२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
बारा–पर्साका पीडितलाई क्षतिपूर्ति र राहत दिन राष्ट्रिय जनमोर्चाको माग
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बारा–पर्साका आँधीहुरी पीडितका लागि तत्कालै क्षतिपूर्ति, उपचार र राहतको माग गरेको छ । सर्वप्रथमतः मृतकहरूप्रति श्रद्धाञ्जली तथा पीडित परिवारजनप्रति समवेदना प्रकट गर्दै राजमोले यस्तो माग गरेको हो ।
राजमोकी केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभा सांसद दुर्गा पौडेलको हस्ताक्षरमा २०७५ चैत्र १८ गते जारी प्रेस वक्तव्यमा यस्तो धारणा व्यक्त गरिएको छ । वक्तव्यमा पर्साको वीरगञ्जमा एक जना डाक्टरले आफ्नी पत्नीको कुटपिट तथा हत्या गरेको विषय समेत उल्लेख गरिएको छ । देशमा बारम्बार महिला हिंसाका घटनाहरू घट्दै गएको सन्दर्भमा वक्तव्यमा यस प्रकारका घटनालाई खालि व्यक्तिगत घटनाका रूपमा नलिन आग्रह गरिएको छ । यस सम्बन्धमा वक्तव्यमा अगाडि भनिएको छ– यस प्रकारका घटनाको सामाजिक, आर्थिक र सांस्कृतिक अध्ययन गरेर समाधान गर्न सरकारले योजनाबद्ध पहलकदमी लिनु पर्दछ । 
वक्तव्य अगाडि भनिएको छ– “बारा र पर्सामा आँधी र पानीले भएको ठुलो धनजनको क्षतिप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको छ । हिजो साँझ भएको त्यो घटनाबाट दुई दर्जनभन्दा बढी मानिसहरूको निधन भएको छ भने करिब सात सय जना मानिसहरू घाइते भएका छन् । हाम्रो पार्टीले सबै मृत व्यक्तिहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरूका परिवारहरूप्रति समवेदना प्रकट गर्दछ । त्यसका साथै हामीले केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरूसित मृतकहरूका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार तथा त्यहाँ भएको क्षतिका लागि समूचित राहत र क्षतिपूर्ति समेत दिनका लागि अनुरोध गर्दछौँ ।
वीरगञ्जमा एउटा डाक्टरले आफ्नी पत्नीमाथि कुटपिट गरेर हत्या भएको घटनाप्रति हाम्रो पार्टीले गम्भीर दुःख र क्षोभ प्रकट गर्दछ । वास्तवमा त्यो अत्यन्त अमानवीय र बर्बर कारवाही हो । हामीले दोषीमाथि समूचित कारवाहीको माग गर्दछौँ । तर समस्या त्योभन्दा गम्भीर छ । हाम्रो देशमा बारम्बार महिलामाथि हिंसाका जुन घटनाहरू घट्दै गएका छन्, तिनीहरूलाई व्यक्तिगत घटनाका रूपमा लिएर अपराधीहरूलाई सजाय दिएर मात्र समस्याको समाधान हुँदैन । यस प्रकारको समस्याको सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अध्ययन गरेर त्यो समस्याको समाधानका लागि योजनाबद्ध प्रकारले पहलकदमी गर्न हामीले सरकारसित अनुरोध गर्दछौँ । त्यसका साथै यो महिलाहरूको मात्र समस्या होइन, यो गम्भीर प्रकारको सामाजिक समस्या हो । समाजमा बारम्बार घट्ने त्यस प्रकारका घटनाहरूबाट समाजमा व्यापक रूपले सामाजिक विकृतिले घर जमाएको कुरालाई बताउँछ । त्यसकारण सम्पूर्ण समाजको नै त्यसप्रति वा त्यस प्रकारको विकृत हटाउनका लागि ध्यान जानु पर्ने आवश्यकता छ ।”
राजमोले दुई लाख सहयोग गर्ने
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बारा–पर्साका आँधीहुरी पीडितका लागि दुई लाख रूपैया राहतस्वरूप सहयोग गर्ने भएको छ । राजमो केन्द्रीय कार्यालयले २०७५ चैत्र १९ गते सो जानकारी दिएको हो । केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार त्यो राहत वितरणका लागि राजमोले स्वयंसेवकहरूको टोली समेत पठाउने भएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नागरिकता विधेयक विरुद्ध देशव्यापी कार्यक्रम
प्रलेसको एकताबद्ध परम्परा कायम राख्न मसालको अनुरोध
साम्राज्यवादको अधिकतम शर्त स्वीकार्ने प्रतिबद्धता गलत ः मसाल
किसान महासङ्घका वस्तुगत भेला सम्पन्न
अख्तियारले छानबिन गर्ने
सर्वोच्चमा पाँच जना न्यायाधीश सिफारिस
लगानी सम्मेलन ः समृद्धि वा परनिर्भरताको बाटो ?
समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal