२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ५, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
चुनाव सम्पन्न गर्न खबरदारी आवश्यक ः पौडेल
प्युठान । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता एवं सांसद दुर्गा पौडेलले घोषित मितिमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नका लागि जनस्तरबाट सशक्त खबरदारी गर्नु पर्ने आवश्यकता औल्याउनु भएको छ । “सरकार र प्रमुख भनिने पार्टीहरूका कतिपय क्रियाकलापहरूका कारण घोषित मितिमा स्थानीय चुनाव सम्पन्न हुनेमा गम्भीर आशङ्का जन्मिएको छ” प्रवक्ता पौडेलले भन्नु भएको छ– “घोषित मितिमा स्थानीय निर्वाचन सम्पन्न गर्नका लागि जनस्तरबाट सशक्त खबरदारी गर्नु पर्ने आवश्यकता देखिएको छ ।”
लुम्बिनी–राप्ती क्षेत्रका लागि राजमोको राष्ट्रिय प्रचारात्मक अभियानको संयोजक समेत रहनु भएकी प्रवक्ता पौडेलले अभियानकै सिलसिलामा २०७४ वैशाख ४ गते प्युठानको खलङ्गा बजारमा आयोजित प्रचारात्मक सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । सम्बोधनको क्रममा प्रवक्ता पौडेलले प्रचण्ड सरकारले पछिल्लो पटक ल्याएको संविधान संशोधन विधेयक झनै राष्ट्रघाती रहेको बताउनु भयो । “प्रचण्ड सरकारले मधेशीलाई मोर्चा फकाउने नाममा फेरि झनै खतरनाक र राष्ट्रघाती संविधान संशोधन विधेयक ल्याएको छ । स्थानीय निकायका अधिकारहरूलाई कटौती गरेर, भाषा र नागरिकतासम्बन्धी विषयमा थप राष्ट्रघात गर्दै संविधानको धारा १७४लाई नै हटाउने गरी संविधान संशोधन विधेयक ल्याइएको छ । प्रचण्ड सरकारले ल्याएको यस राष्ट्रघाती संशोधन विधेयकलाई पनि असफल पार्न जनपङ्क्तिबाट सशक्त दबाब दिनु पर्ने बेला आएको छ ।” जसका लागि भनेर संशोधन विधेयक ल्याइएको हो, उसैले समेत अस्वीकार गरी सकेको अवस्थामा अब उक्त संशोधन विधेयक अघि सारेर प्रचण्ड सरकारले भारतीय विस्तारवादलाई रित्याउन खोजेको उहाँले बताउनु भयो । सम्बोधनको क्रममा प्रवक्ता पौडेलले स्थानीय निकायलाई अधिकार सम्प्न्न गराउनु पर्नेमा राजमोले जोड दिदै आएको स्मरण गराउँदै अहिले स्थानीय निकायको अधिकार कटौती गर्न तम्सनेहरूलाई जनताले चिनेर आसन्न स्थानीय निर्वाचनमा सजाय दिनु पर्ने बताउनु भयो । सङ्घीयता विरुद्धको लडाइँलाई सफलतामा पुर्‍याई देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षा गर्नका लागि र स्थानीय स्तरमा विकास निर्माणको कार्यलाई तीव्र गतिमा अगाडि बढाउनका लागि आगामी स्थानीय चुनावमा गिलास चिह्नमा छाप लगाई राजमोका उम्मेदवारहरूलाई अत्यधिक बहुमतले विजयी बनाउन उहाँले आह्वान पनि गर्नु भयो । सभाको विशिष्ट अतिथिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष तथा अभियान टोलीका सदस्य दुर्गा बहादुर केसी हुनु हुन्थ्यो भने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा प्युठान जिल्ला अध्यक्ष कृष्ण बहादुर खड्का, लुम्बिनी–राप्ती क्षेत्रीय समितिका अध्यक्ष बोम बहादुर खत्री, मल्लरानी गाउँपालिकाका लागि राजमोकातर्फबाट अध्यक्ष पदमा प्रस्तावित उम्मेदवार अमर ध्वज राना र उपाध्यक्ष पदमा प्रस्तावित उम्मेदवार सरिता जिसीले समेत सो सभालाई सम्बोधन गर्नु भएको थियो । 
राजमो प्युठानका सदस्य गोपाल राज शर्माको अध्यक्षता, वैकल्पिक जिल्ला सदस्य बालकृष्ण श्रेष्ठको सञ्चालन र राजमो मल्लरानी गाउँपालिकाका समन्वय समितिका सदस्य दामोदर शर्माको स्वागत मन्तव्यबाट सभाको कार्यक्रम अघि बढेको थियो । सभामा राजमो प्युठानका सचिव विदुर मल्ल र खलङ्गा गाविसका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको समेत आतिथ्यता रहेको थियो । सभामा रक्तिमकी केन्द्रीय सदस्य गीता थापाको नेतृत्वमा पिमलाल पुन र विष्णु शर्मा लगायतका कलाकारहरू सम्मिलित रहनु भएको टोलीले जोशिला गीत, नृत्यहरू प्रस्तुत गरेको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रिय जनमोर्चाको प्रचारात्मक अभियान
मधेशवादीहरूसित सहमतिको प्रयत्न व्यर्थको कसरत ः मसाल
युवक सङ्घले राजमोका उम्मेदवारलाई सघाउने
देशमा सिक्किमीकरणको खतरा झनै बढेको छ ः पुन
राष्ट्रपति भण्डारीलाई दिल्लीमा अपमानपछि सम्मान ?
शुल्क घटाउन तीन दिने अल्टिमेटम
डोल्पामा जिप दुर्घटना
प्राकृतिक ग्याँस भेटियो
कार्यक्रम नगर्न सर्वोच्चको आदेश
राजमो उपमनपाको भेला सम्पन्न
राजमो गँगदीको अध्यक्षमा रोका
राष्ट्रिय गानका सर्जक विकास दूत
संगठनात्मक समाचार/संक्षिप्त
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal