२०७४ असार ७ गते, बुधबार   वर्ष ३४, अङ्क ३०
मिति(२०७४ आषाढ १३, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
सम्पादकीय
मधेशी मोर्चाको फाँसीवादी प्रवृत्तिले निम्त्याएको दुःखद घटना
नेकपा (एमाले)द्वारा सञ्चालित “मेची–महाकाली अभियान” सप्तरीमा आई पुग्दा मधेशी मोर्चाले अवरोध सिर्जना गरेको छ । कार्यक्रम भाँड्न खोज्ने जमातलाई नियन्त्रणमा लिन खोज्दा सोमवार सप्तरीको मलेठमा अप्रिय घटना समेत घट्न पुगेको छ । घटनामा सुरक्षाकर्मीले चलाएको गोली लागेर चार जनाको मृत्यु हुनु निश्चय नै दुःखद र संवेदनशील विषय हो । तर सुरक्षाकर्मीले यो कदम नचालेको भए त्यहाँ टीकापुरकोभन्दा पनि भयावह घटना घट्न पो पुग्यो कि ? यसतर्फ पनि हाम्रो ध्यान जानु आवश्यक छ । यस दृष्टिबाट हेर्दा टीकापुरको जस्तै स्थिति आउन नदिन सुरक्षाकर्मीले त्यहाँ जुन कदम चाले, त्यो बाध्यात्मक भएको पनि हुन सक्छ । जे होस – २३ फागुनमा सप्तरीमा घटेको उक्त घटनाको निस्पक्ष छानबिन हुनुपर्दछ र दोषी उपर कार्वाही गरिनु पर्दछ । तर सप्तरीको घटना मधेशी मोर्चामा निहित फाँसीवादी, अलोकतान्त्रिक र विखण्डनकारी सोचको परिणाम हो भन्ने तथ्यलाई हामी कसैले पनि बिर्सनु हुँदैन ।
देशका जुनसुकै भागमा पनि शान्तिपूर्ण तरिकाले सभा, सम्मेलन र प्रदर्शन गर्न सबै राजनैतिक दललाई अधिकार छ । एमालेले पनि त्यही अधिकारको उपयोग गर्दै राष्ट्रिय एकताका लागि “मेची–महाकाली अभियान” सुरु गरेको थियो । एमालेको यो अभियान एक स्वागतयोग्य कदम थियो । त्यो अभियानमा अवरोध सिर्जना गरेर मधेशी मोर्चाले आफ्नो अलोकतान्त्रिक र फासिवादी चेहरा थप उजागर गरेको छ । अभियानमा अवरोध सिर्जना गर्ने मधेशी मोर्चाको यो कदम निन्दनीय र भत्र्सनायोग्य छ ।
एमालेले पछिल्लो समयमा राष्ट्रघाती संविधान संशोधन प्रस्तावका विरुद्धमा जसरी आफूलाई उभ्याई रहेको छ, यो सकारात्मक र प्रशंसनीय छ । एमालेको अडानले राष्ट्रिय महत्व राख्ने स्पष्ट छ । एमालेले राष्ट्रियताको पक्षमा देखाएको पछिल्लो अडान मधेशी मोर्चाका निम्ति ठुलो टाउको दुखाइको विषय बनी रहेको थियो । एमालेले राष्ट्रिय एकताका लागि भन्दै मेची महाकाली अभियान सुरु गरेपछि मधेशी मोर्चाले त्यसमा अवरोध सिर्जना गर्ने घोषणा गरी सकेको थियो । एमालेले २१ फागुनबाट अभियान सुरु गर्नु अघि नै सप्तरीमा मधेशी मोर्चाले विरोधका कार्यक्रम सुरु गरेको थियो । २३ फागुनमा त मोर्चाले सप्तरी बन्दको नै आयोजना गरेको थियो । बन्द आह्वानका बाबजुद पनि दशौँ हजार जनता एमालेको सभामा सहभागी भएपछि त्यसलाई बिथोल्ने, लाठी भाला र पेट्रोल बम सहित मधेशी मोर्चाको एक जमात कार्यक्रम स्थलतर्फ अघि बढेको थियो । घटनाको प्रकृति हेर्दा थाहा हुन्छ– कैलालीको टीकापुरमाभन्दा पनि भयानक नरसंहारको घटना घटाउने योजनाका साथ नै मधेशी मोर्चाको जमात त्यहाँ अघि बढेको थियो । मधेशी मोर्चाको जमात विशुद्ध आफ्नै विवेकमा त्यसरी परिचालित थियो भनेर विश्वास गर्न सकिँदैन । त्यसका पछाडि भारतीय विस्तारवादको निर्देशन, उक्साहट र संलग्नता समेत रहेको स्वाभाविक आँकलन गर्न सकिन्छ ।
मधेशी मोर्चाले तराई मधेशका जनताको प्रतिनिधित्व गर्दैन । तराई मधेशका जनतामा देशभक्तिको भावना प्रचुर मात्रामा देखिन्छ । मधेशी मोर्चाले त्यहाँका देशभक्त नेपालीहरूको होइन, मुट्ठीभर जमिन्दारहरूको प्रतिनिधित्व गर्दछ भन्ने कुरा उनीहरूले अघि सारेका मागहरूबाट नै प्रष्ट हुन्छ । मुट्ठीभर मधेशी दलका नेताहरू, जो आफू भारतीय विस्तारवादको स्वार्थ रक्षाका लागि परिचालित भई रहेका छन् तर तराई–मधेशका जनतालाई भ्रममा पारेर आफ्नो चङ्गुलमा फसाई रहेका छन् । तराई मधेशका जनतालाई मधेशी दलको चङ्गुलबाट मुक्त गर्नका निम्ति अहिले एमालेले चलाएका जस्तै अन्य प्रमुख दलहरूले पनि तराई केन्द्रित अभियानहरू चलाउनु आवश्यक छ ।
पहिले प्रदेशको सीमाङ्कन गर्दा पहाडबाट अलग गरेर बारादेखि सप्तरीको तराई भूभागको अलग्गै प्रदेश बनाउने गल्ती प्रमुख दलहरूले गरेका थिए । अहिले मधेशी मोर्चाले त्यही २ नम्बर प्रदेशलाई आधार इलाका बनाएर सम्पूर्ण तराईलाई पहाडबाट अलग गराउन दबाब दिई रहेका छन् । यदि मधेशी मोर्चाले चाहे झैँ काँकडभित्तादेखि महेन्द्रनगरसम्मको समथर भूभागलाई मात्र समेटेर तराईमा एक वा दुई प्रदेश मात्र बनाइयो भने स्थिति के होला ? निश्चित रूपमा ती प्रदेशहरूमा राजनैतिक गतिविधिहरू अघि बढाउन अन्य राष्ट्रिय राजनैतिक पार्टीहरूलाई निकै नै मुश्किल पर्ने छ । राजनीतिक गतिविधि अघि बढाउन अन्य पार्टीहरूले मधेशवादी दलहरूको यस्तै अलोकतान्त्रिक र फासिवादी क्रियाकलापको सामना गर्नु पर्ने छ । ती प्रदेशहरूलाई विखण्डन हुनबाट जोगाउन काफी मुश्किल पर्ने छ । त्यसैले सप्तरी घटनाबाट पाठ सिक्दै प्रमुख राजनैतिक दलहरूले मधेशवादी दलहरूले चाहे झैँ तराईमा छुट्टै दुई प्रदेश बनाउने गरी सीमाङ्कनमा हेरफेर गर्ने गल्ती कदापि गर्नु हुँदैन । हरेक प्रकारका विखण्डनकारी प्रवृत्तिहरूका विरुद्धमा दृढतापूर्वक उभिन सक्नु पर्दछ ।
विखण्डनकारीहरूले सप्तरी घटनापछि तराईमा साम्प्रदायिक विद्वेष भड्काउने दुष्प्रयत्न गरी रहेका छन् । उक्त दुष्प्रयत्नलाई सफल हुन नदिन सरकार र प्रमुख दलहरू गम्भीर बन्नु निकै आवश्यक छ । जातीय तथा क्ष्ँेत्रीय संवेदनशीलतालाई ध्यानमा राख्दै प्रमुख दलहरू जिम्मेवारीपूर्ण तरिकाबाट अघि बढ्नु पर्दछ । जुनसुकै अवस्थामा पनि देशको राष्ट्रिय, सार्वभौमिकता र अखण्डतामा आँच आउन नदिने प्रतिबद्धता प्रमुख दलहरूबाट आउनु पर्दछ । कुनै पनि दललाई बिना अवरोध सार्वजनिक स्थलमा शान्तिपूर्वक र्‍याली र सभा गर्ने अधिकार संविधानले नै प्रदत्त गरेको छ । मधेशी मोर्चाले संविधान प्रदत्त उक्त अधिकारलाई कुल्चदै सप्तरीमा एमालेको अभियानमाथि अवरोध सिर्जना गरेको छ । यस्तै अवरोध भोलि अन्य पार्टीका कार्यक्रममा पनि हुन सक्छ । मधेशी मोर्चाको यो कदम अति नै गलत छ । यस किसिमका अलोकतान्त्रिक र फासिवादी कदमलाई उसले तुरुन्त सच्चाउनु आवश्यक छ । मुलुकलाई जवरजस्ती मुठभेडतर्फ धकेलेर स्थानीय चुनाव हुन नदिने र अन्ततः संविधानलाई नै कार्यान्वयनमा आउन नदिने मनसायका साथ आएका यस्ता क्रियाकलापहरूलाई नियन्त्रण गर्ने मूल दायित्व सरकारको नै हो । यसर्थ सप्तरीमा २३ फागुनमा जुन दुःखद र संवेदनशील घटना घट्यो, यस्तो स्थिति देशका अन्य भागमा दोहोरिन नदिन सरकारले आगामी दिनमा सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी किसिमले अघि बढाउनु पर्दछ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal