२०७६ वैशाख ११ गते   वर्ष ३६, अङ्क २३
मिति(२०७६ वैशाख १२, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
प्रलेसको एकताबद्ध परम्परा कायम राख्न मसालको अनुरोध
काठमाडौँ । नेकपा (मसाल) ले प्रगतिशील लेखक सङ्घको एकताबद्ध परम्परालाई कायम राख्न अनुरोध गरेको छ । २०७५ चैत्र १८ गते पार्टीले एक वक्तव्य जारी गर्दै यस्तो अवधारणा व्यक्त गरेकोे हो ।
पार्टीका केन्द्रीय प्रवक्ता राम प्रकाश पुरीद्वारा हस्ताक्षरित वक्तव्यमा यस्तो अवधारणा व्यक्त गरिएको छ । पार्टीले सामन्तवाद तथा साम्राज्यवाद विरोधी साझा मान्यता बोकेको प्रलेसलाई कुनै पनि किसिमले विकसित गर्नु प्रगतिशील लेखकीय दृष्टिकोणले गलत भएको बताइएको छ । पार्टीले यस्तो कार्यलाई विरोधी पक्षलाई फाइदा पुग्ने बताएको छ । केही प्रगतिशील साहित्यकारहरूले प्रलेसबाट बाहिरिएको घोषणा गरेको सन्दर्भमा पार्टीले प्रलेसको एकताबद्ध परम्परालाई कायम राख्न प्रलेसमा नै आबद्ध भएर अगाडि बढ्न अनुरोध गरेको छ ।
प्रवक्ता पुरीद्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ– “प्रगतिशील लेखक सङ्घ नेपाल नेपाली वामपन्थी लेखक, साहित्यकार तथा कलाकारहरूको साझा सङ्गठन भएको कुरा स्पस्ट छ । यस सङ्गठनको सामान्तवाद तथा साम्राज्यवाद विरोधी मूल मान्यतालाई आत्मसात गरेर नेपाली वामपन्थी लेखकहरूमा एकता कायम हुँदै आएको छ । यस सन्दर्भमा प्रलेसको एघारौँ राष्ट्रिय सम्मेलनको पूर्वाद्र्धमा केही लेखकहरू प्रलेसबाट अलग भएको वा विभाजित भएको भन्ने समाचारहरू सार्वजनिक भएका छन् । प्रलेस नेपाल एउटा साझा मञ्च भएकाले साझा समझदारी, सहमति र निर्णयको आधारमा यसका उद्देश्यहरूलाई पुरा गर्ने अभ्यास, परम्परा चल्दै आएको छ । त्यसैले कुनै एकल सङ्गठनको मूल्य र मान्यताभन्दा साझा सङ्गठनको रूपमा रहेको प्रलेसका मूल्य र मान्यताहरू फरक र सीमित दायरामा रहेका छन् । एकल सङ्गठन भन्नाले कुनै राजनीतिक पार्टीको जनवर्गीय सङ्गठनको रूपमा रहेको सांस्कृतिक सङ्गठन हो । प्रलेसमा सहभागी सांस्कृतिक घटकहरूमध्ये कुनै घटकलाई आफ्नो एकल उद्देश्य पुरा गर्नका लागि आफ्नै घटकको सांस्कृतिक सङ्गठनबाट सम्भव हुन सक्दछ । तर फरक फरक उद्देश्य र मान्यता बोकेका सांस्कृतिक घटकहरूको साझा सङ्गठनको रूपमा रहेका प्रलेसका सीमाहरूलाई ध्यानमा नराखेर यसमा सहभागी कुनै घटक वा लेखकहरूले आफ्ना घटकीय वा लेखकीय उद्देश्यहरूलाई पूर्ति गर्न खोज्नु वा त्यस प्रकारका सोचाइ राख्नु साझा मञ्च, मोर्चा वा सङ्गठनको मान्यता विरुद्धको कुरा हो । त्यसैले प्रलेसमा आबद्ध सम्पूर्ण लेखक तथा सांस्कृतिक घटकहरूले प्रलेसको साझा मान्यतालाई आत्मसात गरेर अगाडि बढ्न सकेमा नै सामन्तवाद तथा साम्राज्यवाद विरुद्धको लेखकीय सङ्घर्षलाई शक्तिशाली बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ । यस प्रकारको साझा मान्यता बोकेको सङ्गठनलाई कुनै पनि किसिमले विभाजित गर्नु प्रगतिशील लेखकीय दृष्टिकोणले गलत हो र त्यसबाट विरोधी पक्षलाई नै फाइदा पुग्नुका साथै त्यसले प्रलेसको एकतालाई कमजोर पार्नेछ । त्यसैले प्रलेसबाट अलग भएको घोषणा गर्नु भएका लेखक तथा साहित्यकारहरूले प्रलेसको एकताबद्ध परम्परालाई कायम राख्नका लागि हामी अनुरोध गर्दछौ र उहाँहरू सबैलाई प्रलेसमा नै आबद्ध भएर अगाडि बढ्न अनुरोध गर्दछौँ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
नागरिकता विधेयक विरुद्ध देशव्यापी कार्यक्रम
बारा–पर्साका पीडितलाई क्षतिपूर्ति र राहत दिन राष्ट्रिय जनमोर्चाको माग
साम्राज्यवादको अधिकतम शर्त स्वीकार्ने प्रतिबद्धता गलत ः मसाल
किसान महासङ्घका वस्तुगत भेला सम्पन्न
अख्तियारले छानबिन गर्ने
सर्वोच्चमा पाँच जना न्यायाधीश सिफारिस
लगानी सम्मेलन ः समृद्धि वा परनिर्भरताको बाटो ?
समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal