२०७४ बैशाख १३ गते, बुधबार    वर्ष ३४, अङ्क २३
मिति(२०७४ वैशाख १४, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
तौलिहवा । जातीय समता समाज, केन्द्रीय समितिले अक्टोबर क्रान्तिको कार्यक्रमका सन्दर्भमा १५ दिने “समता सदभाव अभियान” सञ्चालन गरेको छ । अभियानको यही फागुन १५ गते कपिलवस्तुको गोरुसिङेगेमा उद्घाटन गरिएको छ । अभियानलाई कपिलवस्तुदेखि कञ्चनपुरसम्म सभा, कोणसभा, गाउँ अभियान, सदस्यता वितरण, पर्चा वितरण गर्दै कञ्चनपुरमा फागुन ३० गते समापन गरिने छ । 
जातीय समता समाजका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार राजेश विकले अभियानको उद्घाटन गर्दै संविधानमा दलितका हक, अधिकार सुनिश्चित गर्न समता समाजको महत्वपूर्ण योगदान रहेको भन्दै सीमित उपलब्धि आए पनि कागजमा मात्रै रहेको दलितहरूलाई तल्लो दर्जा व्यवहार आए पनि कागजमा मात्रै रहेको दलितहरूलाई तल्लो दर्जा, व्यवहार समाजमा विद्यमान रहेकाले यो पूँजीवादी व्यवस्था अन्तर्गत दलितहरूलाई समान अधिकार नमिल्ने बताउनु भयो । समाजवादी व्यवस्थाले मात्र समानता ल्याउने बताउँदै नेता विकले सय वर्ष पहिलेको कसमा लेनिनको नेतृत्वमा स्थापना भएको अक्टोबर क्रान्तिले सबै वर्ग जातिहरूलाई समानता दिलाएको भन्दै अक्टोबर क्रान्तिका बारेमा प्रकाश पार्नु भएको थियो ।
जातीय समता समाजका केन्द्रीय अध्यक्ष अध्यक्ष दिल बहादुर विकले दलितहरू आफै जागरुक नहुँदा उपल्लो जातिले पनि दलितलाई व्यवहारमा फरक दृष्टिले हेर्ने गरेको बताउँदै १५ दिने अभियानका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केयर सिंह अदै, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष टीका विक, महासचिव गोविन्द विक, अखिल नेपाल जनजाति सम्मेलनका कपिलवस्तु जिल्ला उपाध्यक्ष केयर सिंह पुन लगायतले समता अभियानको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष दिल बहादुर विकले गर्नु भएको थियो भने स्वागत राम बहादुर नेपाली र सञ्चालन पसमता समाजका पूर्व केन्द्रीय सदस्य तिलक परियारले गर्नु भएको थियो ।
अभियान अन्तर्गत फागुन १५ गते नै कपिलवस्तुको शिवराज नगरपालिका २, मधवामा घरदैलो कार्यक्रम सञ्चालन गरेको छ । केन्द्रीय टोलीले वडा नं. २ मा एक सय पचास जनालाई सदस्यता वितरण गरेको छ भने एक दिने प्रशिक्षण पनि चलाएको छ । केन्द्रीय अध्यक्ष दिल बहादुर विक, उपाध्यक्ष टीका विक, महासचिव गोविन्द विकले प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षण पश्चात् राम प्रसाद कामीको अध्यक्षतामा १५ सदस्यीय मधवा गाउँ समिति गठन गरिएको छ, जस अनुसार उपाध्यक्षमा बाटुली परियार, सचिवमा मुना विक, सहसचिवमा ओम प्रसाद विक र कोषाध्यक्षमा जया सुनार रहनु भएको छ । त्यस्तै, सदस्यहरूमा दुजमान सुनार, कृपा सुनार, कमला विक, टेक प्रसाद विक, बेलौटा विक, आशा सुनार, रूपा सुनार, गङ्गा सुनार, नर्मता विक र रूपा सुनार “ख” रहनु भएको छ । त्यसै गरी टोलीले शिवराज नगरपालिका वडा नं. १, बनकट्टामा पनि १३ जनालाई जातीय समता समाजको सदस्यता वितरण गरिएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
८ मार्च मनाइने
सरकारलाई मधेशवादीको अल्टिमेटम
राष्ट्रपति विरुद्ध प्रदर्शन
श्रमिक महिला दिवस सम्पन्न
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
६१ युनिट रगत सङ्कलन
निर्वाचित पत्रकारलाई सम्मान
सहकारी संस्थाद्वारा अध्ययन
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal