२०७४ असार ७ गते, बुधबार   वर्ष ३४, अङ्क ३०
मिति(२०७४ आषाढ १३, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
राष्ट्रपति भण्डारीलाई दिल्लीमा अपमानपछि सम्मान ?
नयाँ दिल्ली । पाँच दिने भारत भ्रमणका सिलसिलामा सोमबार दिउसो नयाँ दिल्ली पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी विमानबाट ओर्लिए लगत्तै भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्यायले उहाँलाई स्वागत गर्नु भएको थियो । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार दिउसो राष्ट्रपति भण्डारी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नु भएको हो । राष्ट्रपति भण्डारीको विमानस्थलमा अवतरण र राजकीय भ्रमणले नेपाल–भारतबीचको सम्बन्धले नयाँ आयाम पाउला÷नपाउला ? त्यो विषयलाईभन्दा पनि स्वागत, सत्कारको सवालले भने निकै चर्चा पायो ।
समस्याको सुरुवात
राष्ट्रपति भण्डारीलाई सो विमानस्थलको स्वागत कक्षमा भारतका महिला तथा बाल विकास राज्य मन्त्री कृष्णा राजले स्वागत गरेकी थिइन् । राष्ट्रपतिको स्वागतका लागि भारतीय राष्ट्रपति वा प्रधानमन्त्री आउनु पर्ने र नभए वरिष्ठ मन्त्री पठाउनु पर्नेमा कनिष्ठ राज्य मन्त्रीलाई विमानस्थल पठाएर विमानस्थलमै अपमान गरिएको छरपष्टै देखियो । राष्ट्रपति भण्डारीलाई स्वागतभन्दा पनि अपमान गरेको भन्दै मिडियाकर्मीहरूको कानेखुशी त सुनियो नै, कैयौँले लेखेरै सार्वजनिक गरे । कैयौँले त राष्ट्रपतिको स्वागतका लागि राज्य मन्त्री पठाएर भारतले नेपाल र नेपालीको मात्र नभई एक सार्वभौम राष्ट्रको अपमान गरेको बताए । कैयौँले कूटनीतिक मर्यादा विपरीतको कदम भएको समेत बताए । कतै कतै भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा तथा विमानस्थलमै राष्ट्रपतिले स्वागत गरेर ठुलो सम्मान दिए पनि नेपालका राष्ट्रपतिलाई भारतले राज्यमन्त्रीबाट स्वागत गरेर अपमानको व्यवहार देखाएको छुच्याइँपूर्ण विचार पनि प्रकट गरे ।
नेपाली दूतावासको कार्यक्रम
उहाँको सम्मानमा नेपाली दूतावासले सोमबार साँझ एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहभागीहरूको जिज्ञासा समेट कोशिस गर्दै सोधियो– पूर्व राष्ट्रपति रामवरण यादवको भ्रमणका बेलाको स्वागत र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागत तथा सत्कारमा तपाईले के फरक पाउनु भयो ? त्यहाँ उपस्थित करिब ६५ प्रतिशतको भनाइ उति बेला र यति बेलाको स्वागत तथा सत्कार प्रकृया अत्यन्तै फरक भएको बताए । सम्मानीय राष्ट्रपति भण्डारीले भारत भ्रमणमा भारतमा खेप्नु परेको अपमान उहाँको मात्र नभएर सिङ्गो सार्वभौम देश नेपालप्रतिको अपमान भएको समेत जिकिर रहेको थियो ।
 एक जना सामाजिक कार्यकर्ताले त मञ्चको अवस्था नै देखाएर फोटो खिच्न आग्रह गरे । अत्यन्तै अव्यवस्थित र छरपष्ट अवस्थामा देखिएको लथालिङ्ग देखिएको मञ्चले कतै साना साना नानीहरूले जन्मदिन मनाउनका लागि बनाइएको मञ्च जस्तै देखिन्थ्यो । मञ्चको अवस्था अत्यन्तै दयनीय नै थियो । सोही मञ्चबाट भारतका लागि नेपालका राजदूत दिप कुमार उपाध्यायले मन्तव्य मार्फत्् भारत प्रवासमा रहेका नेपाली समुदायलाई स्वागत गर्न भ्याए । त्यस्तै, नेपालका शान्ति तथा बनमन्त्री सीतादेवी यादव, परराष्ट्र मन्त्री प्रकाश शरण महतले सम्बोधन गरे । राष्ट्रपति भण्डारीले प्रवासी नेपालीहरूलाई सम्बोधनको क्रममा भारत प्रवासमा बस्ने नेपाली समुदायको नेपालमा राजनीतिक स्थायित्व र शान्ति स्थापनामा निकै महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । देशमा चलेको राजनीतिक किचलोलाई घुमाउरो प्रकारले चिर्दै राष्ट्रपतिले भन्नु भयो– विश्वमा सबैभन्दा फरक देश नेपाल हो, जहाँ धेरै विविधता छ । छरिएर रहेको जाति, मिलेर बसोबास गरेको समुदाय यसलाई कसैले चाहँदैमा छुटाउन नमिल्नेमा समेत जोड दिनु भयो । 
दूतावासमा स्वागत
बाराखम्बा रोडस्थित रहेको नेपाली दूतावासको वरिपरि भित्तारुमा राष्ट्रपति भण्डारीको फोटा सहित एभरेस्ट चेम्बर्सले आफ्नो प्रचार गर्ने उदेश्यका साथ होर्डिङ बोर्डहरू लगाएको थियो, त्यस्तै वाई वाई चाउचाउले पनि । होर्डिङ बोर्डमा आफ्नो कम्पनी तथा उत्पादनको ब्रान्ड एम्बेसडरको रूपमा राष्ट्रपतिलाई उपयोग गरियो कि ? अलिक मिलेन कि भन्ने जिज्ञासा समाजसेवी गोपाल थापासँग राखियो । उनले राष्ट्रपतिको अपमान भएको बताउँदै हल्ला गर्न थाले । दूतावासका एक जना कर्मचारीसँग सोध्दा राजदूत स्वयंले नेपाली उत्पादन तथा उद्यमीहरूको प्रचार गर्नु पर्ने बताउँदै बोर्ड लगाइएको बताए । दूतावासकै अर्का एक जना कर्मचारीलाई सोध्दा दूतावासमा राखिएको स्वागत कार्यक्रमको दौरानमा हुने चिायपान समेत वाई वाई चाउचाउले स्पोन्सर गरेको बताए । यसले के राष्ट्रपतिको स्वागतका लागि नेपाल राष्ट्रसँग धन नभएकै हो त कि मन ?
नाटकीय स्वागत र साधवीपूर्ण व्यवहार 
पहिलो दिनको भारतीय पक्षको अपमानजनक व्यवहार मिडियाहरूमा छताछुल्ल भएपछि दोश्रो दिन भने भारतीय पक्षबाट फरक व्यवहार देखायो, यहाँसम्म कि गार्ड अफ अनर समेत प्रदान गर्‍यो । पत्रकार ऋषिराम अधिकारीले त फेसबुक स्टाटस् मार्फत् “आज राष्ट्रपति भण्डारीलाई भारतीय राष्ट्रपति भवनमा दिइएको सम्मान प्रोटोकल अनुसार हरेक देशको राष्ट्राध्यक्षलाई दिइने सम्मान हो । आजको सम्मान र हिजोको अपमानलाई तुलना गर्नुको कुनै तुक छैन” समेत भन्न भ्याए । मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । समारोहमा भारत भ्रमणमा रहेको नेपाली प्रतिनिधि मण्डल, भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्याय, भारत सरकारका मन्त्रीहरूको पनि उपस्थिति रहेको थियो । समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले आफू भारतीय राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा भारत भ्रमणमा रहेको भन्दै आतिथ्यताका लागि राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री मोदीप्रति कृतज्ञता प्रकट गर्नु भयो । उहाँले आफ्नो भ्रमणले नेपाल र भारतको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गर्नु भयो । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमै भएको कार्यक्रममा भ्रमणले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्नेमा आफू विश्वस्त रहेको बताएकी थिइन् । राष्ट्रपति भण्डारीका प्रमुख भेटवार्ता आजै सकिने छ । बाँकी दुई दिन उडिसा र कर्नाटकमा बित्ने बताइएको छ ।
शितल निवासमा बैठक
भारत भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारत सरकारले विमानस्थलमै अपमान गरेपछि शितल निवासमा उच्च स्तरीय बैठक बसेको छ । सोमबारको घटनाको सर्वत्र आलोचना भएपछि राष्ट्रपति कार्यालयमा आकस्मिक रूपमा उच्च स्तरीय बैठक बसेको स्रोतले बताएको छ । यस अघिको भ्रमण विविध कारणले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले राष्ट्रपतिको भ्रमण रद्द गरेको थियो । – धनवीर पुन मगर

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रिय जनमोर्चाको प्रचारात्मक अभियान
मधेशवादीहरूसित सहमतिको प्रयत्न व्यर्थको कसरत ः मसाल
युवक सङ्घले राजमोका उम्मेदवारलाई सघाउने
देशमा सिक्किमीकरणको खतरा झनै बढेको छ ः पुन
शुल्क घटाउन तीन दिने अल्टिमेटम
डोल्पामा जिप दुर्घटना
प्राकृतिक ग्याँस भेटियो
कार्यक्रम नगर्न सर्वोच्चको आदेश
राजमो उपमनपाको भेला सम्पन्न
राजमो गँगदीको अध्यक्षमा रोका
चुनाव सम्पन्न गर्न खबरदारी आवश्यक ः पौडेल
राष्ट्रिय गानका सर्जक विकास दूत
संगठनात्मक समाचार/संक्षिप्त
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal