२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ७, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
समाचार
युएई एकता समाजद्वारा ज्ञापन बुझाइयो
आबुधावी । युएईको अवुधावीस्थित नेपाली दूतावासमा अप्रैल २१, २०१७ युएई नेपाली नेपाली एकता समाजका एक प्रतिनिधि मण्डल पुगेर कार्यवाहक राजदूत नेत्र बहादुर टन्डन मार्फत् नेपाल सरकारको प्रधानमन्त्री कार्यालय, श्रम तथा वैदेशिक रोजगार मन्त्रालय लगायत उच्च मन्त्रालयमा हस्तान्तरण हुने गरी ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य कृष्ण केसीको संयोजकत्वमा युएई नेपाली एकता समाजका अध्यक्ष शिवराज जैशी, महासचिव धनसिंह पुलामी र युएई महिला एकता विभाग अध्यक्ष सावित्रा घिमिरे र महिला सल्लाहकार सावित्रा एमसीको टोली सहित आवुधावीस्थित नेपाली दूतावासको कार्यलयमै पुगेर ज्ञापन पत्र बुझाएको थियो । 
हालै मात्र नेपाल सरकारले महिला घरेलु कामदारको बिदामा गएका समेतको आवतजावतमा प्रतिबन्ध लगाएको घोषणापछि युएईस्थित महिला अधिकारकर्मी सहितको टोलीले उक्त निर्णयको घोर आपत्ति जनाउँदै उक्त निर्णय तुरुन्तै फिर्ता गर्न र आवश्यक कागजात रहेमा बिना रोकटोक आवतजावतमा प्रतिबन्ध खुल्ला हुनु पर्ने माग राख्दै दूतावास मार्फत् सरकारको ध्यानाकर्षण गराएको हो । भिजिट भिसाद्वारा आउने नेपालीहरूमाथि दलाल, मानव तस्करहरूको मोटो रकम कमाउने धन्दा भएकाले सो भिजिट भिसाको पारदर्शिता अध्ययन गरी सहजै हुनु पर्नेमा अध्यागमन विभागको कर्मचारी नै तस्करी र दलालसँगको साठगाँठमा सामेल हुनु अत्यन्तै आपत्तिजनक भएको ठहर गर्दै कार्यवाहक राजदूत टन्डनको ध्यानाकर्षण गराएको थियो । भिजिट भिसाको आवश्यक मापदण्ड पुरा गरी युएई आउने सबैलाई विभागको पारदर्शिता सहित कुनै पनि रोकटोक हुन नहुने माग गर्दै कर्मचारी लगायत साँठगाठ गर्ने सबै मानव तष्कर र दलालहरूलाई कानुनसम्मत कार्यवाही हुनु पर्ने माग समेत राखिएको थियो ।
ज्ञापन पत्रमा प्रवासी नेपालीहरूको मताधिकार र राज्यको कुनै तहमा समानुपातिक प्रतिनिधित्व हुन पाउनु पर्ने माग राख्दै दूतावास मार्फत् नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । कार्यवाहक राजदूत नेत्र बहादुर टण्डनले यसबारे सरकार चिन्तित र सकारात्मक रहेको र आफूले सम्बन्धित निकायमा कुराकानी गरेको जानकारी गराउनु भएको छ । अहिलेको आसन्न निर्वाचनमा प्रवासी नेपालीहरूको मताधिकार सम्भव नरहे पनि यसबारे सरकारको ध्यानाकर्षण हुने छ भन्नेमा आश्वस्त दिलाउनु भएको थियो । प्रवासी नेपालीहरूको निर्वाचनमा मताधिकार कार्यान्वयनमा आउनु पर्छ भन्ने माग राख्दै धनसिंह पुलामीद्वारा कार्यवाहक राजदूत नेत्र बहादुर टण्डनको ध्यानाकर्षण गराउनु भएको थियो ।
अन्तमा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य कृष्ण केसीद्वारा ज्ञापन पत्रमा उल्लेखित बुँदाहरूको सङ्क्षेपमा आफ्ना धारणा राख्नु भएको थियो ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
दुई दशकपछि देशमा वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन हुँदै
सम्झना कार्ल माक्र्सको
रहेनन् श्याम प्रसाद शर्मा
अन्तरिम आदेश स्वागतयोग्य ः राजमो
ओमन नेपाली एकता समाजद्वारा नेपाल सरकारलाई ज्ञापन
वडा समिति गठन
मे दिवस मनाइयो
राजमोको चुनाव भेला सम्पन्न
कलाकार सागर बोहरालाई एक लाख सहयोग
मिटर बक्स जडान
एटिएम थपियो
नेपाली दूतावास युएई मार्फत् नेपाल सरकार समक्ष प्रवासी नेपालीको ज्ञापन पत्र
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal