२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
चिन्नुस् पार्टी
– नवीन बस्याल
चुनावमा भोट माग्न आउँदैछन् 
सबै सुन्दर चेहराहरू आउनेछन्
सबै नयाँ जोश र विकासका कुरा लिई आउने छन्
सम्बन्धित ठाउँका प्रख्यात व्यक्ति आउने छन्
सबै देशको मायाको पोकाको कुरा लिई
सबैको चुनाव चिह्न फरक फरक हुने छ
रुख, हँसिया–हथौडाको गोलाकार सूर्य
गाई, छाता, ज्वाला यस्तै यस्तै हुनेछन्
धेरैको चुनाव चिह्नको छेउमा विभिन्न
तस्बिरहरू हुनेछन् धेरै तस्बिरहरूमाथि
राष्ट्रघातको दाग लागेको छ
तर एउटा अर्को तस्बिर हुने छ
जसमाथि चुनाव चिह्न गिलास छ
त्यहाँ महान् सर्वहारा कम्युनिस्ट पार्टीका
महान् व्यक्तिहरू छन् 
माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ
जसले संसारमा सर्वहारा वर्गको
सत्ता स्थापनाको निम्ति निकै सङ्घर्ष गरेर 
विश्वका सर्वहाराहरूको 
आस्थाको केन्द्रको रूपमा स्थापित भए
मेरो प्रश्न हाम्रो अमूल्य भोट कसलाई दिने ?
राष्ट्रघात दागीहरूका उम्मेदवारलाई ?
या विश्व सर्वहारा वर्गका मुक्तिकामीको
बाटो हिडेका यात्रीलाई 
नदीनाला बेचबिखन गर्ने राष्ट्रघाती मतिहारलाई ?
या राष्ट्रको ढुकढुकी बन्न सफल 
पार्टीको युवा योद्धालाई ?
देश टुक्राउने विखण्डनवादीलाई 
या अखण्ड नेपालका एक अथक सिपाहीलाई
चिन, जनता हिजोका इतिहास अध्ययन गर
२०६२–६३ को महान् जनआन्दोलनको भूमिका
पहिेलो र दोश्रो संविधान सभाको मुद्दा
संविधान कोर्नेदेखि 
संविधान कार्यान्वयनसम्मको आन्दोलन
सङ्घीयता खारेजीदेखि
राष्ट्रको एकताप्रतिको ऐक्यबद्धता 
एक भोट बुझाइमा सामान्य 
तर महत्व देशको मुटुसँग जोडिएको हुन्छ
भोट–पैसाको भाउमा कसैलाई दिइन्छ 
तर महत्व नेपाल आमासँग जोडिएको हुन्छ
भोट मोजमस्तीले पार्टी नचिनी दिइन्छ 
तर महत्व देशको भूगोल सिमाना 
नदीनाला नेपाली सन्तानसँगको महत्व हुन्छ 
त्यसैले भोट पार्टी चिनेर दिनुस् 
त्यहीमाथि राष्ट्रवादी पार्टी चिन्नस्
देशलाई एकतामा बाध्ने पार्टी चिन्नुस
त्यो पार्टीको चुनाव चिह्न गिलास हो 
जसले राष्ट्रियताको मायँ बोकेको छ 
त्यो पार्टी एउटा मात्र राष्ट्रिय जनमोर्चा हो 
जसको चुनाव चिह्न गिलास हो 
चिनेर दिनुस् भोट गिलासमा 
राष्ट्र बचाउन दिनुस् भोट गिलासमा
(स्वर्गद्वारी नगरपालिका–२, प्युठान, हाल लखनऊ, भारत)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
स्थानीय चुनाव आयो भोट खसाल्न जाऊ
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal