२०७४ कार्तिक ६ गते, बुधबार   वर्ष ३५, अङ्क २
मिति(२०७४ पौष ३, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार अन्तर्वार्ता
पुराना अंक
समाचार
युवक सङ्घले राजमोका उम्मेदवारलाई सघाउने
काठमाडौँ । अखिल नेपाल युवक सङ्घले स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सघाउने भएको छ । सङ्घले आफ्नो पूर्व निर्धारित मेची–महाकाली युवा मार्चलाई स्थगित गरी निर्वाचनलाई सघाउने निर्णय गरेको हो ।
सङ्घको २०७४ वैशाख २ र ३ गते रूपन्देहीको बुटवलमा सम्पन्न बैठकले सो निर्णय गरेको छ । बैठकपछि अध्यक्ष तिलक थापाद्वारा वैशाख ५ गते जारी प्रेस वक्तव्यमा उपर्युक्त जानकारी दिइएको हो । सरकारद्वारा हालै प्रस्तुत संविधान संशोधन विधेयक र ऐतिहासिक जितगढी किल्ला भारतीय सैनिकका लागि अस्थायी सैन्य क्याम्पका लागि दिने लगायतका निर्णयका बारेमा वक्तव्यमा अगाडि भनिएको छ–
“१.मुलुकमा ऐतिहासिक राजनैतिक परिवर्तन पश्चात्को प्रथम र लामो समयसम्म नियमितता हुन नसकेको स्थानीय निकायको निर्वाचन हुने वातावरण बन्दै गई रहेको अवस्थामा नेपाली काङ्ग्रेस, माओवादी–केन्द्रको गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले गत चैत्र २८ गते बसेको मन्त्री परिषदको बैठकबाट ११ बुँदे संशोधन प्रस्ताव पारित गरी सदनमा लैजाने निर्णय गरेको छ । साथै सो ११ बँुदे संशोधनमा मधेशवादीहरूका कथित मागहरूलाई सम्बोधन गर्ने बहानामा यो सरकारले स्थानीय तह (गाउँपालिका÷नगरपालिका÷वडापालिकाहरू)लाई संविधानले प्रदान गरेको अधिकार कटौती गर्न अग्रसर भएको छ । ती ११ बुँदामा भाषा, नागरिकता, सीमाङ्कन र स्थानीय अधिकार जस्ता संवेदनशील विषयमा संशोधनका लागि सदनमा लगिन लागेको उक्त विधेयक राष्ट्रघाती चरित्रको नै छ । हाम्रो सङ्गठनले सम्पूर्ण युवा शक्ति तथा आम न्यायप्रेमी जनसमुदायमा यो सूचना सम्प्रेषण गर्दै उक्त विधेयका विरुद्ध आन्दोलनको समेत आवश्यकता परेको हुँदा न्यायप्रेमी जनसमुदायमा सतर्कता साथ तयारीमा रहनु हुन हार्दिक आह्वान गर्दछौँ ।
२.गत चैत्रको अन्तिम साता बसेको मन्त्री परिषदको बैठकले बुटवल उप–महानगरपालिकाको साविक ४ र हाल दुई नम्बर वडामा रहेको जितगढी किल्ला (जुन इस्ट इन्डिया कम्पनीको अधिनस्थ भारत रहेको बेलामा नेपालको चार ठाउँबाट नेपालमाथि हमला गरेको र अरू ३ ठाउँमा नेपालले पराजय ब्यहोरेको तर यही जितगढी किल्लाबाट कर्णेल उजिर सिंह थापाको नेतृत्वमा रहेको फौजले विजय हासिल गरेर स्थापित गरेको विजयको किल्ला) जितगढी किल्लाको रूपमा स्थापित यस सामरिक महत्वको स्थानलाई भारतीय सैनिकको स्थायी क्याम्प बनाउन दिने (स्वामित्व हस्तान्तरण) जुन निर्णय गरेको छ, यो राष्ट्रघाती छ, निन्दनीय छ र हाम्रो स्वाभिमानमा आँच पुर्‍याउने खालको छ । त्यस कारण हाम्रो सङ्गठनले यो निर्णय फिर्ता लिन गठबन्धन सरकारसँग जोडदार माग गर्दछ ।
३.हाम्रो सङ्गठनको १० औँ पूर्ण बैठकले तय गरेको मेची–महाकाली युवा मार्च २०७४लाई अर्को निर्णय नहुञ्जेलका लागि स्थगन गर्ने र त्यससँग जोडिएको अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम बाहेकका अरू सबै पूर्व निर्धारित कार्यक्रमहरू हालका लागि स्थगत गर्ने निर्णय भएको छ । साथै त्यसमा स्थानीय निकाय चुनावको मिति घोषणा भएर निर्वाचनको वातावरण बन्दै गई रहेको परिप्रेक्षमा १९ वर्षपछि हुन लागेको अधिकारसम्पन्न र ऐतिहासिक निर्वाचनमा हाम्रो सङ्गठनका नेता, कार्यकर्ता, सदस्य तथा शुभचिन्तक समेतले मुख्य ध्यान, शक्ति उक्त चुनावमा केन्द्रित गर्दै निर्वाचनलाई सफल पार्नु पर्ने दायित्व समेत बहन गर्नु पर्ने भएको हुँदा सो युवा मार्च स्थगन गर्नु परेको समेत जानकारी उल्लेख गर्न चाहन्छौँ ।
४.झण्डै ७ दशकदेखि संविधान सभाको चुनाव र सो मार्फत् संविधान निर्माण गरी अधिकार विकेन्द्रीकरण गर्ने र सामन्तवादको अन्त्य गर्दै कम्तीमा पूँजीवादी गणतन्त्रलाई संस्थागत गर्नु पर्ने अडान राख्दै आएको हाम्रो मातृ पार्टी नेकपा (मसाल) ले आफ्नो वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चालाई स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरी सकेको हुँदा हाम्रो सङ्गठनले राजमोका घोषित उम्मेदवारहरूको पक्षमा प्रचार प्रसार मतदान शिक्षा कार्यक्रम, मतदाताहरूलाई मतदान केन्द्रमा सक्रियताका साथ भाग लिन लगाउने तथा सुरक्षा प्रदान जस्ता जिम्मेवार कार्यहरूमा भाग लिनुका साथै देशमा देखा पर्दै गई रहेको जातिवादी, विखण्डनवादी, क्षेत्रीयतावादी चिन्तन प्रवृत्तिको विरोध गर्दै र जनजीविका र राष्ट्रियताको पक्षमा, सङ्घीयताको विपक्षमा रहेको राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई विजय गराउन यो निर्वाचनमा हामी हाम्रो सङ्गठनका पदाधिकारी, सदस्य र परिषद सदस्यहरूहरू समेतको जिम्मा बाँडफाँड गरी खटनपटन गराइएको हुँदा आ–आफ्नो क्षेत्रमा जिम्मा अनुसार खट्नु हुन हार्दिक आह्वान गर्दछौँ । साथै हाम्रो सङ्गठनले पृथकतावाद, अराजकतावाद, सङ्घीयताको विपक्षमा लगातार उभिएको राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई गिलास चिह्नमा भोट हाली विजय गराउनु हुन आम जनसमुदायहरूमा समेत हार्दिक आह्वान गर्दछौँ ।”

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
राष्ट्रिय जनमोर्चाको प्रचारात्मक अभियान
मधेशवादीहरूसित सहमतिको प्रयत्न व्यर्थको कसरत ः मसाल
देशमा सिक्किमीकरणको खतरा झनै बढेको छ ः पुन
राष्ट्रपति भण्डारीलाई दिल्लीमा अपमानपछि सम्मान ?
शुल्क घटाउन तीन दिने अल्टिमेटम
डोल्पामा जिप दुर्घटना
प्राकृतिक ग्याँस भेटियो
कार्यक्रम नगर्न सर्वोच्चको आदेश
राजमो उपमनपाको भेला सम्पन्न
राजमो गँगदीको अध्यक्षमा रोका
चुनाव सम्पन्न गर्न खबरदारी आवश्यक ः पौडेल
राष्ट्रिय गानका सर्जक विकास दूत
संगठनात्मक समाचार/संक्षिप्त
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal