२०७४ असार ७ गते, बुधबार   वर्ष ३४, अङ्क ३०
मिति(२०७४ आषाढ १३, मंगलवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य अन्तर्वार्ता
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
लेखहरू
नागरिक सुरक्षाको सवाल र दायित्व
– लक्ष्मण बेल्वासे
मृत्यु–बोहरा गाउँ, सप्तरी, कञ्चनपुर
उल्लिखित घटना एकै दिनका जस्तै समाचार हुन् । त्योभन्दा पहिले दैनिक रूपमै आउने समाचार पनि छन् । कतै बोक्सीको आरोपमा कुटेर मृत्यु, कतै दाइजोको निहुँमा जलाएर मृत्यु त कतै लागु औषधका निहुँमा झगडा हँुदा मृत्यु आदि सबै आ–आफ्नै प्रकारका मुत्यु हुन् ।माथि उल्लिखित जस्तोसुकै मृत्यु भए पनि त्यहाँ कसैको काख रित्तिएकै हुन्छ । कसैको अभिभावक खोसिएकै हुन्छ वा कसैको सिन्दुर पुछिएकै हुन्छ । तर नेपाली समाजको विश्लेषणमा कुनै मृत्यु स्वाभाविक लाग्छ, सामान्यीकृत हुन्छ, अनि, समाचार छापिनु वा प्रसारित भएसँगै विलीन हुन्छ ।
बोहोरागाउँ, सप्तरी र कञ्चनपुर—यी बिल्कुलै फरक प्रकृतिका घटना र फरक प्रकृतिका मृत्यु हुन् तर जसको परिवारमा घटित हुन्छ, त्यसको पीडा लाग्छ, बराबरै हुन्छ । तर समाजले ग्रहण फरक फरक तरिकाले गर्दछ, साथै मृत्यु निर्दोषको हुन्छ र आज पनि त्यही भएको छ । कञ्चनपुरका गौतम दोषी होइनन्, सप्तरीका मण्डल दोषी होइनन्, न त बोहोरागाउँमा मृत्युवरण गर्ने दोषी हुन् । यदि दोषी हो भने त्यो हो– हाम्रो देशको राजनीति र यसको नेतृत्व । हाम्रो राजनीति र राजनीतिकर्ता यस्ता भए न त उनलाई लाज लाग्छ, न त घृणा लाग्छ, न जिम्मेवारी लिनु पर्छ, न जबाफदेही बन्नु पर्छ । यसैको परिणामतः नागरिक हत्याको बेवास्ता हुन्छ । सप्तरी र कञ्चनपुर मात्र होइन, बोहोरागाउँको मृत्यु पनि मृत्यु होइन, हत्या नै होभन्दा फरक पर्दैन ।
हाम्रो देशमा सीमा अतिक्रमण भयो, जङ्गे पिलर हराए भन्ने लगायतका समाचार नौला होइनन् । कैयौँ वर्षदेखि यिनै राजनीतिक दल र नेताले हजारौँ पटक सीमा रक्षा तथा व्यवस्थापन हामी गर्छौं भन्दै ध्वनि प्रदूषण गर्दै खुल्ला मञ्चमा कुर्लिएर गुञ्जायमान भएकै हो । जनमत आफूतिर आकर्षण गर्दै सत्ताको भर्‍याङ नचढेका सायदै कमै होलान् । चाहे सुरुङ युद्धसम्मका कल्पना गर्ने कम्युनिस्टइतर होउन् या काङ्ग्रेसइतरका, जसले कैयौँ वर्षदेखि यो देशको शासन सत्ताको हालीमुहाली गरे र गर्दैछन्् । यिनकै शासन कालमा सीमाविद बुद्धि नारायण श्रेष्ठ भन्छन्– सीमा रक्षक सशस्त्र प्रहरी बललाई नै नेपालको सीमानाका बारेमा जानकारी छैन र प्रमुख जिल्ला अधिकारीलाई थाहा छैन । कहिले सुस्ता र कालापानी त कहिले लिग्बिया ब्युराका कुरा गरेर निकै राष्ट्रवादी बनेर यिनकै भर्‍याङ चढेर सत्ता पुगेकाहरूबाटै ठुला धोका भएका छन् । नेपालमा गणतन्त्र आएकै पनि दशकौँ भई सकेको छ र यो लामो समय हो, शीर्षस्थ नेतृत्वले कहिल्यै पनि सत्ताको लोभमा भारतीय पक्षसँग उच्च तहमा हाम्रा सीमा व्यवस्थापन तथा सीमाङ्कनका कुरा समेत उठाउन चाहेनन् । सत्ताको अन्ध तृष्णाले स्वाभिमान गुमाई सकेको हाम्रो राजनीतिक दलले राष्ट्र र राष्ट्रियता सत्ताको मोलमोलाइका लागि अर्कैको वलीमा चढाइएको गौतम जस्ता देशभक्तले गोली खाई ज्यान गुमाएका छन् । देशभक्त आम नागरिकको आत्मसम्मानमा चोट लागेको छ, मन भतभती पोलेको छ, नशा–नशामा प्रतिशोधको ज्वाला दन्किएको छ । चोक–चोकमा विरोध र्‍याली निस्किए । सत्तासिनका लागि देशवासीका नाममा एउटा सन्देश दिन पनि आवश्यक महशुस भएको छैन । गौतम जस्तै अब देशको सीमा रक्षाको जिम्मा फेरि पनि नेपाली जनताको काँधमा आएको छ । गौतमको सहादतले बलिदानीको भावना झनै उच्च भएको छ । आफ्नो देशको सीमा रक्षा गर्न नेपाली काबिल छन्, जुन वर्तमान र इतिहासमा प्रमाणित भई सकेको छ र यो मृत्यु आम नेपालीको मनमा उच्च सम्मानका साथ रहने छ । यो मृत्यु समाचार मात्र नभई हाम्रो राजनीतिक अकर्मण्यताको पराकाष्ठाको रूपमा इतिहासमा दर्ज हुने छ । गौतम दोषी करार हुने छैनन् । भारतीय ज्यादती विरुद्ध जनता एक ठाउँमा लामबद्ध हुनेछन् । एउटा गल्लीको कुकुर समेत पल्लो गल्लीमा पुग्दा त्यहाँका कुकुरले प्रतिकार गर्न पुग्दछन् र आफ्नो क्षेत्रको रक्षा गर्छन् भने हामी त चेतना भएको सचेतना सहितको नेपाली नागरिक हौँ । अब हाम्रो राजनीतिकर्ताले बुझ्नु पर्दछ । नेपालीको स्वाभिमानको उच्च सम्मान हुनुपर्दछ ।
राजनीतिक सङ्क्रमणकै कारण सप्तरीमा नेपाली पुत्रले नेपालीकै गोली खाएर मृत्युवरण गरे । यो ठुलो विषय बन्यो र ठुलो विषय पनि हो । कसैको ज्यान लिने अधिकार कसैलाई छैन तर प्रजातन्त्रमा निषेधको राजनीति स्वीकार्य हुँदैन । दलीय तथा व्यक्तिगत आकाङ्क्षा परिपूर्ति गर्न सर्व साधारण जनतालाई मोहरा बनाउने निकृष्ट राजनीतिको अन्त्य हुनु पर्छ । सप्तरीका मधेशी दाजुभाइको मृत्यु हँुदा हुने पीडा सबैलाई समान नै हुन्छ तर मृत्यु केका लागि हो ? त्यो महत्वपूर्ण हुन्छ । राजनीतिक दलले आफ्ना सिद्धान्त, विचार र दृष्टिकोण जनता सामु व्यापक प्रस्तुतीकरण गर्ने नीति लोकतान्त्रिक सर्वमान्य पक्ष हो । तर, राजनीतिक दाउपेच राखि कूटनीतिक काइदाबाट राज्यले कसैमाथि गोली बर्साउन बाध्य पार्नु वा गोली थाप्न बाध्य पार्नु दुवै बेइमानी तथा निकृष्ट राजनीतिक प्रवृत्ति हो । कसैको काख रित्याउनु, अभिभावकत्व खोस्नु वा सिन्दुर पुछ्नु मात्र राजनीति होइन । प्रजातन्त्रमा संवाद, बहस र छलफल निकासका लागि प्रमुख कारक बन्छन् । संवाद र छलफलबाटै जनाकाङ्क्षा, चाहना र सपना पुरा हुने वातावरणको निर्माण गरिनु पर्दछ । ओठमा मुस्कान, आँखामा सपना र मनमा शान्तिका साथै न्यानो वातावरणको निर्माण राजनीतिको मर्म हो । यसैबाट समृद्ध राष्ट्रको निर्माण हुन्छ । यसको जबाफदेहिता राज्य वा सरकार हुनुपर्दछ र जिम्मेवारी पनि लिनु पर्दछ । कसैले कसैमाथि दोषारोपण गर्दैमा उन्मुक्ति पाउनु हुँदैन । कसैको जीवनको मूल्य पैसा हुन सक्दैन र हुनु पनि हुँदैन, जुन कुरा हाम्रो राजनीति तथा राजनीतिकर्मीले बुझ्नै पर्दछ । जनताको अदालत कठोर हुने छ । त्यसको क्षतिपूर्ति रूपैयामा भुक्तानी हुन नसकिने हुन्छ ।
कञ्चनपुरको घटना वा सप्तरीको हत्याकाण्डभन्दा पनि आतङ्कपूर्ण घटना बोहोरागाउँ हत्याकाण्ड हो । यसलाई किन हत्याकाण्ड भनिएको हो ? एउटा सामान्य, निर्दोष र असंलग्न नागरिकलाई एम्बुसमा पारेर मारिएभन्दा कम दर्दनाक छैन यो घटना । आफूले उचित भाडा तिरेर सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न पाउने नागरिकको अधिकार हो । नागरिकको शान्ति–सुरक्षाको जिम्मा लिएका सुरक्षा निकायहरू तथा जनताको जीवनैमाथि खेलवाड गर्नु उपयुक्त होइन, न कि धनी हुन चाहने एम्बुस सञ्चालक व्यवसायी र सडक अनुमति दिने राज्यको सम्बन्धित निकाय यो हत्याकाण्डका मतियार हुन । सप्तरी होस् वा बुटवल काण्ड, सबैमा राजनीतिक रङ दिएर सहिद घोषणा गर्नेदेखि लिएर नेपाल बन्दसम्मका बिरोध तथा असुरक्षा र जीवन रक्षाको सुनिश्चितताका लागि आन्दोलन हुन्छन् । त्यहींँ राज्यले एकै ठाउँमा बिसौँ, तिसौँ जनताको एउटै चिहान हँुदा समेत समाचारमा दुर्घटनाको रङ दिएर मृत्युलाई सामान्यीकृत गरिन्छ । दुर्घटना एक पटक हुन्छ, बारम्बार नाटक हुन्छ । काभ्रेको घटनालाई दुर्घटना भन्ने कि रामेछापको वा बोहोरागाउँको ? यसरी ट्राफिक प्रहरीबाट गरिने जरिवाना अथवा ब्यवसायीको २–४ हजार आर्थिक नाफाका लागि पचासौँ निर्दोष नागरिकको जीवनमाथि खेलवाड गर्ने अधिकार कसले दियो ? या त सडक दुर्घटनामा मारिने जीवन सस्तो, बुटवल वा सप्तरीमा मारिनेको जीवन महङ्गो हुन्छ ? किनभने बुटवल वा सप्तरीमा मारिने राजनीतिकर्मी थिए भने बोहोरागाउँमा मारिने सामान्य नागरिक थिए ? के जीवन सस्तो हुन्छ र ? खोई राज्यको जबाफदेहिता ? सप्तरी घटनामा विज्ञप्ती निकाल्ने नागरिक समाज होस् या मानव अधिकारकर्मी, खोई बोहोरागाउँमा जीवन गुमाउनेहरूको बाँच्न पाउने अधिकार ? यस प्रकारका बारम्बार घटाइने घटनालाई फेरी पनि एउटा सामान्य दुर्घटनाको सङ्ज्ञा दिएर बेवास्ता गर्दै जाने हो ? जनताको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी राज्यको हो । यसरी समान प्रकारका मृत्युलाई विभेद गरेर कसैलाई सरलीकृत गर्दै लगेर सामान्यीकरण गर्ने र कसैलाई दलाली (बार्गेनिङ) को माध्यम बनाएर सत्ताका लागि र्‍याल चुहाउने यस प्रकारको राजनीतिको अन्त्य हुनु पर्छ ।
राज्यले सञ्चालन गर्ने अनुमति पाएका निकायहरू जनताप्रति उत्तरदायी हुनुपर्दछ । जनताको जीवनमाथि खेलवाड गर्ने अधिकार कसैलाई हुँदैन र हुनु पनि हुँदैन । त्यसैले कसैको जीवन दिन नसक्ने राज्य वा राजनीतिक दल वा कार्यकर्ता सबैको जीवन अमूल्य हुन्छ भन्ने कुरा बुझेकै हुनुपर्दछ । मृत्युलाई पैसाको मूल्य दिइनु सरासर अपराध भएकाले यसतर्फ राज्य र राजनीतिक दलले सचेततापूर्वक कदम चाल्नु अपरिहार्य छ । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
माक्र्स जयन्तीको सन्दर्भ
स्थानीय चुनावमा दलहरूको प्रचार रणनीति
खबरदार ! हाम्रो रोजगारी नखोस
नेपालमा प्रधान न्यायाधीशमाथि महाभियोग र पूँजीवादी लोकतन्त्र अवसानतिर
नेपालमा प्रधान न्यायाधीशमाथि महाभियोग र पूँजीवादी लोकतन्त्र अवसानतिर
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal