२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
अध्यक्ष बुढाथोकी बिरामी
काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकी सिकिस्त विमार हुनु भएको छ । जनजाति सम्मेलनको इटहरीमा सम्पन्न चौथो महाधिवेशनपछि माघ १४ गते काठमाडौँ फर्किएका बुढाथोकी बिरामी भएपछि त्यसै रात काठमाडौँ बागबजारस्थित मोडेल हस्पिटलमा भर्ना हुनु भएको थियो ।
चार दिनसम्म मोडेल अस्पतालमा उपचार गरेपछि उहाँलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा सरुवा गरिएको थियो । बुढाथोकी पित्तथैलीमा पत्थरी परेको र त्यसबाट पित्तथैली र पित्तथैलीको नली कुहिएर फुटेको तथा त्यो पत्थर सानो आन्द्रामा गएर आन्द्रालाई समेत असर पुर्‍याएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । पत्थरीका कारण उहाँमा जन्डिसको समेत विमारी देखा परेको छ । माघ २२ गते मेडिसिटी अस्पतालमा डा. सुशील शर्मा ढकालको टिमले बुढाथोकीको अप्रेसन गरी उक्त पत्थरहरू निकाल्ने कार्य भएको छ । अझै केही हप्ता अस्पतालमै उपचारार्थ रहनु पर्ने अस्पताल सूत्रले बताएको छ ।
उपचारका लागि खर्च धेरै आउने भएकाले अखिल नेपाल जनजाति सम्मेलनले आर्थिक सहयोग सङ्कलन गर्ने भएको छ । सम्मेलनका उपाध्यक्ष कुल बहादुर थापाको नाममा रहेको एभरेस्ट बैङ्क लिमिटेडको खाना नं. ०१६००५०१२०४४८५ मा सहयोग रकम सङ्कलन गर्ने अखिल नेपाल जनजाति सम्मेलनले जनाएको छ । जनजाति सम्मेलनले बुढाथोकीको उपचारार्थ सहयोग गर्न सम्पूर्ण शुभेच्छुकहरूलाई आह्वान गरेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमोको देशव्यापी विरोध सभा
रक्तिम राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
महामन्त्री सिंहको आत्मालोचना
जापान नेपाली एकता समाजको टोकियोमा भेला
पूर्व मन्त्री सहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
निरन्तर जारी छ “जागौँ युवा लागौँ युवा” अभियान
समाचार
सहिद र समय
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal