२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ६, शुक्रवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
समाचार
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले टीकापुर घटनामा क्षति रोक्न प्रयास नगरेको भन्दै सशस्त्र प्रहरीका डिआइजी खडानन्द चौधरी र एसपी लक्ष्मण बहादुर सिंहलाई विभागीय कारवाही गर्न सिफारिस गरेको छ ।
सुरक्षा निकायको असावधानी, गुप्तचरको कमजोरी र प्रहरी सङ्गठनबीच आपसी समन्वय अभावका साथै फितलो सुरक्षा योजना र सुरक्षा लापरवाहीका कारण टीकापुर घटना भएको आयोगको ठहर छ । त्यसका साथै घटनामा सुरक्षाकर्मीतर्फ ठुलो क्षति रोक्न समुचित प्रयास नगरेको भन्दै डिआइजी चौधरी र एसपी सिंहलाई विभागीय कारवाही गर्न आयोगले सिफारिस गरेको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी राज कुमार श्रेष्ठ र इलाका प्रशासन कार्यालय टीकापुरका तत्कालीन प्रशासकीय अधिकृत सुमन धिताल मानव अधिकार उल्लङ्घनमा संलग्न भएको भन्दै उनीहरूलाई सचेत गराउन आयोगले भनेको छ ।
मानव अधिकार आयोगले आफ्नो सिफारिसमा राजेन्द्र महतो, उपेन्द्र यादव, अमरेश कुमार सिंह र देव गुरुङले उत्तेजक भाषण गर्दा स्थिति तनावपूर्ण भई मानव अधिकार उल्लङ्घन हुने पृष्ठभूमि तयार भएको ठहर गरेको छ । “जिम्मेवारी राजनीतिक दलकोतर्फबाट मर्यादित व्यवहारको अपेक्षा राख्दै सम्वन्धित राजनीतिक दलको ध्यानाकृष्ट गराउने” सिफारिसमा भनिएको छ । टीकापुर घटनामा घरबाट बाहिर निकालेर तथा पेट्रोल छर्किएर निशृंस हत्या भएको पाइएको मानव अधिकार आयोगले बताएको छ । तर, यसबारे अदालतमा मुद्दा विचाराधीन भएको भन्दै थप केही बताएको छैन । घटनामा ज्यान गुमाएका प्रहरीको परिवारको हेरविचार, शिक्षादिक्षा र रोजगारीको हरसम्भव प्रयास गर्न आयोगले सरकारलाई सिफारिस गरेको छ । साथै घटनाको साँझ र भोलि पल्ट भएका तोडफोड र आगजनीको मूल्याङ्कन गरी मुआब्जा दिन र यसबारे जाहेरी नलिनेमाथि कारवाही गर्न भनेको छ ।
२०७२ भदौमा टीकापुरमा थरुहटको आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा एसएसपी सहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
८ मार्च मनाइने
सरकारलाई मधेशवादीको अल्टिमेटम
राष्ट्रपति विरुद्ध प्रदर्शन
श्रमिक महिला दिवस सम्पन्न
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
६१ युनिट रगत सङ्कलन
निर्वाचित पत्रकारलाई सम्मान
सहकारी संस्थाद्वारा अध्ययन
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal