२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
साहित्य
स्थानीय चुनाव आयो भोट खसाल्न जाऊ
– रामकृष्ण दुवाल
ठुला–साना कुनै दल छुट्याउनु हुन्न
हाम्रो मान्छे नभनेर राम्रा मान्छे छन्
करकापमा नहालौँ भोट– भ्रष्टलाई पुर्‍याइदेऊ चोटैचोट
सामाजिक, राजनीतिक चरित्रमा बाँच्ने
स्थानीय बुद्धिजीवी गाउँ नगर हाँक्ने
दलाललाई नहालौँ भोट– जालीलाई पुर्‍याइदेऊ चोटैचोट
कोही आउँछ भोट माग्न मोटर चढी चढी
कोही आउँछ भोट माग्न पैसा छरी छरी
मिल्काई देऊ जालीका नोट– फटाहालाई पुर्‍याई देऊ चोटैचोट
पाखुरोले पाखुरको फुर्ति देखाएर
डर–धम्की देखाउँदै औँला ठडाएर
गुण्डालाई नहालौँ भोट– द्रोहीलाई पुर्‍याई देऊ चोटैचोट
जाति, भाषा, संस्कृति र सबै सबै धर्म
संरक्षण गर्दै लाने चुनावै हो मर्म
त्यसैले नै हालौँ है भोट– हाल्नु पर्छ नछोडौँ आफ्नो भोट
यति सानो नेपालमा च्याउसरि दल
आफ्नै डम्फु बनाए गर्छन् चलखेल
स्वार्थीलाई नहालौँ भोट– कृतघ्नलाई पुर्‍याई देऊ चोटैचोट
देश टुक्रे हाम्रो मुटु टुक्रा हुन्छ हेर
फेरि पनि गुल्टी गरे माटो रुन्छ हेर
अराजकतालाई नहालौँ भोट– विवेकले हालौँ है आफ्नो भोट (पाँगा, कीर्तिपुर)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप साहित्य
चिन्नुस् पार्टी
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal