२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ७, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
समाचार
डोल्पामा जिप दुर्घटना
दुनै । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको भिठ्ठी भन्ने स्थानमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भिठ्ठीबेसीबाट सदरमुकाम दुनै आउँदै गरेको भे१च १२५१ नम्बरको जिप २०७४ वैशाख ५ गते दिउँसो १२ बजेतिर सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा जिप चालक दैलेख घर भई हाल डोल्पाको कालागौँडा बस्ने अन्दाजी २५ वर्षीय बुद्धसिंह कठायत, डोल्पाको ठुलोभेरी नगरपालिका–९ का अन्दाजी १६ वर्षीय लोकेन्द्र शाही, ठुलोभेरी नगरपालिका–७ की सोनी रोकाय र त्रिपुरासुन्दरी नगरपालिका–४ का ६० वर्षीय धर्मलाल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ । घाइतेहरूको जिल्ला सदरमुकाम दुनैमा उपचार भई रहेको छ । उकालो बाटोबाट इन्जिन फेल भएर जिप दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रिय जनमोर्चाको प्रचारात्मक अभियान
मधेशवादीहरूसित सहमतिको प्रयत्न व्यर्थको कसरत ः मसाल
युवक सङ्घले राजमोका उम्मेदवारलाई सघाउने
देशमा सिक्किमीकरणको खतरा झनै बढेको छ ः पुन
राष्ट्रपति भण्डारीलाई दिल्लीमा अपमानपछि सम्मान ?
शुल्क घटाउन तीन दिने अल्टिमेटम
प्राकृतिक ग्याँस भेटियो
कार्यक्रम नगर्न सर्वोच्चको आदेश
राजमो उपमनपाको भेला सम्पन्न
राजमो गँगदीको अध्यक्षमा रोका
चुनाव सम्पन्न गर्न खबरदारी आवश्यक ः पौडेल
राष्ट्रिय गानका सर्जक विकास दूत
संगठनात्मक समाचार/संक्षिप्त
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal