२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
लेखहरू
वैज्ञानिक समाजवादको पहिलो दस्तावेज ः कम्युनिस्ट घोषणा पत्र
दुर्गानाथ खरेल
आजसम्मको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो भन्दै माक्र्स र एङ्गेल्स व्यक्तिगत सम्पत्ति प्रथा सुरु भएपछि वर्गको उत्पत्ति भएको र वर्गसङ्घर्ष चल्दै आएको बताएका छन्् । दास र मालिक सामान्त र भूदासले पूँजीपति र सर्वहारा—यी सबै परस्पर विरोधी वर्ग भएको हुनाले वर्गीय स्वार्थ विरोधी भई वर्गसङ्घर्ष चलेको हो । आधुनिक पूँजीवादी समाज सामन्ती समाज ध्वस्त भएपछि जन्मेको हो । यसबाट विरोधी वर्ग समाप्त भएका छैनन् । वर्गसङ्घर्ष समाप्त भएको छैन । वर्ग स्वार्थ समाप्त भएको छैन र परस्पर विरोधी उद्देश्य सहीत विरोधी वर्ग अगाडि बढी रहेका छन् । झन्‌पछि झन् व्यवस्थित, खुला र सोझै शोषण गर्ने व्यवस्था बनाइएको हुनाले वर्गसङ्घर्ष पनि त्यसै अनुसार अगाडि बढी रहेको छ । वर्तमान पूँजीवादी युगमा पहिलेका युगहरूको तुलनामा सरल किसिमले परस्पर शत्रुतापूर्ण भाव भएका विरोधी वर्ग पूँजीपति वर्ग र सर्वहारा वर्गमा विभाजन भएका छन्् । दिनदिनै कित्ता छुट्टिदै पनि गैरहेको छ । पूँजीवादी व्यवस्थाको विकासमा कोलम्बसले अमेरिका पत्ता लगाउँने र एसिया, युरोप तथा अमेरिका आवतजावत गर्ने बाटो पत्ता लागेपछि सहयोग पुगेर तीव्र विकास भएको हो । विनिमयका साधन र सम्पूर्ण व्यापारिक वस्तुहरूको उत्पादनमा वृद्धि भएपछि पहिलेदेखि शोषण र उत्पीडन खेप्दै आएका क्रान्तिकारी वर्गको पनि उत्पादन र विकास भयो । बजार फैलँदै जाने र माग बढदै जाने भएपछि हस्तचालित कारखानाहरूबाट माग पुरा हुन नसक्ने अवस्थाका कारण ठुला वाष्पचालित आधुनिक उद्योगहरू अस्तित्वमा आए । त्यसबाट औद्योगिक पूँजीपति वर्ग मजदुर वर्गको नेता भई मध्ययुगका वर्गहरूलाई समाप्त पारेर आधुनिक पूँजीपति वर्गको जन्म भएको हो । पूँजीपति वर्गको उन्नति हुँदै जाँदा त्यस वर्गको राजनीतिक शक्ति पनि बढ्दै गयो । विश्वभर आफ्नो सामान बिक्रीका लागि बजार भएपछि पँुजीपति वर्ग राज्यसत्तामा सर्वेसर्वा भएको छ । आधुनिक राज्यसत्ता पूँजीपति वर्गको कारोबार चलाउने समिति बाहेक अरू केही होइन भन्ने माक्र्सको भनाइ थियो । पूँजीवादले धार्मिक बन्धन र राजनैतिक बन्धनहरूको भ्रमपूर्ण इतिहासमा क्रान्तिकारी काम गरेर नगदी लेनदेनको सरल, सिधा स्पष्ट र नाङ्गो शोषणलाई कायम गरेको छ । 
पूँजीवादले गरेको काममध्ये सम्मान र श्रद्वाको दृष्टिले हेरीने गरिएका बैध, डाक्टर, वकिल, पुरोहित, कवि, वैज्ञानिक, प्राध्यापक आदि सबै पेसा र व्यवसायहरूलाई फिका बनाएर आफ्ना ज्यालादारी मजदुर बनाएको छ । परिवारिक भावुकतालाई पैसाको सम्बन्धमा बदलिदिएको छ । उत्पादनका औजार वस्तु र उत्पादन सम्बन्धलाई समेत निरन्तर परिवर्तन र सुधार नगरेसम्म पूँजीपति वर्गको अस्तित्व पनि रहन नसक्ने भएको छ, जब कि त्योभन्दा पहिलेका व्यवस्थाहरू अडाउने आधार जस्ताको त्यस्तै जोगाउँनेमा थियो । आफ्नो कारखानामा उत्पादन भएका माल बेच्न सबै ठाउँँमा व्यापारिक सम्बन्ध कायम गर्न उसका लागि अत्यावश्यक भएको छ । पहिले पहिले आफ्नो देशमा आवश्यक पर्ने सामान आफ्नै देशमा उत्पादन गर्ने प्रयत्न हुन्थ्यो तर अहिले धेरै किसिमका सामानको आवश्यकता पर्ने हुनाले त्यो सम्भव छैन र लेनदेनका चौतर्फी सम्बन्धहरूमा अन्तर्राष्ट्रिय निर्भरता कायम भएको छ । भौतिक उत्पादनमा मात्र नभई बौद्धिक उत्पादनमा समेत त्यही अवस्था छ । माक्र्सले भनेका छन््– “आफ्नो मालको सस्तो मोल नै त्यो जङ्गी तोप हो, जहाँबाट ऊ चीनको पर्खाल जस्तो रुकावटलाई पनि पार गरेर अघि जान्छ ।” पूँजीवादी व्यवस्थाले संसारभरका देशहरूलाई आफ्नै साँचोमा ढाल्ने काम गर्दछ । साथै माक्र्सले पूँजीपति वर्गले गाउँँलाई सहरको अधिनमा असभ्य र अर्ध सभ्य देशहरूलाई सभ्य देशहरूको अधिनमा खेतीमा निर्भर रहेका देशहरूलाई औद्योगिक देशहरूको अधिनमा र पूर्वका देशहरूलाई पश्चिमी देशहरूको अधिनमा रहनै पर्ने बनाएको कुरा बताउनु भएको छ । पूँजीपति वर्गले करोडौँ मान्छेहरूलाई एक ठाउँँमा राखेर उत्पादनका साधनहरूलाई केन्द्रीकरण गरी दिएको छ । आफ्नो छोटो शासन कालमा पूँजीपति वर्गले अरू सबै युगमाभन्दा शक्तिशाली उत्पादक शक्तिलाई उत्पादन गरेको छ । सामन्ती व्यवस्थालाई ध्वस्त पारेको उसको हतियार अब उसको विरुद्धमा र उसलाई समाप्त पार्न कस्सिएको छ । त्यो हो– सर्वहारा वर्ग । सर्वहारा वर्ग काम पाउँदासम्म मात्र जीवित रहन सक्छ । फेरि उनीहरूले काम पाउनलाई पूँजीपतिले नाफा कमाउन पाउनै पर्छ । आधुनिक उद्योग धन्दाहरूले लाखौँ मजदुरहरूलाई सेना झैँ सङ्गठित गरेर काम गराउँछन् । साना साना कारखाना भएका मध्यम वर्गका व्यापारी, दस्तकर, कारिगर, किसान आदि सबैले ठुला पूँजीपतिको दाँजोमा अस्तित्व बचाउन सक्दैन । उनीहरूको सिप र चतुर्‍याइँको अर्थहीन बनाउने काम नयाँ नयाँ तरिकाको प्रवेशले गराउँछ । त्यसैले जनताका सबै वर्गहरूबाट सर्वहारा वर्गका फौज जम्मा हुँदै जान्छन्् । 
सर्वहारा वर्ग वर्गिय रूपले सचेत र सङ्गठित भई नसकेको अवस्थाका पूँजीपति वर्गले आन्दोलनको लगाम आफ्नो हातमा लिएको हुने भए पनि उद्योगको विकास सँगसँगै सर्वहारा वर्ग पनि सचेत र सङ्गठित हुँदै आफ्नो शक्ति बढाउछन् । यातायात र सञ्चारका कारणले पनि मजदुरहरूको संयुक्त्त रूपको आन्दोलनलाई सहयोग गर्छ । त्यसरी हरेक वर्गसङ्घर्ष राजनैतिक सङ्घर्ष हुने भएकाले उनीहरू राजनैतिक आन्दोलनमा सहभागी हुँदै जान्छन्् । आफ्नो विरोधमा लड्नका लागि मजदुरहरूलाई हतियारयुक्त बनाउने काम पँुजीपति वर्ग आफैले गरेको हुन्छ । पँुजीबाट विभिन्न किसिमले बाहिरिएर उत्पादनको साधनविहीन भएका विभिन्न किसिमका वर्गहरूलाई पनि शिक्षा र चेनता स्तरले मजदुरको शक्ति थप्ने अवस्थामा पुर्‍याउँछ । समाजको ऐतिहासिक प्रगतिलाई सैद्धान्तिक रूपले बुझी सकेका पूँजीवादी विचारकहरूको एउटा अंश मजदुर वर्गसँग मिल्न आउँछ । अहिलेसम्मका सबै शक्तिशाली व्यक्तिहरूले आफ्नो शक्ति कायम राख्न सम्पूर्ण समाजलाई शोषणमा पार्न कोशिस गर्ने गरेका छन् । वर्तमान शोषणयुक्त व्यवस्थालाई समाप्त पारेर मात्र सर्वहारा वर्ग अन्तर्गतका व्यक्तिहरू समाजका उत्पादक शक्तिका मालिक बन्न सक्छन्् । पहिलेका सबै आन्दोलनहरू अल्पसङ्ख्यक व्यक्तित्वहरूको स्वार्थमा उपयोग भएका थिए । तर मजदुर वर्गको आन्दोलन विशाल वहुमतको स्वार्थमा र आत्मसचेत मजदुरहरूको स्वतन्त्र आन्दोलन हो । प्रत्येक देशका सर्वहारा वर्गले सबैभन्दा पहिले आफ्नै देशको पूँजीपति वर्गलाई समाप्त पार्नु पर्छ । अहिलेसम्मका सबै समाज शोषक वर्ग र शोषित वर्गबीच दुश्मनीमा आधारित समाज हुन् । आधुनिक मजदुर वर्ग पँुजीपति वर्गमा रूपान्तरित हुने सबैजसो सम्भावनाहरू करिब करिब समाप्त भई सकेका छन् । अर्कातिर, पूँजीपति वर्गले मजदुर वर्गलाई दबाएर राख्न पनि सक्दैन । अबको समाज पूँजीपति वर्गको अधिनमा रहन पनि सक्दैन । पूँजीपति वर्ग समाजको प्रगतिको बाधक बनेको हुनाले समाजको नेतृत्व सर्वहारा वर्गले लिनु पर्ने अवस्था आएको छ । पूँजीपति वर्गको नेतृत्व उसको वर्गीय अस्तित्व र अधिपत्यको मुख्य शर्त पँुजीको निर्माण र वृद्धि हो । त्यसका लागि आवश्यक शर्त ज्यालादारी श्रम हो । त्यस कारण पँुजीपतिको हार र मजदुरहरूको जीत दुवै अवश्यंभावी छन्् । 
कम्युनिस्टहरू सर्वहारा वर्गको भलोका लागि लड्छन्् र मजदुरहरूको हितलाई नै अघि सार्ने गर्छन् । कम्युनिस्टहरूले आफू जनसाधारणभन्दा बढी सचेत सङ्गठित र अनुशासित भएर काम गर्छन् । मजदुरहरूलाई श्रमजीवी वर्गको रूपमा सङ्गठित गर्ने, पूँजीवादी शासनलाई समाप्त पार्ने र राजनितिक सत्तामाथि मजदुर वर्गको कब्जा जमाउने उद्देश्य सहीत काम गर्छन् । कम्युनिस्टहरूले पँुजीलाई सामूहिक प्रयत्नबाट रक्षा गर्ने काम गर्ने र पूँजीवादी सम्पत्ति प्रथालाई समाप्त पार्ने योजना सहीत काम गर्छन् । आधुनिक पँुजीवादी व्यक्तिगत सम्पत्तिका कारणले थोरै सङ्ख्यामा रहेका सम्पत्तिका मालिक र धेरै सङ्ख्यामा रहेका श्रमजीवी वर्गबीच दुश्मनीको सम्बन्ध कायम रहेको छ । त्यसैले कम्युनिस्टहरूको उद्देश्य व्यक्तिगत सम्पत्तिलाई उन्मूलन गर्ने हो । ज्यालादारी श्रमबाट मजदुर वर्गलाई शोषण गर्ने र उत्पादनका साधनहरू थप्ने काम मात्र गर्दछ । पूँजीपति बन्नु भनेको उत्पादनमा सामाजिक स्थिति निर्माण गर्नु पनि हो । पँुजी सामूहिक उपज हो, त्यो समाजका धेरै सदस्यहरूको सामूहिक प्रयत्नबाट तयार भएको हुन्छ र त्यसलाई गतिशील बनाउन पनि समाजका धेरै सदस्यहरूले संयुक्त रूपमा प्रयत्न गर्नु पर्छ । त्यस कारण पूँजी सामाजिक शक्ति हो । सामूहिक बनाउँदा सम्पत्तिको सामाजिक चरित्र बदलिएर त्यसको वर्ग चरित्र नष्ट हुन्छ । पूँजीवादी समाजमा जीवित श्रम सञ्चित श्रमलाई बढाउने साधन हुन्छ भने कम्युनिस्ट समाजमा सञ्चित श्रम मजदुरको जीवनलाई सुखी बनाउने र व्यापक बनाउने साधन बन्ने छ । त्यसै कारण कम्युनिस्टहरूले व्यक्तिगत सम्पत्तिलाई सामूहिक सम्पत्तिमा बदल्न चाहन्छन्् । 
कम्युनिस्टहरूले श्रमको शोषण गर्ने र श्रम गर्नेमाथि अधिपत्य जमाउने कामलाई मात्र समाप्त गर्ने हुनाले समाजका उपजहरू सबैले उपभोग गर्न पाउनेछन् । उत्पादनको तरिकामा परिवर्तन भयो भने समाजमा पनि परिवर्तन हुन्छ । लामो समयसम्म सम्पन्न वर्गको शासन कायम रहेको हुनाले प्रत्येकको शरीरमा व्यक्तिगत सम्पत्ति र त्यसको मालिक वर्गलाई शासक वर्गको रूपमा स्वीकार गर्ने संस्कृति रही आएको मात्र हो । परिवार पनि आर्थिक एकाइको रूपमा रहेको हुनाले त्यो अवस्थामा परिवर्तन भई राजनितिक एकाइको रूपमा रहने भए पनि विवाह र दाम्पत्य जीवन माया र प्रेमको आधारमा मात्र कायम रहन सक्ने छ । बच्चाबच्चीहरूलाई घरेलु शिक्षा व्यवस्थाको ठाउँँमा सामाजिक शिक्षा व्यवस्था सञ्चालन हुने छ । कम्युनिस्टहरूले शिक्षालाई शासक वर्गको प्रभावबाट मुक्त गर्न चाहन्छन्् । आधुनिक उद्योगधन्दाको विकासले मजदुरहरूको बालबच्चाहरूलाई श्रमको हतियारको रूपमा मात्र उपयोग गरी रहेका छन्् । पूँजीपति वर्गले आफ्ना श्रीमतीहरूलाई पनि सन्तान उत्पादन गर्ने साधनको रूपमा उपयोग गरी रहेका र कम्युनिस्टहरूले उत्पादनका साधनहरू सामूहिक बनाउँछन्् बुझेका हुनाले श्रीमतीहरू पनि साझा बनाउँछन्् भन्ने हल्ला मच्चाउँछन्् । उत्पादनको वर्तमान पँुजीवादी तरिका समाप्त हुँदासाथ त्यही तरिकाबाट पैदा हुने महिलाहरूमाथिका खुला रूपका र गुप्त रूपका तथा अन्य सबै प्रकारका वेश्यावृत्तिहरू समाप्त हुनेछन्् । मजदुरहरूको आफ्नो देश हुन्न भने पनि आफ्नो देशको राज्यसत्ता आफूहरूले आफ्नो कब्जामा ल्याउन पर्ने हुनाले र आफ्नो देशको शासक बन्न पर्ने हुनाले पूँजीवादी राष्ट्रियताभन्दा बेग्लै भए पनि उनीहरू राष्ट्रवादी हुन्छन्् । अहिलेको अवस्थामा पूँजीपति वर्गको विकास, व्यापारको स्वतन्त्रता, विश्वभर उत्पादन पद्धतिमा र जीबनावस्था एकरूपता आदि सबै कारणले गर्दा जनताबीचका राष्ट्रिय भेदभाव र वैरभावहरू दिनदिनै क्रमशः बिलाउँदै गई रहेका छन् । मजदुर वर्गको शासन स्थापित भएपछि वैरभावहरू झन् छिटो विलाएर जानेछन् । मानिसद्वारा मानिसमा गरीने शोषण मेटिएपछि र फरक राष्ट्र तथा वर्गहरूबीचको दुश्मनी समाप्त भएपछि मान्छे मान्छेबीचमा माया, प्रेम र सदभाव बढ्ने छ । 
भौतिक जीवनका अवस्था, जसमा सामाजिक सम्बन्ध र सामाजिक जीवन समेत पर्दछन््, तिनीहरू परिवर्तन भएपछि उसको चेतनामा पनि अवश्य परिवर्तन भएर भौतिक अवस्थाको अनुकूल हुने छ । भौतिक उत्पादनमा भएको परिवर्तन अनुसार वौद्धिक उत्पादनको चरित्रमा परिवर्तन हुन्छ भन्ने इतिहासले समेत कुरा माणित गरी सकेको छ । शासक वर्गको विचार प्रचलित समाजमा प्रभुत्वशाली हुन्छ । त्यसैले क्रान्तिले जीवनको पुरानो स्थिति र पुराना विचारहरू समेतको बिनास गर्दछ । त्यसको ठाउँँमा आफ्ना नयाँ तत्वहरूको अस्तित्व स्थापित गराउँछ । यसले गर्दा समाजवादी व्यवस्थाले शोषण र वर्ग विरोधलाई समाप्त पार्ने उद्देश्य सहीत काम गर्छ । उत्पादनको पूँजीवादी तरिकामाथि निर्मम तरिकाले आक्रमण नगरिकन यो महान् जिम्मेवारी पुरा हुन सक्दैन । बेग्ला–बेग्लै देशहरूको अवस्था फरक भए पनि विकसित देशहरूमा जमिन्दारी प्रथा खतम गरेर मालपोतबाट आएको रकम सार्वजनिक काममा लगाउँने, आम्दानी अनुसारको धेरै कर लगाउँने, सम्पत्तिको उत्तराधिकारी प्रथा समाप्त पार्ने, विदेशमा राखेको पूँजी राष्ट्रियकरण गर्ने, आर्थिक कारोबार राज्यले सञ्चालन गर्ने, सञ्चार र यातयात सबै राज्यले सञ्चालन गर्ने, उद्योग र कृषिबाट उत्पादन र उत्पादकत्व दुवै वृद्धि गर्ने, सहर र गाउँँबीचको अन्तर घटाउने, शिक्षा र उत्पादन एकसाथ अघि बढाउने, आधारभूत आवश्यकता परिपूर्ति गर्ने काममा राज्यले ध्यान दिने आदि सबै काम गरेर वर्ग भेद समाप्त पार्ने काम अघि बढाउन सकिन्छ । वर्गको हैसियतले आफ्नो प्रभुत्वलाई पनि समाप्त पार्ने काममा मजदुरहरूले पनि ध्यान दिदै जान्छन्् । त्यसबाट प्रत्येक व्यक्तिको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासका शर्त बनेर नयाँ स्वतन्त्र मानव सङ्घको विकास हुने छ । 
सामन्तहरूले जनतालाई शोषण गर्ने तरिकाभन्दा पूँजीपतिहरूले शोषण गर्र्ने तरिका भिन्न किसिमको थियो । सामन्तहरूले शोषण गर्ने तरिका पुरानो र अव्यावहारिक सिद्ध भई सकेको थियो । तर पनि सामन्तहरूले पूँजीवादी व्यवस्था सामन्ती समाजकै उपज हो भन्ने कुरा भुली सकेका थिए । पूँजीवादी समाजबाट उत्पादन भएको वर्गले प्राचीन समाज व्यवस्थालाई जरैदेखि उखेलेर फाल्ने छ भन्ने कुरा सामन्तको रिस र डाहको विषय थियो । क्रान्तिकारी मजदुर वर्ग उत्पादन गराएकोमा सामन्तले पूँजीपति वर्गलाई दोष लगाउँँथे र त्यसले शोषणका सम्पूर्ण साधनहरूलाई सखाप पार्ने छ भन्ने डर थियो । त्यसलै मजदुर वर्गका विरुद्ध दमनकारी नियम बनाउने समयमा सामन्तहरूले पूँजीपतिहरूलाई पुरै साथ दिने र सहयोग गर्ने गर्दथे । आधुनिक उद्योगको विकास हुँदै जाँदा मध्यम वर्गको स्वतन्त्र अस्तित्व बिलाउँदै जाने र उनीहरू कलकारखाना तथा कृषि र व्यापारमा निरीक्षक, साना अफिसर र पसले भई काम गर्ने अवस्थामा पुग्ने गरेका हुन्छन्् । यस्ता वर्गका व्यक्तिहरूकोे विश्व दृष्टिकोण निम्न पूँजीवादी हुने र उनीहरूले समाजवादको पक्षमा वकालत गरे पनि पूँजीपति वर्गलाई नै सहयोग पुर्‍याउने गर्दछन्् । यी निम्न पूँजीवादी समाजवादीहरूको मुख्य उद्देश्य पुरानो सम्पत्ति सम्बन्ध र पुरानो समाजलाई पुनस्थापित गर्नु अथवा आधुनिक साधनहरूलाई पुरानो सम्पत्ति सम्बन्धको ढाँचाभित्र कोचेर राख्ने भएको हुनाले त्यो प्रतिकृयावादी र काल्पनिक मात्र हुन्छ । जर्मनीको पूँजीवादी आन्दोलनको उद्देश्य आधुनिक पँुजीवादी समाज र त्यस अनुरूपको आर्थिक जीवन पद्धति तथा राजनैतिक ढाँचा प्राप्त गर्ने हो । तर त्यतिखेरका समाजवादीहरूले पँुजीपति वर्गका विरुद्ध जनतालाई भड्काउन सहयोग पुर्‍याउने काम गरे । मध्यम वर्गको त्यो समाजवादले पूँजीपति वर्ग र मजदुर वर्ग दुवैलाई समाप्त पार्ने असफल प्रयत्न गर्‍यो । वर्गसङ्घर्षप्रति घृणा प्रकट गर्ने काम गर्दै आफूलाई वर्गसङ्घर्षदेखि अलग भएको घोषणा पनि गरे । १८४७ तिर जर्मनिमा समाजवादी साहित्यको प्रचार गरियो । त्योमध्ये धेरैजसो समाजलाई शक्तिहीन पार्ने र फोहोर थप्ने साहित्य पर्छन । केही पँुजीपतिहरूले सामाजिक खराबीहरूलाई हटाएर पँुजीवादी समाजलाई कायम राख्न चाहन्छन्् । ती समाजवादी पँुजीपतिहरूले सर्वहारा वर्ग बिनाको पूँजीपति वर्ग होस् भन्ने चाहन्छन्् । उनीहरूको माग सर्वहारा वर्ग वर्तमान समाजको सीमाभित्र रहेर पूँजीपति वर्गप्रति उसका विरोधी विचारहरू हटाएर जाओस् भन्ने हो । त्यसैले पँुजीवादी समाजवाद अलङ्कार मात्र हो । 
सामन्ती समाजको विरोध भई रहेको र मजदुरहरूको मुक्तिका लागि चाहिने परिस्थिति परिपक्व भई नसकेको अवस्थामा जन्मेको साहित्य पनि प्रतिकृयावादी चरित्रको थियो । त्यतिखेर प्रारम्भिक अवस्था मा भएको सर्वहारा वर्गको स्वतन्त्र राजनीतिक आन्दोलन नभएको अवस्थाका बयान गरिएको समाजवाद काल्पनिक प्रकारको थियो । शासक वर्गलाई अनुरोध गरेर वर्गभेद नगरिकन समाजका सबै सदस्यहरूको स्थिति सपार्न चाहन्छन्् । त्यो वास्तविक व्यवहारमा नभई कल्पनामा मात्र सीमित रहन्छ । तर पनि त्यसले मजदुर वर्गलाई सचेत पार्ने बहुमूल्य सामग्री दिएको छ । काल्पनिक समाजवादी साहित्यले र उनीहरूका अनुयायीहरूले प्रतिकृयावादी जमात मात्र बनाएका थिए । वर्गसङ्घर्षलाई हटाउने र वर्ग दुश्मनीलाई शान्त पार्न सक्दो प्रयत्न गरेर उनीहरू प्रतिकृयावादी समाजवादी बन्छन्् । मजदुरहरूका तात्कालिक हितहरूका लागि लडे पनि कम्युनिस्टहरूले वर्तमान आन्दोलनमा भविष्यको प्रतिनिधित्वप्रति आफ्नो ध्यान केन्द्रित गर्छन् । उनीहरूले मजदुर वर्ग र पूँजीपति वर्गको पारस्परिक रूपमा शत्रुतापूर्ण विरोधबाट मजदुरलाई परिचित गराउन सकेसम्मको प्रयत्न गर्छन् । बढी विकसित सर्वहारा वर्ग भएको अवस्थामा समाजवादी सत्ता स्थापना गर्ने उद्देश्यबाट कहिल्यैपछि पर्दैनन् । त्यसैले कम्युनिस्टहरूले वर्तमानमा सामाजिक र राजनीतिक व्यवस्थाका विरुद्ध हुने हरेक क्रान्तिकारी आन्दोलनलाई समर्थन गर्दछन्् । सबै आन्दोलनहरूमा सम्पत्तिको सवाललाई प्रमुख सवालको रूपमा अघि सार्छन् ।
अन्तमा, उनीहरूले सबै देशका जनवादी पार्टीहरूको मेल र एकताका लागि प्रयत्न गर्छन् । आफ्ना विचार र उद्देश्यहरूलाई नलुकाइकन वर्तमान राज्यसत्तालाई बलपूर्वक हटाएर मात्र सामूहिकताको व्यवस्था स्थापित हुन सक्ने भन्दै सर्वहारा वर्गसित गुमाउन हत्कडी बाहेक केही नभएको र जित्नलाई सारा संसार भएको घोषणा गर्दै संसारका मजदुर एक होऔँ भन्ने अन्र्तराष्ट्रियताको उद्घोष गर्छन् ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
भोट कसलाई दिने ?
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal