२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
पूर्व मन्त्री सहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्व मन्त्रीद्वय बद्रि न्यौपाने र टेक बहादुर गुरुङ सहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले समाज कल्याण परिषदले भृकुटी मण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको पाइएकाले मुद्दा दायर गरेको जनाएको छ । आयोगले पूर्व मन्त्री न्यौपाने विरुद्ध ३१ करोड ५२ लाख १७ हजार छ सय ७५, परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्ज विहारी प्रसाद चौधरी, तत्कालीन सदस्य सचिव रविन्द्र कुमार, तत्कालीन सदस्य मोहन राज शर्मा, मदनकुमारलाल कर्ण र हरि न्यौपानेविरुद्ध पनि रु.३१ करोड ५२ लाख १७ हजार ६७५ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ । पूर्व मन्त्री टेक बहादुर गुरुङ र प्रमुख सञ्चालक रवीन्द्र गुरुङलाई समेत ३१ करोड ५२ लाख १७ हजार छ सय ७५ बराबरको भ्रष्टाचार गरेको आयोगले उल्लेख गरेको छ । यस्तै, आयोगले तत्कालीन कोषाध्यक्ष रत्न गाहा मगर, तत्कालीन निर्देशक मदन प्रसाद रिमाल, उपनिर्देशक वल बहादुर स्वाँर, कानुनी सल्लाहकार प्रेमसिंह धामी र जगदेव चौधरीले पनि भ्रष्टाचारजन्य गतिविधिमा सहयोग गरेको आयोगको ठहर छ । परिषदले फनपार्क मेला सञ्चालकलाई २०६९ भदौ २० गते पाँच लाख ५५ हजार मासिक भाडा लिने गरी जग्गा उपलब्ध गराएको थियो । सार्वजनिक खरिद ऐन अनुसार सार्वजनिक बोलपत्र आह्वान गरेर मेला सञ्चालक चयन गर्नु पर्नेमा त्यसो नगरिएको र कार्यविधि समेत पालना नभएको पाइएको आयोगले जनाएको छ । त्यस्तै, इच्छुमति तरकारी बजारको भाडा समेत न्यून रूपमा ७८ हजार पाँच सय ७१ मा दिइएको आयोगले जनाएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमोको देशव्यापी विरोध सभा
रक्तिम राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
महामन्त्री सिंहको आत्मालोचना
अध्यक्ष बुढाथोकी बिरामी
जापान नेपाली एकता समाजको टोकियोमा भेला
निरन्तर जारी छ “जागौँ युवा लागौँ युवा” अभियान
समाचार
सहिद र समय
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal