२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र २, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
राइफल
– अविनास शर्मा
बहिनी कसैको शिकार बनेपछि
निधार आमाको धिक्कार बनेपछि
मनभित्रै भाव प्रतिकारहरू उमालेर
म विद्रोही भई सकेको थिएँ ।

मेरो कथा छ
मभित्र यौटा कथा छ
बा, बा थिए
जसको चिन्ताले आमा विवश हुन्थिन्
हरपल देउता छुन्थिन्
तिनै बा
जो दुई पटक मरे
आमा र घरको अस्तित्व बेचेर
साहु र रक्सीमा किनिएर
एक पटक उनी जिम्दै मरे
आमाको आँशु र दम जित्न नसकेर
परिवारको बिचल्ली गराएर
साहुको पानामा ऋणका भारी भराएर
उनी अर्को पटक मरे ।

स्कुल
भर्‍याङमुखी उकालीमा
प्रकाशका पल्टन जित्दै पुग्ने एउटा स्कुल, जहाँ म पढ्थे
बहिनी पढ्थी
उसलाई ठुलो मान्छे बनाउने मेरो कल्पना
उसको त्यस्तै सपना
आमाको उस्तै चाहना
तर, यी भावहरू मात्रै
हामी स्कुल जान नपाउने भयौँ
म बुझ्थेँ
तर ऊ सानै थिई
हितैका साथीहरू उकाली चढ्दा
मात्र भावविह्वल हुन्थी
उ रून्थी ।
साहु
आना सम्पत्ति साहुको पानामा
छाना सम्पत्ति साहुको पानामा
बहिनी पनि उसैको बन्धकी रे !
अत्याचार, दमनले पराकाष्ठा नाघ्दै गर्दा
तरूणहरू लाल नाराहरूले जाग्दै गर्दा
म सोच्न बाध्य भएँ
यता मेरो घरको छाना चुही रहेको थियो
उता मेरो देश रोई रहेको थियो ।

त्यति नै बेला
पारिगामका साथीहरूले गाउँ छोडेछन्
खबरहरू आए
आगो बल्दै छ
साहु ढल्दै छ भन्ने
मेरा विद्रोहका भावनाले
उनका क्रान्ति लाल सपनाले
मैदान बोल्दै थियो
उनीहरू, महरू खोज्दै थिए
म उनीहरू खोज्दै थिएँ ।

म योद्धा बन्न चाहन्थे
किनकि, मलाई बहिनी नचाउनु थियो
आमा हसाउँनु थियो
देश बचाउनु थियो ।

दिन
एउटा भाव र सपनाको दिन
आमाको आशिष, माटोको टीका सिउरिएर
तरल विपनामा
सागरसरि सपनाहरू बोकेर काँधमा
जीवन र मरणको दोसाँधमा
योद्धाहरू पछ्याउँदै
ढलाउन सामन्ती किल्ला
दाइ, अनि जङ्गल छिरे
मैले फलाउन जनवादी राज्य
दाइ, अनि राइफल भिरेँ मैले ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
गीत
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal