२०७४ जेष्ठ १० गते, बुधबार   वर्ष ३४, अङ्क २६
मिति(२०७४ ज्येष्ड १५, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
संगठनात्मक समाचार/संक्षिप्त
राजमोको नगर भेला सम्पन्न
बर्दघाट, नवलपरासी । राष्ट्रिय जनमोर्चाको बर्दघाट नगरपालिका स्तरीय भेला २०७४ वैशाख ५ गते बर्दघाट बजारमा सम्पन्न भएको छ । बामनेता गङ्गा पौडेलको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको हो । भेलाले राजमोको बर्दघाट नगर समन्वय समिति, स्थानीय निर्वाचनका लागि प्रचारप्रसार समिति गठन गर्नुका साथै वडा अध्यक्ष र सदस्य पदका लागि उम्मेदवारहरूको नामावली तय गरी अनुमोदनका लागि जिल्ला समितिमा पठाउने निर्णय गरेको छ ।
गठित बर्दघाट नगर समन्वय समितिको संयोजक रेम राना रहनु भएको छ । सात सदस्यीय सो समितिका सदस्यहरूमा ढुण्डीराज पोख्रेल, गणेश आचार्य, शोभा लामिछाने, लक्ष्मण जङ्ग हमाल, बलिराज रेग्मी र टेक बहादुर गिरी रहनुभएको छ । नगर समन्वय समिति सबै सदस्यहरू सहित कुल १५ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति पनि भेलाले गठन गरेको छ । सो प्रचार प्रसार समितिको संयोजक ढुण्डीराज पोख्रेल रहनुभएको छ । समितिका बाँकी सदस्यहरूमा सिमा काफ्ले, अन्जु आचार्य, विपिन लामिछाने, विशाल पोख्रेल, सिर्जना राना, विशाल हमाल, पुनाराम रेग्मी र नविन शर्मा रहनुभएको छ । 

नागार्जुनमा राजमोको कार्यालय उद्घाटन
काठमाडौँ । राष्ट्रिय जनमोर्चा नागार्जुन नगरपालिकाको हसनटारमा नगर कार्यालय उद्घाटन गरिएको छ । २०७४ वैशाख ४ गते राजमोका नेता आनन्द शर्माको विशेष उपस्थितिमा सो कार्यक्रमको उद्घाटन कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा बागमती क्षेत्रीय अध्यक्ष लाल बहादुर थापा र अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढाको पनि उपस्थिति रहेको थियो । आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय निकाय निर्वाचन तयारीका लागि विभिन्न गाउँ तथा नगरमा कार्यालय स्थापना गर्ने क्रममा काठमाडौँ जिल्ला अन्तर्गत सो नागार्जुन नगर कार्यालय स्थापना गरिएको हो । 

जनजातिको वडा समिति गठन
काभ्रे । अखिल नेपाल जनजाति सम्मेलनको काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ११ मा वडा समिति गठन भएको छ । २०७३ चैत्र ३० गते सम्मेलनका केन्द्रीय अध्यक्ष निम बहादुर बुढाको विशेष उपस्थितिमा भेला सम्पन्न भएको थियो । भेलाले धन बहादुर दर्लामीको अध्यक्षतामा जनजाति सम्मेलनको ७ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्ष बद्रि दर्लामी, सचिवमा चन्द्रावती राना र कोषाध्यक्षमा अनिता दर्लामी रहनु भएको छ । सदस्यहरूमा विष्णादेवी राना, रोहित राना र सितल थापा रहनु भएको छ । कार्यक्रममा जनजाति सम्मेलन काठमाडौँ उपत्यका समन्वय समितिका सचिव शङ्कर श्रीस, राजमो काभ्रे जिल्ला अध्यक्ष सुवर्ण थापा, कोषाध्यक्ष जानकी श्रेष्ठ र राजमोका पनौती नगरटार अध्यक्ष कुलराज सापकोटाको पनि उपस्थिति रहेको थियो । भेलामा आगामी स्थानीय निकाय निर्वाचनको तयारीबारे छलफल गर्नुका साथै साङ्गठनिक प्रशिक्षण समेत दिइएको थियो ।

राजमोको चुनावी सभा सम्पन्न
प्युठान । मल्लुरानी गाउँपालिका वडा नं. १ अर्माङमा राजमोको चुनावी सभा सम्पन्न भएको छ । राजमो चुँजा गाउँ समितिका सदस्य गिरबहादुर घर्तीको अध्यक्षता, सचिव लेखबहादुर थापाको सञ्चालनमा सम्पन्न सभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट राजमो केन्द्रीय सल्लाहकार बोमबहादुर खत्रीले सम्बोधन गर्नुभएको थियो भने अतिथिहरू राजमो जिल्ला सदय अमरध्वज राना, जातीय समता समाजका समानसिंह नेपाली, सूर्य बहादुर नेपाली लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । चैत्र २४ गते सम्पन्न सभामा प्रमुख अतिथि प्यूठान जिविसका निवर्तमान सभापति बोमबहादुर खत्रीले राजमोले विगतमा गरेका विकास निर्माणबारे चर्चा गर्दै राजमोलाई विजयी बनाउन आग्रह गर्नुभएको थियो । 

राजमो प्यूठान–काठमाडौँ सम्पर्क समितिको प्रशिक्षणात्मक भेला सम्पन्न
काठमाडौँ । स्थानीय निकायको चुनावमाथि केन्द्रीय हुँदै राष्ट्रिय जनमोर्चा प्यूठान–काठमाडौँ सम्पर्क समितिको प्रशिक्षणात्मक भेला २०७३ चैत्र २६ गतेका दिन काठमाडौँमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव मोहनविक्रम सिंहको विशेष उपस्थितिमा सो भेला सम्पन्न भएको थियो । भरत भण्डारीको सञ्चालन तथा समिर सिंहको अध्यक्षताका साथ अगाडि बढेको सो भेलालाई कानुन व्यवसायी पदम रोका, किसान सङ्घका महासचिव चक्रपाणी पौडेल, उद्योग व्यवसायी ज्ञामुराम न्यौपाने, सम्पर्क समितिका निर्वतमान अध्यक्ष गुणप्रसाद आचार्य लगायतले संबोधन गर्नु भएको थियो । सो भेलाले बैशाख २ गते संयुक्त नगरपालिका तथा गाउँपालिकास्तरिय भेला गर्ने गरी विभिन्न इन्चार्जहरूको समेत चयन गरेको छ । जसमा प्यूठान नगरपालिका–भरतमणि भण्डारी, स्वर्गद्धारी नगरपालिका–धनीराम खनाल, गौमुखी गाउँपालिका–रामबहादुर बुढा, झिम्रुक गाउँपालिका–हिमाल विक्रम जि.सी., ऐरावती गाउँपालिका–गुणप्रसाद आचार्य, मल्लरानी गाउँपालिका–हुमराज पौडेल, स्वरुमारानी गाउँपालिका–सिर्जना जि.सी. रहनुभएको छ । 

राजमो बाग्लुङ–पोखरा निर्वाचन सहयोग समितिमा गौतम 
पोखरा । राष्ट्रिय जनमोर्चा बाग्लुङ पोखरा सम्पर्क समितिको आयोजनामा २०७३ चैत्र २५ गते भेला सम्पन्न भएको छ । भेलाले आकाश गौतम संयोजक रहनुभएको ३३ सदस्यीय राष्ट्रिय जनमोर्चा बाग्लुङ पोखरा निर्वाचन सहयोग समिति गठन गरेको छ । समितिका सदस्यहरूमा सन्तोष पौडेल, बिक्रम थापा, हिरालाल श्रीस, गोबिन्द पौडेल, दिलिप रेग्मी, दिपक गुरुङ, दानु सारु, देबिलाल कंडेल, भागीरथ शर्मा, जयाराम आचाय, टेक बहादुर थापा, जमुना खत्री, देबिकला बिक, पदम बिशान बिक, दयाराम लामिछाने, गङ्गा पुन, इन्द्रमणी पाण्डे, शिव पुन, जीवन पुन, खगेन्द्र पौडेल, जीवन सुनार, पवन शर्मा, प्रबिन पौडेल थापा, क्रिश्न पौडेल, हिरोहित पौडेल, तुलेन्द्र पुन, प्रेम बिक खिम बहादुर बुढामगर, दुमनाथ शर्मा र मिना देवी शर्मा रहनुभएको छ । त्यस्तै आकाश गौतम, सन्तोष पौडेल, बिक्रम थापा, हिरालाल श्रीस र गोबिन्द पौडेल रहने गरी सचिवालय पनि गठन गरेको छ । भेला राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । 

राष्ट्रिय जनमोर्चाको वार्ड भेला सम्पन्न
कपिलवस्तु । बाणगङ्गा नगरपालिका वार्ड नम्बर ८ मधुवनमा राष्ट्रिय जनमोर्चाको वार्ड भेला सम्पन्न भएको छ । भेलाले टङ्क जी.सी. को अध्यक्षतामा ११ सदस्यीय बाणगËा नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी भुसाल , सचिवमा कमला पौडेल, सह–सचिवमा गिर बहादुर के.सी. र कोषाध्यक्षमा हिमलाल न्यौपाने रहनुभएको छ । त्यस्तै सदस्यहरूमा प्रेमकला खत्री, सन्त बहादुर जी.सी., तिल बहादुर जी.सी., टेकपति सापकोटा, टिकाराम पौडेल र लाल बहादुर के.सी. रहनुभएको छ । त्यसैगरी सल्लाहकारहरूमा डवल सिंह जी.सी. र ऋषिराम शर्मालाई चयन गरिएको छ । 
भेला डवल सिंह जी.सी. को अध्यक्षता हिमलाल न्योपानेको स्वागत र टङ्क जी.सी. को सञ्चालनमा सम्पन्न भएको थियो । भेला अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेल र ने.क.पा. मसाल जिल्ला प्रवक्ता छबिलाल गैरेको बिशेष उपस्तिथिमा सम्पन्न भएको थियो । –(माधव भाट क्षेत्री )

कास्कीमा राजमोको चुनावी अभियान
पोखरा । राष्ट्रिय जनमोर्चा कास्कीले २०७४ वैशाख १ गते मादी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको स्थानीय निर्वाचनको प्रचार प्रसार अभियान सञ्चालन गरेको छ । राजमो कास्कीका अध्यक्ष रवि मोहन ढकालको नेतृत्वमा गणेश अधिकारी र रमेश गुरुङ सम्मिलित रहनु भएको राजमो कास्कीको टोलीले सो अभियान नेतृत्वमा सञ्चालन गरेको हो । अभियान अन्तर्गत मिजुरेको पखरीबोटमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नुका साथै व्यापक सदस्यता वितरण गरिएको छ ।
२०७३ चैत्र ३० गते राष्ट्रिय जनमोर्चा कास्कीका उपाध्यक्ष चन्द्र बहादुर केसी, शङ्कर बराल, राम प्रसाद शर्मा, विष्णु पुरी समेतको टोलीले पोखरा महानगरपालिका वडा नं. २१ निर्मल पोखरी, फोक्सिङ र कस्तीमा प्रचार अभियान सञ्चालन गर्नुका साथै सो स्थानमा वडा समिति गठन गरेको छ । 
२०७४ वैशाख ३ गते पोखरा महानगरपालिका वडा नं. ६ बैदाममा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । उक्त भेलाको सञ्चालन लक्ष्मी कुँवरले गर्नु भएको थियो भने पोखराको मेयरका उम्मेदवार चन्द्र बहादुर केसी, कास्की राजमोका सचिव आकास गौतमले राष्ट्रिय जनमोर्चाको नीति कार्यक्रम र स्थानीय चुनावका विषयमा प्रशिक्षण दिनु भयो । भेलाले टेक बहादुर लामाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ । उपाध्यक्ष लक्ष्मण ढुङ्गाना, सचिव विनोद केसी, सहसचिव रमेश पहारी, कोषाध्यक्ष लक्ष्मी कुँवर सदस्यहरू सीता न्यौपाने, केशव क्षेत्री, करण पहारी, प्रमिला केसी, दिवस लामिछाने, दिनेश कोइराला, मिन बहादुर पहारी, होम सुनार, प्रेम बहादुर केसी, माया अधिकारी, चोला पुन लगायत समितिमा रहनु भएको छ । 

रक्तिमको सांस्कृतिक शिविर सम्पन्न
नवलपरासी । रक्तिम सांस्कृतिक अभियान क्षेत्र नं. २ को क्षेत्रीय समिति नवलपरासीले सञ्चालन गरेको एक हप्ते सांस्कृतिक शिविरको २०७४ वैशाख ३ गते समापन गरिएको छ । २०७३ चैत २७ गते डण्डाको पिपरेनीमा भएको उद्घाटन कार्यक्रमको भव्यताका साथ ३ वैशाखमा सोही स्थानमा समापन गरिएको थियो ।
कार्यक्रममा राजमोको केन्द्रीय प्रचारात्मक अभियानका लागि नारायणी क्षेत्रका संयोजक भागिरथ भट्टराई र राजमो जिल्ला सदस्य वीर बहादुर एमसीले सम्बोधन गर्नु भएको थियो । अभियान कार्यक्रमको सञ्चालन रक्तिम युएईका अध्यक्ष डम्बर भण्डारीले गर्नु भएको थियो । रक्तिमका कलाकारहरू, बन्दना राना मगर, जनक श्रीस, कमला क्षेत्री, रेखा भण्डारी, पुष्पा न्यौपाने, रमा गुरुङ, मीना गुरुङ, आकृति भण्डारी, विष्णु परियार, सन्दीप पुन मगर, रक्षा अधिकारी, रचना अधिकारी र सिला अधिकारीले समापन कार्यक्रममा रोचक गीत तथा नृत्य प्रस्तुत गर्नु भएको थियो । 

राजमो उपमनपाको भेला सम्पन्न
हेटौँडा । राष्ट्रिय जनमोर्चा हेटौँडा उपमहानगरपालिका समितिको भेला सम्पन्न भएको छ । भेलाले अध्यक्षमा पुण्य प्रसाद तिमिल्सिना, उपाध्यक्षमा ओविन्द्र लुइटेल, सचिव अर्जुन न्यौपाने, सहसचिवमा कल्पना बिडारी र कोषाध्यक्षमा नवराज खरेल रहनु भएको छ । त्यस्तै, सदस्यमा पुष्पलाल काफ्ले, कल्पना बस्नेत लगायत रहनु भएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा नारायणी इन्चार्ज डम्बर पुरी, राजमो नारायणी सदस्य निर बहादुर सिन्तान, नेकपा (मसाल) मकवानपुरका प्रवक्ता रामहरि धिताल, राजमो मकवानपुरका सल्लाहकार प्रकाश चन्द्र अर्याल लगायतको उपस्थिति रहेको थियो । भेलामा विभिन्न पार्टी परित्याग गरी तथा स्वतन्त्र रूपमा समाज सेवा गर्दै आउनु भएका व्यक्तित्वहरूलाई केन्द्रीय सदस्य डम्बर पुरीले सदस्यता प्रदान गर्नु भएको थियो ।

राजमो गँगदीको अध्यक्षमा रोका
भालुवाङ । राष्ट्रिय जनमोर्चा एरिया नं. १ अन्तर्गत राजपुर गाउँपालिका वडा नं. ६ गङ्गदीको २०७३ चैत्र २८ गते सम्पन्न भेलाले सुरेन्द्र कुमार रोकाको अध्यक्षतामा नौ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लुद्र बहादुर बुढा, कोषाध्यक्षमा खिर्मादेवी घर्ती, सचिवमा बाबुराम कवर मगर र सहसचिवमा टोप बहादुर घर्ती रहनु भएको छ । त्यसै गरी सदस्यहरूमा हरि बहादुर घर्ती, वीर बहादुर विक, लली सार्की र रेशम बहादुर बुढा मगर रहनु भएको छ ।
भेलाले अध्यक्ष सुरेन्द्र कुमार रोकाको संयोजकत्वमा ७५ सदस्यीय निर्वाचन प्रचार प्रसार उपसमिति समेत गठन गरेको छ । ज्येष्ठ सदस्य गणेश नेपालीको अध्यक्षतामा भएको भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चा जिल्ला सचिवालय सदस्य महेश रिजालले गर्नु भएको थियो । भेलालाई राष्ट्रिय जनमोर्चा राजपुर गाउँ समन्वय समितिका उपाध्यक्ष एक बहादुर घर्ती, जातीय समता समाज राजपुर गाउँ समितिका सल्लाहकार राज कुमार विश्वकर्मा लगायतले मन्तव्य दिनु भएको थियो । भेलामा नेकपा माओवादी–केन्द्र, नेकपा (एमाले) र नेपाली काङ्ग्रेस परित्याग गरी ६३ जना कार्यकर्ताहरू राजमोमा प्रवेश गरेका थिए । नवप्रवेशी कार्यकर्ताहरूलाई प्रमुख अतिथि तथा जिल्ला सचिवालय सदस्य महेश रिजालले स्वागत तथा सम्मान गर्नु भएको थियो । – महेश रिजाल

डोटीमा शिक्षक सङ्घ गठन
डोटी । अखिल नेपाल शिक्षक सङ्घको जिल्ला संयोजक समिति गठन गरेको छ । २०७३ चैत २७ गते दुर्गामाडौँमा सम्पन्न कार्यक्रमले नर बहादुर कार्कीको संयोजकत्वमा जिल्ला संयोजन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा सोफी भट्ट, हेमराज भट्ट, खगेश्वरी ओझा, फरेन्द्र मगर, सूर्य अवस्थी, कमल मगर, तेज बहादुर बोगटी र गोमा रोकाया रहनुभएको छ ।

राजमोको नगर भेला सम्पन्न
नवलपरासी । राष्ट्रिय जनमोर्चा गैडाकोट नगर समितिको भेला सम्पन्न भएको छ । २०७३ चैत्र २७ गते सम्पन्न भेलाले गैडाकोट नगर पालिकाका १८ वटै वडाहरूबाट उमेद्धार उठाउने निर्णय गरेको छ । प्रत्यक वडाहरूमा वडा अध्यक्ष र सदस्यहरूको नाम समेत ठेगान गरिसकेको रा.ज.मो. पूर्व जिल्ला सचिव दिपक पाण्डेले जानकारी दिनु भएको छ । सो भेलाले विभिन्न खालको समिति बनाएर सयोजकहरू समेत तयगरेको छ । जस्मा निम्न प्रकारका समितिहरू रहेका छन् । (१) कार्यक्रम मस्यौदा तयारी समिति–संयोजकमा गोविन्द सुवेदी,(२) आर्थिक समिति – संयोजक देवराज पौडेल,(३) चुनाव परिचालन समिति–संयोजक दिपक पाण्डे (४) विभिन्न पक्षसँग वार्ता समिति – संयोजक देवराज पौडेल रहनु भएको छ । भेला कार्यक्रममा काग्रेसकी महिला नेत्रृ शोभा सापकोटाले पार्टि परित्याग गरि रा.ज.मो. मा प्रवेश गर्नुभएको छ । राष्ट्रिय जनमोर्चा नवलपरासीले चुनावी अभियानलाई अगाडि बढाउनको लागि जिल्लाका विभिन्न ठांउहरूमा व्यापक कार्यक्रम गरिरहेको छ ।

राजमोको जिल्ला भेला सम्पन्न
जुम्ला । राष्ट्रिय जनमोर्चाको जुम्ला जिल्ला भेला सम्पन्न भएको छ । राजमोका केन्द्रीय सदस्य रत्न विक्रम प्यासीको प्रमुख आतिथ्यता र राजमो भेरी कर्णाली क्षेत्र समन्वय समितिका सदस्य कमल विक्रम शाहीको विशेष उपस्थितिमा जुुम्ला सिंजाको कनकासुन्दरी गाउँपालिका अन्तर्गतको गोठीजिउला लुड्गुमा २०७४ वैशाख २ गते सो भेला सम्पन्न भएको हो ।
भेलाले अग्नि प्रसाद उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय राजमो जुम्ला जिल्ला सङ्गठन समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्ष मिन बहादुर महत, सचिव लोक बहादुर कार्की, कोषाध्यक्ष चन्द्र प्रसाद प्याकुरेल र सहसचिव टङ्क पण्डित रहनु भएको छ । समितिका सदस्यहरूमा भानुभक्त न्यौपाने, राम बहादुर कार्की, धन प्रसाद प्याकुरेल, धिर बहादुर बडुवाल र सुर बहादुर कार्की रहनु भएको छ । समितिको एक स्थान हाललाई रिक्त राखिएको छ । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रिय जनमोर्चाको प्रचारात्मक अभियान
मधेशवादीहरूसित सहमतिको प्रयत्न व्यर्थको कसरत ः मसाल
युवक सङ्घले राजमोका उम्मेदवारलाई सघाउने
देशमा सिक्किमीकरणको खतरा झनै बढेको छ ः पुन
राष्ट्रपति भण्डारीलाई दिल्लीमा अपमानपछि सम्मान ?
शुल्क घटाउन तीन दिने अल्टिमेटम
डोल्पामा जिप दुर्घटना
प्राकृतिक ग्याँस भेटियो
कार्यक्रम नगर्न सर्वोच्चको आदेश
राजमो उपमनपाको भेला सम्पन्न
राजमो गँगदीको अध्यक्षमा रोका
चुनाव सम्पन्न गर्न खबरदारी आवश्यक ः पौडेल
राष्ट्रिय गानका सर्जक विकास दूत
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal