२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
निरन्तर जारी छ “जागौँ युवा लागौँ युवा” अभियान
काठमाडौँ । नेकपा (मसाल)को सहायक सङ्गठन अखिल नेपाल युवक सङ्घले यतिबेला “जागौँ युवा लागौँ युवा” अभियान अन्तर्गत बागलुङ, प्यूठान, दाङ र अर्घाखाँचीमा विशेष सङ्गठनात्मक अभियान सञ्चालन गरिरहेको छ । उक्त जिल्लाहरूमा केन्द्रीय नेताहरूकै उपस्थितमा विभिन्न टोलीहरू निर्माण गरी अभियान अगाडि बढाइएको छ । अभियान उत्साहजनक रूपमा अघि बढिरहेको अखिल नेपाल युवक सङ्घले जनाएको छ । “अभियान निकै उत्साहजनक रूपमा अगाडि बढिरहेको छ ।”– अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरेले भन्नुभयो–“अभियानका क्रममा दर्जनौँ स्थानमा समितिहरू निर्माण भएका छन् । यो अभियानले त्यस क्षेत्रका जनता विशेष गरी नयाँ युवाहरूमा विशेष जागरुकता ल्याइरहेको हामीले महशुस गरेका छौँ ।” अभियानका क्रममा ठाउँठाउँमा युवक सङ्घका मात्र होइन अखिल (छैठौँ) का समितिहरू समेत गठन गरिएको हामीलाई ती जिल्लाहरूबाट प्रेषित गरिएका समाचारमा जनाइएको छ ।
बागलुङ ः
युवक सङ्घ बागलुङले स्थानीय तहको अधिकार र विकाश बजेट वृद्धि गर, महङ्गी, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर भन्ने नाराका साथ सञ्चालन गरेको जागौँ युवा, लागौँ युवा अभियान माघ ११ गते जिल्लामा दुई टोली निर्माण गरेर सञ्चालन गरेको छ । टोली नं. २ ले माघ ११ गते निसीखाला गाउँपालिका वडा नं. १ र २ को संयुक्त भेला तथा जागौँ युवा, लागौँ युवा अभियानको उदघाटन कार्यक्रम अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य योगेन्द्र पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । कार्यक्रमको अतिथिहरूमा युवक सङ्घका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष जुन विक्रम शाही, जिल्ला सदस्य भिषम छन्त्याल लगायत हुनु हुन्थ्यो । भेलाले अशोक छन्त्यालको अध्यक्षतामा नौ सदस्यीय वडा समिति चयन गरेको छ, जसमा उपाध्यक्ष कमला छन्त्याल, सचिव अभिसेक छन्त्याल, कोषाध्यक्ष राधिका सिंह ठकुरी, सदस्यहरूमा रेम बहादुर खत्री, होमराज विक, टिका बहादुर छन्त्याल, गुञ्ज बहादुर छन्त्याल र बिनिता शाही ठकुरी रहनु भएको छ । अभियानको क्रममा सदस्यता वितरण, पर्चा वितरण र प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 
माघ १२ गते निसीखाला गाउँपालिका वडा नं. ३ र ४ को संयुक्त भेला युवक सङ्घका केन्द्रीय सदस्य योगेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमको अतिथिहरूमा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य खिम विक्रम शाही, युवक सङ्घका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष जुन विक्रम शाही, बागलुङ जिल्ला कोषाध्यक्ष अनिल गिरी, जिल्ला सदस्य का. भिषम छन्त्याल लगायत हुनु हुन्थ्यो । भेलाले राजेन्द्र शाहीको अध्यक्षतामा नौ सदस्यीय वडा समिति चयन गरेको छ, जसमा उपाध्यक्ष भूमिराज खडका, सचिव सूर्य बहादुर शाही, कोषाध्यक्ष नर बहादुर सेन, सदस्यहरूमा महेश चन्द्र, वीरेन्द्र शाही, लोक बहादुर शाही र गोविन्द चन्द रहनु भएको छ । कार्यक्रममा, अतिथिहरूले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो । अभियान अन्तर्गत १३ गते निसीखाला गाउँपालिका वडा नं. ५, ६ र ७ मा भेला सम्पन्न गरी १४ गते निसीखाला गाउँपालिका स्तरीय प्रशिक्षण भेला सम्पन्न गर्नेछ । 
त्यसैगरी टोली नं. १ ले जागौँ युवा, लागौँ युवा अभियान अन्र्तगत २०७५ माघ ११ गतेदेखि कार्यक्रम उद्घाटन गरी सञ्चालन गरेको छ । युवक सङ्घ बागलुङका उपाध्यक्ष सञ्जाल शर्मा, जिल्ला सचिव वीरेन्द्र थापा, जिल्ला सदस्य दुर्गा थापा लगायतको टोलीले बरेङ गाउँपालिकाको वडा नं. १, २ ३ र ४ मा जनभेटघाट, प्रशिक्षण, पर्चा वितरण, सदस्यता वितरण अभियान सम्पन्न गरेको छ । टोलीले २०७५ माघ १४ गते बरेङ गाउँपालिका स्तरीय प्रशिक्षण भेला सम्पन्न गर्ने छ । 
बरेङ गाउँपलिको भेला यही माघ १३ गते बरेङ बजारमा सम्पन्न भएको छ । उक्त भेलाले दुर्गा थापा (हुग्दिसिर) अध्यक्ष रहेको ११ सदस्यीय गाउँपालिका स्तरीय समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा सन्तोष पोखरेल, माया पुन, कुल बहादुर खत्री, तारा प्रसाद पौडेल र सदस्यहरूमा तुल बहादुर थापा, पदम खड्का, कृष्ण प्रसाद शर्मा, अनिता सुनार, धनिश्वर शर्मा, सोम सेर्पुजा रहनु भएको छ भने नारायण शर्मा, मिन बहादुर पुन, कमल पौडेल, इन्द्र बहादुर घर्ती मगर, चेतमान खत्रीलाई सल्लाहकारमा निर्वाचित गरेको छ । युवक सङ्घ गण्डकी प्रदेश सचिव तथा बागलुङ जिल्ला उपाध्यक्ष सञ्जाल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेला तथा प्रशिक्षण कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, राजमोका युवा नेता हिरा पुन, अखिल (छैठौँ) का जिल्ला सदस्य आशिष गुरुङ र प्रगतिशील पत्रकार सङ्घ तथा रेडियो बिहानीका स्टेसन म्यानेजर प्रकाश छन्त्याल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे । कार्यक्रम युवक सङ्घका जिल्ला सदस्य दुर्गा थापा सञ्चालनमा अगाडि बढेको कार्यक्रमको अध्यक्षता धनिश्वर पौडेल, स्वागत कृष्ण प्रसाद शर्माले गर्नु भएको थियो ।
माघ १२ गते बरेङ गाउँपालिका वडा नं. ३ बाटाकाचौरको वडा भेला युवक सङ्घका प्रदेश सचिव सञ्जाल शर्माको प्रमुख आतित्थ्यतामा सम्पन्न भयो । कार्यक्रमको अतिथिहरूमा राष्ट्रिय जनमोर्चा बरेङ–३ का वडाध्यक्ष पृथ पुन, जनप्रतिनिधि धनपति शर्मा, जिल्ला सदस्य दुर्गा थापा, राजमो नेता पूर्ण बहादुर श्रीस लगायत हुनु हुन्थ्यो । भेलाले अनिता सुनारको अध्यक्षतामा नौ सदस्यीय वडा समिति चयन गरेको छ, जसको उपाध्यक्ष प्रेम सुनार, सचिव अनिल आले, सहसचिव दालमाया श्रीस, कोषाध्यक्ष माया पुन, सदस्यहरूमा सन्तोष पुन, प्रकाश बिसी, ऋता जैसी, गङ्गा श्रीस रहनु भएको छ । कार्यक्रमको अध्यक्षता अनिता सुनार, सञ्चालन कृष्ण प्रसाद शर्मा र स्वागत माया पुनले गर्नु भएको थियो भने अतिथीहरूले विषयमा प्रशिक्षण दिनु भएको थियो ।
अभियानमा प्रदेश सचिव सञ्जाल शर्मा, जिल्ला सदस्य दुर्गा थापा लगायतका युवा नेताहरूको नेतृत्वमा युवाहरूलाई समावेश गराउँदै अगाडि बढिरहेको छ । युवक सङ्घको अभियान १४देखि १९ गतेसम्म जैमिनी नगरपालिकामा सञ्चालन हुनेछ ।
निसीखोला गाउँपालिकाको भेला माघ १४ गते झिवाखोलामा युवक सङ्घका केन्द्रीय सदस्य योगेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रमको अतिथिहरूमा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य खिम विक्रम शाही, युवक सङ्घका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष जुन विक्रम शाही, राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य थमन घर्ती, युवक सङ्घका बागलुङ जिल्ला कोषाध्यक्ष अनिल गिरी, जिल्ला सदस्य भिषम छन्त्याल लगायत हुनु हुन्थ्यो । 
भेलाले राजेन्द्र शाहीको अध्यक्षतामा ११ सदस्यीय निसीखोला गाउँपालिका समिति चयन गरेको छ, जसमा, उपाध्यक्ष लोक शाही, सचिव अशोक छन्त्याल, सहसचिव विनिता शाही, कोषाध्यक्ष राधिका शाही ठकुरी, सदस्यहरूमा अभिसेक छन्त्याल, वीरेन्द्र शाही, लोकेन्द्र सापकोटा, घनश्याम सापकोटा, मदन बुढा र दिपक घर्ती रहनु भएको छ । कार्यक्रम जिल्ला सदस्य भिषम छन्त्यालको अध्यक्षता, अनिल गिरीको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभियान अन्तर्गत जैमिनी नगरपालिकाको भेला माघ १९ गते कुश्मिसेरा बजारमा सम्पन्न भएको छ । युवक सङ्घका गण्डकी प्रदेश सचिव सञ्जाल शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले यम पुन अध्यक्ष रहेको १५ सदस्य गाउँपालिका स्तरीय समिति गठन गरेको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा वीर बहादुर थापा, सुरेन्द्र राना, राम बहादुर श्रीस र राम बहादुर थापा रहनु भएको छ । सदस्यहरू गणेश थापा, जीवन पुन, गोविन्द थापा, खगेन्द्र थापा, हरि पौडेल, मोहन पुन, श्री प्रसाद थापा, विष्णु शर्मा, नवराज पौडेल रहनु भएको छ भने हाललाई एक स्थान रिक्त राखिएको छ । सल्लाहकारमा वीरेन्द्र थापा र खगेन्द्र क्षेत्री रहनु भएको छ । 
प्रमुख अतिथि युवक सङ्घका गण्डकी प्रदेश सचिव सञ्जाल शर्माले युवाको वर्तमान अवस्था, युवाको समस्या र चुनौती, राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालमा युवाको भूमिका लगायतका विषयमा प्रशिक्षणात्मक मन्तव्य दिनु भयो । कार्यक्रमको अतिथिहरूमा राष्ट्रिय जनमोर्चा जैमिनी नगरपालिकाका सचिव ठाकुर शर्मा, जैमिनी १ नम्बरका राजमो वडाअध्यक्ष चित्र चापागाई, युवक सङ्घका जिल्ला सदस्य ओमकार श्रीस, युवक सङ्घका जिल्ला सदस्य यम पुन, अखिल (छैटौँ) जैमिनी नगर सचिव दिपेन्द्र पौडेल लगायत भेलाको आतिथ्यता सहित शुभकामना मन्तव्य दिनु भएको थियो । 
युवक सङ्घका नगर कोषाध्यक्ष सुरेन्द्र रानाको सञ्चालनमा अगाडि बढेको कार्यक्रमको अध्यक्षता नगर सदस्य हरि पौडेल गर्नु भएको थियो भने कार्यक्रमको स्वागत नगर सचिव श्री प्रसाद थापाले गर्नु भएको थियो ।
त्यस्तै, बागलुङ नगरपालिका वडा नं. १४ को भेला तथा प्रशिक्षण माघ २० गते नारायणस्थानको अर्माहमा सम्पन्न भएको छ । दिपक सुवेदीको अध्यक्षता र हिमाल सुवेदीको सञ्चालन र राधा सुवेदीको स्वागत मन्तव्यबाट अघि बढेको भेलामा युवक सङ्घका गण्डकी प्रदेश सचिव सञ्जाल शर्माको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । राजमोका स्थानीय नेता ढुण्डीराज शर्मा, राजमो वडा अध्यक्ष राम बहादुर खड्का, एकता समाजका राजेन्द्र सुवेदीको आतिथ्यता सहित भेला सम्पन्न भएको थियो । 
भेलाले हिमाल सुवेदीको अध्यक्षतामा नौ पुर्ण तीन सल्लाहकार सहित वडा समिति गठन गरेको छ । समितिको सचिवमा टिकाराम सुवेदी र कोषाध्यक्षमा कमला सुवेदी चयन हुनु भएको छ । सदस्यहरूमा राधा सुवेदी, सीता सुवेदी, प्रकाश पौडेल, सुनिल सुवेदी, रेनुका सुवेदी र दिपक सुवेदी रहनु भएको छ । सल्लाहकारमा बद्री पौडेल, टेक नारायन सुवेदी र जय नारायण सुवेदी चयन हुनु भएको छ ।
त्यसैगरी, बागलुङ नगरपालिका वडा नं. १२ को भेला तथा प्रशिक्षण माघ २० गते अमलाचौरमा सम्पन्न भएको छ । ऋषिराम पौडेलको अध्यक्षता र दिपक शर्माको सञ्चालन र आस्था पौडेलको स्वागत मन्तव्यबाट अघि बढेको भेलामा युवक सङ्घका गण्डकी प्रदेश सचिव सञ्जाल शर्माको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका परिषद सदस्य गोविन्द पौडेल, जनप्रतिनिधि तथा राजमोका जिल्ला सदस्य लोकनाथ शर्मा, राजमोका वडा सदस्य एल.पी. शर्माको आतिथ्यता सहित भेला सम्पन्न भएको थियो । 
भेलाले ऋषिराम शर्माको अध्यक्षतामा नौ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा इन्दिरा शर्मा, सचिवमा दिपक शर्मा, सहसचिवमा सन्दिप पौडेल र कोषाध्यक्ष सुजाता शर्मा रहनु भएको छ । सदस्यहरूमा रामचन्द्र शर्मा, देविन्द्र शर्मा र वैकल्पिक सदस्य नन्दु शर्मा र तिलक शर्मा रहनु भएको छ । माघ २१ गते बाग्लुङ बजारमा अभियान सञ्चालन गर्दै २२ गते बागलुङ नगरपालिकाको भेला गर्ने बताइएको छ ।
प्युठान ः
“जागौँ युवा, लागौँ युवा” विशेष सङ्गठनात्मक अभियान अन्तर्गत झिमरुक गाउँपालिकाको वडा नम्बर २ मा युवक सङ्घको वडा समिति गठन भएको छ । समितिको अध्यक्षमा गोपाल विश्वकर्मा, उपाध्यक्षमा वसन्त विक, सचिवमा शङ्कर प्रसाद पौडेल, सहसचिवमा झविन्द्र एमसी र कोषाध्यक्षमा शेर बहादुर रोका रहनु भएको छ । सदस्यहरूमा आरती परियार, रमलाल गिरी, शोभा गिरी, भरत विक, विष्णु केसी, राम प्रसाद पोख्रेल, कोपिला विक, वीरेन्द्र केसी, पार्वता खड्का, कस्तुरा केसी, नारायण खड्का र मदन पोख्रेल रहनु भएको छ । 
त्यस्तै, माघ १६ गते माण्डवी गाउँपालिका वडा नम्बर ३ नयाँगाउँको श्री माण्डवी माविमा अखिल (छैठौँ) को टिकाराम राउतको अध्यक्षतामा २४ सदस्यीय एकाइ समिति गठन भएको छ । 
यसैगरी, माघ १७ गते माण्डवी गाउँपालिकाको वडा नम्बर ४ मा उदयपुरकोटमा श्री कामाक्षी माविमा अखिल (छैठौँ) को प्रेम मल्ल ठकुरीको अध्यक्षता मा ७२ सदस्यीय एकाइ समिति गठन भएको छ । 
दाङ ः
अखिल नेपाल युवक सङ्घ र अखिल (छैठौँ) ले चलाएको जागौँ युवा लागौँ युवा अभियानले दाङको घोराही क्षेत्रमा पनि तीव्रता दिएको छ । त्यस क्रममा माघ १३ गते सरस्वती मावि काठेको हलमा सन्तोष खनालको अध्यक्षताम २७ सदस्यीय समिति गठन गरेको छ भने माघ १४ गङ्गा मावि रामपुरमा रमेश घर्ती मगरको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन गरेको छ । सो समितिलाई युवक सङ्घका केन्द्रीय सचिव भक्त बहादुर विकले प्रशिक्षण तथा शुभकामना दिएका थिए । उक्त कार्यक्रम सङ्घका केन्द्रीय सदस्य हरि योगी, निर्मल पौडल घोराही नगर अध्यक्ष डोर बहादुर केसी तथा अखिल (छैठौँ) का जिल्ला सचिवालय सदस्य लक्ष्मण विक समेतको उपस्थिति हुने गरेको छ ।
स्थानीय तहको अधिकार र विकास बजेट वृद्धि गर, भ्रष्टाचार, महङ्गी, कमिसनतन्त्र बन्द गर भन्ने मूल नाराका साथ युवक सङ्घ र अखिल (छैठांै) ले चलाएको जागौँ युवा लागौँ युवा अभियानले दाङ जिल्लाको घोराही क्षेत्रमा पनि तीव्रता दिएको छ । त्यस क्रममा माघ १३ गते सरस्वती मावि काठेकोहलमा सन्तोष खनालको अध्यक्षतामा २७ सदस्यीय अखिल (छैठौँ) को समिति गठन भएको छ ।
त्यस्तै, माघ १४ गते गङ्गा मावि रामपुरमा रमेश घर्ती मगरको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन भएको छ । सो समितिलाई युवक सङ्घका केन्द्रीय सचिव भक्त बहादुर विकले प्रशिक्षिण तथा शुभकामना दिनु भएको थियो । कार्यक्रम सङ्घका केन्द्रीय सदस्य हरि योगी, निर्मल पौडेल, घोराही नगर अध्यक्ष डोर बहादुर केसी तथा अखिल (छैठांै) का जिल्ला सचिवालय सदस्य लक्ष्मण विक समेतको उपस्थिति रहेको थियो । 
दाङको घोराही तुलसीपुर टोलीले पनि विभिन्न ठाउँमा कोणसभा, अन्तरक्रिया, प्रशिक्षण र उच्च माविहरूमा एकाइ समितिहरू समेत गठन गर्दै आइरहेको छ । माघ १५ गते जनकल्याण मावि दुधराक्षमा टिका घर्तीको अध्यक्षतामा १७ सदस्यीय अखिल (छैठौँ) को एकाइ समिति गठन भएको छ । उक्त समितिलाई युवक सङ्घका केन्द्रीय सचिव भक्त बहादुर विकले प्रशिक्षण र शुभकामना दिनु भएको थियो । कार्यक्रममा सदस्य हरि योगी, निर्मल पौडेल, अखिल (छैठौँ) जिल्ला सदस्य लक्ष्मण विकको समेत सहभागिता रहेको भियो ।
त्यस्तै, माघ १६ गते जनश्रम माविमा विक्रम घर्तीको अध्यक्षतामा १९ सदस्यीय समिति, राप्ती बबई बहुमुखी क्याम्पसमा गङ्गादेवी केसीको अध्यक्षतामा २१ सदस्यीय समिति र माध्यमिक विद्यालय कालाखोलामा वर्षा जैसीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ । समितिलाई भक्त बहादुर विकले प्रशिक्षण तथा शुभकामना दिनु भएको थियो । उक्त कार्यक्रम सङ्घका केन्द्रीय सदस्य हरि योगी, निर्मल पौडल, घोराही नगर अध्यक्ष डोर बहादुर केसी तथा अखिल (छैठांै) का जिल्ला सचिवालय सदस्य लक्ष्मण विक र जिल्ला सदस्य राज कुमारी चौधरी समेतको उपस्थिति रहेको थियो । त्यस्तै, माघ १८ गते गुरु जजुर मावि रक्षाचौरमा प्रदिप केसीको अध्यक्षतामा १३ सदस्यीय र माघ २० गते ज्ञानज्योति कलेजमा सुधन वलीको अध्यक्षतामा १९ सदस्य (छैठौँ) का एकाइ समिति गठन भएको छ । 
त्यसैगरी, तुलसीपुरको गणेशपुर पार्कमा युवक सङ्घको जागाँै युवा लागौँ युवा अभियान अन्तर्गत युवा–विद्यार्थीहरूको भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता अखिल (छैठौँ) का जिल्ला सचिव राज कुमार विकले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा युवक सङ्घका केन्द्रीय सचिव भक्त बहादुर विक र अतिथिहरूमा नेकपा (मसाल) दाङका प्रवक्ता भरत भण्डारी, युवक सङ्घका केन्द्रीय सदस्य हरि योगी, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य तथा दाङका अध्यक्ष डी.आर. भण्डारी, राजमो जिल्ला सहसचिव ऋषिराम पौडेल, तुलसीपुर नगर सचिव दुर्गा भण्डारी, अखिल नेपाल किसान सङ्घ दाङका कोषाध्यक्ष खिमानन्द खनाल, अखिल नेपाल महिला सङ्घ तुलसीपुर नगर सदस्य कृष्ण विक रहनु भएको थियो ।
उक्त कार्यक्रमा प्रमुख प्रशिक्षण प्रवक्ता भरत भण्डारी, केन्द्रीय सचिव भक्त बहादुर विक र नगर सचिव दुर्गा भण्डारीले दिनु भएको थियोे । स्वागत मन्तव्य युवक सङ्घका केन्द्रीय सदस्य निर्मल पौडेलले दिनु भएको थियो भने सहजीकरण अखिल (छैठौँ) दाङका सचिवालय सदस्य लक्ष्मण विकले गर्नु भएको थियो । नयाँ युवाहरूलाई सदस्यता समेत वितरण गरिएको थियो । 
अर्घाखाँची ः
अखिल नेपाल युवक सङ्घको “जागौँ युवा लागौँ युवा” अभियान अन्तर्गत भूमिकास्थान नगरपालिकाको वडा नम्बर ६ खिल्जीमा वडा भेला सम्पन्न भयको छ । भेलाले लेम प्रसाद बन्जाडेको अध्यक्षतामा ११ सदस्य वडा समिति गठन गरेको छ, जसको उपाध्यक्षमा गीता विक, सचिवमा सुशील बेल्बासे, सहसचिवमा शान्ता सुनार र कोषाध्यक्षमा सीमा भण्डारी रहनु भएको छ । सदस्यहरूमा कमल बन्जाडे, फूलमाया सुनार, ललुत सुनार, रोजिना सुनार र लक्ष्मी बन्जाडे रहनु भएको छ भने सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।
प्रकाश पौडेलको सञ्चालनमा भएको उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि युवक सङ्घका केन्द्रीय वैकल्पिक सदस्य कृष्ण खनालले युवा स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद तथा वैदेशिक रोजगार प्रबद्र्धन बोर्ड लगायत युवालक्षित कार्यक्रम गर्ने सबै संस्थालाइ व्यवस्थित गर्दै वेरोजगार युवाहरूलाई योजना बनाई कार्यक्रममा सहभागी बनाउने युवाहरूमा बढ्दै गएको लागू पदार्थको दुवर््यसनी तथा ओसारपोसार बढिरहेकाले समाधानका लागि सरकारलाई दबाब दिनु पर्ने बताउनु भयो । अखिल (छैठौँ) का जिल्ला अध्यक्ष सन्देश खनालको विशेष उपस्थिति र राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष मित्रलाल पोख्रेलको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमोको देशव्यापी विरोध सभा
रक्तिम राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
महामन्त्री सिंहको आत्मालोचना
अध्यक्ष बुढाथोकी बिरामी
जापान नेपाली एकता समाजको टोकियोमा भेला
पूर्व मन्त्री सहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
समाचार
सहिद र समय
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal