२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
किसान महासङ्घका वस्तुगत भेला सम्पन्न
बुटवल । अखिल नेपाल किसान महासङ्घ वस्तुगत उत्पादकहरूको राष्ट्रिय भेला २०७५ चैत्र १७ गते बुटवलमा सम्पन्न भएको छ । प्रमुख अतिथि अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीले भेलाको उद्घाटन गर्नु भएको थियो । सो भेलामा विभिन्न जिल्लाबाट दूग्ध उत्पादक, पशुपालक, कृषि उत्पादक, तरकारी, फलफूल, डेयरी उत्पादक किसानहरूको प्रतिनिधित्व रहेको थियो । 
कार्यक्रम नेपालको कृषि क्षेत्र र नेपाल सरकारको कृषिक्षेत्रमा लागु गरिएको विभिन्न योजनाको बारेमा प्रशिक्षण समेत भएको थियो । प्रशिक्षणमा वरिष्ठ अधिकृत तथा भेटेनेरी वैज्ञानिक तुल्सी भण्डारी र वन विभागका एग्रो फोरेस्टी वैज्ञानीक कृष्ण प्रसाद शर्माले प्रशिक्षण दिनु भएको थियो । 
भेलामा प्रमुख अतिथि अध्यक्ष रेग्मीले वस्तुगत सङ्गठन निर्माणको आवश्यकताबारे विषयवस्तु प्रस्तुत गर्नु भएको थियो । भेलामा महासङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्र बहादुर केसी, केन्द्रीय सदस्य रुक बहादुर पराजुली, केन्द्रीय सदस्य पे्रम आचार्य, केन्द्रीय सदस्य करमराज चौधरी र सल्लाहकार गणेश गौतमको पनि उपस्थिति रहेको थियो । किसान महासङ्घका सल्लहाकार शिवहरि खनालको सञ्चालनबाट अघि बढेको उक्त भेलामा महासङ्घका महासचिव कृष्ण केसीले स्वागत गर्नु भएको थियो । 
सोही भेलाले अखिल नेपाल पशुपालन तथा दूग्ध उत्पादक किसान सङ्घ र अखिल नेपाल बिउबिजन, तरकारी तथा फलफूल उत्पादक किसान सङ्घको समिति गठन समेत गरिएको छ । अखिल नेपाल पशुपालक तथा दूग्ध उत्पादक किसान सङ्घको कृष्ण केसीको अध्यक्षतामा केन्द्रीय समिति गठन भएको छ, जसको सचिवमा जीवन शर्मा, कोषाध्यक्षमा चन्द्र बन्जाडे र सदस्यहरूमा मनिराम खनाल, शङ्कर बराल रहनु भएको छ । 
त्यस्तै, अखिल नेपाल बिउविजन, तरकारी तथा फलफूल उत्पादक किसान सङ्घको केन्द्रीय सङ्गठन समितिको अध्यक्षमा शिवहरि खनाल, सचिवमा राजेन्द्र गैरे र कोषाध्यक्षमा गणेश बन्जाडे रहनु भएको छ । सदस्यहरूमा चन्द्र बहादुर केसी, भोजराज उप्रेती, ओमेन्द्र कुँवर, श्रवण कुमार लोप्चन, सीता पौडेल र नवराज केसी रहनु भएको छ । 
भेलाले नेपाल सरकारले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि क्षेत्रमा विदेशी लगानी भित्राउने नीतिको विरोध गरेको छ । कृषि क्षेत्रमा राष्ट्रिय उद्यमीहरू मार्फत् लगानी गर्नु पर्ने र नेपाल सरकार आफ्रले कृषि क्षेत्रको प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने आवश्यकतामा जोड दिएको छ । कृषि क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई समेत भित्राउने नेपाल सरकारको नीतिको विरोध गर्दै यसलाई बन्द गर्नु पर्ने माग समेत किसान महासङ्घको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नागरिकता विधेयक विरुद्ध देशव्यापी कार्यक्रम
प्रलेसको एकताबद्ध परम्परा कायम राख्न मसालको अनुरोध
बारा–पर्साका पीडितलाई क्षतिपूर्ति र राहत दिन राष्ट्रिय जनमोर्चाको माग
साम्राज्यवादको अधिकतम शर्त स्वीकार्ने प्रतिबद्धता गलत ः मसाल
अख्तियारले छानबिन गर्ने
सर्वोच्चमा पाँच जना न्यायाधीश सिफारिस
लगानी सम्मेलन ः समृद्धि वा परनिर्भरताको बाटो ?
समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal