२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनद्वारा सञ्चालित “दाङ–काठमाडौँ साहित्यिक अभियान” २०७३ फागुन १९ गते काठमाडौँमा समापन गरिएको छ । जनजाति सम्मेलनले २०७३ फागुन ५ गतेदेखि दाङबाट यो अभियान सुरु गरेको थियो । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमका सन्दर्भमा सञ्चालित सो पन्ध्र दिने साहित्यिक अभियान उपलब्धिमूलक रहेको जनजाति सम्मेलनले बताएको छ । दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, चितवन, मकवानपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, काभ्रे र काठमाडौँ गरी १३ वटा जिल्लामा कैयौँ साहित्यकार र कलाकारहरूले आफ्ना सृजनाहरू प्रस्तुत गरी अक्टोबर क्रान्ति र समाजवादका पक्षमा तथा शोषण र साम्राज्यवादका विरुद्धमा अभिमत प्रकट गरेका थिए । अभियानकै सिलसिलामा कतिपय जिल्लामा सदस्यता वितरण र सङ्गठन निर्माणका काम पनि भएका छन् । 
फागुन १९ को काठमाडौँको समापन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली हुनु हुन्थ्यो । प्रमुख अतिथि नेपालीले साहित्यले समाज परिवर्तनमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताउँदै दाङ–काठमाडौँ साहित्यिक अभियान सञ्चालन गरेकोमा आयोजक जनजाति सम्मेलनलाई धन्यवाद दिनु भएको थियो । अक्टोबर क्रान्ति सम्पन्न हुनुका पछाडिको पृष्ठभूमिको उल्लेख गर्दै नेपालीले भन्नु भयो– “माक्र्स र एङ्गेल्सद्वारा लेखिएको कम्युनिस्ट पार्टीको घोषणा पत्र मजदुर आन्दोलनको वैचारिक अस्त्र थियो । १८७१ मा स्थापित र विघटित पेरिस कम्युन तथा १९०५ को रूसको असफल सशस्त्र विद्रोहले १९१७ को अक्टोबर क्रान्ति सम्पन्न गर्नका लागि महत्वपूर्ण शिक्षाहरू प्रदान गरेका थिए ।” अक्टोबर क्रान्तिद्वारा स्थापित समाजवादी व्यवस्था स्तालिनको मृत्युपछि दक्षिणपन्थीहरूको नेतृत्वमा गएकाले असफल भएको बताउँदै नेपालीले भन्नु भयो– “तर समाजवादी क्रान्तिको भविष्य उज्ज्वल छ” नेपालीले थप्नु भयो– “माक्र्स र एङ्गेल्सलाई मान्छौँ तर लेनिनको योगदान मान्दैनौँ भन्ने युरो कम्युनिज्मका नेताहरू थिए । माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई भ्रष्टीकरण गर्ने युरो कम्युनिज्म प्रकारको विचारबाट अक्टोबर क्रान्तिको मूल मर्मलाई परित्याग गर्ने काम भई रहेको छ । तसर्थ अक्टोबर क्रान्तिको झण्डालाई उच्च राख्न यसका मूल भावना र मर्मलाई पक्रनु पर्दछ ।”
जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढाथोकीले रूसमा म्याक्सिम गोर्की, चीनमा लुसुन जस्ता साहित्यकारहरूको क्रान्तिकारी आन्दोलनमा महत्वपूर्ण योगदान रहेको बताउँदै नेपालको क्रान्तिकारी आन्दोलनमा पनि प्रगतिशील एवं प्रगतिवादी साहित्यकारहरूको अहम् भूमिका रहँदै आएको छ र भविष्यमा पनि रहने छ भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।
कार्यक्रममा सम्मेलनका महासचिव राम बहादुर बुढाले १५ दिने अभियानको सङ्क्षिप्त जानकारी गराउनु भएको थियो । प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष खेम थपलियाले पनि मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, अनेप्रके सङ्घको केन्द्रीय महासचिव एवं प्रलेसका केन्द्रीय उपाध्यक्ष राम प्रकाश पुरी, वरिष्ठ समालोचक प्रा.डा. खेम कोइराला ‘बन्धु’, अखिल नेपाल किसान सङ्घका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय अध्यक्ष नारायण सापकोटा, राप्ती साहित्य परिषद रुकुमका अध्यक्ष गिरी प्रसाद बुढा, अखिल (छैठौँ) का केन्द्रीय अध्यक्ष विमल पोखरेल, प्रगतिशील पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नारायण शर्मा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय अध्यक्ष तिलक थापा, रक्तिम सांस्कृतिक अभियानका गीता थापा, कर्णाली बचाऔँ राष्ट्रिय अभियानका अध्यक्ष भरत शाही, राष्ट्रिय जनमोर्चा बागमतीका सह–इञ्चार्ज आनन्द शर्मा लगायतको कार्यक्रममा आतिथ्यता थियो ।
कार्यक्रमको अध्यक्षता जनजाति सम्मेलनका केन्द्रीय कोषाध्यक्ष लाल बहादुर रानाले, उद्घोषणा पिमलाल पुनले र स्वागत प्रदिप पुनले गर्नु भएको थियो । कार्यक्रममा हिँडेका अभियन्ताहरू निम बहादुर बुढाथोकी, राम बहादुर बुढा, लाल बहादुर राना, दिलमाया पुन, गीता थापा, पिमलाल पुन, प्रदिप पुन, बल बहादुर पुन, तेज बहादुर पुन, लीला पुन, मीन राना, मान बहादुर चौहान, गिरि प्रसाद बुढाको नाम पढेर उद्घोषकले सुनाउनु भएको थियो । स्रष्टाहरू प्रा.डा. खेम कोइराला “बन्धु”, मुक्तान थेवा, मधु क्षेत्री, विमल पोखरेल, डि.एल. भण्डारी, गिरी प्रसाद बुढा, सञ्जाल शर्मा, प्रकाश थापा मगर, युनिक जोशी लगायतले आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो । रक्तिमका कलाकारहरू गीता थापा, दिलमाया पुन, हेमराज आश्रम, प्रतिभा शर्मा, विष्णु शर्मा लगायतले आफ्ना गीत र नृत्यहरू प्रस्तुत गर्नु भएको थियो । 
यस अघि फागुन १७ गते काभ्रे पलाञ्चोकको बनेपामा साहित्यिक अभियानको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अभियानको टोली र दर्शकहरूलाई राष्ट्रिय जनमोर्चा काभ्रेका अध्यक्ष सुवर्ण विक्रम थापाले स्वागत गर्नु भएको थियो । सम्मेलनका महासचिव राम बहादुर बुढाले मन्तव्य राख्नु भएको थियो भने गिरि प्रसाद बुढाले कविता वाचन गर्नु भएको थियो र रक्तिमका कलाकारहरूले गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
८ मार्च मनाइने
सरकारलाई मधेशवादीको अल्टिमेटम
राष्ट्रपति विरुद्ध प्रदर्शन
श्रमिक महिला दिवस सम्पन्न
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
६१ युनिट रगत सङ्कलन
निर्वाचित पत्रकारलाई सम्मान
सहकारी संस्थाद्वारा अध्ययन
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal