२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
समाचार
विरोध गर्न राजमोको अपिल
अभियुक्त रेशम चौधरीलाई सांसदको सपथ गराइएको घटना प्रति राष्ट्रिय जनमोर्चाले आफ्नो गम्भीर रूपमा ध्यानकर्षण भएको जनाएको छ । उक्त कार्यलाई आपत्तिजनक बताउँदै राजमोले सरकारको त्यस प्रकारको सम्झौतापरस्त कार्यको विरोध गर्न जनतासँग अपिल गरेको छ । राजमो अध्यक्ष चित्र बहादुर के.सी.द्वारा २०७५ पौष २० गते जारी प्रेस विज्ञप्तिमा सो अपिल गरिएको छ । वक्तव्यमा अगाडि भनिएको छ–“टिकापुर काण्डका मुख्य फौजदारी अभियुक्त, डिल्लीबजार कारागारमा उक्त अभियोगको पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीलाई सरकारको निर्णयले हिजो प्रतिनिधि सभा सांसदको सपथ ग्रहण गराइएकोप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ । उनीमाथि टिकापुर काण्डमा एक जना नाबालक सहित नौ जना मानिसहरूको हत्या गरेको आरोप छ र त्यस आरोपमा उनी थुनामा छन् । यस्तो अवस्थामा उनलाई सपथ ग्रहण गराएर ‘माननीय सांसद’ को मान्यता दिनु अत्यन्त आपत्तिजनक र गलत कार्य हो । यस कार्यको राष्ट्रिय जनमोर्चाले विरोध र भ्रत्सना गर्दछ ।
टिकापुर काण्डपछि रेशमलाल चौधरी फरार रहेका थिए । फरार अवस्थामा नै बारेसनामाबाट दरखास्त हाली चुनाव जितेका थिए । चुनाव जितेपछि पनि आफू गिरफ्तार हुने डरले प्रमाण पत्र लिन आएका थिएनन् । मधेशवादीहरूले उनको जघन्य हत्यासम्बन्धी फौजदारी अभियोगलाई कथित राजनीतिक घटनाको सङ्ज्ञा दिएर मुद्दा फिर्ता गरी सांसदको सपथ गराउन सरकारलाई दबाब दिदै आएका थिए । त्यति मात्र होइन, उनीहरूका राष्ट्रघाती प्रकारका मागहरूलाई सम्बोधन गर्न संविधान र नागरिकता विधेयक संशोधन लगायतका मागहरू स्वीकार गराउन दबाब दिदै आएका छन् । सरकारलाई आवश्यक बहुमत हुँदाहुँदै पनि यिनीहरूले समर्थन गरे र त्यस आधारमा पनि सरकारलाई आफ्ना मागहरू पुरा गर्न दबाब दिइरहेका छन् ।पछि उनीहरूले आफ्ना माग पुरा नभए समर्थन फिर्ता लिने धम्की समेत दिए । यो धम्कीले सरकारलाई प्रभाव पार्ने कुनै कारण थिएन । सबैलाई थाहा भएको कुरा हो कि भारतीय विस्तारवादले उसको उद्देश्य पुरा गर्नु पर्ने प्रकारले संविधान संशोधन गर्ने, खुकुलो नागरिकता नीति बनाउन नागरिकता विधेयक परिवर्तन गर्ने र त्यस प्रकारका अन्य कार्यका लागि दबाब दिदै आएको छ र मधेशवादीहरूलाई पनि अघि सार्ने गरेको छ । वास्तवमा मधेशवादी र भारतको दबाबको अगाडि घुँडा टेकेर सरकारले रेशमलाल चौधरीलाई सपथ ग्रहण गराउने गैरकानुनी र अनैतिक राजनीतिक कार्य गरेको छ । अब सरकारले यस प्रकारले उनीहरूका अगाडि घुँडा टेक्दै जाने हो भने आगामी दिनमा राष्ट्रघाती प्रकारले संविधान संशोधन, नागरिकतासम्बन्धी सहित उनीहरूका माग पुरा गर्दै जानु पर्नेछ । त्यसो भयो भने नेपालको लागि दुर्भाग्य हुनेछ । सरकारका त्यस प्रकारका सम्झौतापरस्त कार्यका लागि हामीले दृढताका साथ विरोध गर्नेछौँ । सबै देशभक्त, राजनीतिक दल, सङ्घ÷संस्था र जनतासँग त्यस प्रकारले विरोध गर्न पनि अपिल गर्न चाहन्छौँ ।”
युवक सङ्घको विरोध
अखिल नेपाल युवक सङ्घले पनि अभियुक्त रेशम चौधरीलाई सांसदको सपथ ग्रहण गराइएको कार्यलाई ‘आपत्तिजनक र गलत’ बताउँदै विरोध गरेको छ । सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरेद्वारा २०७५ पौष २१ गते जारी प्रेस वक्तव्यमा सो विरोध गरिएको छ । वक्तव्यमा अगाडि भनिएको छ–“ १. टिकापुर काण्डका मुख्य फौजदारी अभियुक्त, डिल्लीबजार कारागारमा उक्त अभियोगको पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीलाई सरकारको निर्णयले प्रतिनिधि सभा सांसदको सपथ ग्रहण गराइएकोप्रति अखिल नेपाल युवक सङ्घको गम्भीर रूपमा ध्यानाकर्षण भएको छ । उनीमाथि टिकापुर काण्डमा एक जना नाबालक सहित नौजना मानिसहरूको हत्या गरेको आरोप छ र त्यस आरोपमा उनी थुनामा छन् । यस्तो अवस्थामा उनलाई सपथ ग्रहण गराएर ‘माननीय सांसद’ को मान्यता दिनु अत्यन्त आपत्तिजनक र गलत कार्य हो । यस कार्यको हामीले तीव्र भ्रत्सना गर्दछाँै । वास्तवमा मधेशवादी र भारतको दबाबको अगाडि घुँडा टेकेर सरकारले रेशमलाल चौधरीलाई सपथ ग्रहण गराउने गैरकानुनी र अनैतिक राजनीतिक कार्य गरेको छ । यसले कानुनी राज्यको धज्जी उडेको छ । यसले मुलुकमा दण्डहीनतालाई मौलाउने मौका दिन्छ र मुलुक झन् अराजकतातिर जाने खतरा हुन्छ । अपराधीहरूलाई संरक्षण नगर्न र कडा सजायको व्यवस्था गर्न हामीले सरकारसँग माग गर्दछौँ ।
२. वाइडबडी प्रकरणमा अरबौँ भ्रष्टाचार भएको ठहर गरी संसदीय उपसमितिले पूर्व मन्त्री र बहालवाला मन्त्री समेतलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने प्रतिपेदन बुझाएपछि पनि त्यसलाई विभिन्न बहानामा जोगाउने प्रयत्न हुनु गम्भीर कुरा हो । नैतिकताको आधारमा सम्बन्धित मन्त्री लगायत अन्य उच्च अधिकारीहरूले राजिनामा गरी अनुसन्धान प्रक्रियालाई थप सहयोग पुयाउन र दोषीहरूलाई कडाभन्दा कडा कार्वाही गर्न माग गर्छौं ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
अभियुक्त चौधरीलाई माननीयको सम्मान आपत्तिजनक ः मसाल
समताको राष्ट्रिय भेला सम्पन्न
‘देशको प्रशासन यन्त्र नै भ्रष्ट’
आयल निगमका पूर्व प्रमुख खड्काद्वारा अकूत आयआर्जन
अखिल नेपाल महिला सङ्घको राष्ट्रिय सम्मेलनको मिति सर्‍यो
उपसमितिको प्रतिवेदन लेखाले उल्ट्यायो
युरोपमा दुई महिने सङ्गठनात्मक अभियान
मन्त्री र सांसद विरुद्ध समाचार लेखेकोमा प्रधानमन्त्रीकै आपत्ति
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal