२०७४ श्रावण ३२ गते, बुधबार   वर्ष ३४, अङ्क ३७
मिति(२०७४ भाद्र ७, बुधवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
८ मार्च मनाइने
काठमाडौँ । अखिल नेपाल महिला सङ्घले १०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रमका साथ देशव्यापी रूपमा मनाउने भएको छ । महिला सङ्घले २०७३ फागुन २५ गते का दिन एकल वा संयुक्त आयोजनामा देशव्यापी रूपमा सो दिवस मनाउने भएको हो । केन्द्रीय समितिको आयोजनामा २५ फागुनका दिन काठमाडौँको बागबजारमा अनेमसङ्घले १०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रमका साथ मनाउने छ ।
उक्त कुरा १०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्ण सन्ध्यामा २०७३ फागुन २४ गते अनेमसङ्घकी अध्यक्ष मीना पुनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अध्यक्ष पुनद्वारा जारी उक्त विज्ञप्तिमा अगाडि भनिएको छ–“१०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको उपलक्ष्यमा सम्पूर्ण श्रमजीवी वर्गहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ । १०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाल लगायत संसारका विभिन्न देशहरूमा विभिन्न कार्यक्रमका साथ सम्पन्न हुँदैछ ।
सन् १९०७ मा श्रमिक महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले समाजवादी नेतृ क्लाराजेट्कीनलाई सचिवमा निर्वाचित गरेको थियो । क्लारा जेट्कीनको नेतृत्वमा सन् १९१० मा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन डेनमार्कको कोपन हेगनमा सम्पन्न भएको थियो । उक्त सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने क्लारा जेट्कीनको प्रस्तावलाई पारित गरेको थियो । सन् १९११देखि ८ मार्चलाई श्रमिक महिला दिवसको रूपमा मनाउन शुरु भयो र विश्वभरिका श्रमिक महिलाहरूले आजसम्म पनि निरन्तर रूपमा मनाउँदै आइरहेका छन् भने संयुक्त राष्ट्र सङ्घले पनि सन् १९७५ मा ८ मार्चलाई श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गर्‍यो र त्यसक ासदस्य राष्ट्रहरूले पनि सरकारस्तरमा यस दिनलाई महिला दिवसको रूपमा मनाउँदै आइरहेका छन् ।
८ मार्च महिला मजदुरहरूले सङ्घर्षद्वारा आफ्ना माग स्थापित गरेको ऐतिहासिक दिन हो । महिलाहरूले मतदान गर्न पाउनु पर्ने, कामको समय ८ घण्टा कायम गरिनुपर्ने, पुरुष सरह समान ज्याला पाउनु पर्ने लगायतका महत्वपूर्ण विषयहरू आन्दोलनमा उठाइएको थियो र आन्दोलनद्वारा पूँजीवादी सरकारलाई उक्त मागहरू पूरा गर्न बाध्य पारिएको थियो । यसरी अमेरिका, यूुरोप लगायतका देशका महिलाहरूले शताब्दीयौँ अघिदेखि उपभोग गर्दै आएका अधिकारहरू नेपाली महिलाहरूले भने अहिले पनि प्राप्त गर्न सकेका छैनन् ।
विगतका तुलनामा नेपालमा धेरै राजनीतिक परिवर्तन भएको छ । महिलाहरूले केही राजनीतिक अधिकार प्राप्त गरेका छन् र उनीहरूको जीवनमा सामान्य परिवर्तन भए पनि आम महिलाहरूको वास्तविक जीवनमा भने खासै परिवर्तन हुन सकेको छैन । आज पनि ग्रामीण भेगका आम महिलाहरू घरको चुलोचौकोमा नै सीमित छन् । सम्पत्तिमा समान अधिकार, रोजगारीमा समानता र समान कामको समान ज्यालाबाट महिलाहरू अहिले पनि बन्चित छन् । यस प्रकारको स्थ्तििमा ८ मार्चले उठाएका मागहरूको महत्व झनै बढेर गएको छ ।
अखिल नेपाल महिला सङ्घले १०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई “मेहनतकश महिलाहरूको मुक्तिका लागि अक्टोबर क्रान्तिको झण्डा उँचो राखौँ, १०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सफल पारौँ ।” देशव्यापी रूपमा मनाउने निर्णय गरेको छ । जस अनुसार केन्द्रीय कार्यालयकोतर्फबाट काठमाडौँको बागबजारमा कार्यक्रम गर्दैछ भने बागलुङ, बुटवल, अर्घाखाँची, नेपालगन्ज लगायतका जिल्लाहरूमा पनि कार्यक्रम सम्पन्न हुँदैछ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
सरकारलाई मधेशवादीको अल्टिमेटम
राष्ट्रपति विरुद्ध प्रदर्शन
श्रमिक महिला दिवस सम्पन्न
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
६१ युनिट रगत सङ्कलन
निर्वाचित पत्रकारलाई सम्मान
सहकारी संस्थाद्वारा अध्ययन
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal