२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
लेखहरू
अन्ततः भारत साम्राज्यवादी देश नै
जगत प्रसाद रेग्मी
समाज विकासको नियमसँगै मानवजातिले आफ्नो जिविका उपार्जनका लागि पुँजीको परिचाल सुरु गरे । त्यसैको विकास हुँदै उद्योग–कलकारखाना खुले पुँजीले सुरुमा राष्ट्रिय रूप लियो । त्यसको विकास हुँदै अन्तर्राष्ट्रिय रूपले लियो । जब पुँजीको अन्तर्राष्ट्रिकरण र निजीकरणको विकास भयो, अनि देशका शासकले त्यसको साम्राज्य फैलाउन थाले । विश्वमा दुई ध्रुवमा विभाजित भयो ः एउटा समाजवादी अर्थप्रणाली, अर्को पुँजीवादी अर्थप्रणाली । अहिले संसारमा पुँजीवादी अर्थप्रणालीले आफ्नो वर्चश्व कायम गरेको छ । यही पँुजीवादी आर्थिक प्रणालीले विश्वलाई आफ्नो कब्जा कायम गरेको छ । विश्वमा धेरै देशले यो प्रणाली अन्तर्गत आपनो साम्राज्य कायम गरेका छन्, अविकसित र कमजोर राष्ट्रमाथि । पहिलो सामन्तवादी आर्थिक प्रणालीमा रहेको भारतको पुँजीको विकासले अहिले साम्राज्यवादी रूप लिएको छ । 
का. लेनिनले भनेका छन्– “साम्राज्यवाद पुँजीवादको चरम अवस्था हो ।” पुँजीको विकास संसारमा दुई तरिकाले भएको पाइन्छ ः प्रथम– वित्तीय पुँजीको केन्द्रीकरण र त्यसमा पुँजीको एकाधिकार भनौँ, दोश्रो सामूहिक र साझेदारी प्रणालीबाट भएको पँुजीको विकास । जुन पहिलो तरिकाबाट भएको पुँजीको विकासले एकाधिकार पुँजीको जन्म गराउँछ । यसले नै अहिलेको संसारको अर्थ व्यवस्थालाई उपयोग गरिरहेको छ । उत्पादनका साधनमाथि व्यैयक्तिक स्वामित्व यसको मूल लक्ष्य हो र यसले आफ्नो पँुजीलाई एकाधिकार गरिरहेको छ । कुनै पनि देश एकै चोटी यो अवस्थामा पुग्न सक्दैन । यसको लामो ऐतिहासिक भूमिका रहने गरेको छ । जव सामन्तवादी अर्थव्यवस्थाबाट पँुजीवादी अर्थ व्यवस्थामा त्यो मुलुक पुग्दछ र त्यसले वा वित्तीय पँुजीले आफ्नो जाल संसारभरि फैलाउँदै जान्छ । आधुनिक एकाधिकारको वास्तविक प्रारम्भ १९ औँ शताब्दीको उत्ताराद्र्ध अर्थात्् १८६० को दशकवाट सुरु भएको पाइन्छ । त्योभन्दा पहिला उपनिवेशमा आधारित देखिन्छ र यसको वा पुँजीवादको स्वरूप बिसौँ शताब्दीको पूर्वाद्र्धमा अर्थात् १९००देखि १९१० मा आइपुग्दा फ्रान्स, बेलायत, जर्मनी लगायतका देशहरूको अर्थप्रणाली साम्राज्यवादमा परिणत भएको थियो । जब वित्तीय पुँजीले एकाधिकार युग जन्मायो र एकाधिकारीहरू जताततै आफ्नो नीति अपनाउदै गए, अनि विदेशी पुँजीको निर्यातको साधन बन्यो । विशेष गरी पुँजीवाद जति बढी विकसित हुँदै जान्छ, जति बढी कच्चा पदार्थको अभाव हुँदै जान्छ । अनि, संसारभरिका कच्चा पर्दाथका श्रोतका लागि आफ्नो आधिपत्य कायम गर्न सुरु साम्राज्यवादको कर्तव्य हुन जान्छ ।
अहिले भारत साम्राज्यवादी देश हो कि होइन भन्ने बहस चलेको छ । खासमा माथिका सैद्धान्तिक तथ्यको आधारमा भारत साम्राज्यवादी देश भएको नै पुष्टि गर्दछ । एउटा देशले अर्को देशलाई आफ्नो अधिनमा राखी आफ्नो स्वार्थ पुरा गर्ने सिद्धान्त नै साम्राज्यवाद हो । यसकारण भारत राजनैतिक कारणले पनि साम्राज्यवादी मा परिणत भइसकेको छ । साम्राज्यवादको आम सिद्धान्तले पनि यही बताउँछ । आफ्नो शक्ति वा गौरव बढाउनका लागि प्राकृतिक र मानवीय शक्तिमाथि आफ्नो नियन्त्रण कायमा गर्दछ । राजनैतिक रूपमा हस्तक्षेपको भूमिका हुन्छ, भारतले आफ्नो अनुकूलको नीति बनाउन विश्वका थुप्रै देशमा भूमिका खेलेको फिजीमा आफ्नो हितमा नागरिकता विधयक मार्फत् मतदाताको वहुमत बनाई महेन्द्र चौधरी प्रधानमन्त्री हुनु नेपालमा संविधान सभाबाट निर्मित संविधान भारतको हितमा नदेखेपछि नाकाबन्दी गर्नु यसलाई संयुक्त राष्ट्र लगायत अन्तर्राष्ट्रिय मञ्च मार्फत् अन्तर्राष्ट्रियकरण गर्नु आफ्नो साम्राज्यवादी नीति अनुरूप नै हो । आफ्ना विश्वासिला प्रतिनिधि मार्फत् राजनैतिक कुरा गराएर मधेश टुक्राउने कुरालाई प्रोत्साहन गर्न र नेपालमा सङ्घीय प्रणाली मार्फत् आफ्नो राजनीति पुरा गर्ने प्रयत्न पनि यसकै परिणाम हो । भुटानमाथिको आधिपत्य पाकिस्तान र बङ्गलादेशलाई टुक्राउने र संयुक्त राष्ट्र सङ्घले काश्मिरी जनताको पक्षमा गरेको निर्णय नमान्नु श्रीलङ्कालाई अस्थिर बनाउने र आफ्नो वर्चश्व कायम राखी तमिल विद्रोहलाई प्रोत्साहन गर्नु पनि साम्राज्यवाद नै हो । विश्वमा आफ्नो राजनैतिक पकड कायम गर्न प्रयत्न गरिरहेको देखिन्छ । आर्थिक रूपमा पनि भारत साम्राज्यवादी देश नै हो । कुनै बेला भारत उपनिवेश थियो, राजनैतिक रूपमा उपनिवेश भए पनि पुँजीको विकास भइरहेको थियो र परिणामस्वरूप विश्वमा अहिले उसले आफ्नो साम्राज्य कायम गरेको छ । भारतमा वर्षौँ लाखौँ किसान आत्महत्या गर्दछन भन्ने तर्क भारत साम्राज्यवादी होइन भन्ने साथीहरूले गर्नु हुन्छ । त्यसो त अमेरिकामा भिक माग्नेको सङ्ख्या भुटानको जनसङ्ख्या बढी छ । त्यो तर्कमा त्यो राज्य साम्राज्यवादी हैन भन्न मिल्छ ? मिल्दैन । त्यहाँको जनताको चेतना, वर्ग र वर्गीय समस्या छन् । त्यसकारण त विश्वमा नै कम्युनिस्ट पार्टीको आवश्यकता छ । किसानहरू आत्महत्या गर्ने, मजदुरहरू हडताल गर्ने, आर्थिक मन्दी हुने वित्तिकै त्यो देशको राज्यशक्ति कमजोर छ । त्यसका नीति साम्राज्यवादी हुन्न भन्ने कुरा हुन सक्दैन । त्यसो भए रूस साम्राज्यवादमा परिणत भएको कुरा पनि त मिलेन । किनकि जुन बेला रूसमा समाजवादी व्यवस्था थियो, त्यति बेला रूसमा मन्दी, बेरोजगारी, गरिब र राज्यका अङ्गमा वर्गीय स्वरूप थिएन । अहिले समाजवादको पतनपछि जब पुँजीवाद हुँदै साम्राज्यवादी नीतिमा परिणत भयो, तब रूसमा अहिले हडताल गरिबी र एकल वित्तीय पुँजीको विकास भएको छ । अब के रूस साम्राज्यवादी होइन, पहिलेको तुलनामा रूसमा आन्तरिक समस्या झन्‌पछि झन् जटिल बन्दै गइरहेका छन् र चीनको अवस्था पनि रूस जस्तै नै हो । त्यसकारण कुनै बेलाको जनवादी गणतन्त्र भएको देश चीन अहिले साम्राज्यवादमा परिणत भएको छ । भारतमा पनि त्यहाँ गरिबी छ, भोकमारी छ, अन्याय छ, अत्याचार छ तर पनि त्यहाँको उत्पादनको केन्द्रीकरण र एकाधिकारले गरिरहेको विकासलाई हामीले कमजोर सोच्न हुँदैन । भारतमा एकाधिकार पुँजिवादवाट साम्राज्यवादमा परिणत भएको हो । यसको सम्बन्ध सामन्तवादको जगमा होइन, वित्तीय साम्राज्य, अमेरिकी साम्राज्य र रूससँगको पुँजीगत एकत्वको परिणाम हो, भारत साम्राज्यवादमा परिणत भएको । भारतले विश्वस्तरीय ५००भन्दा बढी अन्तर्राष्ट्रिय व्यापारिक प्रतिष्ठान, गु्रप तथा व्यापारी सञ्जालहरू आपसमा मिलेर खोलेका उद्योगको सूचीले पनि प्रमाणित गर्दछ । विश्वमा सवा तीन सय जति बैङ्कहरू अन्तर्राष्ट्रिय स्तरमा स्थापित छन् भने ३० वटा देशमा उसका शाखाहरू रहेका छन् । वित्तीय रूप औद्योगिक रूपमा भारतले आफ्नो अन्तर्राष्ट्रिय बजारलाई मजबुत बनाउँदै लगेको छ । 
साम्राज्यवादले आफ्नो सशक्त वा गौरव बढाउनका लागि प्राकृतिक र मानवीय शक्तिमाथि आफ्नो नियन्त्रण कायम गर्दछ । जस्तो– भारतले यो नीति अन्तर्गत दक्षिण एसियामा आफ्नो नियन्त्रण कायम गर्न बिम्स्टेकको कल्पना गरी अगाडि बढ्नु, नदीजडानको योजना र नेपाल, भुटान लगायतका नदीमाथिको कब्जा हो । यसले राजनैतिक हस्तक्षेप, आर्थिक, सांस्कृतिक वा अन्य कुनै पनि हुन सक्दछ । कमजोर राष्ट्रमाथि वा तेश्रो मुलुकका राष्ट्रमा नाकाबन्दी गर्ने नीति रहने गर्दछ । यसको सबैभन्दा प्रत्यक्ष रूप कुनै क्षेत्रमा आफ्नो राजनैतिक अधिकार कायम गर्न र यस क्षेत्रलाई कुनै पनि सेवाबाट वञ्चित गराउने र आफ्नो पक्षमा पार्ने । साम्राज्यवादी नीति, जो भारतले अवलम्बन गरेको छ, यसले आफ्नो नीति अन्तर्गत एक राष्ट्र (नेसन स्टेट) आफ्नो सीमाभन्दा बाहिर गएर दोश्रो राष्ट्रमाथि हस्तक्षेप गर्दछ । लेनिनले १९१६ मा नै यो कुरा प्रष्ट पार्नु भएको थियो, “साम्राज्यवाद ः पुँजीवादको अन्तिम चरण” भन्ने पुस्तक मार्फत् भने त्यसैगरी चार्स ए–बेयर्डले साम्राज्यवादका बारेमा यसरी नै भनेका छन् । उनका अनुसार “शक्तिशाली राष्ट्रद्धारा कमजोर एवं पिछडिएको राष्ट्र वा जनतामाथि शासन गर्ने इच्छा नै साम्राज्यवाद हो ।” यो परिभाषाले पनि के प्रमाणित गर्दछ भने भारतले अन्य विश्वमाथि के गर्‍यो ? त्यसको आर्थिक प्रणाली कस्तो छ भन्ने कुरालेभन्दा पनि उसले कमजोर राष्ट्रमाथि आफ्नो नीति लाद्नका लागि अपनाइएको नीति नै प्रमुख देखिन्छ । सिक्किम, हैदरावाद र गोवालाई कब्जा गर्नु भुटानलाई कठपुतली बनाउनु नेपालको सार्वभौमसत्तामाथि पटक पटक प्रहार गर्नु, सीमा अतिक्रमण गर्नु, जलश्रोत कब्जा गर्नु, राजनैतिक रूपमा आफ्नो नागरिकलाई वहुमत बनाउने उद्देश्यका साथ नागरिकता विधेयक, अनि देशलाई अस्थीर र टुक्राटुक्रा बनाई आफ्नोमा समाहितको सिद्धान्तको आधारमा सङ्घीयताको नीति नेपालमा थोपर्नु यो सबै चार्स ए. बेयर्डको साम्राज्यवादी नीतिभित्र नै पर्दछ । यसैगरी मागेन्थोका अनुसार “साम्राज्यवादी आफ्नो साम्राज्य कायम गर्न तीन वटा तरिका अपनाउने गर्दछन् । पहिलो सैनिक, दोश्रो आर्थिक र तेश्रो सांस्कृतिक” । भारतले आफ्नो साम्राज्य कायम गर्न विश्वका कमजोर राष्ट्रमाथि यी तीनवटै नीतिलाई अगाडि बढाइरहेको छ । त्यसकारण अब पनि भारतलाई विस्तारवादी देश नै भन्ने हो भने त्यो ठोस परिस्थितिको ठोस मूल्याङ्कन हुन सक्दैन । 
भारत अहिले पनि विस्तारवाद नै हो भन्ने कुरामा तर्क दिने साथीहरूले भन्ने गर्नु हुन्छ कि त भारतको हिजो गरिएको मूल्याङ्कन गलत थियो भन्नु पर्छ भनेर यस्तो तर्क गर्नेले एकचोटी समाज विकासको नियमलाई पनि हेर्न जरुरी छ । कुनै वेला भारत बेलायतको उपनिवेश थियो (१८५८देखि १९४७) । के अहिले पनि उपनिवेशिक राष्ट्र भन्ने त ? त्यसकारण समाज विकासको नियमले पनि हरेक वस्तु परिवर्तनशील छ भन्छ । कुनै बेला भारतको आर्थिक प्रणाली सामन्तवादी थियो । अहिले पनि कुनै राज्यको कुनै समाजमा त्यो देखिन्छ तर त्यो निर्णायक कुरा हैन, निर्णायक कुरा त त्यो देशको मूल प्रणाली के कसरी चलेको छ भन्ने नै हो । विश्वका कुन कम्युनिस्ट पार्टीले भारतलाई साम्राज्यवादी हो भन्यो भनेर भन्ने कुरा हैन । कुन पार्टीको विश्लेषण सही र गलत हो भन्ने कुरा हो । चीनमा प्रतिक्रान्ति भएको कुरा गर्दा, रूसमा प्रतिक्रान्ति र संशोधनवादी बाटोमा यी दुवै देशका पार्टी गएको कुरा हाम्रो पार्टीले गर्दा त्यति बेला पनि रूस र चीनको पार्टीलाई क्रान्तिकारी हुन भन्ने तर्क पनि त गर्थे तर अन्ततः रूसी कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी संशोधनवादी बाटोमा पतन भएको कुरा प्रमाणित भयो । अहिले भारतलाई पनि साम्राज्यवादी देश भएको सत्य कुरालाई पनि भन्न किन कञ्जुस्याइँ गर्ने ?
हामीले साम्राज्यवादी देशको व्याख्या र त्यसको चरित्रलाई पनि एकै किसिमले हेर्नु हुँदैन । भारतीय साम्राज्यवाद र चिनियाँ साम्राज्यवादमा कैयौँ फरक छन् । चीनमा अहिले पनि समाजवादी अवशेषहरू कायम छन्, यद्यपि चीन पनि पुँजीवादी राजनैतिक प्रणालीमा छ र उसको चरित्र तथा आर्थिक प्रणाली साम्राज्यवादी छ । चीनभन्दा अझ बढी खतरा भारतको छ । भारत विस्तारवादी चरित्र सहितको साम्राज्यवादी मुलुक भएको छ । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकबारे
नेपालमा दण्डहीनता र राजनैतिक भ्रष्टीकरण
साम्राज्यवादको हौवा वा विस्तारवादको सेवा ?
भारतीय साम्राज्यवाद विरुद्ध हालिएका पर्दाहरूको खण्डन
त्रिभुवन विश्वविद्यालयमा बेथितिको रास
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal