२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
महामन्त्री सिंहको आत्मालोचना
काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले “के चीन र भारत साम्राज्यवादी देशहरू हुन् ?” भन्ने पुस्तिकामा आन्तरिक दस्तावेजका कतिपय अन्य विषयहरू पनि प्रकाशित हुन गएकोमा आत्मालोचना गर्नुभएको छ ।
नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले २०७५ माघ २२ गते एक स्पष्टीकरण जारी गर्दै भन्नुभएको छ–“नेकपा (मसाल) को केन्द्रीय कार्यालयद्वारा प्रकाशित पुस्तिका “के चीन र भारत साम्राज्यवादी देशहरू हुन् ?” भन्ने पुस्तिका हाम्रो पार्टीको त्यसबारे खुला बहस चलाउने निर्णय अनुसार प्रकाशित भएको थियो । हाम्रो पार्टीको आठौँ महाधिवेशनका सिलसिलामा पार्टीभित्र कैयौँ विषयहरूमा दुईलाइनको छलफल चलिरहेको छ । त्यही क्रममा चीन र भारत साम्राज्यवादी देश हुन् वा होइनन् ? भन्नेबारे पनि खुला छलफल चलिरहेको छ । त्यो विषयलाई खुला रूपले बहस चलाउने सन्दर्भमा प्रकाशित पुस्तिकामा हाम्रा आन्तरिक दस्तावेजका कतिपय अन्य विषयहरू पनि प्रकाशित हुन गएका छन्, जो खुला छलफलमा जाने विषयहरू थिएनन् ।
हामीले उक्त पुस्तिकामा चीन र भारतसम्बन्धी विषयहरू नै प्रकाशित गर्ने निर्णय गरेको भए पनि दस्तावेजमा सामेल गरिएका अन्य एकाध विषयहरू पनि त्यससित जोडिएर नै प्रकाशित भएका छन् । त्यस प्रकारको कमजोरी भुलवश नै भएको हो । त्यस प्रकारको कमजोरी जुनसुकै कारणले भएको भए पनि पार्टीको महामन्त्रीको हैसियतले मैले त्यसको जिम्मेवारी लिंदै त्यसका लागि आत्मालोचना गर्दछु ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमोको देशव्यापी विरोध सभा
रक्तिम राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
अध्यक्ष बुढाथोकी बिरामी
जापान नेपाली एकता समाजको टोकियोमा भेला
पूर्व मन्त्री सहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
निरन्तर जारी छ “जागौँ युवा लागौँ युवा” अभियान
समाचार
सहिद र समय
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal