२०७४ बैशाख १३ गते, बुधबार    वर्ष ३४, अङ्क २३
मिति(२०७४ वैशाख १४, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
ओसाका । जापान नेपाली एकता समाज जापानमा रोजगाररत रहेका सम्पूर्ण प्रवासी नेपालीहरूको अभिभावकीय सङ्गठन बन्दै गई रहेको छ । जापानमा रहेका प्रवासी नेपालीहरूको आसाको केन्द्र बन्दै गई रहेको जापान नेपाली एकता समाजले पछिल्लो समयमा आफ्नो सङ्गठन विस्तारको अभियानलाई पनि तीव्र गतिमा अगाडि बढाई रहेको छ । यसै सिलसिलामा जापान नेपाली एकता समाजले यामागुची केनमा क्ष्ँेत्रीय भेला सम्पन्न गरेको छ । 
जापान नेपाली एकता समाजका वरिष्ठ उपाध्यक्ष भीम केसीको प्रमुख आतिथ्यतामा फेबु्रअरी २१, २०१७ अर्थात् २०७३ फागुन १० गतेका दिन इन्डियन रेस्टुरेन्ट उबे यामागुचीमा सो भेला सम्पन्न भएको थियो । भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि भीम केसीले जापान नेपाली एकता समाज जापानमा रोजगाररत रहेका सम्पूर्ण प्रवासी नेपालीहरूको हक, हितको रक्षा गर्न खोलिएको एक सामाजिक सङ्गठन भएको बताउनु भयो । “यो परदेशमा आउँदा नेपालीहरूले अनेक किसिमका समस्याहरू झेल्नु पर्छ । ती समस्यालाई आपसमा मिलेर समाधान गर्नका निम्ति हामी सबै एक हुनु अति आवश्यक छ । त्यही एकताको भावनाले जापानमा पनि एकता समाजको गठन गरिएको हो” प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष्ँ केसीले भन्नु भयो– “हामीले यहाँ आई पर्ने समस्याहरू समाधान गर्न प्रयत्न गर्ने मात्र होइन, तपाई हाम्रो मातृभूमि हाम्रो देश नेपालमा सङ्कट पर्दा पनि सक्दो सहयोग गर्नु पर्छ । जापान नेपाली एकता समाजले बेला बेलामा त्यस्तो सहयोग गर्दै आई रहेको छ । विगतमा हामीले भूकम्प पीडितलाई सक्दो सहयोग गरेका थियौँ । नयाँ वर्ष २०१७ का अवसरमा साङ्गीतिक धमाका आयोजना गरेर त्यसबाट जुटेको सहयोग बाढी, पहिरो र डुबान पीडित तथा अति विपन्न वर्गका बालबालिकाहरूको शैक्षिक अभियानका लागि सहयोग गर्न लागी रहेका छौँ । यो सङ्गठन विस्तारले हाम्रो त्यो अभियानमा थप मद्दत पुग्ने विश्वास मैले लिएको छु ।” उहाँले सम्बोधनका क्रममा सङ्गठनमा अनुशासनको महत्वका विषयमा समेत प्रकाश पार्नु भएको थियो ।
भेला सफलताको शुभकामना दिदै जापान नेपाली एकता समाज ह्योगो क्ष्ँेत्रीय समितिका अध्यक्ष हेमलाल गौतमले नेपालको राष्ट्रियताको रक्षाका लागि संसारभरि छरिएर रहेका प्रवासी नेपालीहरूले आवाज उठाउनु पर्ने बताउनु भएको थियो । देशमा सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेको जानकारी गराउँदै सम्बोधनका क्रममा अतिथि गौतमले जनताको महान् बलिदानीबाट प्राप्त गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्न घोषित स्थानीय निर्वाचन सफल पार्न सबै जुट्नु पर्ने बताउनु भयो । नेपालमा राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा नेकपा (मसाल) को छत्रछायामा राष्ट्रिय जनमोर्चाले निरन्तर सङ्घर्ष गरी रहेको स्मरण गराउँदै उहाँले सम्बोधनको क्रममा आगामी स्थानीय निर्वाचनमा राजमोका उम्मेदवारहरूलाइ जिताउन स्वदेश फर्कन पनि सहभागीहरूलाई आह्वान गर्नु भयो ।
केशव जिसीको अध्यक्ष्ँता, कमला गैरेको स्वागत मन्तव्य र विपिन कँडेलको सञ्चालनमा ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारणा पश्चात् भेलाको कार्यक्रम अघि बढेको थियो । भेला सफलताको शुभकामना दिदै दयाराम कँडेलले नेपालमा सम्मान गर्नलायक एक मात्र राजनेता चित्र बहादुर केसी रहेको बताउनु भएको थियो । स्थानीय भविन्द्र कँडेल र यदुमणि कँडेलले समेत सो भेलालाई सम्बोधन गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । सम्बोधनको क्रममा उहाँहरूले जापान नेपाली एकता समाज नै जापानमा रोजगाररत रहेका सम्पूर्ण प्रवासी नेपालीहरूको अभिभावकीय सङ्गठन भएको स्पष्ट पार्दै जापान नेपाली एकता समाजको झण्डामुनि गोलबद्ध हुन जापानमा रहने सम्पूर्ण प्रवासी नेपालीहरूलाई आह्वान गर्नु भएको थियो ।
भेलाले विशाल केसीले अध्यक्ष्ँतामा जापान नेपाली एकता समाजको १७ सदस्यीय यामागुची केन क्षेत्रीय समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्षमा कमला गैरे, सचिवमा भविन्द्र कँडेल, सहसचिवमा केशव जिसी र कोषाध्यक्ष्ँमा ध्रुवराज गैरे रहनु भएको छ । समितिका सदस्यहरूमा विपिन कँडेल, खिमा कुमारी कँडेल, तिला कुमारी खड्का, यदुमणि कँडेल, देवी प्रसाद न्युरे, जित बहादुर खत्री, नारायण कार्की, कमला खड्का, रामु खत्री र झलक कँडेल रहनु भएको छ । सदस्यका दुई स्थान हाललाई रिक्त राखिएको छ । केन्द्रकातर्फबाट भीम केसी र स्थानीयकातर्फबाट दयाराम कँडेल सो समितिको सल्लाहकार रहनु भएको छ । –मेघराज सापकोटा

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
८ मार्च मनाइने
सरकारलाई मधेशवादीको अल्टिमेटम
राष्ट्रपति विरुद्ध प्रदर्शन
श्रमिक महिला दिवस सम्पन्न
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
६१ युनिट रगत सङ्कलन
निर्वाचित पत्रकारलाई सम्मान
सहकारी संस्थाद्वारा अध्ययन
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal