२०७४ जेष्ठ १० गते, बुधबार   वर्ष ३४, अङ्क २६
मिति(२०७४ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
राजविराजमा सामूहिक हत्याको प्रयास ः एमाले
काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा (एमाले) ले सप्तरी राजविराजमा आफ्नो पार्टीका शीर्ष नेताहरूको सामूहिक हत्याको प्रयास भएको दाबी गरेको छ । उसले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको भूमिकामाथि प्रश्न समेत उठाएको छ । पार्टीले राजविराज घटनाको मधेसी मोर्चाले जिम्मेवारी लिनु पर्ने माग समेत गरेको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले २०७३ फागुन २४ गते जारी गरेको प्रेस विज्ञप्तीमा राजविराजको औद्योगिक क्षेत्रमा भएको आमसभा सकिएर राजमार्गतर्फ जाने बेला घेरा हालेर एमाले नेतृत्वको सामूहिक हत्याको प्रयास भएको दाबी गरिएको छ । आफ्नो मेची–महाकाली अभियानप्रति गृहमन्त्री निधिले बेला बेला दिने गरेको अभिव्यक्ति र सोमबारको भूमिकाले उनीप्रति शङ्का उब्जाएको एमालेले दावी छ । उसले यो घटनामा मन्त्री निधिले नैतिक उन्मुक्ति पाउन नसक्ने पनि बताएको छ । विज्ञप्तीमा एमालेले राजविराज घटनाको निष्पक्ष छानबिन गर्न मानव अधिकार आयोग समक्ष माग पनि गरेको छ ।
त्यसै गरी, महासचिव पोखरेलद्वारा जारी विज्ञप्तीमा तीन जनाको ज्यान जाने गरी भएको सोमबारको घटनाको सम्पूर्ण जिम्मेवारी मधेसी मोर्चाले लिनु पर्ने समेत उल्लेख छ । एमालेको मेची–महाकाली अभियान बिथोल्न प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा गोली लागेर कम्तीमा तीन जनाको मृत्यु भएको थियो । घटनापछि तीन दिनलाई अभियान स्थगित गरेर काठमाडौँ आएका एमाले नेताहरूले मङ्गलबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सप्तरी घटना दुःखद ः नेकपा (मसाल)
टीकापुर घटनामा दोषी प्रहरी अधिकारीमाथि कार्वाही गर्न सिफारिस
अभिभावकीय सङ्गठन बन्दै जापान नेपाली एकता समाज
८ मार्च मनाइने
सरकारलाई मधेशवादीको अल्टिमेटम
राष्ट्रपति विरुद्ध प्रदर्शन
श्रमिक महिला दिवस सम्पन्न
भारतसँग थप १०० मेगावाट बिजुली मागियो
ग्लोबल आइएमआईको शाखा विस्तार
ग्लोबल आइएमआईको शाखा विस्तार
पत्रकारमाथि आक्रमणको भत्र्सना
६१ युनिट रगत सङ्कलन
निर्वाचित पत्रकारलाई सम्मान
सहकारी संस्थाद्वारा अध्ययन
जातीय समता समाजको “समता सद्भाव अभियान” सुरु
दाङ–काठमाडौँ साहित्यिक अभियानको समापन
संक्षिप्त समाचार, संगठनात्मक समाचार
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal