२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर ७, विहीवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
ओमन नेपाली एकता समाजद्वारा नेपाल सरकारलाई ज्ञापन
मस्कट । ओमन नेपाली एकता समाजद्वारा खाडीमा घरेलु कामदारको रूपमा कार्यरत महिलाहरूका समस्या, फ्री भिसा फ्री टिकट, प्रवासी नेपालीहरूको मताधिकार लगायतका विषयमा मे ४, २०१७ का दिन नेपाली दूतावास मार्फत नेपाल सरकार समक्ष ज्ञापन पत्र बुझाएको छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने, एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, महिला विभागकी अध्यक्ष गीता लिम्बू लगायत सम्मिलित एक प्रतिनिधि मण्डलले अध्यक्ष छविलाल बस्नेतद्वारा हस्ताक्षरित पाँच बुँदे ज्ञापन पत्र कार्यवाहक राजदूत रोजिना ताम्राकार समक्ष बुझाइएको हो ।
ज्ञापनमा नेपाल सरकारले बिदामा नेपाल फर्केर पुनः रोजगारीमा फर्कन चाहने घरेलु महिला कामदारहरूको श्रम स्वीकृतिमा रोक लगाएको कार्य गलत भएको भन्दै पुन श्रम स्वीकृति दिने कार्य सुचारु गर्न माग गरिएको छ । यो कदमले प्रवासमा श्रम गरी परिवार पाल्ने महिलाहरूको रोजिरोटी नै बन्द भई आश्रित परिवार समेत प्रभावित भएको बताएका छन् । “जेनतेन बालबच्चाका पढाइ र खानपिन खर्च धानी रहेका महिलालाई रोजगारबाट बन्चित गराउनु राम्रो कार्य नहुने र अधिकांश महिलाहरू अशिक्षित र विपन्न वर्गको भएको हुनाले उनीहरूले तत्काल कुनै जागिर वा व्यवसाय गर्न पनि असक्षम हुने र सरकारले तत्काल त्यस्तो कुनै वैकल्पिक व्यवस्था गर्न पनि सक्ने अवस्था नभएको हुँदा यसलाई तत्काल फिर्ता लिएर बिदामा घर गएर फेरि फर्केर काम गर्न चाहने महिलाहरूको निम्ति सहज वातावरण तय गर्न समेत सरकारसँग जोडदार माग गर्दछ” ज्ञापनमा भनिएको छ ।
महिलाहरूलाई विभिन्न देशको एअरपोर्ट प्रयोग गरी दलालहरूले सेटिङ मार्फत् ओसारपसार गर्ने काम सरकारले अझै रोक्न नसकेको र खाडीमा महिलाहरूको समस्यामा कमी नआएकाले त्यसलाई न्यूनीकरण गर्ने, अब आउन चाहने महिलाहरूलाई सरकारको संरक्षकत्वमा सम्भावना भएका देशहरूमा पठाउने व्यवस्था गर्न माग गरिएको छ । 
लाखौँको सङ्ख्यामा प्रवासमा रहेका युवाहरूलाई प्रवासबाट नै राष्ट्रिय चुनावमा मतदान र प्रतिनिधित्वको व्यवस्था गराउन पनि माग गरिएको छ । त्यस्तै, सरकारले मलेसिया लगायत खाडी मुलुकमा जान चाहने कामदारहरूलाई लागु गरिएको फ्री भिसा फ्री टिकटको नीतिलाई कडाइपूर्वक लागु गराउन माग गरिएको छ ।
ज्ञापनमा साउदीस्थित तात्कालिक नेपाली राजदूत उदय राज पाण्डेको कार्यकालदेखिको प्रयासमा ओमानमा बहाल रहेका पूर्व राजदूतहरूको रोहवरमा नेपाली सङ्घ÷संस्थाहरूबीच भएको छलफलमा ओमनमा सबै नेपालीहरूलाई समेट्ने गरी नेपाली सोसियल क्लब दर्ता गर्ने सहमति भएकोमा हाल आएर गैर आवासीय नेपाली सङ्घ ओमनले गैर आवासीय नेपाली सोसियल क्लब दर्ता गरेको पाइएको हुनाले ओमन सरकारको कानुन अनुसार कुनै एक क्लब मात्र दर्ता गर्न मिल्ने प्रावधान भएको हुँदा कुनै एक संस्था विशेषको नाममा नभई सबै नेपालीको साझा नेपाली सोसियल क्लब दर्ता गर्नका लागि पहल गर्न पुनः दूतावास मार्फत् नेपाल सरकारलाई जोडदार माग गरिएको छ ।
सो अवसरमा का.वा. राजदूत ताम्राकार र सहचारी लाल बहादुर अर्यालले सम्बन्धित बिषयमा सहभागी टोलिद्वारा सोधिएको जिज्ञासामाथिकाको जबाफ दिनु भएको थियो । –जिबी लामा

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
दुई दशकपछि देशमा वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन हुँदै
सम्झना कार्ल माक्र्सको
रहेनन् श्याम प्रसाद शर्मा
अन्तरिम आदेश स्वागतयोग्य ः राजमो
वडा समिति गठन
मे दिवस मनाइयो
राजमोको चुनाव भेला सम्पन्न
कलाकार सागर बोहरालाई एक लाख सहयोग
मिटर बक्स जडान
एटिएम थपियो
नेपाली दूतावास युएई मार्फत् नेपाल सरकार समक्ष प्रवासी नेपालीको ज्ञापन पत्र
युएई एकता समाजद्वारा ज्ञापन बुझाइयो
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal