२०७५ माघ २३ गते, बुधबार   वर्ष ३६, अङ्क १३
मिति(२०७५ फाल्गुन ६, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
समाचार
सहिद र समय
–आविष्कार कला
कोतपर्वले जग हालेको 
शासनका लागि मात्रै होइन 
इतिहास देखिको थिचोमिचो 
१९०३भन्दा पूर्वको
असमानता 
अमानवीयता
र, अपराधको राज्य
गर्लामै ढाल्न
मनमा आँट भएकाहरू जुट्दै थिए ।

जब आँटले बोलीको रूप लियो 
शासकको जगमा 
१९८० पछिको 
ठुलो मानवीय भुकम्प गयो 
रूसमा जारले हावा खाएको कुरा 
नौजवानहरूको कानमा परिरहन्थ्यो
तर शासक
जारले झैँ जनता पिस्ने कुरा गर्‍थो ।

१९०३ देखिको शासन
मक्किसकेको थियो 
त्यसभन्दा पहिलाको त झन् कति कति 
अन्यायले मक्किएको
शासनको पर्खाल भत्काउन 
जवानहरू आवाज निकाले ।

जनताको छातिमा गोली 
घाँटीमा फाँसी दिएर 
अन्यायले आफ्नो शासनको
नवीकरण गर्न खोज्यो
नौजवानहरूको बोली
शासकको गोलीभन्दा तेज बन्यो
१९९७ मा जनताको बोलीको गर्भ बस्यो 
गर्भ बस्दै गर्दा चार सपुतले 
छाती दिए 
घाँटी दिए 
रगत दिए
प्राण पनि त्यही गर्भले
१० वर्षपछि पर्खाल त ढालियो ।

इँटा, ढुङ्गा, माटोहरू 
उनै प्रयोग गरी
नयाँ जग हालियो
जगको संरचना पुरै कमजोर बन्यो
फेरि १० वर्षमा
त्यो जग स्थानान्तरण भयो षडयन्त्रमा ।

षडयन्त्रको जगमा बनेको पर्खालमा 
बाहिर पेन्टिङ गर्दै 
मक्किएका इँटाबाटै
३० वर्ष एउटा पर्खाल चल्यो 
सुइय.. सुइय.. स्वास फेरी फेरी ।

जनताले फेरि छाती दिए
सत्ता नवीकरणको बाधक बनेर
पर्खाल ढल्यो
तर, अवशेषहरू बाँकी रहे ।

अवशेषसँग मिसिनेहरू
जनताको छातीको आवाज बोल्नेहरू
अलि अलि कित्ताकाट हँुदै 
अवशेष हटाउन सुरु भयो
१९०३भन्दा पहिलाको ।

यो बलवान समयले 
के दियो ?
शिक्षा
वा षडयन्त्र मात्रै ?
ए समय 
त साँच्चिकै बलवान् छस् भने 
ती सहिदहरूको भावना कहिले पुरा हुन्छ ?
सहिद भएको चौरासी वर्षमा
वा, शतवार्षिकीपछि ।

प्रजातन्त्र हुँदै यात्रा गणतन्त्रमा पुग्यो 
सहिदले देखाएको बाटोमा 
हिड्दै गर्दा
बिसौँ हजार सहिद भए
ए समय अब त बोल्नै पर्छ
साच्चै 
ती सहिदहरूको
सपना
भावना
कामना
चाहाना पूरा गर्न 
अझै कति हजार सहिद 
अनि, कति वर्ष कुर्नु पर्छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमोको देशव्यापी विरोध सभा
रक्तिम राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
महामन्त्री सिंहको आत्मालोचना
अध्यक्ष बुढाथोकी बिरामी
जापान नेपाली एकता समाजको टोकियोमा भेला
पूर्व मन्त्री सहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
निरन्तर जारी छ “जागौँ युवा लागौँ युवा” अभियान
समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal