२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
सर्वोच्चमा पाँच जना न्यायाधीश सिफारिस
काठमाडौँ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको छ । २०७५ चैत्र १९ गते बसेको न्यायपरिषदको बैठकले सर्वोच्चमा पाँच र उच्च अदालतमा १८ न्यायधीश सिफारिस गरेको हो ।
सर्वोच्चमा न्यायाधीश सिफारिस हुनेमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, वकिलहरूबाट मनोजकुमार शर्मा, उच्च अदालतको न्यायाधीशहरूबाट प्रकाश ढुङ्गाना र सुष्मलता माथेमा छन् ।
न्यायाधीश सिफारिस भएका फुँयाल केपीशर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला महान्यायाधिवक्ता नियुक्त भएका थिए ।सिफारिस भएकाहरू संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि न्यायाधीश बन्नेछन्।
यस्तै, उच्च अदालतका न्यायाधीशमा सिफारिस हुनेहरूमा नायब महान्यायाधीवक्ता किरण पौडेल, सर्वोच्चका रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव रमेश ढकाल छन्।
त्यस्तै यसअघि पुनरावेदन अदालतमा अतिरक्त न्यायाधीश बनेकी निलम पौडेल, सर्लाही जिल्ला अदालतका न्यायाधीश राजेशकुमार काफ्ले, रौतहटका लेखनाथ ढकाल, चितवनका कुलप्रसाद शर्मा, भक्तपुरका मोहम्मद जुनेद आजाद, ललितपुरका बालमुकुन्द दवाडी, पर्साका नगेन्द्रलाल कर्ण उच्च अदालतका न्यायाधीशमा सिफारिस भएका छन्।
अधिवक्ताहरूबाट सात जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको छ। अधिवक्ताहरू जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्जवल शुक्ल र नवराज थपलिया न्यायाधीश सिफारिस भएका छन्।उच्च अदालतमा सिफारिस भएकाहरूलाई प्रधानन्यायाधीशले पदमा नियुक्त गर्ने व्यवस्था छ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नागरिकता विधेयक विरुद्ध देशव्यापी कार्यक्रम
प्रलेसको एकताबद्ध परम्परा कायम राख्न मसालको अनुरोध
बारा–पर्साका पीडितलाई क्षतिपूर्ति र राहत दिन राष्ट्रिय जनमोर्चाको माग
साम्राज्यवादको अधिकतम शर्त स्वीकार्ने प्रतिबद्धता गलत ः मसाल
किसान महासङ्घका वस्तुगत भेला सम्पन्न
अख्तियारले छानबिन गर्ने
लगानी सम्मेलन ः समृद्धि वा परनिर्भरताको बाटो ?
समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal