२०७४ असोज ४ गते   वर्ष ३४, अङ्क ४०
मिति(२०७४ आश्विन ७, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख समाचार
पुराना अंक
समाचार
मे दिवस मनाइयो
दाङ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) दाङ जिल्ला समितिको आयोजनामा २०७४ वैशाख १८ गतेका दिन एक सय अट्ठाइसौ मे दिवस लमहीमा मनाइएको छ । अन्टुकका जिल्ला उपाध्यक्ष हरि बहादुर थापाको अध्यक्षतामा, अखिल (छैठांै) का दाङ जिल्ला अध्यक्ष वसन्त आर्चायको सञ्चालन र राजमो लमही नगर समिति अध्यक्ष पदम प्रसाद गोराथोकीको स्वागत मन्तव्यबाट सो कार्यक्रम अघि बढेको थियो । 
कार्यक्रमको प्रमुख अतिथि अन्टुकका केन्द्रीय सदस्य ठाकुर प्रसाद भण्डारी हुनु हुन्थ्यो । कार्यक्रमलाई राजमो दाङका सचिव गणेश आचार्य, अन्टुककै अर्का केन्द्रीय सदस्य नुम बहादुर पुन मगर र अखिल नेपाल महिला सङ्घ दाङकी सदस्य शोभाकला खनालले समेत सम्बोधन गर्नु भएको थियो । 
कपिलवस्तु 
अन्टुक कपिलवस्तुको आयोजनामा जिल्लाको चन्द्रौटा बजारमा मे दिवस मनाइएको छ । ‘अक्टोबर क्रान्तिको झण्डालाई उच्च राख्न हजारौँ मजदुरहरूलाई सङ्गठनमा गोलबन्द गरौँ, एक सय अट्ठाइसौँ श्रमिक दिवस सफल पारौँ’ मूल नाराका साथ सो दिवस मनाइएको थियो । समारोहलाई अन्टुकका केन्द्रीय सदस्य केयरसिंह अदैले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु भएको थियो । समारोहलाई अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राजमो कपिलवस्तुका अध्यक्ष दधिराम आचार्य, राजमो लुम्बिनी–राप्ती क्षेत्रीय समितिका सदस्य हिमलाल वाग्ले, जातीय समता समाजका कपिलवस्तु जिल्ला सचिव प्रकाश विक र अखिल नेपाल जनजाति सम्मेलनका केयर सिंह पुन लगायतका अतिथिहरूले समेत सम्बोधन गर्नु भएको थियो । समारोह सिद्धिमान केसीको अध्यक्षता, नारायण प्रसाद खनालको सञ्चालन र उदम प्रसाद थारूको स्वागत मन्तब्यबाट अघि बढेको थियो ।
कतार
मे ५, २०१७ का दिन कतारको राजधानी दोहामा ‘महान् अक्टोबर क्रान्तिको झण्डालाई उच्च राखौँ, मजदुर दिवसको क्रान्तिकारी परम्परालाई अगाडि बढाऔँ’ मूल नाराका साथ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता कतार नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष लुमाकान्त पुन मगरको रहेको थियो भने सञ्चालन राम इन्दल थिङको रहेको थियो । एकता समाजका सचिवालय सदस्य हेमन्त वाइबा, सचिव विष्णु थापा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार अर्जुन थापा मगर, प्रथम उपाध्यक्ष मदन श्रीस मगर, पूर्व उपाध्यक्ष दावा लामा, रक्तिम सांस्कृतिक अभियान कतारका अध्यक्ष हुमाकान्त आचार्य, महिला विभागका अध्यक्ष अमिना खान, बुद्धिजीवी विभागका कमल आचार्य, केन्द्रीय सल्लाहकार बलदेव राना, केन्द्रीय सदस्य रेणुका चौलागाईको पनि आतिथ्यता रहेको थियो । कार्यक्रममा एकता समाजका सनैया ए एरिया समितिका अध्यक्ष विष्णु आचार्य, सनैया बी एरिया समितिका धन बहादुर बलम्पाकी मगर, सी एरिया समितिका जीबी कुँवर, डी एरिया समितिका अध्यक्ष टेकराज थापा, दोहा एरिया समितिका केयर सिंह थापा, सलता एरिया समितिका शालिक राम पुन मगर, सहलिया एरिया समितिका लक्ष्मण कोइराला, मनसुरा एरिया समितिका इश्वर केसी, गरफा एरिया समितिका अध्यक्ष सन्जु सुन्दासका साथै हाँक साप्ताहिकका उद्धव मगर, पत्रकार राम प्रसाद पराजुली, साझा नेटवर्कका टेकराज थापामो थप आतिथ्यता रहेको थियो ।
ओमान
मे ५ कै दिन ओमन नेपाली एकता समाज अन्तर्गत शिब तथा रूसेल एरिया समितिले अलरिफ होटेल घुब्राहको सभाहलमा सभा सम्पन्न गरेको छ ।
शिव एरिया समितिका सचिव दिपक रम्तेलको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछानेको प्रमुख आतिथ्यमा तथा ओमन नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष छबिलाल बस्नेतको विशेष आतिथ्यतामा सम्पन्न सो समारोहको सञ्चालन ऋषिराम वाग्ले तथा रिता शर्माले संयुक्त रूपमा गर्नु भएको थियो । समारोहमा नमराज आचार्यले स्वागत मन्तब्य र रक्तिम ओमनका कलाकारहरूले गीत मार्फत् स्वागत गरिएको थियो ।
समारोहमा प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने र विशेष अतिथि छबिलाल बस्नेतले मन्तव्य राख्नु भएको थियो । रक्तिम सांस्कृतिक अभियान ओमनका कलाकारहरूद्वारा जोशिला प्रस्तुतिहरू दिइएको थियो । एकता समाज विभिन्न विभाग तथा एरियाहरूबाट उल्लेख्य सङ्ख्यामा सहभागीहरूबीच सम्पन्न सो समारोहमा छ जना नयाँ सदस्यहरूले एकता समाजको सदस्यता लिनु भएको थियो । 
सो अवसरमा रक्तिम ओमनका अध्यक्ष नारायण ज्ञवाली, खेलकुद विभागका अध्यक्ष दिल प्रसाद पौडेल, महिला विभागकी अध्यक्ष गीता लिम्बू, रुबी एरिया समितिका अध्यक्ष टङ्क आचार्य, कुरुम एरिया समितिका अध्यक्ष गुनाखर खनाल, अल्खुवैर एरिया समितिका अध्यक्ष टुक बहादुर रामदाम, घाला एरिया समितिका अध्यक्ष लोकेन्द्र सुनुवार, सिटिजन एरिया समितिका सदस्य शिव रेग्मी, रूसेल एरिया समितिका उपाध्यक्ष दिपेस पान्डे, शिब एरिया समितिका अध्यक्ष दुर्गा गिरी, सक्रिय सदस्य हिमाल सागर शर्मा, पत्रकार शालिक राम आचार्य, जिबी लामा लगायतले मन्तव्य तथा महिला सदस्यहरू मन्जु बानियँँ, भूमिका चौहान र फुल कुमारी ताजपुरियाले कविता, मुक्तक तथा गीत प्रस्तुत गर्नु भएको थियो । 

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
दुई दशकपछि देशमा वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन हुँदै
सम्झना कार्ल माक्र्सको
रहेनन् श्याम प्रसाद शर्मा
अन्तरिम आदेश स्वागतयोग्य ः राजमो
ओमन नेपाली एकता समाजद्वारा नेपाल सरकारलाई ज्ञापन
वडा समिति गठन
राजमोको चुनाव भेला सम्पन्न
कलाकार सागर बोहरालाई एक लाख सहयोग
मिटर बक्स जडान
एटिएम थपियो
नेपाली दूतावास युएई मार्फत् नेपाल सरकार समक्ष प्रवासी नेपालीको ज्ञापन पत्र
युएई एकता समाजद्वारा ज्ञापन बुझाइयो
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal