२०७४ कार्तिक २९ गते, बुधबार   वर्ष ३५, अङ्क १
मिति(२०७४ म‌सिर २, शनिवार) गृह पृष्‍ठ  |  प्रिन्टलाईन  |  सल्लाह सुझाव  |  पुराना अंक  |  सम्पर्क
सम्पादकीय मूल लेख लेखहरू समाचार साहित्य
पुराना अंक
समाचार
दुई दशकपछि देशमा वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचन हुँदै
राष्ट्रिय जनमोर्चाको पक्षमा उर्लदो जनलहर
काठमाडौँ । देश यति बेला निर्वाचनमय भएको छ । राजनैतिक दलहरू आ–आफ्ना पार्टीका झण्डा, ब्यानर र घोषणा पत्रहरू लिएर जनताका घरदैलोमा चुनाव प्रचारमा व्यस्त छन् । झण्डै दुई दशकपछि देशमा हुन गई रहेको स्थानीय निर्वाचन मार्फत् जनताले स्थानीय तहमा जन प्रतिनिधिहरू चुन्दैछन् । पहिलो चरणको निर्वाचनको मिति ३१ वैशाख नजिकिंदै गर्दा राजनैतिक दलहरूले पनि आफ्नो चुनावी अभियानलाई तीव्रता दिई रहेका छन् । पहिलो चरण अन्तर्गत प्रदेश नं. ३, ४ र ६ अन्तर्गतका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा स्थानीय निर्वाचन हुँदै छ । सत्ता गठबन्धनका दलहरूले सत्ता र शक्तिको दुरूपयोग गर्दै निर्वाचनलाई आफ्नो पक्ष्ँमा पार्ने कोशिस गरी रहेका छन् । प्रमुख दलहरूले भड्किलो तरिकाले चुनाव प्रसार अगाडि बढाई रहेका छन् । तर विगतमा उनीहरूले गरेका बदमासीका कारण उनीहरूप्रति जनताको अभिरुचि खासै देखिएको छैन । चुनावी प्रचार प्रसारको कार्यक्रम अगाडि बढ्दै जाँदा, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका पक्षमा निरन्तर सङ्घर्षरत रहेको राष्ट्रिय जनमोर्चाप्रति जनताको आकर्षण बढ्दै गएको देखिएको छ । 
“चुनावी प्रचार प्रसारको कार्यक्रम अघि बढ्दै जाँदा राष्ट्रिय जनमोर्चाका पक्ष्ँमा देशव्यापी वातावरण बन्दै गई रहेको छ” राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले भन्नु भयो– “निर्वाचनको अन्तिम परिणाम के आउँछ ? त्यो अहिल्यै भन्न सकिने विषय होइन । तर अहिलेसम्मको स्थिति हेर्दा राजमोप्रति जनताको आकर्षण बढ्दै गई रहेको छ । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्ष्ाँका निम्ति निरन्तर सम्झौताहीन सङ्घर्ष सञ्चालन गर्दै आई रहेको एक मात्र पार्टी राष्ट्रिय जनमोर्चा नै हो भन्नेमा नेपाली जनता स्पष्ट हुँर्दै गएको हामीले पाएका छौँ ।” राजमोले स्थानीय निर्वाचनको सङ्घारमा केन्द्रीय स्तरबाटै ६ टोली निर्माण गरी देशव्यापी प्रचारात्मक अभियान समेत सञ्चालन गरेको थियो । उक्त अभियानका क्रममा जनता राजमोप्रति आशावादी देखिएको समेत प्रवक्ता पौडेलले बताउनु भयो ।
पहिलो चरण अन्तर्गत ३१ वैशाखमा स्थानीय निर्वाचन सम्पन्न हुन गई रहेका जिल्लाहरूमा राजमोका पक्षमा जनलहर बढ्दै गएको देखिएको छ । ४ नम्बर प्रदेश अन्तर्गतको बागलुङमा राष्ट्रिय जनमोर्चाका पक्षमा व्यापक जनलहर देखिएको छ । बागलुङका प्रत्येक नगरपालिका र गाउँपालिकाहरूमा राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवार खडा गरेको छ । अधिकांश स्थानहरूमा बागलुङमा राष्ट्रिय जनमोर्चा र नेकपा (एमाले) का बीचमा चुनावी तालमेल भएको छ । चुनाव प्रसारका क्रममा बागलुङमा विशाल सभाहरू सम्पन्न भएका छन् । सांस्कृतिक प्रस्तुति सहितका ती सभाहरूमा स्थानीय जनताको विशाल सहभागिता रहने गरेको छ । “प्रत्येक वडा वडामा राजमोको टिम चुनाव प्रचार प्रसारमा खटिई रहेको छ” राजमो बागलुङका अध्यक्ष अमर थापाले भन्नु भयो– “बागलुङमा राजमोप्रति जनताको आकर्षण बढी रहेको देख्दा यस्तो लाग्दै छ– यहाँ हाम्रो विजयी यात्रालाई अब कसैले छेक्न सक्ने छैन ।” बागलुङमा राजमोका उम्मेदवारहरूलाई जिताउन देश तथा विदेशका विभिन्न स्थानहरूमा पुगेर रोजगाररत रहेका राजमो समर्थक बागलुङवासीहरू समेत धमाधम बागलुङ फर्किएका छन् । जनगायक तथा रक्तिमका अध्यक्ष जीवन शर्मा राजमोका उम्मेदवारहरूलाई सघाउन २४ वैशाखमा बागलुङ पुग्नु भएको छ । जापान, भारत लगायतका देशमा रोजगाररत रहेका राजमो समर्थकहरू बागलुङ पुग्ने क्रम जारी रहेको छ । ३१ वैशाख नजिकिदै गर्दा बागलुङमा राजमोका पक्षमा व्यापक वातावरण सृजना हुँदै गई रहेको छ ।
४ नं. प्रदेश अन्तर्गतका कास्की, तनहुँ, स्याङजा, म्याग्दी, पर्वत र लमजुङ जिल्लामा पनि राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवारहरू खडा गरेर चुनावी प्रसारको कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाई रहेको छ । “समग्र ४ नं. प्रदेशमा राजमोको चुनावी प्रचार प्रसारको कार्यक्रम उत्साहजनक रूपमा अगाडि बढी रहेको छ” राजमोका केन्द्रीय सदस्य तथा गण्डकी–धौलागिरी क्षेत्रका इञ्चार्ज राजेन्द्र ढुङ्गानाले भन्नु भयो– “चुनावी कार्यक्रम अघि बढ्दै जाँदा जनताबाट हामीलाई राम्रो र सकारात्मक प्रतिक्रिया प्राप्त भई रहेको छ । यस क्षेत्र अन्तर्गतका हाम्रा उम्मेदवारहरू रहेका प्रत्येक नगर तथा गाउँपालिकाहरूमा साथीहरू टिम बनाएर प्रचार प्रसारमा व्यापक रूपमा जुटी रहनु भएको छ । हाम्रो उम्मेदवारीबाट जनतामा उत्साह जागेको हामीले पाएका छौँ ।”
यता देशको राजधानी समेत रहेको ३ नं. प्रदेशमा पनि राष्ट्रिय जनमोर्चाको पक्षमा जनलहर बढ्दै गएको देखिएको छ । राजधानी काठमाडौँमा राजमोले महानगरपालिका सहित नौ वटा नगरहरूमा उम्मेदवारी दिएको छ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा डा. निर्मल कुमार थापा र उपप्रमुखमा ऋतु केसीलाई राजमोले उम्मेदवार बनाएको छ । तारकेश्वर, नागार्जुन, चन्द्रागिरी, बुढानिलकण्ठ, कागेश्वरी मनोहरा लगायतका नगरहरूमा राजमोको पक्षमा राम्रो जनमत देखिएको छ । ती सबै नगरहरूमा राजमोले आफ्नो उम्मेदवारहरू उठाएको छ । केही समय अघि मात्र कागेश्वरी मनोहरा र चन्द्रागिरी नगरमा त्यस क्षेत्रका प्रभावशाली नेता तथा कार्यकर्ताहरू नेकपा (माओवादी–केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काङ्ग्रेस परित्याग गर्दै दर्जनौँको सङ्ख्यामा राजमोमा प्रवेश गरेका थिए । महानगर तथा प्रत्येक नगरहरूमा छुट्टाछुट्टै टिम बनाएर राजमोले राजधानीमा व्यापक रूपमा प्रचार प्रसारको कामलाई अगाडि बढाई रहेको छ । “काठमाडौँमा चुनावी प्रचार प्रसारको कार्यक्रम व्यापक रूपमा अघि बढी रहेको छ” राजमोका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला अध्यक्ष लाल बहादुर थापाले भन्नु भयो– “प्रत्येक नगरहरूमा छुट्टाछुट्टै टिम बनाएर दैनिक रूपमा साथीहरू लागी रहनु भएको छ । जनताबाट पनि राम्रो प्रतिक्रिया आई रहेको छ । अहिले हामी काठमाडौँमा जनताको घरदैलो कार्यक्रममा व्यस्त छौँ । जनताका घरदैलोमा पुग्दा त्यहाँबाट प्राप्त प्रतिक्रियाले हामी थप उत्साहित भएका छौँ ।” ३ नं. प्रदेश अन्तर्गतका ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लामा समेत राजमोले आफ्ना उम्मेदवारहरू उठाएको छ । ती जिल्लाहरूमा पनि चुनावी प्रचार प्रसारको कार्यक्रम व्यापक रूपमा अघि बढाइएको छ । ३ नं. प्रदेशका प्रत्येक जिल्लाहरूमा राजमोको चुनावी प्रचार प्रसारको कार्यक्रम उत्साहजनक रूपमा अगाडि बढी रहेको रिपोर्ट हामीलाई प्राप्त भएको छ ।” राजमोका नेता आनन्द शर्माले भन्नु भयो– “चुनाव प्रचारका क्रममा जनताको घरदैलोमा पुग्दा यो राष्ट्र बचाउने एक मात्र पार्टी राष्ट्रिय जनमोर्चा नै भएकोमा जनता स्पष्ट हुँदै गएको हामीले पाएका छौँ । स्थानीय निर्वाचनमा जनताले राजमोको चुनाव चिह्न गिलासमा मतदान गर्नेमा हामी आशावादी छौँ ।”
पहिलो चरण अन्तर्गत नै स्थानीय निर्वाचन हुन गई रहेको ६ नं. प्रदेश अन्तर्गतका जिल्लाहरूमा पनि राजमोको चुनवाी अभियान तीव्र रूपमा अघि बढी रहेको राजमोका महासचिव जनक राज शर्माले जानकारी दिनु भयो । “यस प्रदेश अन्तर्गतका सुर्खेत, दैलेख, कालिकोट, हुम्ला, जुम्ला, मुगु, डोल्पा र जाजरकोट गरी आठ वटै जिल्लाहरूमा राजमोकातर्फबाट उम्मेदवारी दिइएको छ ।” चुनाव प्रचार प्रसारका क्रममा हाल सुर्खेतमा रहनु भएका महासचिव जनक राज शर्माले भन्नु भयो– “सबै ठाउँमा चुनावी प्रचार प्रसारको कार्यक्रम उत्साहजनक रूपमा अघि बढी रहेको छ । यस क्षेत्रमा राजमोप्रतिको जनलहर बढ्दै गई रहेको छ । निर्वाचन परिणाम पनि सुखद आउनेमा हामी आशावादी छौँ ।” ६ नं. प्रदेश अन्तर्गतका सुर्खेत र दैलेखका केही स्थानहरूमा राजमो र अन्य पार्टीका बीचमा तालमेल समेत भएको छ । सुर्खेतको लेकबेसी नगरपालिका र दैलेखको लयाँटीबिन्द्रासैनीमा तालमेल भएको छ । तालमेल अनुसार सुर्खेतको लेकबेसी नगरपालिकाको २ नम्बर वडामा एमालेले राजमोका उम्मेदवारहरूलाई सघाउने छ भने मेयर र उपमेयरमा राजमोले एमालेका उम्मेदवारहरूलाई सघाउने छ । त्यस्तै, दैलेखको लयाँटीबिन्द्रासैनीको २ नम्बर वडामा काङ्ग्रेस र माओवादी समेतले राजमोका उम्मेदवारहरूलाई सघाउने छन् । ती बाहेकका अन्य जिल्लाका सबै स्थानहरूमा राष्ट्रिय जनमोर्चा एकल रूपमै चुनाव लडेको महासचिव शर्माले बताउनु भयो ।
देशमा झण्डै दुई दशकपछि हुन गई रहेको स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चा “प्रजातान्त्रिक विकेन्द्रीयता, संविधानको कार्यान्वयन—स्थानीय विकासका लागि राष्ट्रिय जनमोर्चालाई मतदान ¤” भन्ने मूल नारायणीका साथ चुनावी मैदानमा उत्रिएको छ । राजमो स्वच्छ छवि भएको एक इमान्दार र सिद्धान्तनिष्ठ पार्टीका रूपमा जनतामा परिचित छ । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका पक्षमा राजमोले लिदै आएको दरिलो अडानले नै पछिल्लो समयमा राजमोप्रति जनताको आकर्णण बढ्दै गई रहेको छ । यो देशलाई टुक्रिन नदिनका लागि, हिमाल, पहाड र तराईबीचको एकतालाई कायम राख्नका निम्ति, जातीय सद्भावलाई बचाई राख्नका निम्ति, भ्रष्टाचार र अनियमिततालाई निर्मूल पारी देशलाई विकास र समृद्धिको मार्गमा अगाडि लम्काउनका निम्ति, राजमोका उम्मेदवारहरूले जित्नु नितान्त आवश्यक छ । अहिले चुनाव प्रचार प्रसारका क्रममा राजमोप्रति जुन जनलहर बढी रहेको छ, यसलाई अन्य पार्टीहरूल्े समेत नियाली रहेका छन् । जनताको राजमोप्रतिको यो आकर्षणलाई रोक्नका लागि, निर्वाचनको परिणामलाई राजमोको पक्षमा जान नदिनका लागि देशी–विदेशी प्रतिक्रियावादी शक्ति केन्द्रहरूले अनेक प्रकारका षडयन्त्रका जालहरू बुनीरहेका छन् । विगतका चुनावहरूले पनि देखाउने गरेको छ– निर्वाचनको परिणाम शक्ति, पैसा र काल्पनिक आवश्वासनहरूबाट प्रभावित हुने गरेको छ । सत्ता र शक्तिको दुरूपयोग गरेर निर्वाचनलाई आफ्नो पक्षमा पार्न प्रमुख दलहरू विगतमा सफल हुँदै गई रहेका छन् । इतिहास फेरि त्यसरी नदोहोरियोस् भन्नका लागि राजमोका नेता÷कार्यकर्ताहरू विशेष रूपमा सजग र सतर्क रहनु जरुरी छ । निर्वाचन प्रचार प्रसारका क्रममा देखिएको जनताको यो राजमोप्रतिको उर्लदो जनलहरलाई निर्वाचनको परिणामसम्म पुर्‍याउनका निम्ति राजमो विशेष रूपमा चनाखो हुन जरुरी छ ।

फर्कनुहोस्


Post Your Comment
Name:
Email Address:
Comments
 
  Type you see above :
 


थप समाचार
सम्झना कार्ल माक्र्सको
रहेनन् श्याम प्रसाद शर्मा
अन्तरिम आदेश स्वागतयोग्य ः राजमो
ओमन नेपाली एकता समाजद्वारा नेपाल सरकारलाई ज्ञापन
वडा समिति गठन
मे दिवस मनाइयो
राजमोको चुनाव भेला सम्पन्न
कलाकार सागर बोहरालाई एक लाख सहयोग
मिटर बक्स जडान
एटिएम थपियो
नेपाली दूतावास युएई मार्फत् नेपाल सरकार समक्ष प्रवासी नेपालीको ज्ञापन पत्र
युएई एकता समाजद्वारा ज्ञापन बुझाइयो
मत सर्वेक्षण
नेपालमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थ सहज नहुनुमा मुख्य कारण के हो?
सरकारको लापरबाही
जनताले धेरै संचित गर्नु
नाकाबन्दीको प्रभाव

मत दिनुहोस्
नतिजा हेर्नुहोस्
वेबसाईट बनाउने: BestNepal