२०७४ असार २८ गते, बुधबार   वर्ष ३४, अङ्क ३३
मिति(२०७४ श्रावण ९, सोमवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प 2072 बैशाख 12
भूकम्प : 2072 बैशाख 12
लेखहरू
खबरदार ! हाम्रो रोजगारी नखोस
– लक्ष्मी पौडेल
हालै मात्र नेपाल सरकारले प्रवासको यस्तो मरुभूमिमा रोजगाररत रहेका महिला घरेलु कामदारहरूलाई विदामा घर गएपछि पुनः आवतजावतमा प्रतिबन्ध लगाएको घोषणा गरेपछि म लगायत यसरी विदेशी भूमिमा रोजगाररत रहेका हजारौँ महिलाहरूको ध्यान गम्भीर रूपमा ध्यान तानिएको छ । उक्त निर्णयप्रति घोर आपत्ति जनाउँदै युएई नेपाली एकता समाजको अगुवाइमा युएईमा कार्यरत रहेका हामी प्रवासी नेपाली महिलाहरूको प्रतिनिधि मण्डलले आबुधावीस्थित नेपाली दूतावास पुगेर दूतावास मार्फत् नेपाल सरकारको ध्यान आकर्षण गराइएको छ ।
हाल देशमा चली रहेको राजनैतिक सङ्क्रमण र त्यसबाट विदेशमा श्रम गरेर खाने व्यक्ति (विशेष गरी महिला) हरूलाई पर्न गएको प्रत्यक्ष र अप्रत्यक्ष असरका बारेमा बोल्न मन लाग्यो । वास्तवमा कोही पनि ब्यक्ति रहरले विदेशमा आफ्नो रगत, पसिना बगाई रहेको छैन । सबैका आ–आफ्ना बाध्यता छन् । सबैलाई आफ्नो रगत, पसिना आफ्नो देशमा आफ््नो माटोमा सिञ्चिन मन छ सबैलाई । तर यी सब भावनात्मक कुरा हुन पुगेका छन् । देशमा रोजगारी छैन । भएको कलकारखाना दिनानुदिन बन्द हुँदै छ । यस्तो अवस्थामा वैदेशिक रोजगार बाध्यता बनेको छ । हाम्रा लागि भनाँै, हामी नेपाली लागि र अर्को यथार्थ यो पनि हो कि वैदेशिक रोजगारीले आर्थिक रूपमा राज्यलाई धेरै टेवा पुगेको छ । विदेशबाट भित्रिने रेमिट्यान्सले देश चलेको छभन्दा अनर्थ नलाग्ला । हाmे यही रेमिट्यान्स पठाउने महिला दिदिबहिनीहरू बिदामा गएका बेलामा सरकारले अनेक नियम, कानुन लगाएर काममा फर्किन दिएको छैन । त्यसमा घोर आपत्ति प्रकट गर्दछु ।
कति सपनाहरू सजाएर बिदामा गएका दिदीबहिनीहरूको सपना टुक्राउने काम मात्रै गरेको छैन सरकारले, तिनीहरूबाट आश्रित परिवारको रोजिरोटी पनि खोसेको छ । देशमा बेरोजगारी सङ्ख्या पनि थपेको छभन्दा अनर्थ नलाग्ला । कि त सरकारले तुरुन्तै रोजगारी दिन सक्नु पर्‍यो, होइन भने ती महिला दिदीबहिनीको तुरुन्त श्रम स्वीकृत गरी काममा फर्किन सक्ने वातावरण बनाई दिनु पर्‍यो । होइन भने तिनिहरूको आश्रित परिवार र बालबच्चाको भरणपोषण र शिक्षादीक्षाको जिम्मा कसले लिन्छ ? विशेष गरी घरमा काम गर्ने महिलाहरू बिदामा गएको बेलामा एकाएक श्रम स्वीकृत रोकेर सरकारले ठुलो अन्याय गरेको छ । 
हो, खाडीमा भिजिट भिसामा आएर कति अलपत्र परेका होलान् र कति घरमा काम गर्ने घरेलुु कामदार पनि पीडामा परेका होलान ? नहोला भन्ने होइन तर भिजिट भिसा बन्द गरेर अनि, घर बिदामा गएका घरमा काम गर्ने महिलाहरूलाइ नेपालमा रोक्नु नै समस्याको समाधान हो ? सम्बन्धित निकायसँग जान्न खोज्दा घरेलु कामदारका लागि सम्झौता भएको छैन । कानुन पनि पास भएको छैन । त्यसैले रोकिएको भन्ने जबाफ आउँछ । तर देशका बारेमा कुनै पनि निर्णय गर्दा छेपारोले रङ फेरेको जस्तो निर्णय फेर्न सक्ने सरकार किन निमुखा कामदारको रोजिरोटी खोस्न यति क्रुरतापुर्ण रूपमा प्रस्तुत हुन्छ । आफ्नो फाइदाका लागि ५ मिनेटमा कानुन बनाउन सक्ने सरकारले त्यही कानुनलाई ढडिया बनाएर सिधासाधा जनतालाई किन पासोमा पार्दै छ ? 
देशमा भूकम्प गएको २ बर्ष बिती सकेको छ । भूकम्प पीडितले राहतको महशुस गर्न पाएका छैनन् । अहिलेसम्म पालामा जिन्दगी गुजार्दैछ्न भूकम्प पीडितहरू । गाँस, बास, कपासको व्यवस्था गर्न सकेको छैन सरकारले । राहतका सामग्रीहरू सबै हिनामिना भई सकेको छ । यस्तो कुरामा किन ध्यान दिदैन सरकार । निर्णय गर्दा सरकारले निश्चित मापदण्ड बनाएर स्थिति नियन्त्रणमा लिएर कस्तालाई भिसा दिने कस्तालाई नदिने, अनि, घरेलु कामदारका लागि कसरी सम्झौता गर्ने र समस्या समाधान कसरी गर्ने भन्नेतिर लाग्ने कि भिसा बन्द गरेर भई रहेको रोजगारी खोसी दिने ? सरोकारवाला निकायले यो बुझ्न जरुरी छ कि हालसम्म खाडीमा आएर अलपत्र पर्ने सबै दलालहरूबाट आएका मात्र छन् । ती दलालहरूको सिधा सम्पर्क भनौँ वा साँठगाठ सरकारको कर्मचारीसँग छ या भनौँ सरकारसँग छ । कर्मचारी तन्त्र दलालको दलदलमा फसेपछि अब कसले गर्छ दलालगिरी नियन्त्रण ? यसमा सम्बन्धित निकायको ध्यान जाओस् ।
यदि खाडी मुलुकमा घरेलु कामदार बन्द गरेको खण्डमा त्यसको असर सबैभन्दा धेरै युएईमा रोजिरोटीका लागि श्रम गर्ने कामदारमा पर्ने निश्चित छ । तर खाडी मुलुकमा सबैभन्दा सुरक्षित युएई भएको कुरा जानकारी गराउन चाहन्छु । कुनै पनि औलामा रोग लाग्दछ भने उपचार गर्ने हो भएन भने बल्ल एउटा औला काट्ने हो तर सरकारले त औलामा सानो घाउ देखेर हात नै काटेर फाली दिएको भान भएको छ । हो, पीडामा परेकाहरूलाई मल्हम लगाउनु पर्दछ । तर पीडामा परेको त यसै पर्‍यो पर्‍यो तर सरकार भने तिनीहरूलाई मल्हम लगाउनु त कता हो कता, उल्टो घरको गर्जो टार्नका लागि रोजिरोटी चलाउनका लागि राम्रोसँग काम गरी रहेका महिलाहरूको रोजगारी खोसेर झन् पीडा थप्दै छ । यसमा पनि सम्बन्धित निकायको ध्यान जाओस् ।
अन्त्यमा, कुनै पनि व्यक्ति यदि रोजगारीको सिलसिलामा पीडामा परेको छ भने घर गई सकेपछि फेरि रोजगारीमा फर्किन पाऊँ भनेर भन्छ ? यस्तो अवस्थामा उनीहरूलाई रोजगारीका लागि किन प्रतिबन्ध लाउन खोजिदै छ ? यो विषयमा सबै विस्तृत रूपमा आबुधाबीस्थित नेपाली दूतावासलाई ज्ञापन पत्र बुझाई सकेको छ । अझै पनि हाम्रो आवाज नसुनिएमा र एउटा श्रमजीवी कामदारको रोजिरोटी खोसिने अवस्था आएमा हामी युएईमा रोजगाररत रहेका हजारौँ महिलाहरू मिली नेपाली दूतावास घेरा हाल्न बाध्य हुने छौँ । दूतावास मात्र होइन, नेपाल पुगेर श्रम मन्त्रालय र सिंहदरवार अगाडि नै धर्ना बस्न पनि बाध्य हुने छौँ । हामी चाहन्छौँ– देशमा त्यस्तो स्थितिको सृजना नहोस् । यसमा सम्बन्धित निकायको समयमै ध्यानाकर्षण होस् । (लेखिका युएई नेपाली एकता समाज, महिला विभागकी सल्लाहकार सदस्य हुनु हुन्छ ।)

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप लेखहरू
माक्र्स जयन्तीको सन्दर्भ
स्थानीय चुनावमा दलहरूको प्रचार रणनीति
नागरिक सुरक्षाको सवाल र दायित्व
नेपालमा प्रधान न्यायाधीशमाथि महाभियोग र पूँजीवादी लोकतन्त्र अवसानतिर
नेपालमा प्रधान न्यायाधीशमाथि महाभियोग र पूँजीवादी लोकतन्त्र अवसानतिर
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal