२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
जापान नेपाली एकता समाजको टोकियोमा भेला
टोकियो । जापान नेपाली एकता समाज टोकियोको दोस्रो भेला २०१९ फेबु्रअरी ४–५सम्म टोकियोको कुनै स्थानमा सम्पन्न भएको छ । उद्घाटन, बन्दशत्र र घोषणा सभा गरी तीन चरणमा सम्पन्न भएको भेलाको पहिलो चरणमा केन्द्रीय सदस्य विष्णु केसीले भेला उद्घघान गर्नु भएको थियो ।
उद्घाटनपछि सभामा परिणत भएको कार्यक्रमको अध्यक्षता पनि समितिका अध्यक्ष समेत रहनु भएका विष्णु केसीले नै गर्नु भएको थियो । देश र जनताका निम्ति बलिदान दिनु भएका सहिदहरूप्रति एक मिनेट मौधारणपछि सुरु भएको कार्यक्रममा समितिका कोषाध्यक्ष शालिकराम सामकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसैगरी डण्ड केसी, बासु पौडेल र वीर बहादुर पाइजाले पनि आ–आफ्ना शुभकामना मन्तव्यहरू राख्नु भएको थियो भने देवेन्द्र बस्यालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । त्यसपछि बन्दशत्र सुरु भएको थियो ।
शिव पौडेल, शालिकराम सापकोटा, र देवेन्द्र बस्याल रहेको अध्यक्षमण्डलमा शिव पौडेलले अध्यक्षता गर्नु भएको थियो भने देवेन्द्र बस्यालले सञ्चालन गर्नु भएको थियो । बन्दशत्रमा प्रतिनिधिहरूले आ–आफ्नो स्थानबाट आफ्नो सङ्गठन र क्षेत्रको गतिविधिका बारेमा रिपोटिङ गर्नु भएको थियो । सङ्गठनकोतर्फबाट अध्यक्ष विष्णु केसीले राजीतिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष शालिक राम सापकोटाले समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । दुवै प्रस्तावहरूमाथि व्यापक छलफल र बहसपछि ती प्रस्तावहरू हाउसबाट पारित भएका थिए ।
त्यसपछि समितिले ल्याएको नयाँ प्यानलमाथि गहन छलफल गरी भेलाले पूर्ण १९ जनाको नयाँ कार्यसमिति चयन गरेको छ भने चार सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । कार्यसमितिमा रहनु हुने पदाधिकारीहरूमा अध्यक्ष देवेन्द्र बस्याल, उपाध्यक्षद्वय डण्ड केसी र छविलाल गौतम, सचिव वासु पौडेल, सहसचिव रामु गौतम, कोषाध्यक्ष शालिकराम सापकोटा रहनु भएको छ भने सदस्यहरूमा शिव गिरी, जीवन गैरे, वीर बहादुर पाइजा, मिरा पुरी, हरि सापकोटा, नारायण कँडेल, उमेश निउरे, हरि श्रेष्ठ, गम बहादुर बुढा, रुद्रलाल निउरे, धनराज गौतम र मुकुन्द पौडेल रहनु भएको छ । त्यसैगरी समितिको सल्लाहकारमा मान बहादुर थापा, विष्णु केसी, बुद्धि कँडेल र शिव पौडेल रहनु भएको छ । 
अन्तमा नवगठिन कार्यसमितिका अध्यक्ष देवेन्द्र बस्यालले यस समितिलाई सक्रिय रूपमा अगाडि बढाउन आफूले दिलोज्यानले काम गर्नुका साथै जापानमा नेपालीहरूको आवागमन तीव्र भइरहेको अवस्थामा हामीले जापानवासी नेपालीहरूका उत्पीडनका व्यथाहरूलाई कानुनी दायरामा ल्याई ती समस्यालाई हल गर्दै नेपालमा चल्ले सबै जनतान्त्रिक आन्दोलनहरूलाई यस समितिले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमोको देशव्यापी विरोध सभा
रक्तिम राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
महामन्त्री सिंहको आत्मालोचना
अध्यक्ष बुढाथोकी बिरामी
पूर्व मन्त्री सहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
निरन्तर जारी छ “जागौँ युवा लागौँ युवा” अभियान
समाचार
सहिद र समय
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal