२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
राष्ट्रिय जनमोर्चाको प्रचारात्मक अभियान

लुम्बिनी–राप्ती
लुम्बिनी–राप्ती क्षेत्रमा राजमोको केन्द्रीय टोलीले जुलुश प्रदर्शन सहितका विशाल सभाहरू सम्पन्न गर्दै राष्ट्रिय प्रचारात्मक अभियानका कार्यक्रमहरू अगाडि बढाई रहेको छ । रूपन्देहीको बुटवलमा पत्रकार सम्मेलन गर्दै २०७३ चैत्र २० गतेदेखि अभियान सुरुवात गरेको यो टोली नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, रोल्पा हुँदै प्युठान जिल्लामा प्रवेश गरेको छ । अभियान टोलीसँगै रहनु भएका अखिल (छैठौँ) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवरले टोलीका प्रत्येक दिनका कार्यक्रमहरूका समाचार सम्प्रेषित गरी रहनु भएको छ । पछिल्लो समयमा अभियान टोलीले प्युठानको बरौला, चुंजाठाँटी, चकचके, भङ्ग्री र रोल्पाको सुलीचौर लगायतका स्थानमा सम्पन्न सभाका समाचारहरू प्राप्त भएका छन् । 
चकचकेमा जनसभा सम्पन्न
राजमो कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको प्रमुख आतिथ्यतामा प्युठानको माण्डवी गाउँपालिकाको चकचकेमा २०७४ वैशाख १ गते, प्युठान सभा सम्पन्न भएको छ । सभा राजमो जिल्ला सल्लाहकार टोपाराम आचार्यको सञ्चालन, राजमो जिल्ला सदस्य तथा माण्डवी गाउँपालिकाका संयोजक खगेश्वर सुनारको अध्यक्षता र राजमो माण्डवी गाउँपालिका वडा नं. ३ का सदस्य सन्त बहादुर योगीको स्वागतमा सम्पन्न भएको थियो ।
 राजमो उपाध्यक्ष दुर्गा पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष शकुन्तला राना, अखिल (छैठौँ) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, राजमो जिल्ला समन्वय समितिका उपाध्यक्ष इमान सिंह खड्का, माण्डवी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार जितामित्र सुनार, उपाध्यक्ष पदका उम्मेदवार खगा राना लगायतका वक्ताले सम्बोधन गर्नु भएको थियो । राजमो जिल्ला सहसचिव लाल बहादुर रावत, सदस्य मिनराज राना, गाउँपालिका सदस्य कृष्ण बहादुर सुनार, गाउँपालिका सदस्य नित्यानन्द आचार्य, रक्तिम सांस्कृतिक अभियान केन्द्रीय सदस्य गीता थापा जिल्ला अध्यक्ष पिमलाल पुन, जातीय समता समाज जिल्ला सचिव सुनिल सापकोटा, माण्डवी गाउँपालिका वडा नं. ४ का संयोजक यम बहादुर राना मगर लगायतका अतिथिहरूको आतिथ्यता रहेको थियो । सभामा रक्तिमका केन्द्रीय तथा स्थानीय कलाकारहरूले गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो ।
भिङ्ग्रीमा विशाल सभा
राजमो कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सरकारले दोस्रो संशोधनमा उल्लेख गरेको ५ नंं प्रदेश टुक्राउने प्रस्तावलाई फिर्ता गरेर मधेशवादी दललाई चित्त बुझाउनका लागि तेस्रो संशोधन प्रस्ताव ल्याउँदा पनि मधेशी दलले दिनदिनै नयाँ प्रकारको प्रस्ताव अगाडि सार्ने काम गरेकाले चुनाव नै अन्यौलमा पर्न थालेको उल्लेख गर्दै मधेसी दलका मागहरू भारतकै इसारामा आएको दाबी गर्नु भयो । नेपालीले भन्नु भयो– “भारतले नेपाललाई टुक्राउन चाहन्छ । मधेशी दलहरू उक्त भारतको चाहना पुरा गर्न तल्लीन छन् । तसर्थ यस्ता प्रकारका गलत प्रस्तावलाई परास्त गर्नका लागि पनि तोकिएको समयमै स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न दबाब दिनु पर्ने आवश्यकता रहेको छ ।“ साथै तेस्रो संशोधन प्रस्ताव पनि राष्ट्रघाती भएकाले फिर्ता गर्नु पर्ने नेपालीको भनाइ थियो । उहाँले प्रमुख अतिथिको आसनबाट प्युठान स्वर्गद्वारी नगरपालिकाको भिङ्ग्रीमा २०७३ चैत्र ३१ गते सम्पन्न सभामा बोल्दै उक्त कुरा बताउनु भएको हो ।
सभा अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष भिम रानाको सञ्चालन, राजमो जिल्ला सदस्य तथा स्वर्गद्वारी नगरपालिका संयोजक इन्द्र बहादुर खड्काको अध्यक्षता र राजमो जिल्ला सदस्य गिर बहादुर गुरुङको स्वागतमा सम्पन्न भएको थियो । राजमो उपाध्यक्ष दुर्गा पौडेलले पहाडबाट तराईलाई अलग गरेको खण्डमा नेपालको अस्तित्व नरहने बताउँदै सङ्घीयता विष भएकाले सङ्घीयता नै हटाउनु पर्ने धारणा राख्नु भयो । सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, राजमो केन्द्रीय सदस्य सोम कुमार कार्की, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष शकुन्तला राना, अखिल (छैठौँ) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, राजमो जिल्ला समन्वय समितिका उपाध्यक्ष इमान सिंह खड्का, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव तथा स्वर्गद्वारी नगरपालिकाका मेयर पदका उम्मेदवार वीर बहादुर पुन, उपमेयर पदका उमेदवार खिमा दमाई (विन्दु परियार) लगायतका वक्ताले सम्बोधन गर्नु भएको थियो । सभामा अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा माण्डवी गाउँपालिकाका मेयर पदका उम्मेदवार जितामित्र सुनार, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य भिम बहादुर थापा, राजमो जिल्ला सदस्य मिनराज राना, रक्तिम सांस्कृतिक अभियान केन्द्रीय सदस्य गीता थापा, जिल्ला अध्यक्ष पिमलाल पुन लगायतका अतिथिहरूको आतिथ्यता रहेको थियो । सभामा रक्तिमका केन्द्रीय तथा स्थानीय कलाकारहरूले गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो । सो सभामा एमाले, माओवादी–केन्द्र र राप्रपा परित्याग गरी राजमोमा प्रवेश गरेका छन् । उनीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथिहरूले टीका लगाई दिनु भएको थियो ।
बरौलामा जनसभा
राजमो कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले स्थानीय निकायको चुनाव भनेको प्रत्यक्ष जनतासँग सरोकार राख्ने संस्था भएकाले चुनाव तोकिएको मितिमै सम्पन्न गर्न दबाब दिनु पर्ने बताउनुभएको छ । उहाँले प्रमुख आतिथिको आशनबाट प्युठान ऐरावती गाउँपालिकाको वडा नं. २ बरौलामा २०७४ वैशाख २ गते सम्पन्न सभामा बोल्दै उक्त कुरा बताउनु भएको हो । नेपालीले राजमो जिल्ला सदस्य अर्जुन थापाको सञ्चालन, राजमो पुरनठाँटी एरिया अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षता र राजमो जिल्ला सदस्य रमेश थापाको स्वागतमा सम्पन्न भएको थियो । विशिष्ट अतिथि राजमो उपाध्यक्ष एवम प्रवक्ता तथा प्रचार प्रसार टोली संयोजक दुर्गा पौडेलले राजमो सरकारमा रहँदा पनि सरकारले प्रस्ताव गरेका राष्ट्रघाती प्रस्तावका विरूद्व आवाज उठाएको बताँउदै भन्नु भयो– “राजमोलाई कुर्सीभन्दा राष्ट्रियता प्यारो छ ।“ सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, अखिल (छैठौँ) केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, राजमो केन्द्रीय सदस्य गोपाल नेपाली, ऐरावती गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठ, उपाध्यक्ष पदका उमेदवार सीता गैरे लगायतका वक्ताले सम्बोधन गर्नु भएको थियो । 
राजमो जिल्ला सदस्य केशव राज आचार्य, रमेश थापा, सल्लाहकार चन्द्र प्रसाद श्रेष्ठ, अखिल नेपाल किसान सङ्घका जिल्ला सदस्य कर्ण बहादुर रायमाझी, जातीय समता समाज केन्द्रीय कोषाध्यक्ष रेकम सुनार, अखिल (छैठौँ) का केन्द्रीय सचिवालय सदस्य सुवास जिसी, रक्तिम सांस्कृतिक अभियान केन्द्रीय सदस्य गीता थापा जिल्ला अध्यक्ष पिमलाल पुन, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेत बहादुर थापा, अखिल नेपाल महिला सङ्घ जिल्ला सदस्य वसन्ता जिसी, राजमो ऐरावती गाउँपालिका वडा नं. २ का अध्यक्ष हुम बहादुर रास्कोटी, ३ का अध्यक्ष प्रेम श्रेष्ठ, ४ का टुक बहादुर सापकोटा, ५ का टोपाराम केसी, ६ का चन्द्र बहादुर राना लगायतका अतिथिहरूको आतिथ्यता रहेको थियो । सभामा रक्तिमका केन्द्रीय तथा स्थानीय कलाकारहरूले गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो । गीता थापा, पिमलाल पुन, विष्णु शर्मा, खगेन्द्र विष्ट, सोनिया घर्ती र निर्मला खड्का लगायत सहभागी रहनु भएको रक्तिमका कलाकारहरूको टोलीले अभियानमा सांस्कृतिक प्रस्तुतिहरू दिई रहेको छ । रक्तिम कलाकारहरूको जोशिला गीत र नृत्यले दर्शकहरूलाई निकै आकर्षित गरेको छ । सो सभामा एमाले, माओवादी–केन्द्र र राप्रपा परित्याग गरी राजमोमा प्रवेश गरेका छन् । उनीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथिहरूले टीका लगाई दिनु भएको थियो ।
चुजाठाँटीमा सभा सम्पन्न
राजमो उपाध्यक्ष एवं प्रवक्ता तथा प्रचार प्रसार टोली संयोजक दुर्गा पौडेलले राष्ट्रियता मजबुत बनाउनका लागि स्थानीय निकायको चुनावमा राजमोले जित्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले प्रमुख आतिथिको आसनबाट वैशाख ३ गते प्युठान मल्लरानी गाउँपालिकाको वडा नं. ३ चुँजाठाँटीमा सम्पन्न सभामा बोल्दै उक्त कुरा बताउनु भएको हो । राजमो मल्लरानी गाउँपालिका वडा नं. ३ का संयोजक गिरिराज पौडेलको सञ्चालन, राजमो मल्लरानी गाउँपालिकाका संयोजक गोपालराज शर्माको अध्यक्षता र राजमो मल्लरानी गाउँपालिकाका सदस्य ऋषिराम पौडेलको स्वागतमा सम्पन्न भएको थियो । सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, अखिल (छैठौँ) का केन्द्रीय अध्यक्ष विमल पोखरेल, उपाध्यक्ष देवेन्द्र कुँवर, राजमो केन्द्रीय सदस्य कृष्ण खड्का, राप्ती–लुम्बिनी अध्यक्ष बोम बहादुर खत्री, मल्लरानी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अमर ध्वज राना, उपाध्यक्ष पदका उम्मेदवार सरिता जिसी लगायतका वक्ताले सम्बोधन गर्नु भएको थियो । 
रक्तिम सांस्कृतिक अभियान केन्द्रीय सदस्य गीता थापा, जिल्ला अध्यक्ष पिमलाल पुन, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय महासचिव चक्रपाणि पौडेल, जिल्ला उपाध्यक्ष कल्याण खड्का, कतार नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार बलदेव राना, जातीय समता समाज जिल्ला सदस्य लाल बहादुर विक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पूर्व केन्द्रीय सदस्य सूर्य नेपाली, लुधियाना नगर समितिका सदस्य खुम बहादुर थापा, राजमो मल्लरानी गाउँपालिका वडा नं. १ का संयोजक चिन्त बहादुर राहु, २ का सहसंयोजक गणेश जिसी, ३ का सहसंयोजक सुकमेली परियार, ४ का बालकृष्ण श्रेष्ठ, ५ का संयोजक गुणेन्द्र बस्नेत लगायतका अतिथिहरूको आतिथ्यता रहेको थियो । सभामा रक्तिमका केन्द्रीय तथा स्थानीय कलाकारहरूले गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो । सो सभामा एमाले, माओवादी–केन्द्र र राप्रपा परित्याग गरी राजमोमा प्रवेश गरेका छन् । उनीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथिहरूले टीका लगाई दिनु भएको थियो ।
खालमा विशाल सभा
राजमो कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले मधेशवादी दलले अगाडि सारेका संशोधन प्रस्तावले देशको अस्मिता खतरामा परेको उल्लेख गर्दै त्यस प्रकारका राष्ट्रघाती प्रस्तावहरूलाई परास्त गर्ने काम जनताको भएकाले परास्त गर्ने मौका स्थानीय निकायको निर्वाचन भएको तर्क दिदै यो बेलामा राजमोलाई विजय गराएर तिनीहरूका प्रस्तावका विरूद्व एकजुट बनि परास्त गर्नु पर्ने बताउनु भयो । उहाँले प्रमुख आतिथिको आशनबाट प्युठान स्वर्गद्वारी नगरपालिकाको वडा नं. २ मा पर्ने खालमा चैत ३० गते सम्पन्न सभामा बोल्दै उक्त कुरा बताउनु भएको हो । नेपालीले भन्नु भयो– “विदेशबाट पालित पोषित मधेशवादी दलको इसारामा एमाले, काङ्ग्रेस र माओवादी केन्द्र पनि राष्ट्रघाती संशोधनको साक्षी बसेका छन्, यी सबैलाई परास्त गर्नुपर्छ ।“ सभा अखिल नेपाल युवक सङ्घका जिल्ला अध्यक्ष भिम रानाको सञ्चालन, राजमो वडा नं. २ का वडा समन्वय समितिका अध्यक्ष धन बहादुर पुनको अध्यक्षता र राजमो जिल्ला सदस्य मिनराज रानाको स्वागतमा सम्पन्न भएको थियो । 
राजमो उपाध्यक्ष दुर्गा पौडेलले सङ्घीयताको नारा फलाक्नेहरूले नै संविधानले दिएको अधिकार कटौती गरेको उल्लेख्य गर्दै स्थानीय निकायमा चुनिएका जन प्रतिनिधिहरूले राष्ट्रिय सभामा प्रतिनिधि चुन्न पाउने अधिकार कटौती गरेर सङ्घीयताको नै खिल्ली उडाएकाले सङ्घीयता सफल नहुने दाबी गर्नु भयो । 
सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष दुर्गा बहादुर केसी, राजमो केन्द्रीय सदस्य सोम कुमार कार्की, अखिल नेपाल महिला सङ्घका केन्द्रीय उपाध्यक्ष शकुन्तला राना, अखिल (छैठौँ) का केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुँवर, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव तथा अध्यक्ष पदका उम्मेदवार वीर बहादुर पुन लगायतका वक्ताले सम्बोधन गर्नु भएको थियो । 
सभामा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय सदस्य गीता थापा जिल्ला अध्यक्ष पिमलाल पुन, घोराही उपमहानगरपालिकाका अध्यक्ष पदका उमेदवार राम बहादुर घर्ती, २०४९ सालका जनप्रतिनिधिहरू वडा नं. ३ का अध्यक्ष शिवलाल भण्डारीलाई र वडा नं. का अध्यक्ष टीकाराम दमाई लगायतका अतिथिहरूको आतिथ्यता रहेको थियो । सभामा रक्तिमका कलाकारहरूले गीत र नृत्य प्रस्तुत गर्नु भएको थियो । सो सभामा एमाले, माओवादी–केन्द्र र राप्रपा परित्याग गरी राजमोमा प्रवेश गरेका छन् । उनीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथिहरूले टीका लगाई दिनु भएको थियो । धन बहादुर पुनको संयोजकत्वमा एक सय ३१ सदस्यीय चुनाव प्रचार प्रसार समिति पनि घोषणा गरिएको थियो ।
सेती–महाकाली
राष्ट्रिय जनमोर्चा सेती–महाकालीले सञ्चालन गरेको प्रचारात्मक अभियान उत्साहपूर्ण ढङ्गले अघि बढी रहेको छ । गत २०७३ चैत २४ गते कञ्चनपुरको दोधारा–चाँदनीबाट सुरु भएको अयिभान कञ्चनपुर–डडेल्धुरा र डोटीका गाउँगाउँमा कार्यक्रम सम्पन्न भएका खबरहरू प्राप्त भएका छन् ।
अभियान टोलीले चैत २८ गते डोटीको तिखात्तर लेकगडामा विशाल सभा सम्पन्न गरेको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सेती–महाकाली प्रचार समितिका संयोजक मनोज भट्टको प्रमुख अतिथ्यता रहेको थियो भने राजमो केन्द्रीय सदस्य लाल बहादुर जाग्री, जिल्ला उपाध्यक्ष मिन बहादुर मलासी, जिल्ला सचिव केशव नाथ योगी, सहसचिव डबल बोगटीको पनि आतिथ्यता रहेको थियो । राजमो तिखात्तर गाउँ समितिको कोषाध्यक्ष गणेश बोगटीको अध्यक्षतामा सम्पन्न सभालाई गाउँ समितिका अध्यक्ष गगन सिंह कठायतले स्वागत मन्तव्य दिनु भएको थियो भने अखिल (छैठौँ) का केन्द्रीय सदस्य डबल तिरुवाले सञ्चालन गर्नु भएका थियो । 
चैत्र २८ गते दिउँसो बोक्टान गाउँ विकास समितिको जोगबुडामा सभा सम्पन्न भएको छ । सभाको प्रमुख अतिथि मनोज भट्ट रहनु भएको थियो भने अतिथिहरू केशव नाथ योगी, लाल बहादुर जाग्री डबल बोगटी, मिन बहादुर मलासी रहनु भएको थियो । 
राजमो बोक्टान गाउँ समितिका अध्यक्ष हेम विक्रम चन्दको अध्यक्षतामा सम्पन्न सभालाई समता समाजका जिल्ला अध्यक्ष राम बहादुर भुलले स्वागत मन्तव्य दिनु भएको थियो भने सञ्चालन डबल तिरुवाले गर्नु भएको थियो ।
चैत २९ गते डोटी जिल्लाको तिखात्तरको जम्राकोटमा आमसभा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि मनोज भट्ट रहनु भएको थियो भने अतिथि तथा वक्ताहरूमा लाल बहादुर जाग्री, केशव नाथ योगी, मिन बहादुर मलासी र डबल तिरुवा रहनु भएको थियो । कार्यक्रमको अध्यक्षता तेआइसिंह गाउँपालिका वडा नं. १ को वडा उम्मेदवार ममता औसी रहनु भएको थियो । कार्यक्रममा राम बहादुर भुलले स्वागत मन्तव्य दिनु भएको थियो भने सञ्चालन हिक्मत नेपालीले गर्नु भएको थियो ।
सोही दिन, दिउँसो भुमिराजमाडौँको डोदरबजारमा सभा सम्पन्न भएको छ । राजमो भुमिराजमाडौँको गाउँ समितिका अध्यक्ष तारासिंह बरायतको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख अतिथि मनोज भट्ट रहनु भएको थियो । सभामा अतिथिहरू लाल बहादुर जाग्री, मिन बहादुर मलासी, केशव नाथ योगी, अखिल (छैठौँ) का कार्यकर्ता यज्ञ भट्ट र राजमो कार्यक्रम श्याम खड्का रहनु भएको थियो । कार्यक्रममा किसान सङ्घका जिल्ला सदस्य देवनाथ योगीले स्वागत गर्नु भएको थियो भने सञ्चालन राजमो जिल्ला सदस्य उमाकान्त जोशीले गर्नु भएको थियो ।
चैत ३० गते तेआइसिंह गाउँपालिकाको राना गाउँमा सभा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि मनोज भट्ट रहनु भएको थियो । अतिथिहरूमा मिन बहादुर मलासी, केशव नाथ योगी, डबल तिरुवा र राजमो राना गाउँ समिति सदस्य डम्बर रावल रहनु भएको थियो । राजमो रानागाउँ समितिका अध्यक्ष रामचन्द्र भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रक्तिम अभियानका केन्द्रीय सदस्य लक्ष्मी रिजालले गर्नु भएको थियो भने स्वागत राम बहादुर भुलले गर्नु भएको थियो ।
चैत ३१ गते डोटीकै शिखर नगरपालिकाको धरकोटमा सभा सम्पन्न भएको छ । मनोज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको अतिथि राजमो जिल्ला अध्यक्ष वेणी माधव जोशी पनि रहनु भएको थियो । शिखर नगर समितिको सदस्य नवराज जोशीको अध्यक्षता रहेको थियो सञ्चालन लक्ष्मी रिजालले र स्वागत केशव नाथ योगीले गर्नु भएको थियो ।
२०७४ वैशाख २ गते कैलालीमा चुरे गाउँपालिकाको बयलामा सभा सम्पन्न भएको छ । सो कार्यक्रममा सभाको प्रमुख अतिथि मनोज भट्टले माओवादी–केन्द्रका जिल्ला सदस्य यम बहादुर सावद र हर्क कार्की पार्टी परित्याग गरी राजमो प्रवेश गरेकोमा अविर लगाएर स्वागत गर्नु भएको थियो । त्यसका साथै उहाँले सयौँ जनालाई पार्टी सदस्यता दिनु भएको थियो । त्यस्तै, कार्यक्रममा अतिथिहरू खिलानन्द कँडेल, शिक्षक सङ्घका जिल्ला सचिव राजमो जिल्ला अध्यक्ष लक्षीराम आचार्य, सचिव हुकुम साउद, लक्ष्मी रिजाल, यम बहादुर साउद, हर्क कार्की र अखिल (छैठौँ) का जिल्ला अध्यक्ष उमेश कँडेल रहनु भएको थियो ।
राजमो चुरे गाउँ समितिको सदस्य तेज बहादुर बम रजवारको अध्यक्षतामा सम्पन्न सभालाई स्वागतमा मन्तव्य गाउँ समिति सदस्य कर्ण बहादुर साउदले गर्नु भएको थियो । यसै गरी, सञ्चालन अखिल (छैठौँ) का जिल्ला सचिव यकेन्द्र कँडेल र रक्तिमका जिल्ला सदस्य सुग्रिम विकले गर्नु भएको थियो । रक्तिमका कलाकार लक्ष्मी रिजाल सहितको टोलीमा स्वेता बोहरा, शिखा पाण्डे, प्रेम चौधरीले जोशिला गीत नृत्य प्रस्तुत गर्दै आउनु भएको छ । 
सेती–महाकाली क्षेत्रमा राष्ट्रिय प्रचारात्मक कार्यक्रम अगाडि बढाई रहेको राष्ट्रिय जनमोर्चाको यो टोलीमा रक्तिमका केन्द्रीय सदस्य लक्ष्मी रिजालको नेतृत्वमा चक्र चुनारा, पवित्रा बडु, प्रेम चौधरी, श्वेता बोहरा, शिखा पाण्डे, दुर्गा धमला र मिन बोगटी सम्मिलित रहनु भएको कलाकारहरू टोली सहभागी रहेको छ । टोलीले जनसभाको बीच बीचमा राष्ट्रियता र क्रान्तिकारी भाव बोकेका जोशिला गीत, नृत्यहरू प्रस्तुत गर्दै आई रहेको छ । रक्तिम कलाकारहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा उर्जा थपी रहेको छ र दर्शकहरूलाई आकर्षित गरी रहेको छ ।
भेरी–कर्णाली
राष्ट्रिय जनमोर्चा भेरी–कर्णालीले सञ्चालन गरेको प्रचारात्मक अभियान तीव्र रूपमा अगाडि बढी रहेको छ । गत महिना २०७३ चैत २४ गते अभियानको उद्घाटन बर्दियाको राजापुरबाट सुरु भई कोहलपुर, सुर्खेत लगायत विभिन्न गाउँगाउँमा टोलीले कार्यक्रम गर्दै आई रहेको छ ।
यसै कार्यक्रम अन्तर्गत अभियान टोलीले चैत २८ गीते बिहान कोहलपुरको मदनचोकमा कोणसभा सम्पन्न गरेको छ । सम्पन्न सभालाई वामपन्थी नेता तुलसी सापकोटा र राजमो जिल्ला अध्यक्ष गौरीलाल कार्कीले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन राजमो बाँके जिल्ला सचिव गुणनिधि आचार्यले गर्नु भएको थियो ।
सोही दिन टोली दिउँसो २ बजे कोहलपुरको चौराहमा विशाल सभा सम्पन्न भएको छ । सभाको प्रमुख अतिथि तुलसी सापकोटा रहनु भएको थियो भने वक्ताहरू अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष बाल कुमारी आचार्य र गौरीलाल कार्की रहनु भएको थियो । 
यसै गरी अतिथिहरूमा भेरी–कर्णाली क्षेत्रीय प्रचार प्रसार समितिको संयोजक वासुदेव पोख्रेल (मसाल) को बाँके जिल्ला प्रवक्ता जगदीश ढकाल, राजमो बाँके सल्लाहकार भिम प्रसाद देवकोटा, रक्तिम केन्द्रीय सल्लाहकार मान बहादुर भण्डारी, समता समाजको केन्द्रीय सदस्य मान बहादुर सुनार र सहिद पत्नी पार्वती कार्की रहनु भएको थियो ।
कार्यक्रमको अध्यक्षता राजमो जिल्ला कोषाध्यक्ष जोड प्रसाद भण्डारीले गर्नु भएको थियो । यसै गरी राजमो कोहलपुर नगर समितिका सदस्य गीताराम कँडेलले स्वागत मन्तव्य दिनु भएको थियो भने सञ्चालन गुणनिधि आचार्यले गर्नु भएको थियो ।
यसै गरी २८ गते साँझ राप्ती सोनारी गाउँपालिकाको अगैचा बजारमा कोणसभा सम्पन्न भएको छ । प्रचार समिति सदस्य धर्म दानीले गर्नु भएको सञ्चालन कार्यक्रमलाई राजमो बाँके जिल्ला उपाध्यक्ष कृष्णराज पाण्डेले सम्बोधन गर्नु भएको थियो । 
यसै गरी चैत २९ गते राप्ती सोनारी गाउँपालिकाको कुसुम बजारमा विशाल सभा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि वासुदेव पोख्रेल रहनु भएको थियो भने वक्तामा तुलसी सापकोटा, कृष्णराज पाण्डे, भिम प्रसाद देवकोटा रहनु भएको थियो । यसै गरी अतिथिहरूमा जगदीश ढकाल, मान बहादुर भण्डारी, राजमो राप्ती सोलारी गाउँपालिकाको सदस्य राजु चौधरी रहनु भएको थियो । राजमो राप्ती सोनारी गाउँपालिकाको सदस्य वीर बहादुर विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन धर्म दानी र स्वागत गाउँपालिका सदस्य तिलक विकले गर्नु भएको थियो ।
सोही कार्यक्रममा राजमो राप्ती सोनारी गाउँपालिकाकोतर्फबाट आगलागी पीडित नर्मदा खड्कालाई नौ हजार रूपैया सहयोगस्वरूप राहत प्रदान गरिएको थियो । 
यसै गरी २९ गते साँझ ५ बजे सम्सेरगञ्ज बजारमा कोणसभा सम्पन्न भएको छ । बासुदेव पोख्रेल र भिम प्रसाद देवकोटाले कार्यक्रममा सम्बोधन गर्नु भएको थियो भने सञ्चालन धर्म दानीले गर्नु भएको थियो । प्रचारात्मक अभियान टोलीसँग तुलसी सापकोटा, मान बहादुर भण्डारी, धर्म दानी, डम्बर थापा, नविन थापा, पम्फा बरुवाल, छमी कार्की र प्रतिमा गिरी रहनु भएको छ । टोली २९ गते साँझ बर्दियाको बबइमा बाँस बसेको थियो । 
यसैगरी ३० गते बिहान बबई बजारको बीच चोकमा कोणसभा सम्पन्न भएको थियो । धर्म दानीइले गरेको सञ्चालन कार्यक्रमलाई तुलसी सापकोटा र बासुदेव पोख्रेलले सम्बोधन गर्नु भएको थियो ।
यसैगरी चैत ३० गते दिउँसो ३ बजे सुर्खेतको छिन्चु बजारमा कोणसभा सम्पन्न भएको छ । कार्यक्रममा बासुदेव पोख्रेल, तुलसी सापकोटा, राजमो सुर्खेत जिल्ला सल्लाहकार धन प्रसाद देवकोटाले सम्बोधन गर्नु भएको थियो भने सञ्चालन धर्म दानीले गर्नु भएको थियो । 
अभियान अन्तर्गत ३१ चैत्रका दिन टोलीले सुर्खेतको लेखबेशी नगरपालिकाको दशरथपुर बजारमा प्रचारात्मक सभा सम्पन्न गरेको छ । बीचबीचमा रक्तिमका कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुतिहरू समेत रहेको सो सभालाई प्रमुख अतिथिको आसनबाट टोली प्रमुख बासुदेव पोख्रेलले सम्बोधन गर्नु भएको थियो । सभालाई वाम नेता तुलसीराम सापकोटा, नेकपा (मसाल) का सुर्खेत जिल्ला प्रवक्ता बालकृष्ण सुनार टोली सदस्य महिला नेतृ कृष्ण रावल र टोलीका सदस्य धर्म दामीले समेत सम्बोधन गर्नुभएको थियो । राजमो लेखवेशी नगर समितिका उपसंयोजक भक्त पोख्रेलको अध्यक्षता, जिल्ला सदस्य नर बहादुर फौजाको स्वागत मन्तव्य र रक्तिम सांस्कृतिक अभियान सुर्खेतका पूर्व अध्यक्ष किशोर पोख्रेलको सञ्चालनमा सभाको कार्यक्रम अघि बढेको थियो । सभामा बयोवृद्ध वाम नेता मोती प्रसाद मिदुन, राजमो सुर्खेतका अध्यक्ष गोविन्द प्रसाद सुवेदी, भेरी–कर्णाली क्षेत्रीय समितिका कोषाध्यक्ष धन प्रसाद देवकोटा, रक्तिमका केन्द्रीय सल्लाहकार मान बहादुर भण्डारी र आसन्न स्थानीय निर्वाचनका लागि लेखवेशी नगरपालिकामा राजमोकातर्फबाट मेयर पदका उम्मेदवार मोहन थापाको समेत आतिथ्यता रहेको थियो । 
सुर्खेत जिल्लाकै गटुबजारमा टोलीले नयाँ वर्ष २०७४ को पहिलो दिन वा वैशाखका दिन विशाल सभा सम्पन्न गरेको थियो । चौकुने गाउँपालिकाकी राजमो संयोजक लक्ष्मी सुनारको अध्यक्षता र धर्म दानीको सञ्चालनमा अघि बढेको सो सभालाई बालकृष्ण सुनार, मान बहादुर भण्डारी, कृष्ण रावल, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य धर्मराज लम्साल, पञ्चपुरी गाउँपालिकाका लागि राजमोकातर्फबाट अध्यक्षका उम्मेदवार थानेश्वर तिवारी, चौकुने गाउँपालिकाका लागि राजमोका प्रस्तावित उम्मेदवार दिपेन्द्र उपाध्यायले सम्बोधन गर्नु भएको थियो । १ वैशाख साँझपख टोलीले सुर्खेतको विद्यापुर बजारमा कोणसभा सम्पन्न गरेको थियो । धर्म दामीको सञ्चालनमा अघि बढेको सो सभालाई वासुदेव पोख्रेलले सम्बोधन गर्नु भएको थियो । विद्यापुर र गुटु दुवै स्थानका सभाहरूको बीच बीचमा रक्तिम कलाकारहरूले बेजोड सांस्कृतिक प्रस्तुति दिएको थियो । 
टोलीले २ वैशाखका दिन सुर्खेतकै बाबियाचौर बजारमा प्रचारात्मक सभा सम्पन्न गरेको थियो । धर्मराज लम्सालको अध्यक्षता, धर्म दानीको सञ्चालन र थानेश्वर तिवारीको स्वागत मन्तव्यबाट अघि बढेको सो सभालाई पनि वासुदेव पोख्रेल, बालकृष्ण सुनार र कृष्ण रावलले सम्बोधन गर्नु भएको थियो । मान बहादुर भण्डारी, राजमो बाबियाचौरका सदस्यहरू पार्वती चन्द र चक्र बिसीको समेत आतिथ्यता रहेको सो सभामा पनि रक्तिम कलाकारहरूको टोलीले आकर्षक सांस्कृतिक प्रस्तुति दिएको थियो ।
३ वैशाखका दिन अभियान टोलीले दैलेख जिल्ला भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारमा विशाल जनसभा सम्पन्न गरेको थियो । सो सभालाई पनि वासुदेव पोख्रेलले नै प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । सभालाई सम्बोधन गर्ने अन्य वक्ताहरूमा राजमो दैलेखका अध्यक्ष अम्मर नेपाली, सल्लाहकार पूर्ण शाही, पूर्व अध्यक्ष जगत प्रसाद रेग्मी र कृष्ण रावल हुनु हुन्थ्यो । माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष भरत बहादुर शाही, रक्तिमका केन्द्रीय सल्लाहकार मान बहादुर भण्डारी, अखिल नेपाल युवक सङ्घका प्रतिनिधि तेज रोकाय, अखिल (छैठौँ) की प्रतिनिधि सुर्खेत क्याम्पसकी स्ववियु सदस्य भावना शाही र अखिल नेपाल शिक्षक सङ्घ दैलेखका अध्यक्ष राम बहादुर रोकाय समेतको सो सभामा आतिथ्यता रहेको थियो । भगवतीमाई गाउँपालिकाका राजमो संयोजक जनक राज रेग्मीको अध्यक्षता, राजमो दैलेखका उपाध्यक्ष कविराज खत्रीको सञ्चालन र सचिव सुरत रावलको स्वागत मन्तव्यबाट अघि बढेको सो सभाको बीच बीचमा रक्तिमका कलाकारहरूले बेजोड सांस्कृतिक प्रस्तुति दिएका थिए । 
टोलीले ४ वैशाखको बिहान दैलेख जिल्लाको सदरमुकाम दैलेख बजारस्थित देवकोटा चोकमा कोणसभा सम्पन्न गरेको थियो । रक्तिम कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तृति समेत रहेको सो सभालाई बासुदेव पोख्रेल, जगत प्रसाद रेग्मी र सुरत रावलले सम्बोधन गर्नु भएको थियो ।
भेरी–कर्णाली क्षेत्रमा राष्ट्रिय प्रचारात्मक अगाडि बढाई रहेको राजमोको यो टोलीका साथमा रक्तिमका केन्द्रीय सल्लाहकार मान बहादुर भण्डारीको नेतृत्वमा पम्फा बडुवाल, छविसरा कार्की, नविन मिदुन, प्रतिभा गिरी र डम्बर थापा सम्मिलित रहनु भएको कलाकारहरू टोली सहभागी रहेको छ । टोलीले जनसभाको बीच बीचमा राष्ट्रियता र क्रान्तिकारी भाव बोकेका जोशिला गीत, नृत्यहरू प्रस्तुत गर्दै आई रहेको छ । रक्तिम कलाकारहरूको सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा उर्जा थपी रहेको छ र दर्शकहरूलाई आकर्षित गरी रहेको छ । 

नारायणी
पालुङमा थाहा नगरपालिकाका शिखरकोटमा राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न भएको छ । राजमो राष्ट्रिय प्रचारात्मक अभियान नारायणी क्षेत्रको आयोजनामा २०७३ चैत्र २५ गते सम्पन्न सभाको प्रमुख अतिथि अभियानका नारायणी क्षेत्रीय संयोजक भागिरथ भट्टराई हुनु हुन्थ्यो । कार्यक्रमको अध्यक्षता राजमो मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण विष्ट, सञ्चालन गणेश विष्ट र स्वागत अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष सानुभाइ कार्कीले गर्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य कृष्ण बहादुर विष्ट र राजमो नेता पुरुषोत्तम कार्कीको पनि आतिथ्यता रहेको थियो । 
यसैबीच नजिकिदै गरेको स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै राजमो चितवनले आफ्नो सङ्गठनात्मक अभियानलाई तीव्र गतिमा अघि बढाई रहेको छ । यसै सिलसिलामा २०७४ वैशाख ३ गते भरतपुर महानगरपालिका वडा नं. २३ को जगतपुरमा राजमोको वडा भेला सम्पन्न गरिएको छ । नेकपा (मसाल) चितवनका प्रवक्ता मोहन मणि ढकालको विशेष आतिथ्यतामा सो भेला सम्पन्न गरिएको हो । अग्निधर सुवेदीको अध्यक्षतामा अघि बढेको सो भेलामा राजमो चितवनका उपाध्यक्ष अम्मर बहादुर क्षेत्रीको समेत आतिथ्यता रहेको थियो ।
भेलाले डिल प्रसाद आचार्यको अध्यक्षतामा राजमोको २३ नं. वडा समिति गठन गरेको छ । गठित समितिको सचिव गीता चालिसे र कोषाध्यक्ष भगवती आचार्य रहनु भएको छ । नौ सदस्यीय सो समितिका सदस्यहरूमा अग्निधर सुवेदी, विष्णुदेवी शर्मा, गुणनिधि सुवेदी र रोमनाथ शर्मा रहनु भएको छ । सदस्यका दुई स्थानहरू हाललाई रिक्त राखिएको छ भने वीर प्रसाद चालिसे, उमादेवी शर्मा र मन कुमारी ढकाल सो समितिको सल्लाहकार रहनु भएको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
मधेशवादीहरूसित सहमतिको प्रयत्न व्यर्थको कसरत ः मसाल
युवक सङ्घले राजमोका उम्मेदवारलाई सघाउने
देशमा सिक्किमीकरणको खतरा झनै बढेको छ ः पुन
राष्ट्रपति भण्डारीलाई दिल्लीमा अपमानपछि सम्मान ?
शुल्क घटाउन तीन दिने अल्टिमेटम
डोल्पामा जिप दुर्घटना
प्राकृतिक ग्याँस भेटियो
कार्यक्रम नगर्न सर्वोच्चको आदेश
राजमो उपमनपाको भेला सम्पन्न
राजमो गँगदीको अध्यक्षमा रोका
चुनाव सम्पन्न गर्न खबरदारी आवश्यक ः पौडेल
राष्ट्रिय गानका सर्जक विकास दूत
संगठनात्मक समाचार/संक्षिप्त
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal