियान” पाँच वटा जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको छ । ती पाँच जिल्लाहरूमा उक्त अभियानलाई सफल पार्न जिल्लाका बैठकको मिति ठेगान गरियो । जस अनुसार अर्घाखाँची माघ १२, प्युठान माघ ५, दाङ माघ ११, कैलाली माघ ५ र कञ्चनपुर माघ १२ गते रहेको छ । उक्त अभियानमा दिल बहादुर विक दाङ र राजेश विक अर्घाखाँची जाने निर्णय भयो । सम्बन्धित जिल्लाका इन्चार्ज र केन्द्रीय सदस्यहरूको नेतृत्वमा अभियान सञ्चालन गरिने छ । बाँकी अन्य जिल्लाहरूमा क्रमशः दोश्रो र तेश्रो चरणको अभियान सञ्चालन गरिने छ ।
५. २०७६ वैशाख ३ गते समता समाजको स्थापना दिवसको अवसरमा बुटवलमा केन्द्रको आयोजनामा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय भएको छ । जिल्लाहरूले पनि स्थापना दिवसको अवसरमा सभा, जुलुुस, कोणसभा, अन्तरक्रिया, गोष्ठी, रक्तदान, खेलकुद वा अन्य कुनै रचनात्मक कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ । 
६. आगामी २०७६ पैशाख १२, १३ र १४ गते बुटवलमा राजमोकातर्फबाट स्थानीय निकायमा विजयी भएका दलित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ । दिल बहादुर विक, गोविन्द विक र रन बहादुर रिजाल रहेको प्रशिक्षण व्यवस्थापन समिति समेत गठन गरिएको छ । 
७. गण्डकी प्रदेशको जातीय समता समाजको प्रदेश स्तरीय भेला २०७५ माघ २६ मा पोखरामा गर्ने निर्णय भएको छ ।
८. आगामी २०७६ मङ्सिर महिनामा जातीय समता समाजको केन्द्रीय स्तरको प्रशिक्षण बुटवलमा राख्ने न्र्णिय भयो ।
९. दलितहरूको हकमा संविधानमा ३ वर्षभित्र कानुन बनाई लागु गर्ने उल्लेख भएता पनि सरकारले अहिलेसम्म कानुन बनाउन कुनै चासो नदेखाएकाले त्यसका विरुद्ध दबाब सिर्जना गर्न आन्दोलनको उत्थान गर्ने, त्यसमा तात्कालिक राष्ट्रिय र स्थानीय महत्वका घटनाहरूलाई पनि समावेश गरेर लैजाने निर्णय भएको छ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
अभियुक्त चौधरीलाई माननीयको सम्मान आपत्तिजनक ः मसाल
विरोध गर्न राजमोको अपिल
‘देशको प्रशासन यन्त्र नै भ्रष्ट’
आयल निगमका पूर्व प्रमुख खड्काद्वारा अकूत आयआर्जन
अखिल नेपाल महिला सङ्घको राष्ट्रिय सम्मेलनको मिति सर्‍यो
उपसमितिको प्रतिवेदन लेखाले उल्ट्यायो
युरोपमा दुई महिने सङ्गठनात्मक अभियान
मन्त्री र सांसद विरुद्ध समाचार लेखेकोमा प्रधानमन्त्रीकै आपत्ति
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal