२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
राजमोको देशव्यापी विरोध सभा
सङ्घीयता, भ्रष्टाचार, बलात्कार, हत्या, हिंसा र प्रतिगमनको खतराका विरुद्ध 
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सङ्घीयता, राष्ट्रिय विखण्डन, प्रतिगमनको खतरा, भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारका विरुद्ध देशव्यापी विरोध सभाहरू सम्पन्न गरेको छ । तत्कालीन तानाशाह ज्ञानेन्द्र शाहले जनताका अधिकारहरू खोसेर देशमा आफ्नो तानाशाही लादेको कालो दिन अर्थात् माघ १९ कै दिन पारेर राजमोले २०७५ माघ १९ का दिन देशव्यापी विरोध सभा सम्पन्न गरेको हो । “सङ्घीयता, राष्ट्रिय विखण्डन र प्रतिमगनका विरुद्ध सङ्घर्ष गरौँ घ् महङ्गी, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कारको अन्त्य गरौँ घ्घ् भन्ने मूल नाराका साथ राजमोले देशका विभिन्न जिल्लाहरूमा विरोध सभाका कार्यक्रमहरू सम्पन्न गरेको हा ।
देशका विभिन्न भागमा भएका ती विरोध सभाहरूलाई राजमोका केन्द्रीय नेताहरूले सम्बोधन गर्दै देशमा बढ्दै गइरहेको हत्या, हिंसा, बलात्कार लगायतका घटना र सम्पूर्ण बेथितिका विरुद्ध सडकमा उत्रिएर सरकारलाई खबरदारी गर्न जनतालाई आह्वान गरेका छन् । सङ्घीयताका कारण देशमा राष्ट्रिय विखण्डनको स्थिति उत्पन्न भएको भन्दै उनीहरूले सङ्घीयता खारेज गर्नका लागि उठ्न पनि जनतालाई आह्वान गरे । राजमो काठमाडौँले शान्तिवाटिका रत्नपार्कमा आयोजना गरेको विरोध सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा जनप्रिय नेता चित्र बहादुर केसीले जनतालाई गणतान्त्रिक व्यवस्थाको महशुस अझै हुन नसकेको बताउनु भयो । “देशमा हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरू बढिरहेका छन्, महङ्गी आकासिइरहेको छ । भ्रष्टाचारले देश आक्रान्त छ । जनताले गणतन्त्रको महशुस गर्न अझै पाएका छैनन्” अध्यक्ष केसीले भन्नु भयो– “सबैभन्दा डरलाग्दो कुरा त संविधानमा सङ्घीयता मिसाइएको छ । सङ्घीयताकै कारण राष्ट्रिय विखण्डनको खतरा बढ्दै गइरहेको छ ।” सम्बोधनका क्रममा अध्यक्ष केसीले राष्ट्र विखण्डनकारी सङ्घीयता खारेज नगरिए कालान्तरमा यसले नेपाल देशको अस्तित्व नै सङ्कटमा पार्ने दावी गर्नु भयो । संसदीय प्रणालीले जनताका सबै समस्याहरूको समाधान गर्न नसक्ने बताउँदै अध्यक्ष केसीले जनताका आधारभूत समस्याहरूको समाधानका लागि देशमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु पर्ने स्पष्ट पार्नु भयो । भेनेजुएलाबारे नेकपाका अध्यक्ष प्रचण्डले दिएको वक्तव्य सही भएको उहाँले बताउनु भयो । “प्रचण्डले भेनेजुएलाबारे जुन वक्तव्य दिएका छन्, त्यो स्वागतयोग्य छ” अध्यक्ष केसीले भन्नु भयो– “कहिलेकाहीँ त प्रचण्डले पनि सही काम गर्दा रहेछन् । यो काम राम्रो गरे । उनले राम्रो काम गर्दा हामीले त्यसलाई समर्थन गर्दै आएका छौँ । भेनेजुएलामा अहिले अमेरिकाले जुन हस्तक्षेप गरिरहेको छ त्यो निन्दनीय छ ।” विरोध सभालाई अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव अधिवक्ता राम प्रसाद भुसाल, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव समिर सिंह र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष मनु विश्वकर्माले समेत सम्बोधन गर्नु भएको थियो ।
सभामा वामपन्थी नेता कृष्णराज पौडेलको आतिथ्यता रहेको थियो । राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेको अध्यक्षता, सचिव जगत रेग्मीको सञ्चालन र सहसचिव ऋतु केसीको स्वागत मन्तव्यबाट विरोध सभाको कार्यक्रम अघि बढेको थियो । सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरी, केन्द्रीय सदस्य लाल बहादुर थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष नारायण शर्मा, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरत बहादुर शाही, अखिल (छैठौँ) का केन्द्रीय सचिव सुवास जिसी र रक्तिम काठमाडौँ महानगरका अध्यक्ष विष्णु शर्माको समेत आतिथ्यता रहेको थियो । विरोध सभाको बीचबीचमा रक्तिम काठमाडौँका कलाकारहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।
कैलाली ः
राजमो कैलालीले सदरमुकाम धनगढीमा माघ १९ कै दिन जुलुश प्रदर्शन सहितको विरोध सभा सम्पन्न गरेको छ । धनगढीको ट्राफिक चौराहाबाट सुरु भएको जुलुस नगरका विभिन्न भागमा परिक्रमा गर्दै पार्कमोडमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राजमोकी केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले नेपालमा सङ्घीयता भारतीय डिजाइनमा भित्राइएको दावी गर्नु भयो । “सङ्घीयताकै कारण देश अस्थिरतातर्फ धकेलिएको छ। देशमा अन्तरद्वन्द्व बढ्दै गइरहेको छ । राष्ट्रिय विखण्डनको सन्त्रास बढ्दै गैरहेको छ” प्रमुख अतिथि पौडेलले भन्नु भयो– “राष्ट्र विखण्डनकारी यो सङ्घीयता भारतीय डिजाइनमा नै नेपाल भित्राइएको हो । यो नेपाली जनताको माग र चाहनाका कारण आएको होइन । भारतीय विस्तारवादको स्वार्थपूर्तिका लागि नै नेपालमा सङ्घीयता जबरजस्ती रूपमा भित्राइएको हो भन्ने कुरा अहिले झनै पुष्टि हुँदै गइरहेको छ । राष्ट्र विखण्डनकारी सङ्घीयता यो देशमा अब धेरै टिक्न सक्ने छैन । नेपाली जनताले एक दिन सङ्घीय प्रणाली खारेज गरेरै छाड्नेछन् ।” सम्बोधनका क्रममा प्रमुख अतिथि पौडेलले सरकारले निर्मला पन्त बलात्कार गरी हत्या गर्ने अपराधीहरूलाई अहिलेसम्म पनि कार्वाही गर्न नसक्नु निकै लाजमर्दो स्थिति भएको बताउनु भयो । 
सभा जिल्ला अध्यक्ष लक्षिराम आचर्याको अध्यक्षता, सचिव हुकम साउदको सञ्चालन, कोषाध्यक्ष मिलन शाहीको स्वागत मन्तव्यबाट अघि बढेको थियो । वामपन्थी नेता रामचन्द्र भट्ट, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम अध्यक्ष नन्दराज भट्ट, राजमो राष्ट्रिय परिषद सदस्य हरिकृष्ण पाण्डे, केन्द्रीय सल्लाहकार शेर बहादुर विक, जातीय समता समाजका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम इन्चार्ज तिलक परियार, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय कोषाध्यक्ष खडक बहादुर राना थारू, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य धनिराम आचार्य, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष कुन्ती पाण्डेय, अखिल (छैठौँ) का केन्द्रीय सदस्य तथा सुदूर पश्चिम इन्चार्ज उमेश कँडेल, अखिल (छैठांै) का केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष हेमराज भट्ट, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य बाबुराम अचार्य, अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य कृष्ण विकले समेत सभालाई सम्बोधन गर्नु भएको थियो । सभामा लम्किचुहा र गदरियाबाट पचासौँ जनाले राजमोमा प्रवेश गरेका थिए ।
बागलुङ ः
राष्ट्रिय जनमोर्चाले देशव्यापी रूपमा आयोजना गरेको विरोध सभाको कार्यक्रम अन्तर्गत माघ १९ का दिन राजमो बागलुङले बुर्तिबाङ बजारमा जुलुस प्रदर्शन सहित विरोध सभा सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माको प्रमुख आतिथ्यतामा सो विरोध सभा सम्पन्न भएको थियो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले वर्तमान सरकारले जनताको आकाङ्क्षा अनुरूप काम गर्न नसकेको बताउनु भयो । देशमा हत्या, हिंसा, अराजकता, दण्डहीनता र भ्रष्टाचार बढिरहेको बताउँदै प्रमुख अतिथि शर्माले त्यसलाई समयमै कडाइपूर्वक नियन्त्रण नगरिए तिनै कमजोरीहरूमाथि टेकेर देशमा प्रतिगमनले टाउको उठाउन सक्ने खतरा समेत औल्याउनु भयो । सभालाई अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तिलक थापा, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेग बहादुर पाइजा, राजमोका राष्ट्रिय परिषद सदस्य गौरीश्वर पाण्डेले समेत सम्बोधन गर्नु भएको थियो । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव दल बहादुर विक सहितको रक्तिम बागलुङको सांस्कृतिक टोलीले सभाको बीचबीचमा सांस्कृतिक प्रस्तुतिहरू दिएको थियो ।
राजमो बागलुङका उपाध्यक्ष धर्म कुँवरको अध्यक्षता सचिव भिमलाल पोख्रेलको सञ्चालन र सचिवालय सदस्य खिम विक्रम शाहीको स्वागत मन्तव्यबाट अघि बढेको सो विरोध सभालाई राजमो बागलुङका सल्लाहकार बेदीलाल सापकोटा, अखिल नेपाल महिला सङ्घ बागलुङकी उपाध्यक्ष दुर्गादेवी घर्ती र प्रगतिशील पत्रकार सङ्घ नेपाल जिल्ला समिति बागलुङका उपाध्यक्ष लोकेन्द्र निरासीले समेत सम्बोधन गर्नु भएको थियो । सभामा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिव दल बहादुर विक, अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, केन्द्रीय सदस्य योगेन्द्र पौडेल, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष जुन विक्रम शाही, अखिल (छैठौँ) का केन्द्रीय सदस्य शिवलाल चालिसे र रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य विमल पाण्डे लगायतका अतिथिहरूको समेत आतिथ्यता रहेको थियो ।
चितवन ः
राजमो चितवनले नारायणगढको पुल्चोकमा माघ १९ कै दिन विरोध सभा सम्पन्न गरेको थियो । सो विरोध सभालाई प्रमुख अतिथिको आसनबाट नेकपा (मसाल) का प्रवक्ता राम प्रकाश पुरीले सम्बोधन गर्नु भएको थियो । सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बर पुरीले समेत सम्बोधन गर्नु भएको थियो । राजमो चितवनका उपाध्यक्ष अमर बहादुर क्षेत्रीको अध्यक्षता र सचिव पुष्पकमल सुवेदीको सञ्चालनमा सो विरोध सभाको कार्यक्रम अघि बढेको थियो । विरोध सभामा अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डम्बर केसी र अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय कोषाध्यक्ष गोपाल गिरी समेतको आतिथ्यता रहेको थियो । विरोध सभाको बीचबीचमा रक्तिम चितवनका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
बाँके ः
राष्ट्रिय जनमोर्चा बाँकेले कोहलपुर चौराहामा विरोध सभा सम्पन्न गरेको थियो । सभालाई प्रमुख अतिथिको आसनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष ओम बहादुर केसीले सम्बोधन गर्नु भएको थियो । राजमो बाँकेका अध्यक्ष गुणनिधि आचार्यको अध्यक्षता, सल्लाहकार भिम प्रसाद देवकोटाको स्वागत मन्तव्य र जातीय समता समाज बाँकेका अध्यक्ष मान बहादुर सुनारको सञ्चालनमा विरोध सभाको कार्यक्रम अघि बढेको थियो । विरोध सभालाई नेकपा (मसाल) बाँकेका प्रवक्ता जगदीश ढकाल र अखिल नेपाल युवक सङ्घका महासचिव कृष्णराज पाण्डेले समेत सम्बोधन गर्नु भएको थियो । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मान बहादुर भण्डारी र राजमो जुम्लाका उपाध्यक्ष अग्नि प्रसाद उपाध्यायको समेत सभामा आतिथ्यता रहेको थियो ।
सुर्खेत ः
राजमो सुर्खेतले पनि माघ १९ का दिन सदरमुकाम वीरेन्द्रनगरमा जुलुस प्रदर्शन सहित विरोध सभा सम्पन्न गरेको छ । राजमोको पार्टी कार्यालयबाट सुरु भएको जुलुस मङ्गलगढीचोक, नेताचोक हुँदै वीरेन्द्रनगर बजार परिक्रमा गरेर पिपलचौतारीमा पुगी विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई अखिल नेपाल किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसीले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । सभालाई विशेष अतिथिका रूपमा राजमोका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले सम्बोधन गर्नु भएको थियो । सभालाई सम्बोधन गर्ने अन्य अतिथिहरूमा नेकपा (मसाल) सुर्खेतका प्रवक्ता मोहन थापा, राजमो कर्णाली प्रदेशका कोषाध्यक्ष धन प्रसाद देवकोटा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य धर्मराज दानी र अखिल (छैठौँ) का केन्द्रीय सदस्य हरि बुढा रहनु भएको थियो । विरोध सभामा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष जीवन शाही, वामपन्थी नेता मोति प्रसाद मिधुन, राजमो दैलेखका उपाध्यक्ष कविराज खत्री, अखिल नेपाल जनजाति सम्मेलन सुर्खेतका अध्यक्ष प्रेम गुरुङ, अखिल नेपाल किसान महासङ्घ सुर्खेतका उपाध्यक्ष प्रेम ठाडा मगर, राजमो कर्णाली प्रदेशकी गीता आचार्य, अखिल नेपाल महिला सङ्घ सुर्खेतकी अध्यक्ष कृष्ण रावल, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य हिरा विकको समेत आतिथ्या रहेको थियो । राजमो सुर्खेतका अध्यक्ष गोविन्द प्रसाद सुवेदीको अध्यक्षता, कोषाध्यक्ष विष्णु प्रसाद शर्माको सञ्चालन र सचिव लाल बहादुर नेपालीको स्वागत मन्तव्यबाट विरोध सभाको कार्यक्रम अघि बढेको थियो । 
रूपन्देही ः बुटवलमा राष्ट्रिय जनमोर्चा रूपन्देहीले विरोध सभा सम्पन्न गरेको छ । सभामा प्रमुख अतिथि अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी हुनु हुन्थ्यो । प्रदेश सभा सांसद तथा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तारा जिसी, पूर्व सांसद सन्त बहादुर नेपाली, वामपन्थी नेता दुर्गानाथ खरेल, अखिल नेपाल महिला सङ्घकी जिल्ला सचिव लक्ष्मी न्यौपाने, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नारायण जिसी, सिद्वार्थ उद्योग वाणिज्य सङ्घका महासचिव नेत्र आचार्य लगायतले सभामा मन्तव्य राख्नु भएको थियो । दीपक पौडेलको अध्यक्षता र टान बहादुर केसीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कञ्चनपुर ः राजमो कञ्चनपुरले सदरमुकाम भिमदत्तनगरमा माघ १९ गते जुलुस प्रदर्शन सहित विरोध सभा सम्पन्न गरेको थियो । राजमो पार्टी कार्यालयबाट सुरु भएको जुलुस शहरका विभिन्न भागमा परिक्रमा गर्दै मदनचोकमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई राजमोका केन्द्रीय सदस्य मनोज भट्टले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । राजमो कञ्चनपुरकी उपाध्यक्ष मञ्जु परियारको अध्यक्षता, सदस्य चक्र रैकालको सञ्चालन र भिमदत्तनगर नगर समितिका अध्यक्ष लाल बहादुर कुँवरको स्वागत मन्तव्यबाट विरोध सभाको कार्यक्रम अघि बढेको थियो । विरोध सभालाई अतिथिहरू तराई–मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, जातीय समता समाजका महासचिव गोविन्द विक, अखिल (छैठौँ) का महासचिव महेश जोशी र राजमो कञ्चनपुरका सचिव राम बहादुर कार्की समेतले सम्बोधन गर्नुभएको थियो ।
गुल्मी ःराजमो गुल्मीले जिल्ला सदरमुकाम तम्घास बजारमा माघ १९ का दिन जुलुस प्रदर्शन सहितको विरोध सभा सम्पन्न गरेको छ । राजमो गुल्मीको कार्यालय अगाडिबाट सुरु भएको जुलुश तम्घास बजारका विभिन्न भाग परिक्रमा गर्दै बालमन्दिरमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभाको प्रमुख अतिथि राजमोका केन्द्रीय सदस्य सोम कुमार कार्की रहनु भएको थियो । विरोध सभालाई प्रमुख अतिथि कार्की, नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवर र प्रगतिशील पत्रकार सङ्घ नेपाल जिल्ला समिति गुल्मीका सचिव हरि न्यौपानेले सम्बोधन गर्नु भएको थियो । सभाको बीचबीचमा रक्तिम गुल्मीका कलाकारहरूले बेजोड सांस्कृतिक प्रस्तुति दिएका थिए । राजमो गुल्मीका कार्यवाहक अध्यक्ष रामेश्वर खत्रीको अध्यक्षता, सचिव छविलाल सर्तुङीको सञ्चालन र सदस्य चिन्तामणि भट्टराईको स्वागत मन्तव्यबाट विरोध सभाको कार्यक्रम अघि बढेको थियो । विरोध सभामा रक्तिम सांस्कृतिक अभियान गुल्मीकी अध्यक्ष उषा तारामी मगर, अखिल नेपाल युवक सङ्घ गुल्मीका अध्यक्ष खिम बहादुर बुचा मगर र अखिल नेपाल शिक्षक सङ्घ गुल्मीका अध्यक्ष नित्यानन्द अर्याल समेतको आतिथ्यता रहेको थियो । 
डोटी ः राजमो डोटीले दिपायल बजारमा कोणसभा सम्पन्न गरेको थियो । माघ १९ कै दिन भएको उक्त सभालाई प्रमुख अतिथिको आसनबाट राजमोका केन्द्रीय सदस्य लाल बहादुर जाग्रीले सम्बोधन गर्नु भएको थियो । अखिल (छैठौँ) डोटीका अध्यक्ष हेमविक्रम चन्दको सञ्चालनमा अघि बढेको सो कोणसभालाई अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव प्रशान्त थापा र राजमो डोटीका सदस्य कृष्ण बहादुर पुन मगरले समेत सम्बोधन गर्नु भएको थियो ।
दैलेख ः राजमो दैलेखले प्रहरी अवरोधलाई छिचोल्दै दैलेख बजारको देवकोटा चोकमा विरोध सभा सम्पन्न गरेको थियो । झण्डा ब्यानर टाँगेर सम्पूर्ण तयारी गरिसकेपछि उक्त स्थानमा कार्यक्रम नगर्न भन्दै प्रहरी प्रशासन आएको थियो । तर राजमो नेता÷कार्यकर्ताहरूले ‘कार्यक्रमको सम्पूर्ण तयारी यही गरिएकाले आफूहरू अब स्थान सार्न असमर्थ रहेको’ अडान लिएपछि प्रहरी प्रशासनपछि हट्न बाध्य भएको थियो र त्यहाँ विरोध सभा सुरु गरिएको थियो । विरोध सभालाई प्रमुख अतिथिहरूको आसनबाट राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले सम्बोधन गर्नु भएको थियो । राजमो दैलेखका अध्यक्ष अमर नेपाली र अखिल नेपाल युवक सङ्घ दैलेखका अध्यक्ष लोकपाल थापा समेतले विरोध सभालाई सम्बोधन गर्नु भएको थियो । सभाको सञ्चालन राजमो दैलेखका सदस्य तेज नारायण महतराले गर्नु भएको थियो । 
प्युठान ः राजमो प्युठानले भने माघ १८ गतेका दिन नै विजुवार बजारमा विरोध सभा सम्पन्न गरेको थियो । सभालाई प्रमुख अतिथिको आसनबाट राष्ट्रिय जनमोर्चाका ५ नम्बर प्रदेश समितिका अध्यक्ष बोम बहादुर खत्रीले सम्बोधन गर्नु भएको थियो । विरोध सभालाई अखिल नेपाल युवक सङ्घका महासचिव कृष्णराज पाण्डे र झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसी र अखिल नेपाल महिला सङ्घ प्युठानकी सचिव शिवा गिरीले समेत सम्बोधन गर्नु भएको थियो । सभामा मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना, उपाध्यक्ष सरिता जिसी, जातीय समता समाज प्युठानका अध्यक्ष गोपाल नेपाली, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका केन्द्रीय उपाध्यक्ष ज्ञामुराम न्यौपाने, प्युठान उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दुर्गा भुसाल, रेडियो प्युठानका अध्यक्ष तथा प्युठान उद्योग वाणिज्य महासङ्घका महासचिव कृष्णभक्त गिरी र अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य ध्रुव थापा समेतको आतिथ्यता रहेको थियो । 
कास्की ः राजमो कास्कीले माघ १९ कै दिन पोखराको पृथ्वीचोकमा विरोध सभा सम्पन्न गरेको थियो । विरोध सभालाई प्रमुख अतिथिको आसनबाट राजमोकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशकी सांसद पियारी थापाले सम्बोधन गर्नु भएको थियो । राजमो कास्कीका सहसचिव विक्रम थापाको सञ्चालनमा अघि बढेको सो विरोध सभालाई राजमो कास्कीका अध्यक्ष रविमोहन ढकाल र अखिल (छैठौँ) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी समेतले सम्बोधन गर्नु भएको थियो ।
पाल्पा ः राष्ट्रिय जनमोर्चा, पाल्पाले जिल्ला सचिव तिलक गाहाको सञ्चालनमा विरोध सभा सम्पन्न गरेको छ । जिल्ला कोषाध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा अगाडि बढेको उक्त कार्यक्रमको प्रमुख अतिथि राजमोकी केन्द्रीय सदस्य तारा थापा हुनु हुन्थ्यो । अन्य अतिथिहरूमा राजमोका जिल्ला अध्यक्ष विशाल दर्लामी, अखिल (छैठौँ) का केन्द्रीय सदस्य पुरन पोख्रेल, महिला सङ्घकी जिल्ला उपाध्यक्ष उमा सिंजाली, युवक सङ्घका उपाध्यक्ष विष्णु नेपाली हुनु हुन्थ्यो । राष्ट्रिय जनमोर्चा पाल्पाको पार्टी कार्यालय सिलखान टोलबाट सुरु भएको विरोध र्‍याली आन्दोलन चोकमा गएर कोणसभामा परिणत भएको थियो । 
दाङ ः राष्ट्रिय जनमोर्चा दाङले माघ १९ विरोध सभा सम्पन्न गरेको छ । सभाको प्रमुख अतिथि अखिल (छैठौँ) का केन्द्रीय अध्यक्ष विमल पोखरेल हुनु हुन्थ्यो । कार्यक्रममा राजमो दाङका अध्यक्ष गणेश आचार्य, तराई मधेश जनवादी मोर्चाका केन्द्रीय उपाध्यक्ष हनुमान चौधरी, अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य पूर्णिमा आचार्य, राजमोका जिल्ला सदस्य कपिलदेव खनाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला अध्यक्ष हरि थापा लगायतले मन्तव्य राख्नु भएको थियोे । पदम गोराथोकीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका महासचिव नारायण योगी, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य प्रेम नारायण आचार्य। अखिल नेपाल शिक्षक सङ्घ जिल्ला अध्यक्ष भानु जिएम, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सल्लाहकार कृष्ण गिरी पनि आतिथ्यता रहेको थियोे । जिल्ला सदस्य ठाकुर आचार्यको अध्यक्षता अगाडि बढेको कार्यक्रमको सञ्चालन रामकृष्ण आचार्यले गर्नु भएको थियोे ।
तनहुँ ः राजमो तनहुँले सदरमुकाम दमौली बजारको भोर्लेटार चोकमा माघ १९ का दिन विरोध सभा सम्पन्न गरेको थियो । विरोध सभालाई राजमो तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । राजमो तनहुँका सहसचिव भरत केसीको सञ्चालनमा अघि बढेको सो सभालाई राजमो तनहुँका सचिव श्रीकुमार श्रेष्ठ, जातीय समता समाज तनहुँका अध्यक्ष नर बहादुर विक, अखिल नेपाल जनजाति सम्मेलन तनहुँका संयोजक नर बहादुर थापा र अखिल (छैठौँ) तनहुँका अध्यक्ष विजय गिरी समेतले सम्बोधन गर्नु भएको थियो । सभाको बीच बीचमा रक्तिम तनहुँका कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू दिएका थिए ।
कपिलवस्तु ः राष्ट्रिय जनमोर्चा कपिलवस्तुको आयोजनामा ४ नम्बर जितपुरमा विरोध सभा सम्पन्न भयको छ । सभामा प्रमुख अतिथि राजमो प्रदेश नम्बर ५ का सदस्य तथा प्युठान जिल्ला समन्वय समितिका प्रमुख केशव आचार्य हुनु हुन्थ्यो । सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष कपिल खनाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केयर सिंह अदै लगायतले सम्बोधन गर्नु भएको थियो । सभा राजमो कपिलवस्तुका अध्यक्ष दधिराम आचार्यको अध्यक्षता तथा माधव भाट क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
बर्दिया ः राजमो बर्दियाले माघ १९ का दिन बाँसगढीबजारमा विरोधसभा सम्पन्न गरेको छ । सभालाई प्रमुख अतिथिको आसनबाट राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सदस्य तुलसीराम सापकोटाले सम्बोधन गर्नु भएको थियो । राजमो बर्दियाका कार्यवहाक अध्यक्ष युवराज ढकालको अध्यक्षता र लोक बहादुर रानाको सञ्चालनमा अघि बढेको सो विरोधसभालाई राजमो बर्दियाका सदस्य तोयनाथ अधिकारीले समेत सम्बोधन गर्नु भएको थियो । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
रक्तिम राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा
महामन्त्री सिंहको आत्मालोचना
अध्यक्ष बुढाथोकी बिरामी
जापान नेपाली एकता समाजको टोकियोमा भेला
पूर्व मन्त्री सहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
निरन्तर जारी छ “जागौँ युवा लागौँ युवा” अभियान
समाचार
सहिद र समय
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal