२०७४ असार ७ गते, बुधबार   वर्ष ३४, अङ्क ३०
मिति(२०७४ आषाढ १३, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
लेखहरू
भोट कसलाई दिने ?
– युवराज आचार्य
बुर्जुवा समाजमा चुनाव वास्तविक रूपमा जनताले सरकारमा जनताको प्रतिनिधिको छनोट गर्ने सशक्त प्रकारको प्रणाली हो । नियमत स्थानीय होस् या राष्ट्रिय, जनताका आधारभूत आवश्यकतासँग सम्बन्धित विषयहरूमा अध्ययन, अनुसन्धान गर्दै जनताको दैनिकीसँग सम्बन्धित सम्पूर्ण कृयाकलाप सहज ढङ्गबाट सम्पन्न पार्नका निम्ति सहयोगी भूमिकामा जनताका प्रतिनिधिहरू रहन्छन् । हरेक चुनावमा जनताले आफ्ना प्रतिनिधिहरूको छनोट गर्नका निम्ति मतदान गर्दछन् र बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी भई प्रतिनिधिको निम्ति अधिकार प्राप्त गर्दछन् । संसदीय व्यवस्थामा चुनाव राज्य व्यवस्था स्थापना तथा सञ्चालनको प्रमुख हतियार पनि हो । जुनसुकै राजनीतिक दलहरूलाई आफ्ना नीति, सिद्धान्त तथा कार्यक्रमहरू लागु गराउनका निम्ति स्थानीय अथवा केन्द्रीय सरकारमा आफ्नो बहुमतको आवश्यकता पर्दछ । त्यो बहुमत प्राप्त गर्नका निम्ति चुनाव प्रमुख हतियार बन्दछ ।
अन्ततः संसदीय व्यवस्थालाई वास्तवमै समर्थन गर्ने यन्त्र भनेकै चुनाव हो । चुनाव बिना संसदवादी दल अथवा समूहहरू समाजमा आफ्नो अस्तित्वलाई आफैले अस्विकार गर्दछन् । वास्तविक रूपमै धेरै दलहरू भएको र क्रान्तिकारी कम्युनिस्ट आन्दोलन मार्फत् सामन्तवादी, दलाल, नोकरशाही, घुसखोरी लगायतका राज्यव्यवस्थाबाट पीडित जनताका निम्ति सही प्रकारको प्रतिनिधि स्थानीय सरकारमा आवश्यक हुन्छन्् र त्यही लक्ष्यका साथ क्रान्तिकारीहरूले पनि चुनावको उपयोग गर्दै आफ्ना कार्यक्रमहरूलाई थप सशक्त रूपमा अगाडि बढाउँदै लैजान्छन् र लग्नु पर्दछ ।
अहिले नेपालमा करिब २० वर्षपछि स्थानीय निकायको चुनावको मिति २०७४ वैशाख ३१ गतेका लागि घोषणा भएको छ । कतिपय जातिवादी, क्षेत्रीयतावादी राजनीतिक गठबन्धनहरूको संविधान संशोधन प्रास्तावलाई संसदमा यथास्थितिमा राख्दै वैशाख ३१ गतेको दिनमा देशैभर स्थानीय निकायमा चुनाव सम्पन्न गराउने भन्ने कुरा प्रचण्ड सरकारले गरेको छ । यो कुरा सराहनीय छ । यसको सबैले स्वागत गर्दै आ–आफ्नो ढङ्गबाट चुनावको उपयोग गर्नु उत्तम हुन्छ । केही मधेशवादी दलका नेताहरूले उनीहरूले भने अनुसार संविधान संशोधन नगरी उनीहरूले स्थानीय तहको चुनाव कुनै पनि हालतमा सम्पन्न हुन नदिने घोषणा गरेका छन् । यो कुरालाई सरकारले कुन रूपमा हेर्दछ ? त्यो उसको कुरा भयो तर चुनावको मिति सार्ने अथवा कुनै बहानामा चुनाव स्थगित गर्ने निर्णय अबको समयमा सरकारले नगर्ला र त्यसो गर्नु नेपाली जनताका निम्ति पनि कुनै कोणबाट उपयुक्त हुने छैन । सम्भव नभएमा तराईका केही जिल्लाहरूमापछि गर्ने गरी सम्भव भएसम्मका ठाउँँहरूमा जनताले आफ्ना प्रतिनिधिहरू पाउनु पर्दछ । चुनावकै सिलसिलामा हामीले सुन्ने तथा देख्ने गरेका छौँ– विगतका चुनावका अनुभव तथा ती चुनावका सन्देशहरू वास्तवमै मननयोग्य छन्् । विगतका चुनावहरूमा करिब १२५ वटा राजनीतिक दलहरू चुनावमा भाग लिन्थे र तिनीहरूले आ–आफ्नो किसिमका चुनावी नाराहरू तय गर्दै आफ्नो तरिकाले चुनावको प्रचार गर्दथे । अहिले पनि करिब त्यति नै सङ्ख्यामा दलहरू चुनावमा भाग लिदैछन्् र आ–आफ्नो प्रचारको कार्यलाई अगाडि बढाई रहेका छन्् ।
नेपाली जनताको वास्तविक धरातल र एउटा नयाँ आन्दोलनको जुन अभिभारा राजनीतिक दलमा हुनु पर्ने हो, त्यसको केही अंश पनि ठुला भनिने राजनीतिक दलहरूमा देख्न पाइदैन्थ्यो । उनीहरूका चुनाव प्रचारका शैली, उनीहरूले जनताका बीचमा गएर बोल्ने कुरा, जनताको बीचमा उनीहरूले गर्ने प्रतिबद्धता, अनौठा किसिमका थिए । वास्तविकतामा ती कुराहरू अनौठा नभएता पनि ठुला राजनीतिक दलहरूले ती कुराहरूलाई आफ्नो व्यवहारले अनौठा बनाई दिएका थिए । त्यो कुरा व्यावहारिक रूपमा उनीहरूले प्रतिनिधित्व गर्ने संसद र सरकारमा प्रस्ट देखिन्थ्यो । नेपाललाई सिङ्गापुर बनाउने, स्विटजरल्यान्ड बनाउने, हावाबाट बिजुली निकाल्ने, नेपालमा पानी जहाज ल्याउने, गाउँँगाउँँ, घरघर बाटो ल्याई दिने, पिच नभएको बाटो पिच गरी दिने, खानेपानी आयोजनामा सहयोग गर्ने, विभिन्न ठाउँहरूमा पुलहरू बनाई दिने, गाउँमा युवाहरूलाई खेल मैदान निर्माण गरी दिने, समग्र जनताको बीचमा डायरी हातमा समातेर घुम्दै उनीहरूले राखेका मागहरू सहज रूपमा पुरा गरी दिने वाचा गर्दथे उनीहरू । तर अहिलेको उनीहरूको वास्तविक परिस्थिति ठिक उल्टो छ । शायद उनीहरू अघिल्लो चुनावपछि अब हुन लागेको चुनावमा भाग लिनका निम्ति आफ्नो ठाउँ थलोमा पुग्दैछन्् होला ।
विगतमा मात्रै होइन, यस पटक पनि विभिन्न राजनीतिक दलहरू स्थानीय निकायको चुनावमा भाग लिदैछन्् । अहिले सबैजसो दलहरूले आफ्नो चुनाव प्रचारका कार्यक्रमहरूलाई जनताको बीचमा प्रस्तुत गरी रहेका छन्् । प्रचारकै सिलसिलामा हामीले अनौठा प्रचारात्मक भाषणहरू सुनी रहेका छौँ । सरकारको नेतृत्व गरी रहेको दल माओवादीले चुनाव जिते गाउँगाउँमा फ्री वाइफाई वितरण गर्ने रे घ्, एमालेले चुनाव जितेमा हावाबाट बिजुली निकाल्ने रे घ्, पानीजहाज नेपालको भूमिमा हिडाउने रे घ्, काङ्ग्रेसले जितेमा नेपाललाई अमेरिका बनाउने रे घ्, बेलायत बनाउने रे घ्, देशमा ठुला ठुला उद्योगहरू स्थापना गर्ने रे घ् यी र यस्तै प्रकारका प्रचारात्मक अभ्यास ती ठुला दलका नेताहरू गाउँगाउँ पसेर गर्दैछन् । यस प्रकारका प्रचारात्मक शैली कति ठिक र कति बेठिक भन्ने कुरा एउटा पाटोमा रहन्छ तर वास्तविकता भने एउटै छ– उनीहरूको यो तरिका प्रधानपञ्चहरूको पुरानो शैलीभन्दा फरक छैन । जनताको बीचमा मिठा र चिल्ला कुरा गर्ने तर आफू शक्ति र सत्तामा पुगेपछि ती सब कुराहरूलाई तिलाञ्जली दिएर नातावाद कृपावादलाई स्थापित गराउने । हामी सबैलाई अनुभव भएको कुरा यो हो– यसरी चुनाव जित्ने परम्परा नयाँ होइन । हिजो राणा, राजा, पञ्च लगायतका शक्तिहरूका शासनकालमा शासकहरूले यस्तै प्रकारले चुनावको प्रचार गर्दथे र सत्तामा पुगेपछि त्यही नियति देखाउथे । त्यसैले तीभन्दा आजका माओवादी, काङ्ग्रेस, एमाले कसरी फरक भए त ? फरक छैनन् । उनीहरूका नीति, कार्यक्रम जति नै राम्रा देखिएता पनि जब सत्तामा उनीहरू पुग्दछन् । अनि, त्यही नियति दोहोर्‍याउछन् । त्यसैको फलस्वरूप आज नेपालीका छोराछोरीहरू विदेश नगई जीविकोपार्जन गर्न सम्भव छैन । आज देशमा उद्योग, कलकारखानाहरूको सङ्ख्या शून्यप्रायः छ । भएका उद्योग, कलकाराखानाहरू पनि बन्द भई सकेका छन्् । निजीकरण भई सकेका छन्् । तिनीहरूबाट नेपाली जनताको स्वामित्व समाप्त भएको छ । अमेरिका, बेलायत, जापान, अस्ट्रेलिया, युरोप तथा खाडी जुनसुकै मुलुकमा गएर आफ्नो पसिना बगाएर महिनाको एक लाख÷दुई लाख जति नै कमाएता पनि आज ती नेपालीहरू विदेशीहरूको ऋणमा छन्् । नेपालमा हरेक दिन जन्मिने शिशु करिब २० हजारको ऋणी भएर जन्मिन्छ । शिक्षाको दायित्वबाट शिक्षालाई कथित सीमित ठेकेदारहरूको जिम्मा लगाई सरकार पन्छिने काम गरेको छ । देशमा बेरोजगारीको समस्या दिन–प्रतिदिन विकराल बन्दै छ । नेपालका हजारौँ चेलीहरूका वैदेशिक रोजगारकै सिलसिलामा विदेश गएको आफ्नो पति गुमाई हरेक दिनजसो सिन्दुर पुछिएका छन्् । नेपाली युवाहरू आफ्नो देशलाई नाकाबन्दी लागाउने देशको सिमानाको रक्षार्थ आफ्नो ज्यानको बाजी लगाएर सिमानामा बन्दुक बोकेर दुश्मनलाई पर्खेर उभिएका छन्् । तर आफ्नो देशको सीमा खुलेआम मिचिदा, सिमानाका गरिब किसानहरूका घरबार लुटिदा, सिमानाका चेली बलात्कृत हँुदा—यी सरकारहरू सधैँ चुपचाप बस्दछन् ।
आज देश तष्करहरूको अखडा बनेको छ । अन्तर्रािष्ट्रय विमानस्थलबाट किलोका किलो सुन र लागु पदार्थ तष्करी हुँदा अपराधीको मुख्य योजनाकारको लिस्टमा उनै ठुला दलका ठुला नेताहरू देखिन्छन् । नेपालका जडीबुटी, हजारौँ मिटर क्युब काठ, बालुवा, गिट्टी, ढुङ्गाहरू लगायतका सामग्रीहरू खुलेआम भन्सार छलेर चोरी र तष्करिबाट विदेशतिर बहिरिदा यी सरकारहरू तष्कर पक्रन सक्दैनन् । देशमा सबैभन्दा पहिलो तथा ठुलो दुर्घटना त १८१६ को इस्ट इन्डिया कम्पनीसँगको सुगौली सन्धिमा भयो । त्यसपछिका समय र शासनकालमा पनि त्यस्तै भयानक राष्ट्रघातका शृङ्खलाहरू रोकिएका छैनन् । झन्् अझ बढ्दै गई रहेका छन्् । १९९६ को महाकाली सन्धि, १९५९ को गण्डक सम्झौता, १९५४ को कोशी सम्झौता लगायतका सम्झौतादेखि २०१४ को अपर कर्णाली सम्झौता नेपालको जलश्रोत भारतलाई सुम्पने कहालीलाग्दा घटनाहरू हुन । ती सन्धि र सम्झौताहरूमा हस्ताक्षर गर्ने नेपालका माउ पार्टीहरू एमाले, काङ्ग्रेस र माओवादीका नेताहरू नै हुन । त्यस्तै, भृकुटी कागज कारखाना, वीरगञ्ज चिनी कारखाना, हेटौँडा गलैँचा उद्योग, हरिसिद्धि इँटा कारखाना, विराटनगर जुट मिल, उदयपुर सिमेन्ट उद्योग लगायतका उद्योग तथा कलकारखानाहरू भारतीय तथा नेपाली निजी कम्पनीहरूलाई अकूत सम्पत्ति, कमिसन तथा नगदमा आफूले भ्रष्टाचार गरेर सुम्पने काम गरे । त्यसमा पनि उनै काङ्ग्रेस–एमाले नै प्रमुख रूपमा दोषी छन्् । ती बाहेक साना तथा घरेलु उद्योगधन्दाहरूको विकास तथा स्तरोन्नति त कहाँ हो कहाँ ? उल्टै किसान तथा मजदुरहरूलाई टाट पल्टिने गरेर नीति–नियमहरूको निर्माण गर्ने र उनीहरूलाई शोषण गर्ने खालका व्यवस्थाहरू स्थापित गराउनमा आफूहरू तल्लिन रहे, जसका कारण साना तथा घरेलु उद्योगहरूको अवस्थामा कहिल्यै पनि गुणात्मक रूपमा परिवर्तन हुन सकेन । स्थानीय उत्पादनको प्रबद्र्धन तथा बजारीकरण गर्ने सन्दर्भमा हेर्दा आज नेपालमा बहुसङ्ख्यक किसानहरू आत्मनिर्भर बन्न सकी रहेका छैनन् । किसानले उत्पादन गरेको गोलभेडा पाँच रूपया प्रतिकिलो किनेर व्यापारीहरूले विभिन्न निकायहरूमा कमिसन, ट्याक्स, दलाली तथा यातायात सिन्डिकेटहरूको कारण बजारमा आई पुग्दा त्यो गोलभेडाको मूल्य ५० रूपैया प्रतिकिलो पुग्छ । आज हरेक उत्पादनमा यही नै समस्या रही आएको छ । यसको सुधार तथा किसानको निम्ति प्रविधिसम्पन्न उन्नत बालीनालीको उत्पादनमा सहयोग गर्ने तथा प्रबद्र्धन गर्ने कुरामा कुनै ध्यान दिइएको पाइदैन तर कुरा गर्दा किसानलाई अत्यन्तै फाइदाजनक रहेको प्रचार गरिन्छ । यस्तो अन्यायपूर्ण खेतीमा तिनै ठुला दलहरू लागी परेका छन्् ।
आज देश थला परेको छ । देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र स्वतन्त्रतामा गम्भीर प्रकारको आँच पुगेको छ । तराईको गरिबी, अशिक्षा, बेरोजगारी, हलिया प्रथा, कमैया प्रथा, सुकुम्बासी समस्या, लगायतका गरिब जनतासँग सम्बन्धित यी सम्पूर्ण विषयवस्तुको न्यायपूर्ण समाधान हुनु जरुरी छ । त्यो कुरा सबै नेपाली जनताले बुझेको कुरा हो र बुझ्नु पर्दछ । यी सबै कुराहरूको समाधानको निम्ति भन्दै जब भारतीय विस्तारवादको निर्देशनमा सङ्घीयता भन्ने विषयले नेपालको राजनीतिमा प्रवेश पायो । त्यस पश्चात् यसले देशमा अशान्ति, अस्थिरता र राष्ट्रिय विखण्डनको मार्गलाई खुला गरी दिएको छ । त्यसप्रतिको सचेतना सम्पूर्ण नेपाली जनतामा हुनु जरुरी छ ।
आज देशमा विभिन्न एनजिओ, आइएनजिओहरू संस्थागत रूपमा स्थापित छन्् । कामभन्दा कुरा बढी गरी देशमा विभिन्न प्रकारका वितण्डता मच्याउनमा उनीहरू सफल भएका छन्् । हाम्रो समाजका विभिन्न घटनाहरूलाई गहिरो गरी अध्ययन गर्ने त्यसको प्रतिवेदन युरोप अमेरिका पठाउने र त्यही अनुरूपको रणनीतिलाई नेपाल अस्थिर बनाउन अङ्गीकार गर्ने प्रचलनमा ती आइएनजिओहरूको प्रमुख भूमिका छ । त्यसको संरक्षण गर्ने काम यिनै ठुला दलहरूले गरेका छन्् । धार्मिक स्वतन्त्रताको नाममा विभिन्न लोभ, लालच, प्रलोभन, डर तथा धम्की देखाई गरिब तथा अशिक्षित जनतालाई ठग्ने काम तिनै आइएनजिओहरूले गरेका छन्् । त्यसका बारेमा यी सरकारहरू सधैँ चुपचाप रहन्छन्् ।
जब चुनाव आउँछ, त्यस बेलामा सरकारमा आफ्नो उपस्थिति बलियो पार्ने प्रयत्नमा ठुला दलहरू सधैँ हुन्छन् । ठुलो पैमानामा सरकारी ढुकुटीको बिल्लीबाँठ पारेर जनतालाई ठुलो आश्वासन बढ्न घरदैलोमा उनीहरू आउने गरेका छन्् । अहिले नेपालमा जुन समयमा जतिसुकै ठुला भनिने आन्दोलन सङ्घर्ष जे सम्पन्न भएता पनि अधिकांश नेपाली जनताको चेतना स्तर उठ्न सकेको छैन । जतिसुकै अपराध गरेता पनि कुनै नेता आएर आश्वासन धियो भने त्यो अपराध भुली दिने हाम्रो संस्कार छ । हामीहरू एउटा सानो जागिरको प्रलोभनमा पर्छौं । भविष्यमा उनीहरूबाट सहयोग नपाइएला भन्ने डर हामीमा छ र हामीले आफूमा के कति तागत छ ? के कति क्षमता छ ? त्यो कुराप्रति कुनै ध्यान तथा चासो दिन चाही रहेका छैनौँ । हिजो पञ्चहरूले राजनीति गर्नु हुँदैन, राजनीतिले घरबार बिग्रन्छ, मान्छे बिग्रन्छ भन्ने जस्ता कुराहरू गरेर राजनीतिको जुन परिभाषा नेपाली समाजमा स्थापित गराएका छन््, त्यसलाई स्वत अङ्गिकार गरेका छौँ । हामी हाम्रो अधिकारप्रति अज्ञात छौँ, हामीमा समाज परिवर्तन जस्तो पवित्र कामको निम्ति समय निकाल्दा सबै कुरा बिग्रन्छ कि भन्ने शङ्का छ । खालि समयलाई हामीले मोजमस्ती गर्ने, जुवातास खेल्ने, जाँडरक्सी खाने, चलचित्र हेर्ने, र चियापसलमा बसेर कुरा काट्ने जस्ता कामहरूमा खर्चन कुनै हिच्किचाहट मान्दैनौँ । हामीभित्रै यस्तो अवस्था रहँदा आज ठग, लुटेरा दलाल नेताहरूले हामीहरूका बीचमा यो ठाउँमा मैले पुल बनाई दिए । यो ठाउँमा मैले भवनको बजेट पारी दिएँ, यो ठाउँमा मैले कुलो बनाई दिएँ, त्यो ठाउँमा मैले बिजुली बनाई दिएँ, त्यो ठाउँमा मैले बाटोको बजेट पारी दिएँ । यी र यस्तै कुराहरू गर्दा हामी ताली पिट्छौँ । उनीहरूले राम्रो गरेको सम्झन्छौँ, उनीहरूलाई भगवान सम्झन्छाँै, उनीहरूप्रति सद्भाव राख्छौँ । यो कुरा ठिकै हो । काम गर्नकै निम्ति नेता बनाउँछौ, प्रतिनिधि बनाउँछौँ, उनीहरूले काम गर्नु पर्छ काम गरेर देखाउनु पर्दछ तर ती विकासका कार्यहरूमा राज्यबाट के कति रकम आएको थियो ? त्यो रकम कसरी आएको थियो ? खास आउनु पर्ने रकम कति हो भन्ने कुराको कुनै हेक्का राख्दैनौँ । खाए खाओस् तर विकास गरोस भन्ने जुन कुरा हाम्रो बीचबाट गरिन्छ, पैसा नपाएसम्म निर्वाचनमा भोटसम्म हाल्न नजाने जस्ता कुराहरू नै हामीबाट भएका सबैभन्दा ठुला बेइमानीहरू हुन् । सबैभन्दा ठुलो आत्मघातहरू हुन । किनभने ती कुराहरूले हाम्रै समाजमा भ्रष्ट्राचार, दलाली, घुसखोरी लगायतका कुराहरूलाई दह«ो गरी संस्थागत गर्ने काम गरेका छन्् । हाम्रो समाजलाई थप ठुलो दुर्घटनातर्फ धकेली रहेका छन् ? यस अर्थमा हाम्रा सन्ततिमाथि हामीबाटै ठुलो अन्तर्घात भई रहेको छ । अब हामी त्यस्ता कुराहरूप्रति कहिले चनाखो बन्ने ? आज हाम्रो एक भोटले देशका ठुला दलका नदीनालाहरू बेच्ने लाइसेन्स प्राप्त हुन्छ भने, हाम्रो एक भोटले नेपलाका उद्योग, कलकारखाना निजीकरण गर्ने लाइसेन्स प्राप्त हुन्छ भने अब हामीले सोच्नु पर्दैन ? ऐना जस्तै छर्लङ्ग कुराहरूप्रति अब हाम्रो ध्यान पुग्नु पर्छ कि पर्दैन ? आज देश यो हालसम्म आई पुगेको छ अब कति दिन हामी यस्तै रवैयाको साक्षी बन्ने ? त्यस कारण हाम्रो चिन्तन हाम्रो ध्यान यसतर्फ पुग्नु जरुरी छ । त्यो काम ढिला भई सकेको छ, हामी बेलैमा सचेत भइएन भने हाम्रो अस्तित्व रहनेवाला छैन । हामी हाम्रो भविष्यको हकदार बन्नु पर्दछ र मालिक पनि । हाम्रो बाटो, हाम्रो लक्ष्य प्राप्ति गर्नका निम्ति प्रतिबद्ध रहँदै आफ्नो भविष्यको निर्माता आफै बन्ने सोचका साथ अगाडि बढ्नु पर्दछ । आज हाम्रो एउटा सानो गल्ती–कमजोरीले भोलि हाम्रो समाजले हाम्रो राष्ट्रले ठुलो दुर्घटना बेहोर्नु पर्दछ । त्यो अवस्था चिर्नका निम्ति अबको चुनावमा सचेतताका साथ भोट हाल्नु पर्दछ ।
हाम्रो एक भोट नै अहिलेको अवस्थामा हाम्रो समाज हाम्रो राष्ट्र र हाम्रो भविष्यको निर्णायक भोट भएको हुँदा हाम्रो विवेक, हाम्रो क्षमता हाम्रो, अनुशासनलाई केही कुनै हालतमा गुम्न दिनु हँुदैन । हामीले अहिलेसम्म पालेका ठुला दलहरूको भ्रामक प्रचारवाजीलाई चिर्न सक्नु पर्दछ, उनीहरूका झुटा आश्वासन, उनीहरूका चिल्ला नाराहरू, उनीहरूका डर, धम्की, त्रास, उनीहरूका लोभलालच, उनीहरूका सबै प्रकारका हत्कण्डाहरूको हामीले सशक्त भण्डाफोर गर्नु पर्दछ । उनीहरूलाई हाम्रो समाज, हाम्रो राष्ट्रमा कमजोर सावित बनाउनु पर्दछ । आज देशबाट राजा गए, राणा गए पञ्च गएता पनि नयाँ राणा, राजा र पञ्चका रूपमा यी दल र यिनका नेताहरू उदाएका छन्् । उनीहरूले नै प्रचार गर्ने गरेका छन््– देशबाट सामन्तवादको अन्त्य भई सक्यो । सबै किसिमका शोषणहरूको अन्त्य भएको छ । हामी पूँजीवादी समाजमा प्रवेश गरी सक्यौँ, हामी समाजवादउन्मुख छौँ, अब छिट्टै नेपालमा समाजवाद आउँदै छ । यो जस्तो जनतालाई बेवकुफ बनाउने कुरा अरू कुनै हुन सक्दैन । एउटासम्म पनि गतिलो उद्योग नभएको, गरिब किसान मजदुरहरूको नेतृत्व स्थापित नभई सकेको, देशभित्र आवश्यक सामानहरूको उत्पादन शून्य भएको, दलाली चाकडी र भ्रष्टाचार ले गाँजिएको यस्तो देशमा युवाहरूले विदेशी भूमिमा आफ्नो रगतसँग साटेको रेमिट्यान्सलाई देखाउदै पूँजीवादको बिल्ला भिराउने काम जत्तिको गद्दारी अरू कुनै हुन सक्दैन । त्यो जत्तिको गरिब जनताप्रतिको अन्तर्घात अरू हुन सक्दैन । हामीले पटक पटक यी ठुला दलहरूका यस प्रकारका ताण्डव नृत्यहरू हेरी रहेका छौ । उनीहरू चुनाव जित्नकै लागि अधिकांश वेरोजगार युवाहरूलाई ठुला ठुला आश्वासन देखाउने, विभिन्न प्रलोभनमा पार्ने, भोट हाल्नकै निम्ति पैसा दिने जस्ता युवाहरू खरिदका प्रोपोगण्डाहरू मच्याउँछन् । ती कुराहरूमा कतिपय युवा साथीहरू फस्ने गरेका छन्् र अन्ततः उनीहरूबाट धोका खाने गरेका छन्् । यो युवा जमातको अदम्य साहस उनीहरूको क्षामता उनीहरूको शक्ति उनीहरूको सबै कुराहरूको खरिद–बिक्रीको कारोबार हो । त्यस कारण अब युवा जमात यस कुराबाट सचेत हुनुपर्दछ । उनीहरू समाज परिवर्तनमा सकारात्मक भूमिका खेल्नु पर्दछ । यो कुरा यस पटकको चुनावमा देखाउनै पर्दछ । कुन दल कस्तो, कसको एजेन्डा कस्तो छ, को सत्य कुरा बोल्दछ, कसले भनेको कुरा सत्य हो ? यी र यस्तै कुराहरूको विगतको इतिहासको मूल्याङ्कन गर्दै सही निर्णय लिनु आवश्यक छ । सही मार्ग रोज्नु आवश्यक छ, नत्र हाम्रो अस्तित्व, हाम्रो शान, हाम्रो पहिचान, हाम्रो आन्दोलन, हाम्रा दृष्टिकोण र हाम्रो घमण्ड सबै समाप्त हुनेछन् । त्यसका निम्ति क्रान्तिकारी आन्दोलनको निम्ति बाटो देखाउने दल नेकपा (मसाल) को वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई गिलास चिन्हमा मतदान गरि विजयी गराउनु पर्दछ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
वैज्ञानिक समाजवादको पहिलो दस्तावेज ः कम्युनिस्ट घोषणा पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal