२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
रक्तिम राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
काठमाडौँ । प्रगतिशील सांस्कृतिक आन्दोलनको अगुवा सङ्गठनका रूपमा परिचित रक्तिम सांस्कृतिक अभियानको चौथो राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा अगाडि बढिरेको सो सङ्गठनले जनाएको छ । रक्तिम केन्द्रीय कार्यालयबाट प्राप्त जानकारी अनुुसार चौथो राष्ट्रिय सम्मेलनको तयारी यतिबेला अन्तिम चरणमा पुगेको छ ।
“राष्ट्रिय र नौलो जनवादी क्रान्तिको पक्षमा हाम्रो आन्दोलन ¤ जनवादी संस्कृतिको निर्माण र विकासका लागि चौथो राष्ट्रिय सम्मेलन ¤¤” भन्ने मूल नाराका साथ रक्तिमको चौथो राष्ट्रिय सम्मेलन गण्डकी प्रदेशको सुन्दर नगरी पोखरामा २०७५ फागुन १,२ र ३ गते हुँदैछ । चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सम्मेलनको मिति नजिकिंदै जाँदा रक्तिमले जिल्ला भेला, सम्मेलन तथा राष्ट्रिय सम्मेलनको प्रचारप्रसारको कार्यलाई पनि तीव्र रूपमा अगाडि बढाइरहेको छ । अध्यक्ष जीवन शर्मा लगायतका रक्तिमका केन्द्रीय पदाधिकारी एवं सदस्यहहरू राष्ट्रिय सम्मेलनको प्रचारप्रसार एवं जिल्ला भेला सम्मेलन र बैठक लगायतका कार्यमा व्यस्त रहनु भएको छ । अहिलेसम्मको तयारी अवस्थालाई हेर्दा सम्मेलन भव्य हुने सङ्केत मिलेको रक्तिमले जनाएको छ ।
“ चौथो राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ । तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलन व्यवस्थापनका साथीहरू सम्मेलन स्थल पोखरा पुगिसक्नु भएको छ । अधिकांश जिल्लाका भेला÷ सम्मेलनहरू सम्पन्न भइसकेका छन् भने बाँकी रहेका जिल्लामा पनि २५ माघसम्म भैसक्ने छन् ।” रक्तिमका महासचिव नारायण योगीले भन्नुभयो–“२६ माघसम्म केन्द्रीय समितिका सबै साथीहरू पोखरामा जुटिसकिने छ । २८ माघमा पोखरामै राष्ट्रिय सम्मेलनको तयारीको अन्तिम समिक्षा गर्न केन्द्रीय समितिको समिक्षा बैठक बसिनेछ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राजमोको देशव्यापी विरोध सभा
महामन्त्री सिंहको आत्मालोचना
अध्यक्ष बुढाथोकी बिरामी
जापान नेपाली एकता समाजको टोकियोमा भेला
पूर्व मन्त्री सहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
निरन्तर जारी छ “जागौँ युवा लागौँ युवा” अभियान
समाचार
सहिद र समय
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal