२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
सरकारलाई मधेशवादीको अल्टिमेटम
काठमाडौँ । मधेशवादीहरूले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन अघि सात दिने अल्टिमेटम दिएको छ । सप्तरी घटनापछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको २०७३ फागुन २३ गते साँझ बसेको आकस्मिक बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने समझदारी भएको थियो ।
फागुन २४ गते बिहानै प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरबीच टेलिफोन संवाद र सोही दिन बसेको मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनको बैठकले सरकारलाई सात दिने अल्टिमेटम दिने निर्णय गरेको हो । ‘संविधान संशोधन विधेयक पास गर्न र गैर संवैधानिक चुनाव घोषणा फिर्ता लिन सात दिने अल्टिमेटम दिएका छौँ’ गठबन्धनका प्रवक्ता ओम गुरुङले भनेका छन् । मधेसी मोर्चामा आबद्ध रामसपाका महासचिव केशव झाले पनि समर्थन फिर्ता अघि सात दिने अल्टिमेटम दिने मोर्चा र गठवन्धन दुवैको निर्णय भएको बताएका छन् ।
सङ्घीय गठवन्धनले सप्तरी घटनाको विरोधमा आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । उसले २६ गते काठमाडौँ सहित देशभर प्रदर्शन गर्ने र २७ गते नेपाल बन्द गर्ने निर्णय गरेको छ । साथै सप्तरी घटनाबारे मानव अधिकार आयोग र राष्ट्र सङ्घको ध्यानाकर्षण गराउने र अन्तर्राष्ट्रिय समुदायसँग छलफल गर्ने निर्णय गरेको बताइएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
८ मार्च मनाइने
राष्ट्रपति विरुद्ध प्रदर्शन
श्रमिक महिला दिवस सम्पन्न
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
६१ युनिट रगत सङ्कलन
निर्वाचित पत्रकारलाई सम्मान
सहकारी संस्थाद्वारा अध्ययन
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal