२०७४ असार ७ गते, बुधबार   वर्ष ३४, अङ्क ३०
मिति(२०७४ आषाढ १३, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
समाचार
देशमा सिक्किमीकरणको खतरा झनै बढेको छ ः पुन
बागलुङ । राष्ट्रिय जनमोर्चाकी सांसद तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले देशमा सिक्किमीकरणको खतरा झनै बढेर गएको बताउनु भएको छ ।
“प्रचण्ड सरकारले पुरानो संविधान संशोधन विधेयक फिर्ता गरे पनि त्योभन्दा झनै खतरनाक अर्को राष्ट्रघाती संविधान संशोधन विधेयक ल्याएको छ” गण्डकी–धौलागिरी क्ष्ँेत्रका लागि राजमोको राष्ट्रिय प्रचारात्मक अभियानको संयोजक समेत रहनु भएकी नेतृ पुनले अभियानकै सिलसिलामा २०७४ वैशाख ३ गते बागलुङको बुर्तिवाङमा आयोजित विशाल जनसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै भन्नु भयो– “नेपालको तराई–मधेशलाई अलग राज्य बनाएर अन्ततः त्यसलाई भारतीय महासङ्घमा गाभ्ने बद्नियतबाट नै मधेशी मोर्चा अघि बढी रहेको छ । अहिले प्रचण्ड सरकारले ल्याएको नयाँ संशोधन विधेयक पनि भारतीय विस्तारवादकै दबाबमा आएको हो । त्यस कारण देशमा सिक्किमीकरणको खतरा अझै टरेको छैन, बरु झनै बढेर गएको छ ।” सम्बोधनको क्रममा नेतृृ पुनले आफ्ना गलत काम र निर्णयहरूका कारण प्रमुख भनिने दलहहरूले जनविश्वास गुमाउँदै गएको बताउनु भयो । राजमोको पक्षमा जनलहर बढ्दै गएको यथार्थता राख्दै नेतृ पुनले आगामी स्थानीय निर्वाचनमा जनताले गिलास चिन्हमा मतदान गरी राजमोका उम्मेदवारहरूलाई विजयी बनाउनेमा दृढ विश्वास समेत व्यक्त गर्नु भयो ।
सभालाई विशिष्ट अतिथिको आसनबाट सम्बोधन गर्दै नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता विमल शर्माले देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षाका लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई विजयी बनाउन जनतासँग अपिल गर्नु भयो । “देशमा दुई दशकपछि स्थानीय निर्वाचन हुँदै छ, यो खुशीको विषय हो । तर यो चुनावलाई पनि सम्पन्न हुन नदिन देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरूले अनेक किसिमका जालझेल र षडयन्त्र गरी रहेका छन् । हामीले ती षडयन्त्रहरूलाई परास्त गर्दै तोकिएकै मितिमा चुनाव सम्पन्न गर्नु पर्छ” प्रवक्ता शर्माले भन्नु भयो– “देशको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षाका लागि नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले निरन्तर चलाउँदै आएको सङ्घर्षदेखि तपाईहरू सबै परिचित हुनु हुन्छ । देशको राष्ट्रियता यति बेला गम्भीर सङ्कटमा परी रहेको छ । यस्तो अवस्थामा हुन लागी रहेको स्थानीय निर्वाचनमा राष्ट्रियताको रक्षा र स्थानीय विकासका लागि गिलास चिह्नमा मतदान गरी राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई विजयी बनाउन म सम्पूर्ण जनतासँग हार्दिक अपिल गर्दछु ।” राष्ट्रिय जनमोर्चा समेत सामेल भएको केपी ओली नेतृत्वको सरकारले भारतीय नाकाबन्दीको दृढतापूर्वक सामना गरेको स्मरण गराउँदै प्रवक्ता शर्माले जनतालाई आगामी निर्वाचनमा इतिहासको सही मूल्याङ्कन गरेर मतदान गर्न आह्वान गर्नु भयो । प्रमुख भनिने पार्टीहरूले सत्तँलिप्साकै कारण पटक पटक देशको राष्ट्रियता र सार्वभौमिकताप्रति गम्भीर आँच पुग्ने खालका निर्णयहरू गरेका दृष्टान्तहरू प्रस्तुत गर्दै उहाँले अहिलेको निर्वाचनमा राष्ट्रिय जनमोर्चा नै एक मात्र जनताले आशा र विश्वास गर्न सक्ने पार्टी रहेको स्पष्ट पार्नु भएको थियो ।
जनसभालाई सम्बोधन गर्दै ढोरपाटन नगरपालिकाका लागि मेयर पदमा राजमोकातर्फबाट प्रस्तावित उम्मेदवार गौरीश्वर पाण्डेले आफू विजयी भएमा जनताको साथ लिएर ढोरपाटन नगरपालिकालाई समृद्ध बनाउन लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । सभालाई अभियान टोलीका सदस्य तथा अखिल नेपाल टे«ड युनियन महासङ्घ ( अन्टुक) का केन्द्रीय अध्यक्ष्ँ नारायण सापकोटा, ढोरपाटन नगरपालिकाका लागि राजमोकातर्फबाट उपमेयर पदमा प्रस्तावित उम्मेदवार दुर्गा घर्ती मगर लगायतले समेत सम्बोधन गर्नु भएको थियो । सभाको बीच बीचमा रक्तिमका केन्द्रीय सदस्य सुमन रोका, केन्द्रीय कलाकार उषा तरामी र रक्तिम बागलुङका कलाकारहरूले जोशिला गीत, नृत्यहरू प्रस्तुत गरेका थिए । रक्तिम कलाकारहरूको प्रस्तुतिले जनसभामा छुट्टै रौनकता र उत्साह थपेको थियो । बुर्तिवाङ बजारस्थित वसपार्कमा भएको सो विशाल सभाको अध्यक्षता राजमो ढोरपाटन नगर समन्वय समितिका अध्यक्ष धन बहादुर अदैले गर्नु भएको थियो भने सञ्चालन अखिल (छैठौँ) का महासचिव भिमलाल पोख्रेलले गर्नु भएको थियो । सभामा स्वागत मन्तव्य अखिल (छैठौँ) बागलुङका अध्यक्ष्ँ शिव चालिसेले राख्नु भएको थियो । 
–राम सुवेदी

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रिय जनमोर्चाको प्रचारात्मक अभियान
मधेशवादीहरूसित सहमतिको प्रयत्न व्यर्थको कसरत ः मसाल
युवक सङ्घले राजमोका उम्मेदवारलाई सघाउने
राष्ट्रपति भण्डारीलाई दिल्लीमा अपमानपछि सम्मान ?
शुल्क घटाउन तीन दिने अल्टिमेटम
डोल्पामा जिप दुर्घटना
प्राकृतिक ग्याँस भेटियो
कार्यक्रम नगर्न सर्वोच्चको आदेश
राजमो उपमनपाको भेला सम्पन्न
राजमो गँगदीको अध्यक्षमा रोका
चुनाव सम्पन्न गर्न खबरदारी आवश्यक ः पौडेल
राष्ट्रिय गानका सर्जक विकास दूत
संगठनात्मक समाचार/संक्षिप्त
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal