२०७५ माघ २ गते, बुधबार   वर्ष ३६, अङ्क १०
मिति(२०७५ माघ ५, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
समाचार
अभियुक्त चौधरीलाई माननीयको सम्मान आपत्तिजनक ः मसाल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले टिकापुर काण्डका ‘मुख्य अभियुक्त’ रेशम चौधरीलाई सपथ ग्रहण गराएर माननीयको सम्मान दिनु अत्यन्त आपत्तिजनक कार्य भएको बताएको छ ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा जुन घटना घट्यो त्यो सम्झँदा मात्र पनि जो कोहीको आङ जिरिङ हुन्छ । थारुहट आन्दोलनका नाममा जम्मा भएको हतियारधारी जत्थाले एसएसपी लक्ष्मण न्यौपाने सहित सात सुरक्षाकर्मीलाई खेदाइ–खेदाइ भाला, तरवार र खुँडाले प्रहार गर्दै जिउँदै आगो लगाएर मारेको थियो । त्यति मात्र होइन त्यो अराजक जत्थाले घर आँगनमा खेलिरहेको एक दुधे बालकको समेत हत्या गरेको थियो । चौधरीलाई उक्त घटनाको मुख्य योजनाकार ठानिएकोा छ । घटना लगत्तै फरार चौधरी गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भूमिगत अवस्थाबाटै कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएर विजय बनेका थिए । जिल्ला अदालत कैलालीले उनै रेशम चौधरीलाई ‘टिकापुर घटनाको मुख्य मुख्य दोषी ठहर गरेपछि उनको सपथ रोकिएको थियो । १४ फागुन २०७४ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका अधियुक्त चौधरीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तत्काल जिल्ला कारागार कैलालीमा राखिएका अभियुक्त चौधरीलाईपछि काठमाडौँको दिल्ली बजारस्थित सदरखोर कारागारमा ल्याइएको थियो । ओली सरकारले अहिले अभियुक्त चौधरीलाई सदरखोर कारागार दिल्लीबजारबाट ससम्मान सिंहदरबार लगेर सांसदको सपथ ग्रहण गराएको थियो । मधेशवादीहरूको दबाबमा आएर सरकारले गरेको उक्त कार्यको नेकपा (मसाल)ले तीव्र विरोध र भत्र्सना गरेको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहद्वारा २०७५ पौष २० गते जारी प्रेस वक्तव्यमा सो भत्र्सना गरिएको छ । वक्तव्यमा अगाडि भनिएको छ–“टिकापुर काण्डका अभियुक्त रेशम चौधरीलाई संसदको सपथ ग्रहण गराएको कार्यप्रति नेकपा (मसाल) ले गम्भीर आपत्ति र विरोध प्रकट गर्दछ । उनीमाथि एउटा नाबालक सहित ९ जना मानिसहरूको हत्याको आरोप छ । यो अवस्थामा उनलाई सपथ ग्रहण गराएर ‘माननीय’ को सम्मान दिनु अत्यन्त आपत्तिजनक कार्य हो । यो कुरा बुझ्न गाह्रो पर्दैन कि मधेशवादीहरूको दबाबमा नै सरकारले यो कार्य गरेको हो ।
मधेशवादीहरूले रेशम चौधरीलाई सपथ ग्रहण उनको मुद्दालाई राजनीतिक मुद्दा बताएर उक्त मुद्दालाई फिर्ता लिन तथा संविधानमा उनीहरूका राष्ट्रघाती संशोधनहरूलाई स्वीकार गर्न समेत लगातार दबाब दिंदै आएका छन् र उनीहरूका मागहरू पुरा नगरेमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने धम्की दिदै आएका छन् । मधेशवादीहरूको त्यस प्रकारको धम्कीका कारणले नै सरकारले रेशम चौधरी जस्तो गम्भीर प्रकारको ज्यान मुद्दामा गिरफ्तार भएको व्यक्तिलाई समेत सपथ ग्रहण गराउने कार्य गरेको छ । सरकारको त्यस प्रकारको कार्यको हाम्रो पार्टीले तीव्र शब्दमा विरोध र भत्र्सना गर्दछ ।
मधेशवादीहरूले जुन प्रकारका मागहरू अगाडि सारेका छन्, ती अत्यन्त आपत्तिजनक र राष्ट्रघाती प्रकारका छन् । उनीहरूको दबाबमा आएर अहिले सरकारले रेशम चौधरीलाई सपथ ग्रहण गराएको कार्यबाट सरकारले उनीहरूका संविधानमा संशोधन सहित अन्य मागहरू पनि पुरा गर्दै जाने त होइन ? गम्भीर आशङ्का उत्पन्न भएको छ । सरकारका त्यस प्रकारका कुनै पनि सम्झौतापरस्त कदमहरूको हाम्रो पार्टीले सम्झौताहीन प्रकारले विरोध गर्नेछ र अन्य सबै देशभक्त, राजनीतिक शक्तिहरू, सङ्घङ्घ÷संस्था, व्यक्तित्व वा जनतासँग पनि त्यसका लागि अपिल गर्दछ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
विरोध गर्न राजमोको अपिल
समताको राष्ट्रिय भेला सम्पन्न
‘देशको प्रशासन यन्त्र नै भ्रष्ट’
आयल निगमका पूर्व प्रमुख खड्काद्वारा अकूत आयआर्जन
अखिल नेपाल महिला सङ्घको राष्ट्रिय सम्मेलनको मिति सर्‍यो
उपसमितिको प्रतिवेदन लेखाले उल्ट्यायो
युरोपमा दुई महिने सङ्गठनात्मक अभियान
मन्त्री र सांसद विरुद्ध समाचार लेखेकोमा प्रधानमन्त्रीकै आपत्ति
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal